जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

ब्रिटिस सैंला

महेन्द्रकुमार नेम्वाङ महेन्द्रकुमार नेम्वाङ
प्रकाशित २७ फाल्गुन २०८०, आईतवार
कथा भित्र
0
ब्रिटिस सैंला

जन्मेर केही वर्षमै उनको केश कालोबाट सेतै फुलेर गएकाले सुरीखावा गाउँभरी ब्रिटिस भन्छन् । हुन पनि कालो केश गोराहरुको जस्तै सेतो हुँदै गएकाले पनि उनको नाम ब्रिटिस बन्यो गाउँघरमा । अरु थुप्प्रै नामहरु भएपनि यही नाम चर्चित ।
‘अर्को नाम् सैँला, धैला र मैला ।
बिर्सेर सैनो, गर्दिन्छन् रेला ।।
हल्लौँछ टुप्पी, चाराना सुकि ।
सिरानी मुठि, भुईँओछ्यान् फुकि ।।’

ख्यालीहरुबाट बैँश रचिन्छ, ब्रिटिसको । सुरीखावा गाउँभरी कसैको घरमा दाउरा ओसार्नु परे, काठ ओसार्नु परे, चामल बोकेर ल्याउनु परे, अलैँची गोड्नु परे, पाहुना भरीया जानु परे, ढुङ्गा बोक्नु परे, कुलो बनाउनु परे उनको एक्लो रापताप हुन्थ्यो । कम्तिमा एक क्विण्टल त बोक्छन्, पैसा कमाउनकै लागि । उनको सपना ‘पैसा कमाएर मनखाने केटी ल्याएर अरु सम्पत्ति कमाउने, बालबच्चा जन्माउने र अरुभन्दा धेरै गरिखाने’ छ ।

हुनु त बैशै रमाइलो उनको । काममा जानुपरे एकपटक सुरीखावा थर्किने गरी कुर्लिन्छन्, ‘अलिलिलिलि….।’ सबैले ‘अब ब्रिटिस, कसको काममा जाने भएछ’ सजिलै अनुमान लाउँछन् । यत्रो कामहरु गर्दा पनि उनको खुट्टामा न चप्पल न त जुत्ता नै लगाउँछ । भकारेको काँडा त दोबार्छन, उनको पैतलाको छालाले । जुत्ता लाउने बानी छैन । एकपल्ट चप्पल किनी लगाएर चर्पीमा जाँदा बाहिर फुकाल्छन् । शौच सकेर तेत्तिकै चप्पल नलाई गाउँ जान्छन् । भरै खुट्टा हेर्दा नयाँ चप्पल देख्दैन । फर्केर आउँदा चर्पीघरको मुखमा चप्पल छैन । चप्पल नलाउनेमा कसम जस्तै बन्छ, उनको ।

सयौं तरुनीहरुले पनि ‘ब्रिटिस लुङा’ मुखाग्र भन्छन् । मुसुक्क हाँसेर जवाफ दिन्छन् । उनलाई कुनै अनौठो छैन, नामको । वैँश उर्लेको, दशैँ याम एकरात जाँडरक्सी खाएर गाउँदेखि घरतिर झर्दा बाटामा केके न केके पड्किने गरी टेक्छन्, फ्या…ट् । राती नदेखेकाले विहान गईहेर्दा गतिलो गुर्बेसर्प टेकिमारेको देख्छन् । ‘आरे हाउ’ भनेर अचम्म मान्छन् आफैं ।

बुढौली एक्लेको खेत भिजाउन निबुखोलाबाट कुलो बनाउनु पर्ने । ब्रिटिसले लाठे पर्मु दुईदिन सघाउनु पर्नेभो र सघाउँछन् । अन्तिम दिन, कुलोको मुहानमा ठूलोढुङ्गा मिलाउँदै पल्टाउँदै खोलाको मुख छेक्न खोज्दा खुट्टाको बुढिऔंला ढुङ्गाले किच्छ, ‘च्याट्’ आवाज । खुट्टा उचालेर हेर्छ । खुट्टाको नङ्नै चुटिएर कत्ता गो गो छैन । रगत धारा बग्छ । बुढौली छक्क पर्छन्, त्यो देखेर । काम रोक्छन् ।

दुईमहिना जत्ति थला परेर खुट्टाको बुढीऔँला हल्का निको हुँदै जान्छ । कलिलो मासु देखिन्छ । पर्तिर पुजाथला प्राथमिक विद्यालयमा भवन निर्माणका लागि सुरीखावा गाउँको पुच्छारे जेठाले संगोल ठेक्का लिन्छन् । ब्रिटिस बलियो, बलको काममा हिलो मुछ्ने भागी पर्छ, उनको ।

छकोठे भवन बनाउनु शुरु, सबै सहपाठीहरुले हातमा हात मिलाएर काम थाल्छन् । ढुङ्गा फुटाउने र ओसार्ने मात्र होइन । सक्ने नसक्ने, जान्ने नजान्ने सबैले नै गारो लगाउँछन् । ब्रिटिसले हिलो मात्र । हिलो मुछेको मुछेकै छन्, एक्लै । यत्ता पनि हिलो, उत्तापनि हिलो मागेको मागेकै । सबैको हातमा हिलो पुर्‍याई दिएकै छन् । ढुङ्गा र हिलो उचाल्न र मिस्त्रीहरुलाई सजिलोका लागि बेञ्च राखिएका । मिस्त्रीहरुले काम गर्दैछन् । ब्रिटिसले हिलो मुछेर माटो ल्याउँदै केमात्र थिए । कुन मिस्त्रीले बेञ्चको छेउ टेकेछ । ढिकीजस्तो उठेर झर्दा उनको बुढिऔँलामै बेञ्चखुट्टा बजारिन्छन् ।

‘आय्या?मै ……’ भनेर बस्छन् । खुट्टा हेर्दा त नङ् नभएको औँलाको कलिलो छालामै परेछ । खून, पाइप फुटेर पानी उफ्रे जसरी उफ्रँदैछ, तिरिरिरि । दुखाईले उनको टाउकाको रौँहरु ठाडो बन्छन् । मान्छे हरियो, कालो भईसक्छ । ‘आघिदेखि भनेको । सबै मिस्त्री नबन् । हेर, मेरो खुट्टा । तेरिमा गधाहरु । गाँगाटा पिनि मिस्त्री, छेपारा पिनि मिस्त्री, सर्पा पिनि मिस्त्री । याहाँ काहाँ ….।’ भनेर रिसले कराउँदै कुट्ला जस्तो गर्छन् । आँखामा दुखाई र रिसले आँशु टिलपिल हुन्छ । अनुहारदेखि पसिना खलल बग्छ, खुट्टा हिलैसरी भएपनि रगत थाम्न समाती राख्छन् । र रिसले मुर्मुरिन्छन् । पुच्छारेजेठाले ‘हाउ, सुब्बाकान्छा जस्तो आया?मै…. पो भनिस् कि’ भनेर ‘आ… आ… आ… आ…’ गरी सुस्तमा लामो पाराले हाँस्छ । ब्रिटिसले पनि उनको हाँसो र आया?मै शब्द सुनेर ‘हाहाहाहाहा’ गरी हाँस्छ, सयौं करेण्टको पीरहरु बिर्सेर । सबै असिमित हाँस्छन् ।


अघिल्लो पोष्ट

समयका अनुहारहरू ….

पछिल्लो पोस्ट

बालकथा : सिर्जना र परिवेश परिचर्चा : ३

महेन्द्रकुमार नेम्वाङ

महेन्द्रकुमार नेम्वाङ

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
बालकथा : सिर्जना र परिवेश परिचर्चा : ३

बालकथा : सिर्जना र परिवेश परिचर्चा : ३

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

के तपाईंलाई पनि सुगर छ ?

के तपाईंलाई पनि सुगर छ ?

४ जेष्ठ २०७९, बुधबार
शब्द बिम्बमा श्याम सुन्दर सैंजू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

५ जेष्ठ २०८१, शनिबार
अनुराधा मेडिकल

अनुराधा मेडिकल

४ जेष्ठ २०७८, मंगलवार
रोल्पा सिर्जना महोत्सवको उत्कृष्ट १० कविता छानिए

रोल्पा सिर्जना महोत्सवको उत्कृष्ट १० कविता छानिए

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक