जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ ।
यसवर्ष २०८० सालको दीपा–जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश– खिलकुमारी दुवाल–जनमत सम्मान किशोर पहाडी (काठमाडौं) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई, जनमत–जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर) लाई प्रदान गरिनेछ ।
त्यसैगरी केवलपुरे–जनमत सम्मान मोमिला जोशी (धनकुटा) लाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान कालु कुमाले (ललितपुर) लाई, कमला सैंजु–जनमत सम्मान इल्या भट्टराई (काठमाडौं) लाई, जनमत–राजभाई सहयात्री सम्मान देवीचरण भण्डारी (झापा) लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा) लाई प्रदान गरिनेछ ।
जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी बहिनी (काभ्रे) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान मधुसुदन पाण्डेय (दाङ) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा.प्रकाशराज रेग्मी (पाल्पा) लाई प्रदान गरिने भएको छ ।
यसैगरी जनमत–ज्ञानरत्न÷मंगलतारा राष्ट्रिय सम्मान फूलमान बल (काभ्रे, तामाङ भाषा) र जनमत–पूर्णमान÷लुचि समाजसेवा सम्मान पूर्णबहादुर गुरुङ (विमल पुस्तकालय, सुनसरी) लाई प्रदान गरिनेछ ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४१ औं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आगामी २०८१ माघ १९ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् । उक्त सम्मानमा प्रत्येक सम्मानित प्रतिभाहरुलाई रु.१०,०००।– नगद पनि प्रदान गरिनेछ ।