जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

जनमत जनमत
प्रकाशित १६ जेष्ठ २०८१, बुधबार
कला, चित्रकला भित्र
0
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको बताउँदै प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्यहरू गरेको धारणा राख्नुभयो ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो । प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८० माघ १२ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो । यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ । जसअन्तर्गत कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहेका छन् । जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहेका छन् ।

फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णालीको नेपाल कमर्सियल आर्टिस्ट सङ्घ (फागुन १७–२१ गतेसम्म सुर्खेत), कोसीको इटहरी मेट्रिक्स (फागुन २९– चैत ५ सम्म इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (चैत २–५गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (चैत १२–१६ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन १९–२३ गतेसम्म पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ(फागुन २२–२६ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन २०–२४ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।

यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरियो । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरियो । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरियो ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट सामना राई (भावभङ्गिमा कला), मधेसबाट विगुल ढकाल (समसामयिक चित्रकला) बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट मिमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।

त्यस्तै, प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट सोनी राई, मधेसबाट मनुकुमार चौधरी, बागमतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाषकुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोसीबाट टीकाराम पौडेल (शशी किरण), बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार लुम्बिनीबाट हरिबहादुर थापा वयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा, परम्परागत चित्रकला विधातर्फ कोसीबाट गणेश लामा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट शंख नारायण श्रेष्ठ, गण्डकीबाट विचार सिंह तामाङ (मनोज) लामा, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकलातर्फ कोसीबाट कमलेश लिम्बु (डिएगो) बागमतीबाट कृष्णगोपाल गारु हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा राई, मधेसबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोसीबाट विष्णुप्रसाद चौधरी, मधेसबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कट्वाल, लुम्बिनीबाट सिकेन्दर चौधरी, वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश वस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्रकुमार श्रेष्ठ, फोटोग्राफीमा कोसीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण वि.क., सुदूरपश्चिमबाट माधव ओझा, क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारीलाई पुरस्कृत गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोसी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई प्रदान गरियो । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने कमलमणि काफ्ले र मिना कुचिकारलाई प्रदान गरियो ।

यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरियो । यी पुरस्कारको राशी ५०/५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

परम्परागत चित्रकला र मूर्तिकला विधाको मूल्याङ्कन समितिमा लोक चित्रकार, साइला लामा (मङ्गल), रविन्द्र शाक्य, समसामयिक चित्रकला, मूर्तिकला र वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विधाको मूल्याङ्कन समितिमा कृष्ण मानन्धर, प्रवीणकुमार श्रेष्ठ, सीमा शर्मा शाह, राजन काफ्ले, सरिता डङ्गोल तथा लोककला तथा हस्तकला विधाको मूल्याङ्कन समितिमा मिथिलादेवी यादव, पूर्णकाजी शाक्य र कृष्ण सर्वहारी रहनुभएको थियो ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ को लोगो (प्रतीक) चिन्ह प्राज्ञ एवम् कलाकार प्रदीप शाक्यले बनाउनुभएको हो । उहाँ प्रदर्शनीको क्युरेटर समेत हुनुहुन्छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ ३० गतेसम्म चल्ने छ । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।


अघिल्लो पोष्ट

किम्फ आजदेखि

पछिल्लो पोस्ट

आबुखैरेनीमा स्रष्टा सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
आबुखैरेनीमा स्रष्टा सम्मान

आबुखैरेनीमा स्रष्टा सम्मान

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नाङ्गो लाश

नाङ्गो लाश

३ जेष्ठ २०७८, सोमबार
गुडबाई ब्राजिल

गुडबाई ब्राजिल

३ जेष्ठ २०७९, मंगलवार
तास्मानियामा पुग्यो अनेसास

तास्मानियामा पुग्यो अनेसास

३ जेष्ठ २०७९, मंगलवार
राजेन्द्र पहाडीका हाइकु

राजेन्द्र पहाडीका हाइकु

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक