जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

लैनसिंङ वाङदेलको माइत घर धेरैपल्ट पढेकी छु : मीरा गोतामे

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ११ माघ २०८०, बिहीबार
अन्तर्वार्ता भित्र
0
लैनसिंङ वाङदेलको माइत घर धेरैपल्ट पढेकी छु : मीरा गोतामे

कथा लेखनबाट साहित्यमा पाइला चाल्नु भएकी आख्यानकार हुन् , मीरा गोतामे । आमा बने पछि साहित्यमा बढी सक्रिय गोतामेलाई आख्यान विधाले बढी तानेको देखिन्छ । त्यही भएर कुनै पनि आख्यानका कृतिहरू खोजी खोजी पढी हाल्ने बानी छ । उपन्यासहरू पढ्ने बानीले नै उहाँलाई पनि लेख्न प्रेरित गरेको देखिन्छ । पहिलो उपन्यास वाटै साहित्य बृत्तमा परिचित बन्नु भएकी मीरा छिटै कथा सङ्ग्रह पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ ।   आख्यान मन पर्ने विधा भएकोले उहाँको दिनचर्यामा उपन्यास लगायत कथाहरू पढ्नु पनि एक हो । पढ्नु र लेख्नु जीवनको अभिन्न अङ्गको रूपमा लिई रहनु भएकी गोतामेसँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी : 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
भर्खरै अङ्ग्रेजी क्लासिक “द सिक्रेट गार्डेन” पढेर सकेँ । त्यसअघि कल्पना प्रधानको “मन मन्दिरका तस्बिर” र पारिजातको “अनिदो पहाडसँगै” पढेकी थिएँ ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनु पर्दा ?
यो त गाह्रो प्रश्न भयो । यस्ता धेरै पुस्तक छन् । अहिले चाहिँ अग्रेंजीमा पाउला हकिन्सको “द गर्ल अन द ट्रेन ” र नेपालीमा अमर न्यौपानेको “सेतो धरती” कै नाम झट्ट दिमागमा आयो । हिन्दी साहित्य भने पढ्ने बानी छैन ।

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
सुत्नु अघिको समय र दिउँसो घरै बसेको समय लेखपढ गर्न उत्तम समय लाग्छ मलाई ।

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई त आख्यानले नै तान्छन् । आख्यानका पात्रहरूले मलाई लामो समयसम्म बाँधिराखेको हुन्छ । त्यसमाथि पनि राम्रो उपन्यास पढ्न पाएँ भने दसैँ आएझैँ लाग्छ ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
खासै पढ्न पाइएन । कोर्सका पुस्तकहरू पढ्नेलाई मात्र राम्रो मानिन्थ्यो । साहित्य पढ्ने सचेतना नै थिएन । यद्यपि भेट सम्मका पुस्तक र पत्रिकाहरू एकै छिनमा पढेर भ्याइहाल्थें ।

तपाईँले कुन उमेर समूहमा बढी पढ्नु भयो ?
पहिले पनि पढ्ने गर्थे तर विवाह र आमा भएपछि बढी पढ्न थालेँ । जीवनको अर्को आयाम देखेको र पात्रहरू सित आफूलाई रिलेट गर्न सक्षम भएकाले पनि होला ।

धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
लैनसिंङ वाङदेलको माइत घर धेरैपल्ट पढेकी छु । शिरीषको फुल, प्रेतकल्प र सेतो बाघ चाहिँ दुई पटक ।

दोहोर्‍याएर पढ्नुका कारण खासमा के थियो ?
पहिलोपल्ट के लेखिएको रहेछ भनेर पढियो । असाध्यै मन छोएपछि भने कसरी लेखिएको रहेछ भनेर जान्नका लागी दोहोर्‍याएर पढेँ ।

ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
सुन्दर कथावस्तु र पाठकलाई तानी रहन सक्ने कलात्मक लेखन शैली खुबै मन परे यी पुस्तकहरूमा ।

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
एकदम पछ्याउँछ । खाँदा, हिँड्दा डुल्दासम्म त्यही पात्रहरू मस्तिष्कमा घुमी रहन्छन् । आफ्नो मनले खाएको पुस्तक हो भने पढेको धेरै दिनसम्म त्यो ह्याङओभरले छोड्दै छोड्दैन । यतिसम्म की मेरो वरपरका साथीहरूमाझ पनि त्यसकै व्याख्या गरिरहेकी हुन्छु । उनीहरूलाई पनि पढ्न प्रेरित गरिरहेकी हुन्छु ।

तपाईँको विचारमा पढ्नु केका लागी हो ?
भीडबाट हटेर स्रष्टाले फरक दृष्किोण बाट सोचेको हुन्छ । कल्पना र यर्थाथ लाई बेजोड ढङ्गबाट मिश्रण गरेको हुन्छ । त्यही कल्पनाशीलता र दृष्टिकोण बुझ्नका लागी पढ्ने गर्छु म । आफू नपुगेका ग्रामीण बस्तीदेखि देश विदेशसम्म पुग्न र विविध पात्रहरूको जीवन बाँच्न पनि पुस्तकले मद्दत गर्छ ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
कर्णाली ब्लुज, तुइन, खलङ्गामा हमला, माइत घर, पागल बस्ती, राधा, डार्लिङ हार्बर, महारानी, ताप, नरेन्द्र दाइ ।

तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
धेरै छैनन् । सङ्कलनको चेतना नै ढिलो आयो । २५०० जति होलान् की ।

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
स्याली रुनीको “ब्युटिफूल वर्ल्ड व्हेर आर यु” र विक्रम सेठको “अ सुटेवल ब्वाय” को धेरै तारिफ सुनेकी छु । जसरी पनि पढ भन्ने सुझाव पनि पाएकी छु तर दुईचार वटा चर्चित बुक स्टोरमा खोज्दा पनि पाइन । यी दुई पुस्तक हातमा छिटो परोस् भन्ने कामना छ ।

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
एउटै लेखकको सबै पुस्तक उत्तिकै मन पर्छन् भन्ने छैन । म चाहिँ लेखकभन्दा पनि लेखिएका पुस्तकलाई नै प्राथमिकतामा राख्छु । कुनै लेखकको एउटा पुस्तक असाध्यै मन परे पनि अरू पुस्तक त्यति मन नपर्न सक्छन् । त्यसैले लेखकको नाम लिनुभन्दा उनीहरूका कृतिको नाम लिनु उपयुक्त लाग्छ मलाई । भन्नै पर्दा माथि उल्लेखित सबै स्वदेशी र विदेशी पुस्तकका लेखकको नाम लिन चाहन्छु ।

अध्ययन र लेखाई बाहेकका रुचिहरू के के छन् ?
विभिन्न ठाउँ भ्रमण गर्ने, साथीभाइसँग नाचगान गर्ने आदि ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन कुन पुस्तकहरू सिफारिस गर्नु हुन्छ ?
शिरीषको फुल, प्रेतकल्प, सेतो बाघ, सेतो धरती, उदरिङ हाइट्स, द गर्ल अन द ट्रेन, द किङ अफ द क्लाउड फरेस्ट आदि । यी पुस्तकहरूले जीवन र जगतका विविध आयामहरू सिकाउँछन् । 

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के के छन् ?
मैले आफ्नो पहिलो उपन्यास लेखिसकेपछि यताउता केही नबुझी प्रकाशनको लागी थोरै हतार गरेँ कि भन्ने लागिरहेको छ । त्यसैले दोस्रो पुस्तक चाहिँ प्रशस्त समय लिएर मात्र प्रकाशन गर्ने योजनामा छु । मेरो एउटा कथासङ्ग्रह पाइप लाइनमा छ ।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
जस्तोसुकै घटना र परिवेश दर्साइए पनि हरेक सृजनामा स्रष्टाको विचार हाबी हुन्छ । निश्चित दृष्टिकोणबाटै घटनालाई दर्साइएको हुन्छ । त्यसैले कुनै पनि स्रष्टाको वरपरको वातावरण नै सिर्जनामा प्रतिबिम्बित भएको हुन्छ जस्तो मलाई लाग्छ ।

तपाईँको जीवनमा सानैदेख कोही रोल मोडल छ, जसले जीवनयात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरो जीवनको रोल मोडल मेरो बुवा नै हो । उहाँले हामी छोरीहरूलाई हरेक क्रियाकलापमा प्रेरणा दिनुभयो । कामको जति व्यस्तता भए पनि प्रशस्त समय दिनुहुन्थ्यो । पढाई लेखाइमा पनि धेरै नै मद्दत गर्नुहुन्थ्यो । मलाई आजसम्म पनि आफ्नो बुवा जत्तिको असल लोग्ने मान्छे अरू कोही लाग्दैन ।
साहित्यिक यात्रामा भने आदरणीय दिज्जु बाबा बस्नेत नै मेरो रोल मोडल हुनुहुन्छ । आफ्नै ठुलीआमाकी छोरी भएकाले पनि उहाँका पुस्तकहरू पढ्दै हुर्किएकी हुँ । त्यसैले पुस्तक र पुस्तक लेखनप्रति मोह त थियो नै । उहाँका पुस्तक विमोचनहरूमा जान सधैँ उत्सुक हुन्थेँ । आफूले पुस्तक तयार पार्ने बित्तिकै उहाँलाई नै सुनाएर भूमिका लेखिदिन आग्रह गरेकी थिएँ । उहाँको आवाज, लेखन र पुरै व्यक्तित्व नै उम्दा लाग्छ । सबै विधामा उत्तिकै प्रखर बाबा दिज्यू साह्रै प्रतिभाशाली हुनुहुन्छ ।


Tags: सिर्जना दुवाल
अघिल्लो पोष्ट

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधाका नौजनालाई सम्मान

पछिल्लो पोस्ट

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ पुरस्कृत

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे  र रुक्मिनी श्रेष्ठ पुरस्कृत

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ पुरस्कृत

एमक्युब ग्यालरीमा प्रमीला बज्राचार्यको कला प्रदर्शनी

एमक्युब ग्यालरीमा प्रमीला बज्राचार्यको कला प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मनका स्वरहरूभित्र मन, समय र कविता

मनका स्वरहरूभित्र मन, समय र कविता

४ जेष्ठ २०७९, बुधबार
सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

४ जेष्ठ २०७८, मंगलवार
केही मुक्तकहरू

केही मुक्तकहरू

४ जेष्ठ २०७८, मंगलवार
देवकोटासँग एउटा साँझको कायान्तरण

देवकोटासँग एउटा साँझको कायान्तरण

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक