जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

पारिजातका पत्रहरूभित्र लुकेका मर्महरू

जगदीश घिमिरे जगदीश घिमिरे
प्रकाशित ७ भाद्र २०८०, बिहीबार
सँस्मरण भित्र
0
पारिजातका पत्रहरूभित्र लुकेका मर्महरू

समयमा मैले रूप, शरीर, बौद्धिकता, गुण, महत्ता सबै बेच्न सक्नु पथ्र्यो त्यस पछि सायद म जीवनको यस ट्राजिक मोडमा आइपुग्ने थिइनँ … कदापि ।
– पारिजातको एक पत्रबाट

२०२० को दशकमा चर्चाको शिखर टेकेकी ‘शून्यवादी’ पारिजात ‘राल्फा’ र ‘साम्यवादी’ धारका दर्जनौँ कृति र जीवनशैली मार्फत समेत चर्चित छन् ।

पारिजातसँग मेरो दोहोरी थिएन । उनले २०२७ सालमा छापिएको मेरो पहिलो उपन्यास लिलाम पढेपछि मलाई पहिलो पत्र लेखिन् । प्रतिष्ठित लेखिकाको प्रशंसात्मक पत्र पाएर त्यसबेलाको नवोदित लेखक मलाई सुखद आश्चर्य भयो । डेढ वर्षसम्मको चलेको हाम्रो पत्राचारको दोहोरीमा मसँग उनका सात थान पत्र छन् । अरू केही थिए, हराए ।

पारिजातले यी पत्रहरू आफ्नो जीवनयात्रा (३० फागुन १९९० – ५ वैशाख २०५०) को अति महàवपूर्ण मोडमा लेखेकी हुन् । त्यो पनि संयोगवश – म परदेशमा भएकोले उनका यी भावनाले पत्रको बान्की पाए । मलाई काठमाडौंमा लेखक र पत्रकारका रूपमा पेट पाल्न हम्मेहम्मे परेका बेला छात्रवृत्ति पाएर पटना विश्वविद्यालयको विद्यार्थी हुन पुगेको थिएँ । म काठमाडौंमा भएको भए उनीसँग वार्तालाप हुन्थ्यो होला र उनका पत्रका मार्मिक बोली, प्रसङ्ग र भावनाहरू त्यसै बिलाउँथे होलान् ।

स्वभावतः यी पत्रहरूमा मूलतः उनका र मेरा कुरा छन् । तर यिनमा जीवन र जगत् पनि छ । यस लेखको मनसाय पारिजातको स्मृतिदिवसमा उनी प्रति श्रद्धाञ्जली र उनका अध्येता र मर्मज्ञहरूलाई यी पत्रका भावनाहरू बारे सूचित गर्नु हो । त्यसका लागि अभिव्यक्ति द्वैमासिकले यी पत्रहरूका स्कान तथा उतार समेत वैशाख २०६६ देखि हरेक अंकमा प्रकाशित पनि गर्ने भएको छ ।फिरंगी शब्दहरूको लिपी बदल्नु बाहेक उद्धरणहरूको सम्पादन गरिएको छैन ।

भाजँगाल, कीर्तिपुरबाट २८ भाद्र २०२८ को पहिलो पत्रमा उनी लेख्छिन् – जनताको दुःख सुख बोध एउटा धेरै मीठो शैलीमा अभिव्यक्त भएको पढ्न मन लागिरहेकै थियो । अचानक लिलाम हात पर्यो, अब त्यो तिर्सना केही कम भएको छ । लिलाम ठाउँ–ठाउँमा पाठकलाई पगालिदिने क्षमता राख्छ भावुकता छ र रोमान्सले होइन गरिबी बोधले । … राजनीति र साहित्यिक एकताबारे तपाईको भन्नु के छ ?”

“भर्खर श्री ५ को स्वास्नीको बर्थ डे सिद्धियो । … काठमाडौंको अर्को नाउँ हो “पैसा कताबाट कमाउन सकिन्छ ?” … सुकन्याको बिहे भयो निर्मल लामासँग । तर–काम चलाऊ ।

“यो पत्रको विशेष आशय तपाईलाई शुभकामना हो । हामीले यो युगको आधुनिकतालाई नचिनाएर शायद देश र मानव विकासप्रति गद्दारी गरिरहेका छौँ ।”

त्यसपछि मैले उनलाई पहिलोपटक भेटेँ – उनको भाजँगालको डेरामा ।

संयोगवश मैले भाजँगालको त्यसै इलाकामा बसोबास गरेको पनि पन्ध्र वर्ष भयो । बिहान डुल्दा कहिले काहीँ पारिजात बसेको घरनिर पुगेर म उनलाई सम्झन्छु । पारिजात जत्तिका लेखक त्यहाँ बसेको कुनै सूचना वा सम्झाउनी नहुनु स्वाभाविक हो । भएको भए अचम्म हुन्थ्यो ।

बेलायतका सहरहरूमा ठाउँठाउँमा प्रतिष्ठित लेखकहरू बसेका घर घडेरीहरूका भित्ता–पर्खालहरूमा तिनको नाम र बसेको अवधि, कतैकतै सिर्जना गरेको कृतिको समेत उल्लेख भएको ससाना तर आकर्षक सूचना–पाटी देख्दा रमाइलो लागेको थियो । अझ लेक डिस्ट्रिक्टमा वर्डस् वर्थबारेका स्मारक र सूचनाहरू तथा स्ट्र्याटफोर्ड–अपन–एभनमा शेक्सपियरका नाट्यशालाहरूमा उनका अविरल चल्ने नाटकहरू र उनको नामका होटेल र अन्य स्मारकहरूले गर्दा साहित्यकार भत्रे जन्तु पनि केही हो जस्तो लाग्छ । लन्डनका मुटुमा भर्जिनिया ऊल्फ, आर्थर कानन डायल लगायत अनेक फिरंगी भाषाकामहारथीहरू स्रष्टा बसेका सूचना पाटीहरूले सज्जित छन् । यो चलन अन्यत्र पनि होला । तर नेपालीले त्यसको सिको गर्ने बेला आएको छैन ।

म कसैको पनि सालिकको पक्षधर होइन – यौटाले थापेको सालिक अर्काले उखेल्छ । नउखेले पनि त्यो चराको बिस्टाले पूरित र फोहोर हुन्छ । तर देशको उल्लेख्य स्रष्टा बसेको र उनले गरेका कामको सम्झनाससानु सूचना पाटीले नै भए पनि गर्नु–गराउनु सभ्यता नै हो कि ?

भाजँगालबाटै १० मार्ग २०२८ मा पठाएको दोस्रो पत्रमा उनी लेख्छिन् – “बैँशको मान्छे लेखी सिध्याएँ । … रूपा नामक पत्रिकाका भूपी शेरचनले लेखकहरूको एउटा लिस्ट बनाएर सम्पादक मण्डलीलाई म कहाँ पठाइदिएको रहेछ । मलाई लेखकहरूको नाउँ देखेर असाध्य हाँस उठ्यो – मोहन कोइराला, भूपी, शंकर लामिछाने, द्वारिका श्रेष्ठ, पारिजात, कृष्णचन्द्रसिंह प्रधान आदि । मैले भनि दिएँ – यी साहित्यकारहरूले अब आधुनिक बजारलाई धान्दैनन् साहित्य धेरै अघि बढीसक्यो तपाईंहरू नाउँको पछडि नजानुस् । त्यसपछि मैले फेरि आफ्नै लिस्ट बनाइदिएँ । अब शंकर लामिछानेको होइन जगदीश घिमिरेको कथा चाहिन्छ भनिदिएकी छु … उनीहरूले तपाइँसँग एउटा कथा मागि दिने मलाई आग्रह गरेका छन् । … यहाँ त पारिजातले प्रतिष्ठानको भत्ता खान थाल्यो भत्रे जोडदार हल्ला छ । वाहियात, म पनि एउटा प्रतिक्रियावादी सरकारको पैसा खान्छु ? (दिने कुरा प्रतिष्ठानमा चलेको रहेछ) कतिले बधाई कतिले गाली पठाइसके हरे !”

भाजंगालबाट पौष २०२८ मा पठाएको तेस्रो पत्रमा दिल्ली गएर उपचार गराउनेबारे उनी लेख्छिन् – “मलाई भने हतार लागेर मर्नु भइरहेछ । अब यहाँका व्यापारी डाक्टरहरूसँग सल्लाह गरेर एउटा रिकोमेन्डेशन लेखिमाग्न प¥यो भत्रे विचार छ ।”

यसबीच डेरा सरेर पुकुसी पुगेपछि ६ वैशाख २०२९ मा पठाएको चौथो पत्रमा उनी लेख्छिन् – “नयाँ रोग थपिनु, एउटी स्कटीश डाक्टरसँग भेट हुनु, डेरा खोज्नु, आर्थिक अवस्था नमिल्नुले दिल्ली जानेकार्यक्रम पछि सार्दा सार्दा आखिर वैशाख लाग्यो गर्मी चढ्यो … डाक्टरहरूले तिमी सोझो र सक्रिय भएर हिँड्न सक्छौ भनी ग्यारेन्टी दिएका छन् । मान्छेको जीवनमा आशाको कति हात हुन्छ हँ ?

पुकुसीबाट जुलाई २४, १९७२ (१३ साउन २०२९) मा पठाएको पाँचौँ पत्रमा लेख्छिन्– “मूर्ख स्वास्नी मान्छेमा दरिइन अस्वीकार गर्दा गर्दै पनि प्रशस्त मुख्र्याईंहरू दोहोरिरहन्छन् । २३ जुलाईमा तपाईंको एयर डकुमेन्ट हात पारेर चिठी पढि सकेपछि मलाई अत्यास लागेर आयो ।”

मैले उनलाई मेरो दोस्रो उपन्यास सावितिको पाण्डुलिपी एयर डकुमेन्ट गरेर पठाएको थिएँ । उनले दिएको ठेगाना नमिलेर त्यो चौरासी घुमेर निकैपछि बल्लतल्ल पुगेछ । उनले भनेको “मूर्खता” त्यही हो ।

पुकुसीबाटै १२ भाद्र २०२९ छैठौँ पत्रमा लेख्छिन् – … उपन्यास(साबिती) एकै सिटीङ्गमा सिध्याएँ । … आम प्रगतिशील पाठकहरूले यसलाई प्रतिक्रियाबादी नै भन्छन् बुझ्नेहरूले के भन्दो रहेछ हेर्नु छ । यहाँ यसै पनि अन्धो पठन हुन्छ ।

दिल्लीबाट पठाएको २९ माघ २०२९ सातौँ पत्रमा लेखिन् – “… भोग्नुको म चरम स्थितिमा पुगिसकेकी छु । … यस वर्ष मेरो आन्दोलनहरूको वर्ष गाली, भत्र्सना, आलोचना, गलतबोध, मिथ्या आरोप, बदनामी, मृत्यु र आर्थिक संकटहरूकोबीच म त्यो सुपरम्यान जस्तो भएको छु जसले यतिका आन्दोलहरूलाई स्वीच दबाएर एकातिर मिल्क्याइदिएको छ मात्र एक्जिस्ट गर्नको निम्ति । जीवनले मदेखि अरु पनि हार खाएन जगदीशजी । काठमान्डु बसी सक्नु थिएन मानसिक तनावले गर्दा । थोरै रकम लिएर दिल्ली आएकी छु । ओ.पि.डि बाट उपचार गराउँदैछु । डाक्टरहरू हुन्छ भन्छन् हेरौँ ।

“… मैले काठमान्डुबाट सरकार, साथीभाइ कसैको पनि सहयोग पाइनँ । सहयोग शब्द नेपालीहरूको शब्दकोषमा छैन । मैले तपाईंलाई मेरो अन्तिम विकल्प “मुक्ति क्षेत्र” भनेकी थिएँ होइन ? मेरो यहाँ पर्मानेन्ट् ठेगाना छैन । यसैले तपाईंको दोहोरो चिट्ठी पाउने आशा नै भएन । भोलि नेपाली दूतावास जाँदैछु । प्रगतिशील पाठक र समालोचकहरूले मलाई यस्तो कर्नरमा पारिदिए उही पनि मौका हेरेर । यसपालि मैले देखेँ दुर्दशाको पनि मोलतोल हुँदो रहेछ । सोच्छु जुन स्वास्नी मान्छेले कहिले केही पनि बेच्न सकेन उसले दुर्दशा कसरी बेच्न सक्छ ? हास्यास्पद । समयमा मैले रूप, शरीर, बौद्धिकता, गुण, महत्ता सबै बेच्नु सक्नुपथ्र्यो त्यस पछि सायद म जीवनको यस ट्राजिक मोडमा आइपुग्ने थिइनँ … कदापि ।”

“साबिती” के हुँदैछ ? त्यसलाई लिएर एउटा गाली लेख्नु छ ।”

यी उद्धरणका भाव–भावनाहरू आफै बोलेका छन् । मैले प्रसङ्ग खुलाउन केही वाक्य संयोजन गरेको हुँ ।

पारिजातबारे धेरै लेखिएको छ । उनले तत्कालीन सरकारको सिदा–चामल अस्वीकार गरिन् भनिन्छ । यो कुरा उनले दोस्रो पत्रमा पनि लेखेकी छन् । गरिन् पनि होला । तर विदेशमा उपचार गराउन जाने बेला उनले “सरकार र साथीभाइ” लाई सम्झेकी रहिछन् । त्यो स्वाभाविक पनि हो । विश्वेश्वरप्रसाद कोइरालाले आजीवन जुन व्यवस्थाका विरुद्ध विद्रोह र युद्ध समेत गरे उपचारका लागि त्यही व्यवस्थाको सहयोग लिएका हुन् । त्यो समर्पण थिएन ।

उनले साबितीबारे केही लेखिनन् । त्यो उपन्यासको आत्मामा कम्युनिस्ट विरोधी “एनार्किस्ट” थियो जसलाई मैले अराज्यवाद भन्ने गरेको छु र जसलाई उनले कहिल्यै पनि स्वीकार गर्न सकिनन् ।

उनी साम्यवादभित्र पस्दै थिइन् । म त्यहाँबाट बाहिर निस्कँदै थिएँ । हाम्रो भेट संघारमा भएको थियो । यी पत्रहरू त्यसैका अभिलेख हुन् ।

आखिर त्यस्ता पीडाबाट नगुज्रीकन को “पारिजात” हुन सक्छ ?

जनमत मासिकमा १ सय अंकमा जगदीश घिमिरेको पारिजातको पत्रवाट साभार


Tags: पारिजात
अघिल्लो पोष्ट

’जनवादी’ गायक जेबी टुहुरेलाई ’जनगायक’ को उपाधि

पछिल्लो पोस्ट

साहित्यकार तुल्सी थापाको निधन

जगदीश घिमिरे

जगदीश घिमिरे

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
साहित्यकार तुल्सी थापाको निधन

साहित्यकार तुल्सी थापाको निधन

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

५ माघ २०८१, शनिबार
सीता उबाच

सीता उबाच

४ जेष्ठ २०७९, बुधबार
भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

४ जेष्ठ २०८०, बिहीबार
छाउगोठकी आमा लोकार्पित

छाउगोठकी आमा लोकार्पित

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक