कवि अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’ प्रदान गरिने भएको छ । गायक जेबी टुहुरेको अवसानपछि उनकी छोरी निर्भीका टुहुरेले पिताको नाममा फाउण्डेसनको स्थापना गरी १ लाख नगद राशिको यो पुरस्कारको स्थापना गरेकी हुन् ।
यो सम्मान आगामी भदौ १० गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरिने छ । साथै, उक्त समारोहमा ‘जेबी टुहुरे स्मृति ग्रन्थ’ समेत सार्वजनिक गरिनेछ ।
पुरस्कृत साहित्यकार अनिल पौडेल पाथिभरा, हेदाङ्ना संखुवासभामा जन्मेका हुन् । अनिरुद्र पौडेलको साहित्यिक नाम अनिल पौडेल हो । वि.सं २०३४ सालमा कविता प्रकाशन गरी साहित्यमा उदाएका उनका “आजको सवाई” (वि.सं २०४२) सवाई, फुटेर फेरि मनहरू (वि.सं २०४८), काठमाडौंदेखि सिक्किमसम्म (वि,सं २०५३) लगायतका कृतिहरु प्रकाशित छन् ।