साहित्यकार वियोगी बुढाथोकीको नियात्रा कृति ‘काठमाडौंलाई महासागरको पानी’ सार्वजनिक भएको छ । ‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक वियोगीको सो नियात्रा कृतिको लोकार्पण शिवपुरी सन्देशको शताङ्कसँगै गरिएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रमका बिच जनमत मासिकका प्रधान सम्पादक तथा नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्ष मोहन दुवाल , नेपाली कांग्रेसका नेता प्रदीप पौडेल लगायतले दुवै पुस्तक सार्वजनिक गरेका हुन् । शिवपुरी सन्देशको १०० औँ अङ्क (नियात्रा विशेषाङ्क) को समीक्षा गर्दै युवराज मैनालीले शिवपुरी सन्देशका नियात्राहरूले धेरै ठाउँको भ्रमण गराउने बताए ।
बुढाथोकीको कृति ‘काठमाडौंलाई महासागरको पानी’को समीक्षात्मक टिप्पणी भने अनुपमा रेग्मीले गरिन् ।