लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, रामलाल जोशीको ‘बाआमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघुकथालय’ र अशोक थापाको ‘सन्तापको धून’रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, परेको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त १४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिमध्ये उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने बताइएको छ ।
सम्मान तथा पुरस्कार छनोट समितिले १० कृतिमध्ये पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८०’ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।