जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २४ भाद्र २०८०, आईतवार
सर्जक बिशेष भित्र
0
क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

‘सर्वजन हिताय सर्वजन सुखायमै स्वान्त सुखाय हुने हुन्छ र कला कलाको निम्ति मात्र नभई कला जीवनको निम्ति हो र हुनुपर्छ भन्नेबारे मेरो दृढ धारणा छ । तर यसो भन्नुको तात्पर्य साहित्य एवं कलामा फोटोग्राफीको पक्षमा म छु भन्ने होइन, नकि उपदेश वा वक्तव्य अथवा नाराबाजीलाई, न शाब्दिक अभिव्यक्तिको शिल्पकारीलाई नै म कविता ठान्छु । कविता त भौतिक जगत्का घात–प्रतिघातद्वारा मानसिक बुद्धि र हृदय दुवैमा उत्पन्न संघाटको भाषिक अभिव्यक्ति हो’ भनेर साहित्यको परिभाषा दिएर आफ्नो साहित्यिक भावना फुकाउने कवि पवन चामलिङ (किरण) को जन्म सन् १९५० सेप्टेम्बर २३ मा राङगोङ वस्ती, दक्षिण सिक्किममा भएको थियो । भालेढुङ्गाको काखमा अवस्थित सानो गाउँको नाम हो राङगाङ । यही गाउँमा माता आशारानी र पिता आशबहादुर चामलिङका छोरा भई जन्मेर यहीकै परिवेश, वातावरण र प्रेरणाले गर्दा नै अन्तहीन सपना : मेरो विपनाले साकार रुप लिन सकेका स्वीकार गर्छु भनी कवितामा आफ्नै दर्शन, भावना र शैली बोकेर देखा परेका कवि पवनको म को हुँ सबैभन्दापछि प्रकाशित कवितासङ्ग्रहको नाम हो । नेपाली साहित्यमा सिक्किमको प्रतिनिधित्व गर्ने एकजना प्रमुख कविको रुपमा मात्र होइन, नेपाली कविता साहित्यकै क्षेत्रमा विशिष्ट कवि व्यक्तित्वको रुपमा कवि चामलिङलाई उनकै कविताको भावभूमिमा राखेर मूल्याङ्कन गर्न सकिन्छ ।

राजनीति र साहित्यलाई समान ढङ्गले आफ्नो कार्यक्षेत्र बनाउन रुचाउने पवन चामलिङले सन् १९६८ देखि नै कविता लेख्दै आएको देखिन्छ ।वीरको परिचय कविता लिएर सर्वप्रथम काव्य क्षेत्रमा देखापरेका पवन चामलिङले सिक्किमको मुख्य मन्त्रीसम्म भएर आफ्नो राजनीतिक छवि पनि देखाइरहेका छन् । उनको अन्तहीन सपनाको एउटा महत्वपूर्ण पाटो हो – साहित्य । त्यसैले उनी मुख्यमन्त्री जस्तो पदमा रहेर पनि साहित्यिक चिन्तन व्यक्त गर्ने सवालमा, आफ्ना कृतिहरु प्रकाशन गर्ने अभियानमा र महत्वपूर्ण साहित्यकारहरुका साहित्यिक कृतिहरु प्रकाशन गर्ने आन्दोलनमा सक्रिय र अग्रपंक्तिमा रहेर आफूलाई चिनाइरहेका छन् । उनकै सक्रियतामा पारिजातका सम्पूर्ण कृतिहरुलाई ६ खण्डमा सङ्कलित गरी निर्माण प्रकाशनका तर्फबाट सिक्किमबाट प्रकाशित भएको छ । सबै ग्रन्थहरुमा सान्दर्भिक र उल्लेख गर्न लायक भूमिका समेत लेखिदिएर कवि पवन चामलिङले एक लगनशील साहित्यकर्मीका रुपमा आफूलाई सावित गरी देखाइदिएका छन् ।

नेपाली साहित्यका फाँटमा कवि चामलिङका प्रकाशित कवितासङ्ग्रहहरुमा अन्तहीन सपना : मेरो विपना, प्रारम्भिक कविताहरु र म को हुँ प्रकाशित छन् । अङ्ग्रेजीमा पनि एउटा कवितासङ्ग्रह प्रकाशित छ ।दामयाङ हिजो र आज (परिचय), केही सम्झना केही माया (संस्मरण) र क्रान्तिको प्रवेश (अभिलेखसङ्ग्रह) प्रकाशित छन् । कवितामा कवि चामलिङको आफ्नै किसिमको छुट्टै विशेषता र पहिचान छ । सर्वसाधारण जनताकै पक्षकै कविजस्तै देखापरेका कवि चामलिङको कवितामा भाषामा सरलता र विचारमा जनपक्षीयता व्यक्त भएको पाइन्छ । उनका कविताहरुमा सामाजिक असमानताको विरोधमा विद्रोह बोलेका छन् । अन्याय, अत्याचार, शोषणको खिलापमा बुलन्द हुँकार अभिव्यक्त छन् र मानवीय संवेदनाको तीखो अनुभूति पोखिएका छन् ।

सिक्किममा साहित्यिक कृृतिहरु लेखेर सेवा पुर्‍याउन निरन्तर लागिरहेका पवन चामलिङले नेपाली भाषा साहित्य उत्थानमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । सिक्किमजस्तो भारतको अति विकट क्षेत्रको मुख्य मन्त्रीजस्तो अति जिम्मेवार पदमा रहेर पनि पवन चामलिङले साहित्यको विकासमा महत्वपूर्ण योगदान जुन पुर्‍याएका छन् त्यो स्तुतियोग्य र स्मरणयोग्य छन् ।

जसले जिन्दगीभर शोषण, दमन, अन्याय, अत्याचार, गरीबीसँग जुझेका छन्, भोक, रोग र शोकसँग लडेका छन् उनीहरुका मुक्ति, सुरक्षा र शान्तिको निमित्त मैले कविता लेखेको छु भनी आफ्नो कवितासङ्ग्रह म को हुँ? मा समर्पण भावको मन्तव्य लेख्ने साहित्यकार पवन चामलिङले नेपाली भाषा र साहित्यको उत्थानमा आफूले सक्दो योगदान सिक्किमको माटोमा कन्जुस्याइँ नगरी प्रदान गरेका छन् । उनले सक्दो साहित्यिक योगदान पुर्‍याउनुका साथै राम्राराम्रा कविताहरु लेखेर सम्पूर्ण भारतीय नेपाली कविता क्षेत्रमा आफ्नो छुट्टै व्यक्तित्व निर्माण गरिसकेको तथ्य उल्लेख्य पक्ष हुन् । सामाजिक मूल्य र मान्यताप्रतिको इमान्दारीता, युगबोध, जनपक्षीय न्यायको समर्थनमा उनका कविताहरु उज्यालिएका छन् । भावबिम्बको समायोजन, सटीक शैली, सरल अभिव्यक्ति र मानवतावादी दृष्टिकोणको भाव सम्प्रेषण नै कवि चामलिङका कवितामा पाइने विशेषताहरु हुन् । कवितामा कवि अनुभूति यसरी पोख्छन् –
अन्धकारको विरोधमा एक मुठी उज्यालो
भाइचारामा फैलिएको हातभरी समाएर
अन्याय र असत्यको जंगलमा,
मानवताको हतियारले
दानवताको बूढो रुख काटदैछ ।(म योद्धा युद्धको)

कवि मानवताकै लागि सङ्घर्षरत छन्, मानवताकै विरोधमा जुट्ने दुश्मनहरुसँग कवितामा, व्यवहारमा र विचारमा द्वन्द्व व्यक्त गर्दै मानवताकै खातिर अन्तिम युद्ध लड्ने चाहना व्यक्त गर्छन् । अन्धकारको विरुद्ध उज्यालो प्रकाशकै लागि उनी कवितामा आफ्नो चिन्तन यसरी व्यक्त गर्छन् –
हृदयको धरतीभरि
एक हुन उज्यालो प्रकाशको पल्टन
विचारको आकाश भएर आउँदैछ
मसंग अन्धकारको विरोधमा
अन्तिम युद्ध लड्न ।(म योद्धा युद्धको)

खराब प्रवृत्ति बोक्ने मान्छेहरुको हूल बढेको देखेर कवि चामलिङ मान्छेलाई नियालेर हेर्नुपर्ने, मान्छेलाई चिन्नुपर्ने प्रसङ्ग कवितामा यसरी व्यक्त गर्छन् –
मान्छे त आँखाले हेरेर
चिन्न नसकिने रहेछन्
मान्छे त अर्कै केही रहेछन्
मान्छेलाई चिन्न त साह्रो रहेछ (मान्छेलाई मुटुको ओँठले छाम्दा)

कवि समाजका भोक्ता र द्रष्टा पनि हुन् । समाजमा व्याप्त अन्यौलता देशमा व्याप्त रोग, भोक, शोकप्रति एकजना चेतनशील कवि अवश्य चिन्तित हुन्छ । त्यसैले कवि चामलिङ पनि देशकै सन्दर्भमा आफ्नो चिन्तन यसरी व्यक्त गर्छन् –
खाऊ खाऊ, लाऊ लाऊ कै उमेरमा
शिथिल भएर झोक्रिएको
अपूर्णता र गरिबीको अवशेष
तिम्रो र मेरो देश ।(तिम्रो र मेरो देश)

कवि पवन चामलिङ ‘किरण’ साधारण भाषामा अनुभूति पोख्ने सर्वसाधारण जनताका कवि हुन् । कविका कविताहरुबाट भन्न सकिन्छ उनका कविताहरुमा सिर्फ कविता मात्र छैनन् । कवितासँगसँगै मान्छेकै लागि समर्पित भावना र विचार पनि प्रवाहित छन् । कवि चामलिङ आफ्नो माटो, जाति र चेतनाकै लागि सङ्घर्ष गर्न रुचाउने विशिष्ट कवि हुन् । भारतमा बसोवास गरे तापनि नेपालमै बसोवास गरेका नेपालीजस्तो देखिने, नेपाल बाँचेको र हाँसेको हेर्न रुचाउने कवि पवन चामलिङको भाषामा हाम्रो कथा–व्यथा एउटै प्रकारका छन् । उनी निर्माण साहित्यिक पत्रिकाको स्तरीय प्रकाशन गरेर आफूलाई सफल साहित्यिक पत्रकारको रुपमा चिनाउन पनि सफल छन् । पवन चामलिङ यस अर्थमा सफल राजनीतिज्ञ हुनाका साथै साहित्यिक सङ्गठक, साहित्यिक सम्पादकका रुपमा पनि विख्यात् छन् ।


Tags: पवन चामलिङ
अघिल्लो पोष्ट

प्रथम बिपी साहित्य महोत्सव आजदेखि

पछिल्लो पोस्ट

साहित्यकार राजेन्द्र पराजुलीको निधन

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन

ध्रुपद गुरुकुलको ध्रुपद कन्सर्ट

ध्रुपद गुरुकुलको ध्रुपद कन्सर्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघद्वारा २४ जना कलाकारलाई सम्मान

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघद्वारा २४ जना कलाकारलाई सम्मान

४ जेष्ठ २०८१, शुक्रबार
गठांमुगल चतुर्दशी

गठांमुगल चतुर्दशी

२ श्रावण २०८१, बुधबार
काभ्रेली साहित्यिक संगम मार्फत् साहित्यिक सेवा

काभ्रेली साहित्यिक संगम मार्फत् साहित्यिक सेवा

३ जेष्ठ २०८०, बुधबार
राँको परिवारका प्रसङ्गहरू र म

राँको परिवारका प्रसङ्गहरू र म

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक