कवि निर्भीकजंग रायमाझीको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ। सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई र कवि मोमिला तथा कवि श्यामलले संग्रह विमोचन गरेका हुन्।
एक दशकदेखि कवितालेखनमा सक्रिय निर्भीकजंगका कविता, निबन्ध तथा रिपोर्टिङहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित छन्। प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा लेखिएका ५० थान कविता ‘त्यसरी त कहिल्यै सोचिएन’ संग्रहमा संकलित छन्।
कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३७५ रुपैयाँ राखिएको छ।