जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्य कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

जनमत जनमत
प्रकाशित १९ जेष्ठ २०७८, बुधबार
अन्तर्वार्ता भित्र
0
साहित्य  कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

१. तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताई दिनु हुन्छ की?
.. म र साहित्यको कुरा गर्नुभन्दा पहिला केही प्रसङ्ग जोड्न जरूरी हुन्छ मैले ्र सामाजिक र आर्थिक रूपले कमजोर भएपछि समाजमा बाँच्न ज्यादै कठिन हुँदो रहेछ ्र त्यतिबेला समाज , आफन्त, छरछिमेक, र आफ्नैबाट पनि तिरस्कार , अपहेलना, उपेक्षा, मानसिक प्रत्याडना धेरै पईँदो रहेछ ्र त्यस्तो अवस्थामा मन , मस्तिष्क,हृदय र जीवन भोगाईका तमाम क्रमहरू अत्यन्तै मर्माहत भई भावुकताको सागरमा डुब्न पुग्छ्र पत्रैपत्र उकुसमुकुसिएका विरोधका स्वरहरू सुसाउन नसक्दा त्यसलाई व्यक्त गर्न कागज र कलम ठूलो साथी बन्दो रहेछ ्र म त्यतिबेला मनको सागरमा उर्लेका भावनाका संवेगहरूलाई अक्षरको रूपमा छताछुल्ल पोख्थें ्र लेखेका कुरा निक्कै दिनसम्म पढी रहन्थें र च्यात्थें ्र यो क्रम निक्कै वर्षसम्म चल्यो ्र सायद नजानिंदो रूपले यहि क्रम मेरो साहित्य लेखनको थालनी हुन सक्छ ्र साहित्य रच्छु वा कथा नै लेख्छु भनेर थालनी चाहिं , दुई टुहुरा बच्चाहरूको कारुणिक भोगाईको दृश्यले मलाई चिमोट्ने , दुखाउने, घोंच्ने गरेपछि मैले लेख्न पुगें “ भत्किएका चाहनाहरू “ शिर्षकको कथा ्र यही सिर्जना मेरो साहित्य लेखनको थालनी बन्न पुग्यो ्र

२. साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को को बाट पाउनु भयो ?
.. चरम गरीबी , जीवन भोगाईको क्रममा विविध अप्ठ्यारा मोड कुईनेटोहरू, तर्न कठिन अँध्यारा जंघारहरूको कटु भोगाईबाट उर्लेका संवेगनिय भावहरूले र मसँग ठोकिन गाँसिन आईपुग्ने सामाजिक शोषणका पीडाले रोगीएका रुग्ण मनहरू, जालझेलले सपना भत्किएका भग्न मनहरू, घरेलु हिंसाले पिल्सिएर छट्पटाएका व्यथित मनहरू , पुरातन परम्परा – अन्धविस्वास – सङ्कीर्ण रुढिवादी सोंच र सामन्ती संस्कारको चपेटामा चेप्टिएका मनहरू , समाजमा विधमान विकृति विसंगतिले उत्पीडित मनहरूको चित्कारजन्य आवाजविहिनक्रन्दनहरूले नै शब्दमा पोखिएर सिर्जना गर्न प्रेरित गर्यो ्र तर पनि म आफ्नो लेखनको प्रेरणा श्रोत वरिष्ठ कथाकार श्री माया ठकुरीज्युलाई मान्छु ्र म वहाँको कथाकारीता र संघर्षपूर्ण जीवनगाथाबाटअत्यन्तै प्रभावित छु ्र त्यस्तैमेरो अर्को प्रेरणाकोश्रोत हुनुहुन्छ वरिष्ठ साहित्यकार श्री विवश पोख्रेलज्यु्र वहाँले लेखनको प्रारम्भिक चरण देखि नै मेरो सिर्जनाको पाठक , समालोचक, गुरु बनेर मलाई प्रोत्साहित गरिरहनु भएको छ्र म वहाँहरू दुवैप्रति आभारी छु ्र

३. साहित्य सेवामा निरन्तर रुपमा लागि रहनु भएकी तपाईं यसबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताई दिनुहोस््र
.. साहित्य सिर्जनाको प्राम्भिक चरणबाट अहिलेसम्मको यात्रामा मैले अविरल निरन्तरता दिन सकिन्र २०५६ देखि २०७६ को बीस वर्षे यात्रामा बाह्र वर्ष साहित्यबाट अलग्गिनु मेरो आफ्नै बाध्यता विवसता रह्यो ्र अबका दिन साहित्य साधना र यात्रामा निरन्तरता दिने क्रममा लागि रहने छु ्र साहित्य सेवा त कति पनि गर्न सकेकी छैन मैले ्र मनमा उर्लेका भाव संवेगहरूलाई अक्षरमा उन्दै सिर्जनाको रूपमा पोखिन पाउँदा क्षणिक सन्तुष्टि त लाग्छ्र तर चाहे जति र चाहे जस्तो साहित्य सिर्जना गर्न सकेकी छैन भन्ने लाग्छ ्र साहित्य यात्राको क्रममै वा सिकाईको क्रममा छु ्र जीवन, जगत, समयलाई अध्यन मनन गर्दै लेखन परिष्कृत , परिमार्जित गरि भविष्यमा केही सन्तुष्ट बन्न सकिएला भन्ने आशा छ ्र र अर्को पक्षबाट अनुभूत गर्नु पर्दा साहित्य साधना र यात्राबाट अलग पहिचान , अस्तित्व, सम्मानर माया पाउँदा भने केही मात्रामा सन्तुष्ट पक्कै लाग्छ ्र

४. नेपाली साहित्यमा महिला लेखिकाहरुको भूमिका र अग्रसरिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नु हुन्छ ?
.. साधना, तपस्या र समर्पण बिना सफलता प्राप्त नहुने कुरा सर्व्विदितै छ ्र पारिवारिक जिम्मेवारीको हकमा पुरुषको तुलनामा नारीको भूमिका अत्यन्तै गहन हुन्छ्र विविध चरणमा कर्तव्य र दायित्व निर्वाह गर्दागर्दै कतिकति महत्वपूर्ण समय र अवसर नारीका हातबाट चिप्लिएर फुत्कन्छ ्र तर पनि समाज रूपान्तरणको हकमा आज नारीहरू हरेक क्षेत्रमा अग्रसर रहँदै आएको समय सन्दर्भमा साहित्यमा पनि नारीको उल्लेखनीय भूमिका स्पष्ट देखिन आउँछ ्र यद्दपी हामी नारीहरू संख्यात्मक रूपमा पुरुषको तुलानामा कम देखिन सक्छौं साहित्यमा तर गुणात्मक रूपमा सक्रियता र संलग्नता निश्चय नै प्रशंसनीय छ भन्दा अतियुक्त्ति नहोला ्र

५. “ साहित्यकाहरू आ(आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन््र वास्तवमा साहित्यमा मुख्य कुरो सिद्दान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पु(याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ्र “ यस भनाई प्रति तपाईंको धारणा के छ ?
.. साहित्य सिर्जनाको सन्दर्भमा म यस विचारप्रति सकारात्मक छु ्र साहित्य जीवन , जगत, समय परिस्थितिको छाया र देखिएका , भोगिएका,अनुभूत गरिएका यथार्थहरूलाई शाब्दिक शिल्पद्वारा कलात्मक रूपमा अभिव्यक्त गरिने माध्यम हो भन्ने ठान्छु म ्र जसमा विचार सम्प्रेषण , एउटा निश्चित दृष्टिकोण र सिदान्तको समागम हुन्छ ्र प्रस्तुतिमा कलात्मक सौन्दर्यता अपरिहार्य रहन्छ ्र जसले पाठकको हृदयस्पर्श गरि चेतना , सकारात्मक सोंच , सहानुभूति, संवेदनशिलता, करुणा जगाउन सक्षम हुन्छ ्र कलात्मक सौन्दर्यताको साथमा विचार र दृष्टिकोण एकारूपतामा रहे पनि सिदान्तको बन्धनभित्र बाँधिएर गरिएको साहित्य सिर्जनामा मौलिकता मर्छ भन्ने लाग्छ मलाई ्र यसको अर्थ सिद्दान्त जान्नै पर्दैन र आवश्यक छैन भन्ने चाहिं होईन ्र

६. हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नु हुन्छ ?
.. साहित्य अभिवृद्धि , प्रवर्दन, विकासको निम्ति साहित्यिक संघ(संस्था, प्रतिष्ठानहरू खुलेर विविध गतिविधिहरू हुनु निश्चय नै राम्रो कुरा हो ्र तर त्यसभित्र सकारात्मकता र निष्पक्षता हुनु जरूरी रहन्छ ्र साहित्यिक संघ(संस्था र प्रतिष्ठानहरू हरेक वाद भन्दा माथि आलोचनाको घेराभन्दा बाहिर रहनु पर्छ भन्ने लाग्छ मलाई ्र र स्वच्छ प्रतिष्पर्धाले नै साहित्यको श्री वृद्धि भई विश्व साहित्यसँग हातेमालो गरि नेपाली साहित्य उभिन सक्छ भन्ने लाग्छ ्र नेपाली समसामयिक साहित्यमा नयाँ नयाँ शैली, बान्की , र प्रयोगका सिर्जनाहरू सिर्जित भई रहेका छन् , यसले निश्चित एउटा धारा निर्धारण नगरे पनि विविध धारहरु निकास गरि रहेको छ , जुन साहित्यको निम्ति निश्चित सन्तुष्टीको विषय हो ्र

७. तपाईंलाई मन पर्ने स्वदेशी र विदेशी लेखकहरू को – को हुनुहुन्छ ? कृपया बताई दिनु हुन्छ कि ?
.. हृदयश्पर्शित , मनमोहक, सकारात्मक भाव संवेग संप्रेषित र कलात्मक सौन्दर्य प्रवाहित गरि सिर्जना गर्ने सबै लेखक मन पर्छ ्र नाम लिनै पर्दा गुरुप्रसाद मैनाली , पोषण पाण्डे , रमेश विकल , माया ठकुरी , भागीरथी श्रेष्ठ , पारिजात, परशु प्रधान , कृष्ण भुषण बल , विवश पोख्रेल , ईन्द्र कुमार श्रेष्ठ सरित्, अमर नेउपाने र विदेशीमा म्याक्सिम गोर्की , लियो टाल्स्टाय , ओ हेनरी , लुशुन , प्रेमचन्द, रविन्द्रनाथटैगोर, अमृता प्रितम , मन्नू भण्डारी आदिको नाम लिन चाहन्छु ्र

८. तपाईंलाई सधैं सम्झनामा रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरि दिनुहोस् ्र
.. पहिलोपटक मेरो कथा “ एउटा नौलो मातृत्वबोध“ रास्ट्रिय स्तरको पत्रीका समष्टीमा छापिएर आउँदा र आफ्नो पहिलो शाब्दिक सन्तान कथा सङ्ग्रह “ तुषारापात“ प्रकाशन हुँदा एउटा बेग्लै खुसीको अनुभूति भएको थियो ्र त्यो पल आज पनि सम्झनामा उत्तिकै मिठासपूर्ण रूपमा रही रहेको छ ्र अर्को अविस्मरणीय क्षण वरिष्ठ कथाकार माया ठकुरी दिदीसंग दस वर्षको लामो फोन सम्पर्क पछी पहिलो प्रत्यक्ष भेट !

९. तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख रचना मध्ये मन पर्ने कुन रचना हो ?
.. मेरो पहिलो प्रकाशित रचना “ भत्किएका चाहनाहरू “ भन्ने कथा हो ्र जुन कथा हर्मन माईनर स्कुलको वार्षिक मुखपत्रमा प्रकाशित भएको थियो ्र आफ्नो लेख रचनाहरू सबै सन्तान जत्तिकै प्यारो लाग्छ मलाई ्र तर मन पर्ने भन्नु पर्दा तुषारापात, कुन्जला, शङ्खघोष, अलिखित कथाको एकपात्र, मेरो दृष्टिमा ऊ , अनुत्तरित प्रश्न , गिद्देभोज, अढाई लाखको चेक आदि हुन््र


अघिल्लो पोष्ट

सार्वभौम जनता म

पछिल्लो पोस्ट

दुइ मुक्तक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट

दुइ मुक्तक

हर्ष श्याम्बो

हर्ष श्याम्बो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

समय संवाद

समय संवाद

३ जेष्ठ २०८०, बुधबार
नेसास कविता महोत्सवका लागि कविता आह्वान

नेसास कविता महोत्सवका लागि कविता आह्वान

३ जेष्ठ २०७९, मंगलवार
अन्धकारभित्रको अन्धकार – २

अन्धकारभित्रको अन्धकार – २

३ जेष्ठ २०७८, सोमबार
मायाको गन्तव्य

मायाको गन्तव्य

२ श्रावण २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक