नुवाकोटमा रही साहित्यिक क्षेत्रमाविशेष योगदान पुर्याउँदै नेपाली भाषा–साहित्यको सेवा गर्दै आफूलाई चिनाउँदै आएकी साहित्यकार, साहित्यिक पत्रकार र साहित्यिक अभियन्ता सुमित्रा सुमीलाई आज जनमत चौतारीमा जनमत वाङ्मय प्रतिष्ठानको विशेष कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहनदुवालले ‘केवलपुरे–जनमत सम्मान’ ले सम्मानित गरिएको छ । उक्त कार्यक्रममा बोल्दै दुवालले ‘नुवाकोटका एकजना सक्रिय लेखिका, साहित्यिक अभियन्ता र साहित्यिक पत्रकार सुमित्रा सुमीको सम्मान गर्न पाउँदा जनमत खुसी व्यक्त गर्दछ ।”
साहित्यकार सुमित्रा सुमीको सम्मानमा सहभागी भई सम्मान गर्नेहरुमा जनमतका सम्पादक भारती श्रेष्ठ, सह सम्पादक रामसुन्दर देउजा, जनमतका सहयोगीहरु शारदा घिमिरे भैल, कालिका त्रिपाठी पन्त, श्रीकृष्ण श्रेष्ठ, हरिप्रसाद चौलागाईं छन् । सम्मान लिंदै सुमित्रा सुमीले भनिन् — “जनमतको यो सम्मानले यात्राका लागि मलाई बल थपि दिएको छ ।”