झरीमा रुझेका परेली परीका
तिमी हेर मोती अनेकौं थरीका
जसै मुस्कुरायौ बुझेँ मौन भाषा
टिप्यौ फूल आँखैअघि किन्नरीका
चलेको छ हावा अझै मन्दमन्द
पखेटा तिमी नै त हौ यो चरीका
सधैं प्राणप्यारा हियाभित्र हाँसे
अरु चाह हुन्नन बरी सुन्दरीका
नहोस् छुट्न माया बनोस् धुपछाया
भरुन् वासनाले मुना मञ्जरीका