जीवनलाई कुँदेर
मनलाई खोतलेर एकान्तमा बस्दा–
भावनाका झरनाहरु निरन्तर झर्छन्
मनका बाँधहरु भत्काउँदै
छातीका पर्खालहरु लच्काउँदै
जीवनका किनारहरुमा दु:खका वतास चलाउँदै
सुखका सुगन्धहरु फैलिंदा–
दु:खका दुर्गन्ध पनि साथै रहँदा रहेछन्
आफ्नो अष्टवक्र जस्तो–
जीवनमा भोगाइका क्रियाकलापहरु पनि
समयले दिएका वरदानहरु हुन्
भनि ठान्नै पर्ने
पूmलहरुले बंैशलाई छुँदाखेरी
रहरहरु ढुङ्गाका पर्खालभित्र बन्दी भइगएछन्
समयले एउटै गतिमा यात्रा गरिरह्यो..
म माथि
कतै तिखातिखा घोच्ने काँडाहरु झाँगिदै गए
कतै फूलहरु फुल्नै नपाई कोपिलामै झरिदिए
झर्नबाट थोरै बचेकुचेका फूलहरुलाई हेर्दै
तिनै सुगन्धलाई समेट्दै
जीवन निर्वाह गर्न पुगियो …
सन्तुष्टमय जीवन गुजार्ने कल्पना गरियो
यिनै आशामा लालायित हुँदै
कष्टनै कष्ट भोग्न पुगियो …..!
समय निरन्तर एकै गतिमा चल्छ
एउटै गतिमा यात्रा गर्छ
जीवनका घटना दुर्घटना बीच
त्यसको अनुभूतिको चित्रण फरक हुन्छन्
आफुले जन्माएका गीत पनि तिनै हुन्
कथा, कविताहरु पनि
तिनै समयका अनुहारहरु हुन्
आफ्नो अष्टबक्र जस्तो –
जीवनमा भोगाइका क्रियाकलापहरु पनि
समयले दिएका बरदानहरु हुन्
भन्नै पर्ने ।