जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

निर्मल लामाको अभिनन्दन : सम्झनामा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २१ माघ २०७९, शनिबार
सँस्मरण भित्र
0
निर्मल लामाको अभिनन्दन : सम्झनामा

लामा दाइ सधैँ सम्झिरहन्छु लामा दाइको राजनीतिक यात्रा अनौठो लागेर म मनमा राखेर नियालिरहन्छु । जीवनको अन्तिम समयमा लामा दाइ धेरै कुरामा हार्नु नपरेर पनि हारे । राजनीतिमा लाग्दालाग्दै आफ्नो पार्टीभित्र चेपुवामा परे अर्थात् कारबाहीमा रहे । रोगले च्याप्दा च्याप्दै उनी क्यान्सररूपी भयानक रोगको आक्रमणमा परे । आफ्नै पार्टीबाट र आफ्नै शरीरको रोगबाट उनी आक्रमणमा पर्दै गर्दाको अन्तिम क्षणमा उनलाई मैले भेट्न पाएको हुँ । 

नयाँ बजार हुँदै म्हैपी स्थित उनको घरमा पछिल्लोपल्ट म पुग्दा लामा दाइ कष्ट साध्य रोगसँग लडिरहेको देखेको साध्य क्षणहरू गुजारी रहँदा म उनीनजिक पुगेको हुँ । पुलुक्क हेर्नुभयो । हातले इशारा गरेर बस्न भने । पार्टीका एक जना कमरेड उनी छेउ नै थिए । त्यस समयमा मलाई लामा दाइ देखेर, उनको अवस्था नियालेर के गरौैं के गरौं जस्तो भयो । त्यत्रो शक्तिशाली नेता जसले राजनीतिमा जीवन अर्पण गरे । त्यही व्यक्ति अचेत जस्तै रहेर मृत्यु पर्खी रहँदाको त्यो क्षण कति पीडादायी हुँदो रहेछ – म हेरिरहेछु । उनी मलाई हेरिरहेछन् । हेराहेरबाट निस्केको प्रेममय शब्दमा राखेर उनलाई मैले सोधेँ – के म तपाईँको सम्मानमा सार्वजनिक कार्यक्रम गर्न सक्छु ? 
– म त तयार छु तर डाक्टरसँग सोधेर टुङ्गो लगाउँछु है भने । मेरो मन रोयो । लामा दाइको राजनीतिक जीवन र अर्थ ओझेल पर्दै गएको यस खालको वातावरणमा उनलाई सम्मान गर्ने रहर मनमा चढ्यो । मन–मनमा लामा दाइलाई राखेर सम्मान गर्ने सोच बोकेर म घरतिर लागेँ । 

केही दिनपछि एउटा कार्यक्रममा दिल वरदानसँग भेट भयो । उनलाई यो अन्तर मनको लामा दाइप्रतिको श्रद्धावत निस्केको सम्मानको योजना सुनाएँ । उनले खुसी हुँदै भने – लाग्दो खर्च म गर्छु । भरोसा मिल्यो । आत्मबल दह्रो बनाइयो । सम्मानको यात्रामा कुद्ने भएँ । निर्मल लामा मन पर्ने मित्रहरूकहाँ जनअभिनन्दनका कुराहरू पुर्‍याइयो । तत्काल नजिकका मित्रहरूको बैठक दिलजीको बानेश्वर स्थित घरमा बोलाइयो । जिउँदो छँदा संसारमा कतै पनि कम्युनिस्ट नेताहरूको अभिनन्दन हुँदैन भन्ने अनौठो कुराको उद्भव भयो । तर त्यस खालको हाहामा कोही परेनन् । गर्ने भइयो निर्मल लामाको जनअभिनन्दन । 

जन अभिनन्दन समारोह समिति बनाइने भइयो । अध्यक्षका रूपमा मानवअधिकारवादी नेता पद्म रत्न तुलाधरलाई अनुरोध गर्ने टुङ्गो लगाइयो । उत्निखेर सम्पर्क भयो – पद्म दाइले स्वीकृति दिए । म सचिवमा रहने भएँ, अभियान सुरु गरियो । समारोहमा रहन सबै पक्षका राजनीतिज्ञहरू, मानवअधिकारकर्मीहरू, पत्रकारहरू, विभिन्न सङ्गठनका प्रतिनिधिहरू, प्रतिष्ठित व्यक्तित्वहरूसँग अनुरोध गरियो । ठाउँ–ठाउँमा सहयोगका हात बढाइयो । धेरै ठाउँबाट सहयोग भयो । 

राष्ट्रिय सभागृहमा सम्मान कार्यक्रम राख्ने निर्णय भयो । काठमाडौँ नपाका तत्कालीन प्रमुख केशव स्थापितले एउटा अनुरोधमा नै सभाकक्षमा लाग्ने खर्च सहयोग गरिदिने स्वीकृत दिएर साथ दिए । पाटन, कीर्तिपुर, ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापका थुप्रै मनहरूले लामा दाइको यात्रामा साथ दिए । नारायणबाबु श्रेष्ठ र दिल सुन्दर श्रेष्ठका घर, मोटर, फोन, मोबाइल सबै सबै प्रयोग भए । दौडधुपपछि पुग्दो रकम जुट्यो । लामा दाइ सम्मान कार्यक्रममा आउने भयो । सुकन्या दिदी, लामा दाइ र डाक्टरहरूसँग सल्लाह गरियो । ठिक समयमा कार्यक्रम हुने भयो । वरिष्ठ प्रगतिवादी लेखक खगेन्द्र सङ्ग्रौलाले लामा दाइको जीवनीको खाका खिँचे । सबै कुराको तयारी भयो । 

कार्यक्रम हुने दिन । सभागृह वरिपरि मान्छेको हुल । सभागृहभित्र कोचाकोच मान्छेको भीड । लाउडस्पीकर बाहिर पनि झुण्डाइयो । बाहिर प्राङ्गणमा पनि ठेलमठेल मान्छेको लहरहरू । पद्म रत्न तुलाधरलगायत हामीहरू सबै कार्यक्रमको तयारीमा जुति रहयौं। मनोरम ढङ्गको एक खालको चहलपहल । कौतूहलपूर्ण ढङ्गले सबैका आँखा–स्पर्शहरू यताउता हेर्दै केही खोजिरहेका जस्ता देखिन्छन् । यतिखेर हस्पिटलको एम्बुलेन्सका हर्न बजेको आवाजले सबै सतर्क छन् । निर्मल लामालाई स्टेचरमा राखेर स्लाइनको साथमा डाक्टर र नर्सहरूका साथमा ल्याई पुर्‍याए । 

पद्म रत्न तुलाधरको सभापतित्वमा कार्यक्रम सुरु भयो । कृष्णप्रसाद भट्टराई, दमननाथ ढुङ्गाना, भरत मोहन अधिकारी, अमिक शेरचन, श्यामप्रसाद शर्मा, शान्ता श्रेष्ठलगायतका वक्ताहरूले लामाको राजनीतिबारे बोले । अभिनन्दन भयो । अभिनन्दन पत्र सुनाइयो । स्वागत मन्तव्य मैले दिएँ । लामा दाइले उक्त ऐतिहासिक जन अभिनन्दन समारोहमा राखेको अन्तिम भाषणमा सङ्क्षिप्त आफ्नो विचार राख्दै भने – नेपालमा राजनीतिक भ्रष्टाचार छ । राजनीतिक भ्रष्टाचार भएसम्म यहाँ कुनै पनि क्षेत्रको प्रगति हुँदैन । त्यसैले राजनीतिक भ्रष्टताका विरुद्ध जुझ्नुपर्छ । चिताएकोभन्दा बढी सफल भयो कार्यक्रम । सबैजसो नेपालका पत्रपत्रिकाहरूले समारोहको प्रशंसामा समाचार/लेखहरू लेखे । सबै साथीहरू पनि समारोह देखेर खुसी भए । 

मेरा राजनीतिक गुरु निर्मल लामाको जिउँदोमा सम्मान गर्न पाउँदा म ज्यादै भाव विह्वल भएँ । मेरो जीवनको अविस्मरणीय राजनीतिक मूल्याङ्कनको यो यात्रामा म रम्न पाउँदा ज्यादै प्रफुल्लित भएँ । सम्मान जिउँदो छँदा गर्ने हो, मरेपछि मात्र मूल्याङ्कन गर्ने भनी मान्छेको अवमूल्यन गर्ने परिपाटी मलाई पटक्कै मन पर्दैन । जिउँदो हुँदा नै निर्मल लामाको सम्मान गर्न पाएँ । यसैमा नै मलाई खुसी लागेको छ । यस कार्य सम्पन्न गर्न निर्मल लामा मन पराउने थुप्रै खालका मित्रहरूको सहयोग र सद्भाव बिर्सिदिनु भुल हुनेछ । राजनीतिमा निर्मल लामाले गरेका योगदान तथा कहरहरू बिर्सि नसक्नु मात्र छैनन् ऐतिहासिक तथा उच्चस्तरका छन् । अरूलाई ओझेल राखेर आफू उठ्न खोज्नेहरूले जेसुकै भन्दै रहून् मलाई त लाग्छ निर्मल लामा देश बुझेका, जनताको अर्थ जानेका एक जना जनताका पक्षका श्रमजीवी नेता हुन् । यिनै लामा नेतालाई मन पराएर जन अभिनन्दन गर्दाका क्षणहरू मेरा लागि सधैँ अविस्मरणीय रहने छन् । यसै गरी उनको अवसानमा सम्झना स्वरुप जन अभिनन्दन समारोह समितिबाट प्रकाशित भएका ठुला फोटोहरू सधैँ इतिहास भई रमिरहने छन् – म विश्वस्त छु ।  

लोकतन्त्र हुँदै गणतन्त्र आइपुगेको समय–सन्दर्भमा पनि कमरेड निर्मल लामाको अभाव महसुस गरिरहेछु । त्यो समयमा भएको उक्त भव्य कार्यक्रममा अध्यक्ष पद्म रत्न तुलाधर र सचिव मोहन दुवालको नामबाट अर्पण गरिएको उक्त कार्यक्रममा प्रदान गरिएको सम्मान पत्र यसरी लेखिएको छ – 

निर्मल लामा जन–अभिनन्दन समारोह समितिबाट श्रद्धेय निर्मल लामा (सोनाम वाङ्दी लामा ) लाई अर्पण गरिएको सम्मान–पत्र
आदरणीय निर्मल लामाज्यू !

जन साधारणको परिवारमा जन्मिएर अभाव, कष्ट र अपमान विरुद्ध जुझ्दै हुर्कनुभएका र उत्पीडन र शोषण विरुद्धको मुक्ति–सङ्घर्षमा सुरुदेखि आजसम्म निर्बाध रूपले संलग्न हुनुभएका तपाईँको अविस्मरणीय तथा अनुकरणीय योगदान देशको जीवन्त इतिहास हो । राजनैतिक सङ्घर्षका तीव्रतम घात–प्रतिघातहरूमा पनि लोभ र त्रासरहित भई सन्तुलित पाइला चाल्दै प्रतिगमनसामु कुनै हालतमा पनि नलत्रिने तपाईँको अदम्य साहस सङ्घर्षशील नेपाली जनताको निमित्त सदैव प्रेरणा–दीपका रूपमा प्रज्वलित भइरहने छ ।

हे समर्पणका प्रतीक !
हे निस्वार्थ सेवाका अग्रज स्तम्भ ! 
हे जनमुक्ति युद्धका अग्रज योद्धा ! 
हे जनआन्दोलनका जुझारु कमान्डर !

पाँच दशक अघिदेखि निरन्तर रूपमा राजनैतिक क्षितिजमा सक्रिय अग्रसरताका डोबहरू छाड्नुहुने तपाईँको इतिहास भनेको देश र जनताप्रति सम्पूर्ण समर्पणको इतिहास हो । प्रजातान्त्रिक आन्दोलनको इतिहासमा प्रजातन्त्रका सेनानीमध्येका एक अग्रज सेनानी भई सेवा पुर्‍याउनुहुँदै तपाईँले प्राप्त प्रजातान्त्रिक अधिकारहरूको रक्षा र विस्तारको क्षेत्रमा अमूल्य सेवा पुर्‍याउनुभएको तथ्य जग जाहेर छ । र साथै तपाईँले जनताको मुक्ति सङ्घर्षमा गर्नुभएको योगदान र समर्पणको गाथा इतिहासमा सदा जीवन्त रही चम्किरहने छ । तपाईँका कलङ्करहित पद–चिन्हहरूको इमानदारीपूर्वक अनुसरण गर्ने अठोट बोकेर हामी तपाईँलाई हार्दिक अभिनन्दन गर्दै यो सम्मान–पत्र तपाईँमा अर्पण गर्दछौँ । 

मोहन दुवाल                                                                                                                 पद्म रत्न तुलाधर
सचिव                                                                                                                              अध्यक्ष
                                            जन–अभिनन्दन समारोह समिति 
                                                  काठमाडौँ – २०५७ 

 २०५७ वैशाख ८ गते भएको उक्त ऐतिहासिक कार्यक्रममा मैले स्वागत मन्तव्य दिंदै भनेको कुरा यहाँ स्मरणका लागि इतिहास नै हो जस्तै सम्झेर उल्लेख गरेको छु – 

स्वागत–मन्तव्य 

आदरणीय प्रजातन्त्र सेनानीमध्येका अग्रज तथा वामपन्थी नेता निर्मल लामाज्यू, उहाँको अद्वितीय राजनीतिक योगदानको उच्च मूल्याङ्कन गरी उहाँप्रति हार्दिक सदाशयता र सम्मान अर्पण गर्न पाल्नुहुने विविध क्षेत्रका विशिष्ट पाहुनाहरू, हार्दिकता जुटाई दिनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदी–बहिनीहरू र जन अभिनन्दन समारोहका अध्यक्षज्यूलगायत यहाँ उपस्थित हुनुभएका सबै जन–मनहरूमा जन–अभिनन्दन समारोह समितिका तर्फबाट न्यानो अभिवादन र हार्दिक स्वागतम !

पाँच दशक अघिदेखि निरन्तर रूपमा नेपाली राजनैतिक क्षितिजमा निष्कलङ्क ढङ्गले समर्पण र त्यागका डोबहरू छोड्नु हुने एक जना इतिहासमा सधैँ जीवन्त रहने राजनीतिक योद्धाको सम्मान जनस्तरबाट गर्ने मौका तपाईँहरू सबैले हामीलाई प्रदान गरिदिनु भएकोमा आज हामी हर्षले विभोर भएका छौँ । जसले जीवनभर फूलेजस्तै देश र जनताका लागि सौन्दर्य र समर्पण मात्र दिनुभएको छ, उहाँको मूल्याङ्कन कुन शब्द र शैलीले गरौँ ? जसले जीवनभर कञ्चन पानीको छालले जस्तै हार्दिकता र स्वच्छता मात्र प्रदान गर्दै जीवनका अधिकांश क्षणहरू समर्पण गर्नुभएको छ, उहाँको बखान कसरी र कुन कोणबाट मुखरित गरौँ ? जो जीवनभर हिमालले जस्तै निर्भीकता दर्‍हो विश्वास सँगाल्दै बाच्नुभएको छ, उहाँको वर्णन र परिचय कसरी दिऊँ ? हामीलाई दृढता र आफ्नो स्वच्छता देश र जनताप्रति नि:स्वार्थढङ्गले सम्पूर्ण जीवन–क्रमहरू फूलले जस्तै मोहकता बाँडेर, पानीको छालेजस्तै कञ्चनता छर्केर र हिमाललेजस्तै शीतलता प्रदान गरेर आफूलाई सुन्दर प्रतीककै रूपमा स्थापित गरिसक्नुभएको छ । उनै सौन्दर्यशाली व्यक्तित्व निर्मल लामाको गुण–गाथा गाउनु भनेको देश र जनताकै गुण–गाथा गाउनु हो । 

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मात्र होइन अझ त्यो भन्दा बेसी वामपन्थी राजनैतिक आन्दोलनको क्रममा उहाँले पुर्‍याउनुभएको योगदान र समर्पण बिर्सि नसक्नु छ । शीर्षस्थ राजनैतिक नेता निर्मल लामाले पुर्‍याउनुभएको राजनैतिक योगदान राष्ट्र र जनताका लागि मार्ग निर्देशक सन्देश भइदिएको छ । यस सन्दर्भलाई विचार गरेर हामीले वरिष्ठ नेता निर्मल लामाको त्याग, समर्पण र दृढतालाई कदर गर्नु उपयुक्त सम्झेर सबै जनस्तरबाट सहयोग प्राप्त गर्दै यो अभिनन्दन समारोह यस रूपमा गर्न गइरहेका छौँ । हाम्रो यस किसिमको चोखो भावनालाई आत्मसात् गरिदिनुभएर हामीलाई यस कार्यमा सहयोग र हौसला प्रदान गरिदिनुहुने सबै पक्षका राजनीतिज्ञहरू, विद्वतजनहरु, साहित्यकार–कलाकारहरू लगायत किसान, मजदुर, श्रमजीवी वर्गमा निर्मल लामा जनअभिनन्दन समितिको तर्फबाट हार्दिक तथा न्यानो स्वागतमय शब्द–गुच्छाहरु तपाईँहरू सबैमा राख्दे बिदा हुन चाहन्छु । धन्यवाद ! 

सधैँ सम्झना रहिरहने खालको यो अभिनन्दन मेरो सोचको पनि अभिनन्दन हो । जिउँदो छँदा सम्मान गर्ने परम्परा बसाल्नु पर्दछ भन्ने मेरो दृष्टिको सम्मान पनि हो यो सम्मान । मेरा जीवनमा भएका घटनाहरूमध्ये सम्झना गर्न लायकको यो घटना सधैँ सम्झिरहनुपर्ने भएकोले स्मृतिको पानामा उल्लेख गरेको छु । 


Tags: निर्मल लामा
अघिल्लो पोष्ट

विनायकपुर

पछिल्लो पोस्ट

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पारिजातको प्रसङ्गमा

पारिजातको प्रसङ्गमा

४ जेष्ठ २०८०, बिहीबार
रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तम शान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तम शान्ति पुरस्कार

५ जेष्ठ २०८१, शनिबार
हिटलरको दुर्भाग्य

हिटलरको दुर्भाग्य

३ श्रावण २०८१, बिहीबार
अन्धकारभित्रको अन्धकार – १२

अन्धकारभित्रको अन्धकार – १२

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक