स्याङजा साहित्य प्रतिष्ठानले यानीति साहित्य पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा डा . पुडासैनीलाई दोसल्ला ओडाई , नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
स्याड०जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षता , प्रा. डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता एबँ पुरस्कार सँस्थापक तुलसी गिरी एबँ कृष्ण गिरीको उपस्थितिमा डा . पुडासैनीलाई उक्त पुरस्कार अर्पण गरिएको थियो ।
सो अवसरमा प्रमोद पँज्ञेनीद्वारा सम्पादित “द्रष्टाका दृष्टिमा श्रष्टा विश्वप्रेम अधिकारी”,पूर्णप्रसाद अधिकारीद्वारा लिखित “अनुरञ्जन आफैभित्र” र चिन्तु गिरीको “आमा जन्मेको देश ” कृतिहरूको विमोचन समेत गरिएको थियो । साहित्यकार प्रमोद पँगेनीले उक्त कार्यक्रम सँचालन एबँ सँयोजन गर्नुभएको थियो । यानीति पुरस्कार स्याड०जा जिल्लाका प्रसिध्द समाजसेवी यादव गिरी र उहाँका दुई पत्नीहरू नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उहाँका सुपुत्रहरू तुलसी गिरी , कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गर्नुभएको हो ।