कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरी मदन-शीला स्रष्टा सम्मान , मोहन दुवाल र रामप्रसाद पन्तलाई मदन-शीला साहित्यिक पत्रकारिता सम्मानले सम्मानित गरिएको छ । जनमत मासिकका सम्पादक दुवाल र दायित्व द्वैमासिकका सम्पापक पन्तले नियमित रूपमा पत्रिका प्रकाशन गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लखेनीय योगदान पुयाए वापत उक्त सम्मान दिइएको हो । उनीहरूलाई क्रमश: २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो । कोरोना महामारीका कारण तीन वर्षयता रोकिएको सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गरिएको हो ।
२०७० मा वासुदेव त्रिपाठीको सभापतित्वमा सुरु गरिएको १ लाख १ हजार रुपैयाँको मदन-शीला स्रष्टा सम्मान यसअघि मदनमणि दीक्षित, प्रेमा शाह, गीतकार कीरण खरेल, वालकृष्ण पोखरेल र माधव घिमिरेलाई प्रदान गरिएको थियो । साथै मदन- शीला साहित्यिक पत्रकारिता सम्मान रोचक घिमिरे, नगेन्द्र राज शर्मा, हाम्रो पुरूषार्थ पत्रिका (तम्घास गुल्मी), भानु पत्रिका, दार्जिलिङबाट प्रकाशित हुने दियालो पत्रिका र उन्नयन त्रैमाशिकका प्रधान सम्पादक अच्युतरमण अधिकारीलाई प्रदान गरिसकिएको छ ।
साहित्यकार मदनदेव भट्टराईको सम्झनामा हरेक वर्ष सो प्रतिष्ठानले साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।