जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य बाल कथा

कान समात्यो

यशु श्रेष्ठ यशु श्रेष्ठ
प्रकाशित २६ जेष्ठ २०७९, बिहीबार
बाल कथा, बाल साहित्य भित्र
0
कान समात्यो

रामेश्वरको बापुुले गोरुलाई बयलगाडामा नार्नुभयो । आफू पनि बयलगाडामा चढ्नुभयो ।
“ह…ह… छोड्का रुक् रुक् । बड्का टप् टप् ।” भन्दै बयलगाडालाई आँगनबाट घुमाउँदै बाटोतिर निकाल्न थाल्नुभयो । छोड्का त ‘रुक् रुक्’ भन्दा ठ्याक्कै रोकियो । बड्कालाई चाहिँ ‘टप् टप्’ भन्दा टप्न मानेन अर्थात् अगाडि बढ्न मानेन । बापुले बड्काको पुच्छरलाई अलिकति निमोठ्नुभयो । बल्ल बड्का अगाडि बढ्यो । ‘लातको भूत बातले नमान्ने’ बापुले यस्तै भन्नुभयो र गाडा अगाडि बढाउनुभयो ।

‘बापु, म पनि बयलगाडामा चढेर तपाईँसँगै जाने नि ।’ रामेश्वर दौडिँदै गाडातिर आयो । “बेटा, मलाई खेतमा जानु छ । खेतमा धेरै काम छ । निकै समय लाग्छ । तिमी घरमै बस ।” बापुले भन्नुभयो । ‘नाईँ, म पनि खेतमै जाने ।’ ऊ गुडिरहेको बयलगाडामा झुण्डिएर चढ्ने कोसिस गर्न थाल्यो । बापुले गाडा रोक्नुभयो अनि उसलाई गाडामा चढाउनुभयो ।

खेतमा पुगेर बापुले गोरुलाई पराल दिनुभयो । गोरु पराल खान थाल्यो । ‘तिमी यतै बस है बेटा । म काम गर्छु ।’ बापु काममा लाग्नुभयो । रामेश्वर कहिले बापुले केके काम गर्नुहुन्छ ? हेर्न पुग्थ्यो । कहिले गाडामा चढ्दै खेतमा फाल हाल्थ्यो । कहिले खेतमा भएको माटोको डल्ला टिपेर परपरसम्म फाल्थ्यो । कहिले यतादेखि उता दौडन्थ्यो ।

अलिपर उसले हरियो झाङ देख्यो । ‘के को झाङ होला त्यो ?’ ऊ त्यही नजिकै पुग्यो । काँक्राको झाङ रहेछ । धेरै काँक्राहरु फलेका रहेछन् । ‘कति धेरै काँक्रा !’ काँक्रा देखेर रामेश्वर छक्क पर्‍यो । यौटा, दुईटा, तीन्टा… गन्न थाल्यो । आम्मामामा गनेर के साध्य ? धेरै पो छन् । उसलाई काँक्रा खान मन लाग्यो । ‘कसको काँक्रा होला ?’ यताउता हेर्‍यो । वरपर कोही थिएनन् । पर बापु खेतमा काम गरिरहनुभएको थियो । ‘जसको काँक्रो भए पनि एउटा त खान्छु ।’ काँक्रो टिप्न हात बढायो । ‘कोही मान्छेले देखे भने ? काँक्रा धनी आयो भने ?’ उसको मन अझै डरायो, ‘टिपेर खाँदाखाँदै कसैले देख्यो भने ?’ चारैतिर आँखा डुलायो । अहँ, कोही पनि थिएनन् त्यता ।

उसले हतारहतार झाङतिर हात बढायो । एउटा सानो काँक्रो टिप्यो । कपाकप खाइसिध्यायो । ‘आहा साह्रै मिठो रहेछ काँक्रो !’ उसले अर्को पनि सानो काँक्रो टिप्यो । फेरि कपाकप खाइसिध्यायो । छिटोछिटो खाइसिधिने हुनाले, सानैसानो काँक्रो टिप्दै खायो । ‘यो ठूलै काँक्रो खान पाए ।’ उसको मन अझै लोभियो । ‘तर खाँदाखाँदै मान्छेले देख्ने हुन् कि ?’ डरले ठूलो काँक्रो टिपेर खानै सकेन । ‘यी काँक्रालाई नुनमा चोबेर खान पाए !’ उसको मुखमा सररर थुक आयो, ‘आहा अझै धेरै मिठो हुन्थ्यो !’ उसलाई काँक्रो टिपेर घरमा लैजान मन लाग्यो । यताउता हेर्दै फटाफट काँक्राहरु टिप्यो । र, गाडा भएको ठाउँमा आयो । गाडा बिग्रिएको बेलामा बनाउने सामान राख्न बनाएको बाकसमा काँक्रालाई राख्यो ।

बापुले ढोँडको भारी गाडामा राख्नुभयो । ‘बेटा, अब जानुपर्छ ।’ बापुले गोरु नार्दै गाडामाथि चढ्नुभयो ।
‘ओ हरिया … ।’ परबाट कसैले बापुलाई बोलायो । रामेश्वर र बापु दुवै जनाले त्यतै हेरे । “कि छे पास्पत ?” बापुले ठूलो स्वरमा भन्नुभयो ।

‘काँक्रा त पास्पत चाचाको पो रहेछ । ला ! न मैले चोरेको थाहा पाएर बापुलाई बोलाएको हो कि ?’ रामेश्वरको मुटु ढुकढुक गर्न थाल्यो । “जाऔँ बापु जाऔँ ।” रामेश्वरले बापुलाई भन्यो । “पख न बेटा, पास्पत चाचा यतै आउँदै हुनुहुन्छ । भेटेर जाऔँ ।” बापुले भन्नुभयो ।

उसले पास्पत चाचातिर हेर्‍यो । ‘हो त, उहाँ त यतै पो आउँदै हुनुहुन्छ ।’ उसलाई छटपटी भयो । ‘उहाँले पक्कै थाहा पाउनुभयो । अब के गर्ने होला ?’ खलखल पसिना आयो रामेश्वरको । ‘बेकारमा चोरेछु ।’ उसको अनुहार नीलोकालो भयो । उसलाई रुनरुन मन लाग्यो ।

पास्पत चाचा बापुसँग बोल्दै गाडा नजिकै आउनुभयो । उहाँको गम्छामा काँक्रा थिए । “लिऊ हरिया काँक्रा ।” पास्पत चाचाले बापुलाई काँक्रा दिँदै भन्नुभयो, “धेरै चिचिला लागेका थिए । कसले हो, धेरै नाश गरिदिएछ ! बरु एकदुई ओटा ठूलै काँक्रो खाएर भए पनि चिचिला ननासिदिएको भए हुन्थ्यो । चिचिलै चिचिला नाश पारिदिएछ । थाहा पाए भनेँ त, त्यसको हातै भाँचिदिन्थेँ ।”

रामेश्वरले लामो सास फेर्‍यो । बापुले काँक्रा लिँदै भन्नुभयो, “मैले देखेको भए पनि त्यसको हातैहातमा हानेर कहिल्यै नटिप्ने बनाइदिन्थेँ । कुन चाहिँ बदमास रहेछ त्यो ? अब विचार गर्नुपर्छ ।”

‘ल हरिया । काँक्रामा दवाई छर्नु छ । म गएँ ।’ पास्पत चाचाले जान थाल्दै बोलाउनुभयो, “रामेश्वर…।” चाचाले बोलाउँदा ऊ झसङ्ग तर्सियो । उहाँले हाँस्दै सोध्नुभयो, ‘किन तर्सिएको ? लाऊ, तिमीचाहिँ यो खाँदै जाऊ ।’ कमिजको खल्तीबाट एउटा सानो काँक्रो झिकेर रामेश्वरलाई दिँदै भन्नुभयो, “त्यही बदमासले टिपेर छोडेको रहेछ ।” रामेश्वरको मन चिसो भयो । उसले चाचाको हातबाट काँक्रो लियो । काँक्रो लिँदा उसको हात कामेको थियो ।

चाचा काँक्राको झाङतिर जानुभयो । बापु गाडाबाट ओर्लिएर काँक्रा राख्न बाकस खोल्न थाल्नुभयो । “यहाँ पनि काँक्रो !” मसिनो स्वरमा बोल्दै बापु झसङ्ग हुनुभयो । उहाँले रामेश्वरतिर हेर्दै भन्नुभयो, “बेटा…।” रामेश्वर पिलपिल आँसु चुहाउँदै सँुक्कसँुक्क गर्न थाल्यो । बापुले रिसाएको आँखाले रामेश्वरलाई हेर्नुभयो । रामेश्वरले कान समात्दै रुँदै भन्यो, “बापु, अबदेखि म कहिल्यै यस्तो गर्ने छैन ।”

बापु खुरुक्क गाडामाथि चढ्नुभयो । ‘टप्’ भन्दै गोरुको पुच्छर निमोठेर गाडा हाँक्न थाल्नुभयो । रामेश्वरको आँखाबाट भने पिलपिल आँसु झर्दै थियो ।


Tags: यशु श्रेष्ठ
अघिल्लो पोष्ट

देशका हिमाल भएका ठाउँ घुम्दा

पछिल्लो पोस्ट

कला–साहित्य अनुरागी नरोत्तमदास श्रेष्ठ

यशु श्रेष्ठ

यशु श्रेष्ठ

सम्बन्धित पोष्टहरू

घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान
बाल साहित्य

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

२८ जेष्ठ २०८१, सोमबार
पछिल्लो पोष्ट
कला–साहित्य अनुरागी नरोत्तमदास श्रेष्ठ

कला–साहित्य अनुरागी नरोत्तमदास श्रेष्ठ

यात्रा र अनुभवहरु–२

यात्रा र अनुभवहरु–२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हिन्दू पनि अब जाग्दैछ

हिन्दू पनि अब जाग्दैछ

३ जेष्ठ २०७८, सोमबार
जनमत साहित्य – सूर्य लाकोजू

जनमत साहित्य – सूर्य लाकोजू

३ जेष्ठ २०७९, मंगलवार
काव्यशैलीका सुन्दर शिल्पकार  : माधव घिमिरे

काव्यशैलीका सुन्दर शिल्पकार : माधव घिमिरे

३ जेष्ठ २०७९, मंगलवार
मानवीय मूल्यको खोजी गर्ने सबै लेखकहरू मन पर्छ : डा. गीता त्रिपाठी

मानवीय मूल्यको खोजी गर्ने सबै लेखकहरू मन पर्छ : डा. गीता त्रिपाठी

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक