साहित्यिक पत्रकार संघले कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । कविहरू मुकारूङ, क्षेत्री र कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको ‘व्यथित काव्य सम्मान’ प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले सम्मान गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित कविहरुको परिचय कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, प्रा. डा. गोविन्दमान सिंह कार्की, पवन आलोक, प्रद्युम्न जोशी, विक्रमभक्त जोशी, मनोज नेउपाने, मुरारि सिग्देल, ममता मृदुल, कल्पना खरेल, रन्जना निरौला, रमेश दाहाल, दिलीप अधिकारी, सरस्वती गौतम, मीन ब्रजाचार्य, भरत सुवेदी लगायतको उपस्थिति रहेको थियो ।