जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३

बङ्गबन्धु शेख मुजिबुर रहमान बङ्गबन्धु शेख मुजिबुर रहमान
प्रकाशित २३ माघ २०८०, मंगलवार
अनुवाद भित्र
0
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३

पागल डफ्फा : कारागारमा पागल डफ्फा भनिने अर्को एक विभाग पनि हुन्छ । कारागारमा थुप्रै पागलहरु हुन्छन् नै । उनीहरुको वासस्थान अरुको भन्दा बेग्लै हुन्छ । उनीहरुमाथि निगरानी राख्नका लागि बिहान एउटा र साँझ एउटा सिपाही खटाइएको हुन्छ । यस्ता पागल कैदीको निगरानीका लागि केही मानिसहरु खटाइएका हुन्छन् । कतिपय अवस्थामा सद्दे अवस्थामा जेल परेका कैदी जेलभित्रै पागल हुन पुग्छन्, किनभने जेलको जीवन सहनु निकै कठिन कुरा हो । कतिपय भने नजिकका आफन्तको हत्या गरेका कारण मानसिक सन्तुलन गुमाउन पुग्छन् । उनीहरुको मानसिक अवस्था सामान्य नहुञ्जेल उनीहरुको मामिलाउपर कुनै पनि सुनुवाइ हुँदैन । फरिदपुरमा एकजना प्रहरी जवानले आफ्नी श्रीमतीको वफादारीमाथि शङ्का भएकै कारण श्रीमती र छोराछोरीको हत्या गरेछ । उसलाई आजीवन कारागारको सजाय भयो । तर उसले जेलमा मानसिक सन्तुलन गुमाएछ । कतिपय भने जेलबाहिरै पनि सन्तुलन गुमाउँछन्, तर पनि न्यायाधीशको आदेशले जेल चलान हुन्छन् । यस्ता पागल मानिसमध्ये कतिपय पछि ठीक पनि हुन्छन्, तर कतिपयको अवस्था भने पहिलेको भन्दा नराम्रो पनि हुन्छ । संसारमा रहेका असङ्ख्य प्रकारका पागलहरुबारे जान्नलाई जेल नै पुग्नुपर्छ । मचाहिँ भाग्यमानी मध्येको एक हुँ कि अभागीहरुमध्येको, त्यो म भन्न सक्दिनँ । तर अहिले मलाई जुन कोठामा राखिएको छ, त्यो पागल कैदीहरु राखिएको कोठाको नजिकै छ । जब रात पर्छ, यी पागल झनै पागल भएजस्तो गर्छन् । उनीहरुलाई ४० नम्बरको कोठरीमा राखिएको छ । यसभित्र पनि सबैलाई स–साना छुट्टाछुट्टै कोठरीमा थुनिएको छ । धेरैजसो चुपचाप रहन्छन् तर अरु रातभर गीत गाउँछन् — सबै प्रकारका गीत । यसलाई पागलहरुको सङ्गीत भन्न सकिन्छ । बेलाबेला खाना खाने थाललाई बाजा बनाएर बजाउँछन् र कहिलेकाहीँ दैलोको पल्ला ठोक्छन् । र बेलाबेला, केही केही पागल भने गाली गर्दा गर्दा रातै बिताउँछन् । यस्तो फोहोरी भाषामा सधैँ कसलाई गाली गर्दा हुन्, कुन्नि …?

धेरै रात उनीहरुको होहल्लाले म सुत्नै सकिनँ । पागलहरुले उनीहरुले सक्दो ठूलो आवाजमा रातभरि होहल्ला गरेपछि को निदाउन सकोस् एउटा पागल बूढो थियो, जो बेलाबेला अनियन्त्रित हुन पुग्थ्यो । ऊ पागल भएर कराइरहँदा उसले अक्सर प्रयोग गर्ने दुई शब्द थिए: अल्लाहु अक्बर (अल्लाह महान छन्) र जिन्दावाद, जसलाई ऊ रात नबित्दासम्म बारम्बार दोहोर्‍याइरहन्थ्यो । कोही चाहिँ बिँडी खान पाइन्छ कि भनेर सिपाहीलाई बोलाउँथे । भन्थे, “मालिक, यता आउनुस् न ।” यसरी धेरैबेर सिपाहीलाई बोलाइरहन्थे, तर जब धेरैपल्ट बोलाउँदा पनि कोही आउँदैनथ्यो, “मालिक” को सट्टा तिनै सिपाहीको आमा वा दिदीबहिनीका नाममा गालीको कुनै अपशब्द प्रयोग गर्न थाल्थे । उक्त ४० नम्बरको कोठरीका दुवैतिर ससाना अन्य कोठरी थिए । मैले कतिपल्ट गार्डहरुलाई धेरै नै पागल भएकालाई चाहिँ यी साना कोठरीमा राखिदिन अनुरोध गरेको थिएँ । तर यो भन्न गाह्रो थियो — बाँचेका मध्ये कतिले कुन बेला मानसिक सुन्तुलन गुमाउने हुन् र होहल्ला गर्न थाल्ने हुन् । एउटा कराउन थाल्दा अर्को सुतिरहेको हुन्थ्यो । बिहान, दुवैलाई स्नान घर लगिन्थ्यो र पालैपालो नुहाउन लगाइन्थ्यो । पागलहरु नुहाउने मामलामा अत्यन्तै अल्छी हुन्छन् । त्यसैले उनीहरुलाई बलजफ्ती पानीभित्र ठेलिन्छ र चोबलेर नुहाउन बाध्य पारिन्छ । कतिपय पागल भने बाठा हुन्छन् । यसरी चोबलिनुभन्दा अगाडि नै धारामा गएर आफैँ नुहाइहाल्छन् ।

एक दिन मैले उभिएर एउटा पागलले नुहाएको हेरेँ । यसबेलासम्म अर्को पागलले नुहाएर सकेको थियो । घाममा आफैलाई सुकाउन खोजिरहेको ऊ अझै काँपिरहेको थियो । अन्य केही कैदीहरुको अर्को एक पागललाई गलहत्याएर नुहाउन बाध्य पारिरहेका थिए । मेरो छेवैमा घाम तापेर बसेको पागलले एक्कासि भन्यो, “देखिस् यी सबै मान्छे पागल छन् । सधैँ अनौठा अनौठा काम गरिरहन्छन् ।” म खूब हाँसेँ । उसले यो भुलेछ, ऊ आफैँ पूर्ण रुपमा पागल थियो ।

सन् १९५४ मा मैले एउटा यस्तो पागल भेटेँ, जसले त्यसअघि पनि मानसिक सन्तुलन गुमाइसकेको रहेछ । त्यसै बेलादेखि म उसलाई चिन्थेँ । वर्षमा एघार महिना उसको व्यवहार ठीकठाक हुन्थ्यो, तर अन्त्यमा अनियन्त्रित हुन पुग्थ्यो । सामान्य अवस्थाको जीवन बाँचिरहेको बेला ऊ पूरा सज्जनजस्तो लाग्थ्यो । पछिल्लोपल्ट मैले उसलाई देख्दा अन्य मानिसहरु उसलाई हिँडाएर कतै लिएर जान लागिरहेका थिए । मैले आफूले पहिले देखेको पागल मान्छेलाई चिनिहालेँ । उसको नाम काफिलुद्दिन थियो । मैले सोधेँ, “कस्तो छ, काफिलुद्दिन” उसले भन्यो, “म ठीक छु, तर मलाई यिनीहरु छोडिरहेका छैनन् । तिनीहरु मलाई छोड्दै छोड्दैनौ । तिमी फेरि यहाँ आइपुग्यौ” मैले केही भनिनँ र ऊ अगाडि बढ्यो । यसअघि मेरो सामुबाट हिँड्दा ऊ सदैव मलाई अभिवादन गथ्र्यो । ऊ यस दौरान सधैं जेलमै थियो । अझ उसले कति यहीँ बस्नुपर्ने हो, म त्यो भन्न सक्दिनथेँ । यस्तै अर्को पागल बूढो थियो जो मलाई देख्यो कि अङ्ग्रेजी बोल्न थाल्थ्यो । पछि सोधेपछि मैले थाहा पाएँ, ऊ विगतमा गाउँको एउटा अङ्ग्रेजीको शिक्षक रहेछ । तर कसोकसो उसले दिमागको सन्तुलन गुमाउन पुगेछ ।

एक दिन जब म श्रीमतीलाई भेट्न कारागारको प्रवेशद्वारतिर गइरहेको थिएँ, मैले अन्य सबै पागललाई थुनिएको एउटा कक्षको ढोकामै एउटा पागल कैदीलाई देखें । मलाई देख्नासाथ उसले भन्यो, “मलाई एउटा पनि सिग्रेट नदिई तिमी कसरी सिग्रेट पिइरहन्छौ” मैले भनेँ, “आऊ न, म दिइहाल्छु नि ।” फर्कंदा देखें, उसलाई अघि नै अन्य पागल कैदीहरुसँग थुनिसकेछन् । ऊ रिसाएको बेला सबैलाई सताउँथ्यो र मानिसहरुलाई पिट्थ्यो पनि । एकपल्ट ऊ कुदेर एउटा सिपाहीले ड्युटी गरिरहेको ठाउँमा पुग्यो र सिपाहीले बोकेको लाठी खोस्यो । अनि त्यही लाठीले उक्त सिपाहीलाई पिट्न थाल्यो । परिणामस्वरुप सिपाहीको निधारमा गहिरो चोट आयो । उसले भने कसोकसो आफूलाई बचायो । पछि अन्य सिपाही र कैदी कुदेर आए र उसको हातबाट लाठी खोसे । करिब एक घण्टा जति त कसैले उसको छेउ पर्न सकेको थिएन । यस्ता कतिपय पागल कैदी छन्, जो कुनै विशेष सिपाहीलाई देख्यो कि जाइलागिहाल्छन् । यस्तो अवस्थामा पागलहरुको कक्षको वरिपरि त्यी सिपाहीलाई खटाइँदैन । कुनै पागललाई रिस उठाउनु वा उसका विरुद्ध गाली गलौजका शब्द प्रयोग गर्नु भनेको उसलाई झनै पागल तुल्याउनु हो । यस्तो बेलाको एकमात्र औषधी भनेको पानी हो । यस बेला उनीहरुलाई भोलिपल्ट पानीमा चोबल्छौँ भन्ने डर देखाउन सकियो भने चुप लाग्छन् । म भने यी पागलहरुलाई बेला बेला बिँडी किनिदिन्थेँ र मसँग खुसी रहन्थे । तर यसपालिको जेल बसाइमा भने मैले यसो गर्न सकेको थिइनँ किनभने मलाई राखिएको कोठाबाट बाहिर जाने अनुमति थिएन र बाहिर अरुसँग बोल्ने पनि अनुमति थिएन ।

अर्को डफ्फा हो शैतानको कल अर्थात् डेभिल्स इन्जिन डफ्फा । यो के रहेछ भने मैले जब सोधेँ, मलाई भनियो, यो कम्बल फेक्ट्री हो । ढाका जेलमा यस्तो एउटा फेक्ट्री छ, जहाँ गुणस्तरीय कम्बल बनाइन्छ । कैदीलाई हिउँदका लागि तीनवटा र बर्खाका लागि दुईवटा कम्बल दिइन्छ । ढाका कारागारभित्रको यस फेक्ट्रीले देशभरका सबै कारागारमा चाहिने कम्बलको आपूर्ति गर्छ । यहाँ, बाहिरबाट किनिएको ऊन र कपाससहित कैदीहरुलाई काममा लगाइन्छ । कारागारमा लामो समयदेखि रहँदै आएका कैदीलाई फेक्ट्रीमा काम गर्न सिकाइन्छ । यहाँ बनेका कम्बललाई बाहिर बेच्ने पनि गरिन्छ । मैले एकपल्ट एक कैदीलाई सोधेँ, “किन यस फेक्ट्रीलाई शैतानको कल भनेको” उसले भन्यो, “सर, जब कपास उडेर, हाम्रो कपाल, अनुहार, लुगा – सबैतिर बस्छ, तपाईंले हामीलाई चिन्नै सक्नुहुन्न । सबै धुलो र कपासको भुवाले भरिएका हुन्छन् । बेलुका नुहाएपछि मात्रै खाना खान सकिन्छ । हामीले नुवाइधुवाइ गरेनौँ भने र अनुहार सफा गरेनौँ भने हामीलाई कसैले चिन्दैन । कपाल, अनुहार र शरीरभरि कपासको भुवा हुँदा हामी शैतानजस्तै देखिन्छौँ । त्यसैले यसलाई शैतानको कल भनिएको हो ।”

दर्जी खाटा (सिलाइ विभाग) : ढाका जेलमा निर्माण गरिने धेरै सामग्रीमध्ये कम्बल, कैदीका लागि लुत्ताकपडा, टेबल, मेच, पलङ र सोफा पनि पर्छन् । यी ठूलो शाखा हो । पुलिस विभागका कर्मचारीका लागि पोसाकको उत्पादन पनि यहीँ गरिन्छ ।

मोची खाटा (छाला विभाग) : यस विभागमा जुत्ता बनाइन्छ । यहाँ आधुनिक मसिन राखेर तथा कामदारको ज्याला बढाएर गुणस्तरीय उत्पादन गर्न सकिन्छ । कैदीहरु काम गर्न त्यति रुचाउँदैनन् । उनीहरु जसोतसो कामबाट भाग्न चाहन्छन् । एक दिन बित्यो, दुई दिन बित्यो भनेर दिन गन्नेमात्रै हुन् । यदि उनीहरुलाई बढी काम गरे बढी पैसा आउँछ भन्ने कुरा बुझाउन सक्ने हो भने काम गर्छन् ।
म अब केही घटना सुनाउँछु, जसमा खाना कम भएकै कारणले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न तयार केही कैदीहरुका कुराको घटनासँग सम्बन्धित छ । जेलजीवनबारे भन्नलाई एक दुईमात्रै होइन, सयौं कथा छन् । जब म पहिलोपल्ट जेल परेँ, धेरै कुरा बुझ्न गाह्रो भयो । उदाहरणका लागि, पहिलो दिन एउटा गार्डले आएर मलाई भन्यो, “मलाई बिरामी मान्छे भेट्न जानु छ ।” मैले केही नबुझेर उसलाई केहीबेर हेरेँ । अनि मैले सोधेँ, “को हो त्यो बिरामी मानिस भनेको” उसले भन्यो, “यो भनेको औषधि पाउने ठाउँ हो । मलाई औषधि लिन त्यहाँ जानुपर्ने छ ।” मैले बल्ल बुझेँ, कारागारमा आफ्नै प्रकारको शब्दावली हुँदो रहेछ । सुरु सुरुमा मैले भाषाको यस प्रकारको प्रयोग बुझ्दै बुझिनँ ।

श्रेणी दिइएका कैदीमध्ये बारिसालका बारी र वाहब पनि थिए । हामी सबै एउटै क्वार्टरमा थियौँ । बारी अस्पतालमा लेखकको रुपमा कार्यरत थिए, र वाहब यसै पदमा कुनै उद्योगमा कार्यरत थिए । उनीहरु मामाफुपूका छोरा थिए । दुवैलाई जन्म कैदको सजाय सुनाइएको थियो । हालसम्म उनीहरुले कारागारमा आठ वर्ष बिताइसकेका थिए । जमिनको विवादमा उनीहरुलाई यो सजाय सुनाइएको रहेछ । वाहब यहाँ आउँदा घरमा सानो छोरो छोडेर आएका रहेछन् । उनी देख्नमा साह्रै सुन्दर एक जवान पुरुष थिए । घरमा उनकी बिधवा आमा रहिछन्, जो उनी जेल परेको एक वर्षपछि स्वर्गे भइछिन् । अब श्रीमती र छोरोमात्रै रहेछन् । उनी जेल पस्दा छोरो एक वर्षको मात्रै थियो रे, र त्यसपछि उनीहरु भेट भएकै थिएन रे । बारीका भने एक छोरो र छोरी रहेछन् । उनी जेल परेपछि छोरीको बिहे भएछ । उनी सदैव तनाबमा देखिन्थे । उनी केही बोल्दैनथे र अरुले सोधेको कुराको जवाफ पनि दिँदैनथे । उनी कुनै पनि लफडाबाट टाढै रहन्थे । आफ्नै सुरमा बस्थे । अर्कोतिर वहाब भने जिद्दी स्वभावका थिए, र रिसाएको बेला केही पनि गर्न सक्थे । एक दिन उनीहरु कामबाट फर्केपछि “बिरामी मानिस”को बारेमा सोधे । बारीले भने– “बिरामी मानिस” भनेको जेलको अस्पताल हो । कैदीहरु यसलाई यस्तै भन्छन् ।

यसरी, अन्त्यमा मैले यी शब्दको अर्थ पत्ता लगाएँ ।बङ्गबन्धु शेख मुजिबुर रहमान
भूतपूर्व राष्ट्रपति : बंगलादेश

(अनुवादक : महेश पौड्याल)


अघिल्लो पोष्ट

अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

पछिल्लो पोस्ट

साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

बङ्गबन्धु शेख मुजिबुर रहमान

बङ्गबन्धु शेख मुजिबुर रहमान

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

२४ फाल्गुन २०८०, बिहीबार
पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

२३ फाल्गुन २०८१, शुक्रबार
लक्ष्मी उप्रेतीका एकल कविता वाचन

लक्ष्मी उप्रेतीका एकल कविता वाचन

२३ फाल्गुन २०७८, सोमबार
पुस्तकका रोचक तथ्यहरु

पुस्तकका रोचक तथ्यहरु

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक