भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार शुक्रबार अर्पण गरिएको छ । २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरियो ।
यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार प्राध्यापक अभि सुवेदीलाई प्रदान गरियो । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरियो । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कृत गरेका हुन् । पुरस्कृत स्रष्टाहरू पौडेल, सुवेदी र दाहालको साहित्यिक योगदानबारेमा मुकुन्द आचार्य, डाक्टर शिव रिजाल र डाक्टर बलदेव अधिकारीले प्रकाश पारेका थिए