साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको छ ।
लामो समय पत्रकारिता गरेका उनी कथाका लागि चर्चित थिए । राजनीतिक एवं सामाजिक विसंगतिप्रति कडा आलोचकीय दृष्टिकोण उनका कथाहरुमा पाइन्थ्यो । शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो (संस्मरण), भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन्
पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।