ताती ताती तातै ।
गुराँस फुले रातै ।।
तोरीबारी घमाइलो ।
घामले रातो पोतेको ।
पिपलुले छेकेको ।।
पिपलुमा चरी छ ।
चिर्रविर्र गरिछ ।।२
गीतगाइ रमाउदै
सूर्यलाली समाउदै ।।
तोरीबारी झरिछ ।
सानुपेट भरिछ ।।३
चारो टिपी ठुँडैमा ।
फर्किआइ गुँडैमा ।।
आँ आँ गर्छन् बचेरा ।
आफ्नै बासमा बसेर ।।४
आमा जतील्याउछिन ।
बाँडीचुँडी ख्वाउछिन ।
बाँडीचुँडी ख्वाउछिन ।।
गर्दैनन् ती झगडा ।
बस्छन् सधैं मिलेर ।।५
फक्रदैन अहंकार ।
वोइलाँउदैन सदाचार ।।
त्यहाँ जीवन चेत छ ।
एकताको स्वरुप छ ।।६
बनेपा