कविडाँडा साहित्य समाजका अध्यक्ष एवम् नेपाली र अंग्रेजी भाषामा कलम चलाउनु हुने अग्रज साहित्यकार एलबी क्षेत्रीले ‘को हो त्यो मान्छे ?’ सार्वजनिक भएको छ ।हाल अष्ट्रेलियामा रहेका क्षेत्रीले झण्डै एक दशकपछि छैटौं कृतिको रूपमा ‘को हो त्यो मान्छे ?’ बजारमा ल्याएको छ । शनिबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कूलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।
पेज टर्नरद्वारा प्रकाशित क्षेत्रीको छैठौं कृति सार्वजनिकीकरण सो कार्यक्रममा कवि तथा समालोचक महेश पौड्याल र कवि भुवन ढुङ्गाना वक्ता रहनु भयो ।
कार्यक्रममा कृतिकार क्षेत्रीसहित प्रमुख अतिथि सिग्देल, कुलपति राई, प्रतीक ढकाल, डा. अशोक थापालगायतले बोलेका थिए । कवितासंग्रह पेज टर्नरले प्रकाशित गरेको हो ।
क्षेत्रीको विसं २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । त्यसपछि उनको विसं २०७१ सालमा नै ‘भीडमा हराएको मान्छे’ कवितासङ्ग्रह, २०७१ सालमा ‘ईन्द्रमायाको देशमा’ कथासङ्ग्रह, २०७५ सालमा ‘व्रतभङ्ग’ कथासङ्ग्रह, २०७८ मा कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस’ प्रकाशित भइसकेका छन् ।