टिकटमा मुक्तक कार्यक्रममा साहित्यकार सरुभक्तलाई यस वर्षको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले उक्त पुरस्कार साहित्यकार सरुभक्तलाई अर्पण गरे । पुरस्कारको राशि नगद ५१ हजार र सम्मानपत्र छ ।
नेपाली मुक्तकको उत्थान र विकासमा सरुभक्तले गरेको योगदानको सम्मान गर्दै यसपालि उनलाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको अध्यक्ष कोनेले सुनाए । उक्त पुरस्कार अर्पण गर्नकै लागि कोने पोखरा आएका थिए । ५ दशकदेखि साधनारत साहित्यकार सरुभक्तका ५ मुक्तक कृति प्रकाशित छन् । करिब ४ दर्जन कृति प्रकाशित र त्यति नै पाण्डुलिपि तयार गरेका सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुन् ।