साहित्यकार तुल्सी थापाको ७८ वर्षको उमेरमा चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो ।
थापाको दाना कविता संग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)’ र कथासंग्रह ‘फरक आकाश (२०७२)’ प्रकाशित छन् ।
थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवातसमेत गरेका थिए । थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष हुन । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका छन् ।
चेपाङ समुदायबीच लामो समय काम गरेका थापा मकवानपुरको भैंसे बजारमा २००२ साल असोज ३ गते जन्मेका थिए ।