कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘माटोको महिमा’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । नारायण आलीको संगीत, मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर, गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल,कलाकार मदनकृण्ण श्रेष्ठ, गायिका अन्जु पन्त, जुनु श्रेष्ठ, गायक राज सिग्देल, गायिका बुनु श्रेष्ठ, संगिता शाक्य, संगीतकार तथा इसराजवादक सन्तोष भक्त श्रेष्ठ ,साउण्ड इन्जिनियर महेश्वरमान श्रेष्ठ, मनोज चौलागाईं, नेपाल गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, संगीतकार शंकर थापा स्माईल लगायतको उपस्थिति रहेको थियो ।
लामो समयदेखि साहित्य र गीत संगीतको क्षेत्रमा कलम चलाउँदै आउएकी कवि तथा गीतकार सरला श्रेष्ठ समाजसेवामा पनि सक्रिय छिन् । लामो समयदेखि विदेश बस्दै आएकी श्रेष्ठ विदेशमा बसेर पनि नेपाली कला साहित्यमा कलम चलाउँदै नेपाली गीतसंगीत र साहित्यमा निरन्तर लागिरहेकी छिन् ।
लोकार्पण कार्यक्रममा गीतकार श्रेष्ठका बुवा सुर्वणजंग श्रेष्ठ र आमा तुलसीदेवी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । गीतकार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली गीतसंगीत र साहित्यक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गीतकार श्रेष्ठका अन्य गीतहरुको पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा ‘माटोको महिमा’ गीतको भिडियोलाई विषेशरुपमा प्रर्दशन गरिएको थियो । उक्त गीतको भिडियोलाई ओम प्रकाश अवस्थीले सम्पादन र निर्देशन गरेका हुन् । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले गाएको गीतहरु पनि देखाइएको थियो ।