जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

यात्रा अनुभव ४ : म कवि भएँ

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १७ असार २०७९, शुक्रबार
सँस्मरण भित्र
0
यात्रा अनुभव ४ : म कवि भएँ

कक्षा ८ मा पढ्दा देखि नै कविता लेख्दै आएकोले कविता गोष्ठीमा भाग लिन पाउँदा आफूलाई गौरवशाली सम्झिन्थेँ । नेपाली र नेपाल भाषा दुवै भाषामा कविता लेख्दै आएकोले कविता पढ्न पाउँदा, कवि गोष्ठीमा सामेल हुन पाउँदा खुसी हुन्थेँ म । २०२२ सालतिर नेपाल युवक सङ्गठन अञ्चल समितिको आयोजनामा प्रतियोगितात्मक कविता गोष्ठी काठमाडौँमा हुने सूचना गोरखापत्रमा पढेको थिएँ । काठमाडौँ गएको बेलामा उक्त सूचना पढेको हुनाले प्रतियोगितामा भाग लिने हिसाबले रत्नपार्क भित्र गएर निवेदन र कविता लेख्यौँ । त्यसताका क्लिष्ट कविता मन पराउने हुनाले म आफू पनि क्लिष्ट कविता लेख्न पाउँदा रमाउँथेँ । पारिजात, ईश्वर वल्लभ, मदन रेग्मी, द्वारिका श्रेष्ठ, मोहन कोइरालाका क्लिष्ट कविताहरू खोजी–खोजी पढ्थेँ । नबुझे पनि आफूले पनि नबुझ्ने कविता लेखेरै दङ्ग पर्थेँ । पशुपति कर्माचार्य सँग कविताको संवाद हुन्थ्यो । एक–अर्कामा कविताको आदान प्रदान गर्थेँ ।
रूपरेखा, रचना, अभिव्यक्ति, भानु लगायत अन्य थुप्रै साहित्यिक पत्रिका न्यूरोडको पिपल बोटमा पुग्दा किन्ने गथ्र्यौं । सोख जस्तै थियो साहित्यिक पत्रिका पढ्नु र सङ्कलन नगर्नु; त्यसैले साहित्यिक पत्रिकाहरू सधैँ किन्ने गर्छु ।

क्लिष्ट कविता मनमा राख्दा ताकाको कुरा हो; गोरखापत्रमा सूचना छापे अनुसार रीत पुर्‍याएर प्रतियोगितामा भाग लिने निवेदन रत्नपार्क भित्र बसेर लेखेँ । र एउटा कविता पनि त्यहीँ कोरकार गरियो । मैले सम्झे अनुसार — “जीर्णोद्धार धरती + मान्छे = म”नामक कविता कोरेँ । आफैँले नबुझ्ने जस्तो कविता कोरियो । दोहर्‍याएर कविता पढेँ । कविता जस्तो भयो । सेतो कागजमा कविता साफी भयो । भोटाहिटीमा रहेको हुलाकमा निवेदन र कविता खसालियो र मन–मनमा कवि भइयो भन्ने सोच बोकेर घरमा फर्केँ ।

केही दिनपछि कवि सम्मेलन हुने ठाउँ, मिति र समय थाह लाग्यो । नेपाल युवक सङ्गठन, अञ्चल समितिको आयोजनामा भएको उक्त साहित्यिक कार्यक्रम भृकुटी मण्डपस्थित पुलिस क्लबमा हुने भनिएको थियो । कृष्णप्रसाद दुवाल मेरा काइँला दाइ युवक सङ्गठनका सम्बन्धित व्यक्ति भएको हुनाले उनी सम्मेलनका संयोजक हुनु हुन्थ्यो । निर्णायकहरूमा साहित्यकारहरू वासु शशि र भवानी घिमिरे रहनु भएको थियो । आमन्त्रित कविहरू सहित प्रतियोगितामा सामेल हुनुभएका सबै कविहरूको उपस्थिति पुलिस क्लबमा भयो । आयोजकहरूले मलाई एउटा चिठ्ठी थमाई दिए । चिठ्ठीमा के छ केही नहेरीकन पनि मेरो मनमा एक खालको त्रासको जन्म भयो । नेपाल भाषाका अभियन्ता, सरकार विरुद्ध आवाज उठाउँदै आएका युवा भएकै कारणले केही छेक थुन हुने हो कि?अर्थात् मेरो कविता प्रतिबन्धमा पर्‍यो कि भन्ने डर मनमा मडारी रह्यो । कतै कुनोतिर उभिएर नै पत्र खोली हेरेँ । पत्रमा बधाईका साथ लेखिएको रहेछ — “तपाईंको कविता प्रतियोगितामा तेस्रो भएकोले तपाईँ पुरस्कृत हुने भएकोले कार्यक्रमको पछिसम्म रहनु होला ।” पत्र पढिसकेपछि एक खालको आनन्द अनुभूति भयो । स्कुलमा ख्याल–ख्यालमा कविता सुनाउँदै आएको, साथीभाइको माझमा ‘ओ कवि’को विशेषण पाउँदै र रमाउँदै कविताको यात्रामा आफ्नै ढङ्गले कुदिरहेको एक जना १६ वर्षको युवा म, त्यस कवि गोष्ठीमा अञ्चल स्तरीय कवि भएको पत्र प्राप्त भयो । म निकै रमाएँ । मेरो पालो आएपछि खुसीले मैले कविता वाचन गरेँ । निर्णायकहरू मध्येबाट कवि वासु शशीले वाचित कविताहरूको समीक्षा गर्नु भएको थियो । तेस्रोमा मेरो नाम सुनाउँदै कवि वासु शशीले — “मोहन दुवालको कवितामा मानवीयता छरपस्ट छन्, कवि दुवालको कवितामा मानवता सम्प्रेषित छन् ।” भन्नुभयो । म ज्यादै खुसी भएँ । त्यत्रा कविहरूको हूलमा, अझ काठमाडौँको पुलिस क्लबको सभा कक्षमा विशिष्ट कवि वासु शशीले मेरो कविताको प्रशंसा गरेर नगद रु.३००।– को खाम थामी दिँदा मेरो मानसपटलमा कस्तो खालको सौन्दर्य झुल्यो होला? म आज पनि त्यस बेलाको वातावरण सोचेर बरोबर प्रफुल्लित हुन्थेँ ।
कार्यक्रम सिद्धिएपछि कृष्ण दाइले एक ठाउँमा निर्णायकहरू लाई खाजा ख्वाउने चाँजोपाँजो मिलाइ राख्नु भएको थियो । दाइ सँगै त्यस्ता महान् कविहरू सँग कमलाक्षीमा गएर खाजा खान पाएको दिन ! मेरा लागि अहो भाग्यशील दिन । कविता लेखेर ३००।– रुपियाँ पुरस्कार पाएको दिन । विख्यात नेपालका कविहरूसँग बसेर खाजा खान पाएको दिन; सम्झिँदा पनि गौरव लाग्छ । दाइ र म त्यस दिन बनेपा फर्किन सकेनौँ । दिदीको घर (नक्साल) मा नै रात बितायौँ ।

मनमा जे फुर्‍यो त्यही कविता बनाउने, विषयको खोजी गर्नु नपर्ने, घटना–प्रसङ्गहरू कल्पेर पनि कोर्न जानेकैले मेरो आफ्नो परिचय त्यस बेला पनि‘कवि’का रूपमा परिचित थिएँ । घरमा पनि दाजुहरू सबैजसो कविता कोर्छन्; समाजसेवा गर्छन् त्यसैको प्रतिफलमा म पनि साहित्यकार, समाज सेवक बन्न पाएको हो जस्तो मलाई लाग्छ । कविता लेख्दै आएपछि कविता बन्दै जाँदो रहेछ । म गद्यमा कविता लेख्छु । प्रतियोगितामा वाचन गरेको कविता पनि गद्यमा नै लिपिबद्ध भएको मेरो क्लिष्ट ढङ्गको कविता हो । पुरस्कृत भएको रातमा गहिरो निन्द्रा नै लागेन । कविमा दर्ता भएको खुसीयालीमा मेरो मन मझेरीमा सुन्दर फूलका सुगन्धमय वासना हरहर आए जस्तो पो हुँदा रहेछन् । सपनामा मेरो बुबाले मलाई अगाडि आएर आशिष् दिए मात्र होइन — “मेरो कोखका कान्छा छोरा पनि कविमा दर्ता भयो ।” ल लत्तो नछोड्, निरन्तर कविता लेख्न मन दर्‍हो बनाउन सकूँन्, त्यही बाटोमा कुदिरहन सकुन्; नेपालका सबैले चिनिँदो तिमी युगको कवि बन्न सक्षम होस् । यात्रामा थाक्ने नगर ।” सपनाबाट ब्युँझिएँ । म झसङ्ग भएँ; म त काठमाडौँमा दिदीको घरमा पो सुतिरहेको


Tags: मोहन दुवालयात्रा र अनुभवहरु–४
अघिल्लो पोष्ट

त्यो दिन कहिले आउला ?

पछिल्लो पोस्ट

दुर्घटित सपनामाथि उभिएर

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

२२ फाल्गुन २०७९, सोमबार
उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

२३ फाल्गुन २०८०, बुधबार
अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

२२ फाल्गुन २०७९, सोमबार
बालकथा : सिर्जना र परिवेश परिचर्चा

बालकथा : सिर्जना र परिवेश परिचर्चा

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक