जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ पुरस्कृत

जनमत जनमत
प्रकाशित ३ माघ २०८०, बुधबार
साहित्य संक्षेप भित्र
0
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे  र रुक्मिनी श्रेष्ठ पुरस्कृत

नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार” र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका “थौंकन्हे” का सम्पादक रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’-२०८० नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा सभाध्यक्ष भूपाल राईले पुरस्कार वितरण गर्नुभएको थियोे ।

उक्त जनही पचास हजार (५०,०००) राशि रहेको साहित्यिक पत्रकारिता विधाको पुरस्कारलाई समावेशी रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक ६५ वर्षपछि २०७९ चैत्रमा स्थापना गरेको थियोे । घिमिरेको प्रधान सम्पादकत्व तथा प्रकाशकत्वमा विस २०१८ साल ,जेष्ठ महिनादेखि “रचना”साहित्यिक द्वैमासिक पत्रिका प्रकाशित हुँदै आएको पाइन्छ । यसैगरी श्रेष्ठ विस२००८ वैशाखमा प्रकाशित नेपालभाषाको साहित्यिक मासिक “थौंकन्हे” मा २०४५ सालमा आबद्ध हुनुभएको थियोे।साथै श्रेष्ठको सम्पादकत्व तथा प्रकाशकत्वमा २०६२मा जिप्रका काठमाडौँमा दर्ता भएयता “थौंकन्हे”को प्रकाशन हुँदै आएको पाइन्छ ।

कुलपति राईले साहित्यिक पत्रकारितामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पहिलोपटक “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”वितरण गर्न पाउँदा आफूलाई गौरव महसुस हुनु स्वाभाविक हो । मूलतः साहित्यिक पत्रकारिता स्रष्टा उत्पादनशाला र प्राज्ञिक खुराक हो।जसले नेपालको भाषा, साहित्य र संस्कृतिक‍ो क्षेत्रमा विचार र चिन्तनको उत्पादन गर्न सक्षम साहित्यिक पत्रकारितामा जीवन जिइएका व्यक्तित्वको योगदानलाई चम्काउन “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”को स्थापना गरेको बताउनुभएको थियोे । यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकार स्वयम्मा अभिच्छिन्न चेतनाका उत्तराधिकारी भएपनि यथास्थितिविरुद्धको विच्छिन्न चेतनाबोध गरेर अघि बढ्नुपर्नेमा थप जोड दिनुभएको थियोे ।

समारोहमा पुरस्कृत व्यक्तित्व रोचक घिमिरेले प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरी आफूलाई पहिलोपटक प्रदान गरेकोमा आभार व्यक्त गर्दै कतिपय राम्रा र रचनात्मक कार्यमा वर्तमान नेतृत्व अघि बढेको छ ,त्यसमा सधैँ साथ रहिरहने बताउनुभएको थियोे ।

समारोहका विशिष्ट अतिथि तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता क्षेत्रमा प्रज्ञा-प्रतिष्ठानले स्थापनाको ६५ वर्षपछि प्रज्ञा-साहित्यिक पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ ।यसको श्रेय कुलपति भूपाल राई नेतृत्वको वर्तमान टिमलाई जाने बताउँदै साहित्यिक पत्रकारितालाई सरकारले उपेक्षा गरेको बताउनुभएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले धन्यवाद ज्ञापनका क्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले “रचना” साहित्यिक द्वैमासिकमार्फत् साहित्य र साहित्यिक पत्रकारिताको कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नै ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’उहाँले प्राप्त गर्नु स्वाभाविक रहेको बताउनुभएको थियोे ।यसै क्रममा उपकुलपति श्रेष्ठले नेपालभाषाको “थौंकन्हे”साहित्यिक पत्रिकामार्फत उल्लेखनीय योगदान गरेकाले नै रुक्मिनी श्रेष्ठलाई “प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार दिइएको बताउनुभएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा साहित्य र साहित्यिक पत्रकारिता क्षेत्रका विशिष्ट साधकलाई पहिलोपटक प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभएको थियोे ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले पुरस्कृत प्रतिभाबारे परिचयात्मक मनतव्य दिँदै अग्रज र विशिष्ट साहित्यिक पत्रकारलाई “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”ले सम्मानित गर्नु भनेको उहाँहरूले पुर्याएको योगदान नै मुख्य हो भन्नु भएको थियोे। अतिथिद्वय एवम् भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल र मधेसी आयोगका सदस्य आभासेतु सिंहले आआफ्नो शुभकामना मनतव्य राख्नुभएको थियोे ।

समारोहका उद्घघोषक प्राज्ञसभा सदस्य चेतनाथ धमलाले पुरस्कृत व्यक्तित्व रुक्मिनी श्रेष्ठको लिखित मनतव्य पढेर सुनाउनु भएको थियोे । पुरस्कृत एवम् ज्येष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ दुवैजना केही समय अघिदेखि स्वास्थ्य उपचारार्थ रहनुभएको थियोे ।


अघिल्लो पोष्ट

लैनसिंङ वाङदेलको माइत घर धेरैपल्ट पढेकी छु : मीरा गोतामे

पछिल्लो पोस्ट

एमक्युब ग्यालरीमा प्रमीला बज्राचार्यको कला प्रदर्शनी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
एमक्युब ग्यालरीमा प्रमीला बज्राचार्यको कला प्रदर्शनी

एमक्युब ग्यालरीमा प्रमीला बज्राचार्यको कला प्रदर्शनी

मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गुराँसको फूल

गुराँसको फूल

२३ फाल्गुन २०८१, शुक्रबार
समसामयिक नेपाली कविता : अपेक्षा र प्राप्ति

समसामयिक नेपाली कविता : अपेक्षा र प्राप्ति

२३ फाल्गुन २०७८, सोमबार
यारी, मेरा याराना

यारी, मेरा याराना

२३ फाल्गुन २०७८, सोमबार
६ जना स्रष्टा/कलाकारलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९

६ जना स्रष्टा/कलाकारलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक