समथिङ राष्ट्रिय पुरस्कार, २०७८ बाट यही माघ २९ गते फिदिम नगरपालिकाको सभाकक्षमा साहित्यकार मोहन दुवाल सम्मानित हुने भएको छ । दुई–दुई वर्षमा साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु.५५,५५५।– (पचपन्न हजार पाँच सय पचपन्न) रहेको समथिङ फाउन्डेसन नेपाल, फिदिम, पाँचथरका अध्यक्ष मंगल मेघाले विज्ञप्तिमा जनाइएको छ ।