जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना

कपिल अज्ञातको समालोचकीय कौशल

डा. लक्ष्मणप्रसाद गौतम डा. लक्ष्मणप्रसाद गौतम
प्रकाशित २३ माघ २०७८, आईतवार
समालोचना भित्र
0
कपिल अज्ञातको समालोचकीय कौशल

१. परिचय र विषयप्रवेश :
नेपाली साहित्यको यस पछिल्लो चरणमा मोफसलबाट उदाएर राष्ट्रिय साहित्यिक यात्राको पहिचान बनाउने कपिल अज्ञात सर्जक र समालोचक हुन् । साहित्यसिर्जनामा धेरै पहिलेदेखि लागे पनि २०४७ देखि पुस्तकाकार कृति लिएर देखापरेका अज्ञातले हालसम्म झ्न्डै पौनेदर्जन कृतिको सिर्जना गरेका छन् । विधागत रूपमा हेर्दा कविता/गजल/मुक्तक, निबन्ध/पत्रसाहित्य, समीक्षा/समालोचना आदिमा उनको कलम दौडेको छ । निर्भिक र स्पष्ट वक्ताका रूपमा आफूलाई प्रस्तुत गरेर लेखनमा उतार्ने कपिल अज्ञातले साहित्य र ज्योतिषशास्त्रको अन्तर्सम्बन्धका बारेमा पनि प्रायोगिक अध्ययन गरेर लेखेका छन् । आत्मपरक शैलीका समालोचना लेखनमा समेत यिनको आफ्नै भिन्नै शैली देखिन्छ । २०४७ देखि २०५५ सम्ममा तीनवटा पुस्तक प्रकाशित गरेका अज्ञातका २०६४ मा एकैचोटि पाँचवटा पुस्तक प्रकाशित भएका छन् । अज्ञातका कविता (कवितासङ्ग्रह, २०४७), साहित्य सिर्जन प्रक्रिया (समालोचना, २०५५), समालोचनाको सन्दर्भ (समालोचना, २०५५), पत्रसन्देश (एकपत्रसङ्ग्रह, २०६४), अनुभूतिका उमङ्ग (मुक्तकसङ्ग्रह, २०६४), समयसमयका स्वरहरू (गजलसङ्ग्रह, २०६४), भूलहरूका विरुद्ध (निबन्धसङ्ग्रह, २०६४) र समीक्षा सन्धान (समीक्षासङ्ग्रह २०६४) उनका पुस्तकाकार कृति हुन् । यिनका अतिरिक्त प्रशस्त फुटकर रचनाहरू पनि प्रकाशित देखिन्छन् ।
कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार, पल्लव सम्मान, सगर सम्मान, कालीगण्डकी साहित्य पुरस्कार, चिसाप प्रतिभा पुरस्कार, ज्योतिष दिवाकर, ज्योतिष मार्तण्ड आदि विविध सम्मान/पुरस्कारहरूबाट सम्मानित कपिल अज्ञातका सिर्जनाहरू मूलत: सङ्गतिहीनताका विरुद्धमा युगीन यथार्थको प्रतिध्वनि बोल्छन् भने उनका समीक्षा समालोचनामा रागात्मक नैबन्धिक गुणहरूले समेत प्रविष्टि पाएका हुन्छन् । सिर्जना र समालोचना दुबैमा आनुप्रासिक भाषिक संयोजन उनको महत्वपूर्ण विशेषता हो । यसले गर्दा उनका समीक्षा समालोचनाको भाषा पनि आलङ्कारिक बनेको देखिन्छ ।

२. समालोचना कृतिहरूको स्वरूप र आयाम :
कपिल अज्ञातका करीब पौने दर्जन कृतिहरूमध्ये चौथाइ दर्जन अर्थात् तीनवटा कृतिहरू समालोचनात्मक छन् । २०५५ मा उनका साहित्य सिर्जन प्रक्रिया र समालोचनाको सन्दर्भ गरी दुई कृतिहरू प्रकाशित छन् भने २०६४ मा समीक्षा सन्धान प्रकाशित भएको छ । सुरुका दुई कृतिहरूमा उनका प्रारम्भिक समालोचना भएकाले ती प्रभाववादी र आत्मगत हुँदाहुँदै पनि वस्तुनिष्ठतातिर अभिमुख छन् । साहित्य सिर्जन प्रक्रिया सैद्धान्तिक बढी र प्रायोगिक कम भएका कृतिका रूपमा देखिन्छन् भने समीक्षा सन्धान विविध किसिमका समीक्षा र विचारहरूको सङ्ग्रह हो । भाषिक स्पष्टता, प्रस्तुतिगत परिपक्वता र स्वविवेकी निर्णयात्मक मूल्याङ्कनका दृष्टिले तेस्रो कृति नवीन र भिन्नै पहिचान राख्ने खालको देखिन्छ । यी तीनवटै कृतिहरूको विवेचनात्मक आँकलनलाई तल प्रस्तुत गरिन्छ –
२.१ साहित्य सिर्जन प्रक्रिया : सिर्जनाको सैद्धान्तिक चिन्तन :
कपिल अज्ञातको पहिलो समालोचना कृति साहित्य सिर्जन प्रक्रिया पूर्णतया सिर्जनाको सैद्धान्तिक निरूपण भएको पुस्तक हो र यसमा साहित्य सिर्जन प्रक्रियाका समग्र सन्दर्भहरूलाई तीनवटा परिच्छेदहरूमा निरूपण गरिएको छ । पहिलो परिच्छेदमा सिर्जनात्मक लेखनको परिचय र स्वरूपसँग सम्बन्धित स्रोर्‍हवटा शीर्षकहरू रहेका छन् । यिनमा सिर्जनात्मक लेखनको परिचय, प्रयोजन, महत्व, हेतु, विधिपक्ष, सामान्य र सिर्जनात्मक लेखनमा अन्तर, विधागत अन्तर, अनुकृति लेखन आदि विविध पक्षका बारेमा निरूपण गरिएको छ । दोस्रो परिच्छेदमा विधागत सिर्जना प्रक्रिया, प्रतिवेदन लेखन र पत्रलेखनका प्रक्रियाहरू देखाइ कवितालेखन, नाटकलेखन, निबन्ध लेखन, प्रतिवेदनलेखन र पत्रलेखन एवं आख्यान लेखनका प्रक्रिया, पद्धति तथा विधिपक्षका बारेमा विवेचना गरिएको छ । यसरी विधागत लेखनका सन्दर्भमा सिद्धान्तीकरणलाई बढी जोड दिइएको पाइन्छ । यस किसिमको विधागत लेखनको सिद्धान्तीकरणले नियमीकरणको सिर्जना गर्छ र त्यसले गर्दा सिर्जना अराजक हुनबाट जोगिन्छ ।
साहित्य सिर्जन प्रक्रियाको तेस्रो परिच्छेदमा पाँचओटा शीर्षकहरू रहेका छन् । क्षेमेन्द्र विरचित कविण्ठाभरण एक परिचयमा संस्कृतका कवि क्षेमेन्द्रले लेखेको कविकण्ठाभरण कृतिको साहित्य सिर्जन प्रक्रियासँग सम्बद्ध पक्षको विवेचना गरिएको छ भने कवि काव्यनिर्देशन एक विवेचनामा काव्य सिर्जनाका निमित्त उन्नतीसवटा सूत्रहरू सुझई तिनको व्याख्या पनि गरिएको छ । काव्यहरण : एक चर्चा छोटो भए पनि उपयोगी छ । अनुवाद : एक परिचयमा अनुवादको परिचय, वर्गीकरण, अनुवादका प्रकारहरूमा भिन्नता आदि विविध विषयमा सङ्क्षिप्त चर्चा गरिएको छ । शब्दको प्रयोग र महत्वमा सिर्जनाका सन्दर्भमा शब्दको प्रयोगमा सचेतता अपनाउनुपर्ने कुरालाई पूर्वीय साहित्यका केन्द्रीयतामा प्रस्ट्याइएको छ । परिशिष्टका रूपमा अन्तिम खण्डमा मेरो सिर्जनात्मक अनुभवमा आफ्ना सिर्जनात्मक अनुभूतिलाई प्रस्तुत गरिएको छ भने व्यक्तित्व विकासका आधारभूत सामग्रीको प्रयोगमा व्यक्तित्व विकासका लागि आधारभूत सूत्रहरू सुझइएको छ ।
साहित्यसिर्जन प्रक्रियाभित्र विषयसूचीमा उपर्युक्त किसिमले परिच्छेद विभाजन गरिएको देखिए पनि कृतिभित्र भने कुनै परिच्छेद विभाजन गरिएको छैन । यसरी विषयसूची र भित्री संरचनाको व्यवस्थापनको भिन्नताले पाठक अलमलिने स्थिति देखिन्छ । यो कृति साहित्य सिर्जन प्रक्रियासँग सम्बद्ध सैद्धान्तिक कृति हो । सिद्धान्तलाई पनि उदाहरणहरूद्वारा प्रमाणिकरण गरिएकाले ती कुराहरू विश्वसनीय बनेका छन् । सैद्धान्तिक सन्दर्भका कुराहरूमा पनि आफ्ना निजी धारणाहरू प्रस्तुत गरेर कपिल अज्ञातले केही नवीन दृष्टिकोण पनि दिन खोजेका छन् । सिर्जन प्रक्रियासँग सम्बन्धित धेरै कुराहरू पूर्वीय साहित्यशास्त्रबाट बढी अनुप्राणित देखिन्छन् र पाश्चात्य सन्दर्भका कुराहरूको न्यूनता देखिए पनि त्यसले अपूर्णताको आभास भने हुँदैन । आत्मगतभित्रै पनि तथ्यगत सन्दर्भको प्रविष्टि र तथ्यगत सन्दर्भमा पनि आत्मगत अभिव्यक्ति पाइनु कपिल अज्ञातको यस कृतिभित्र पाइने समालोचकीय कौशल हो । यस कृतिका आधारमा उनका समालोचकीय प्रवृत्तिगत विशेषताहरू यस प्रकार देखिन्छन् :
१. विषयवस्तुगत स्पष्टता र तिनको प्रस्तुतिमा सरलता,
२. उदाहरण, दृष्टान्त, तथ्यहरूद्वारा सिद्धान्तलाई प्रमाणिकरण गर्ने प्रवृत्ति,
३. टिप्पणी (पादटिप्पणी, पेटेटिप्पणी) र सन्दर्भहरूको समुचित प्रयोग,
४. तथ्यको खोजी र आत्मगत अभिव्यक्ति आदि ।

२.२. समालोचनाको सन्दर्भ : वैविध्यमय विवेचना र देवकोटाको परिवृत्त :
कपिल अज्ञातको समालोचनाको सन्दर्भ (२०५५) दुई कम एकसय पृष्ठमा विस्तारित कृति हो । दुई खण्डमा विभाजित यस कृतिमा जम्मा १६ वटा समालोचनात्मक लेखहरू रहेका छन् । पहिलो खण्डलाई विविधतामय विवेचनाका रूपमा लिन सकिन्छ । यसमा बालसाहित्य र भाषा, चितवनको साहित्यिक विकास, गजल : एक परिचय, मुक्तक एक परिचय, स्वरूप र परम्परा, शकुन्तला गीतिनाटकमा पाइने मानवतावादी स्वर, हारजीत कथा : एक विवेचना, हास्यव्यङ्ग्यकार भैरव अर्यालका प्रवृत्तिगत विशेषता र समालोचनाको सन्दर्भ गरी आठवटा शीर्षकका लेखहरू रहेका छन् । विविध विषयमा केन्द्रित खण्ड भएकाले यसलाई वैविध्यमय विवेचना खण्डका रूपमा समेत लिन सकिन्छ ।
बालसाहित्य र भाषामा बालसाहित्य सिर्जनामा प्रयोग हुने वा हुनुपर्ने भाषाका बारेमा विश्लेषण गरिएको छ । गजल एक परिचय गजलसम्बन्धी सैद्धान्तिक निरूपण भएको लेख हो भने मुक्तक : परिचय स्वरूप र परम्परा पनि मूलत: सैद्धान्तिक लेख हो । तापनि यसमा मुक्तकको सैद्धान्तिक निरूपणका साथै विकासक्रमको नेपाली सन्दर्भको संक्षिप्त रूपरेखा पनि प्रस्तुत गरिएको छ । पाँचौं र छैटौं शीर्षक कृतिपरक छन् । शकुन्तला गीतिनाटकमा पाइने मानवतावादी स्वर शीर्षकको लेखमा माधव घिमिरेको शकुन्तला गीतिनाटकमा अभिव्यक्त मानवतावादी चिन्तनका बारेमा विवेचना गरिएको छ । हारजीत कथा एक विवेचना भवानी भिक्षुको हारजीत कथाको सामान्य समीक्षा हो । हास्यव्यङ्ग्यकार भैरव अर्यालका प्रवृत्तिगत विशेषता प्रवृत्तिपरक समालोचना हो । पुस्तकको शीर्षकसमेत रहेको समालोचनाको सन्दर्भ शीर्षकको लेखमा सिर्जना र समालोचनाका बीचको विभेद देखाई समालोचनाको सैद्धान्तिक चर्चा गरिएको छ ।
समालोचनाको सन्दर्भ कृतिको दोस्रो खण्ड पूरै देवकोटामा केन्द्रित रहेको छ । यस खण्डमा पनि देवकोटा विषयक आठओटा समालोचनात्मक लेखहरू रहेका छन् । देवकोटाको अनौठो स्वभाव : एक परिवृत्तमा देवकोटाका केही अनौठा आनीबानी र स्वभावका बारेमा चर्चा गरिएको छ । देवकोटाको आन्तरिक व्यक्तित्व बुझन यो लेख उपयोगी छ । देवकोटामा तार्किकतामा देवकोटाका केही काव्य कविताका अंशहरूको तथ्याङ्क दिएर उनमा रहेको तर्कशक्तिलाई विवेचनात्मक दृष्टिले स्पष्ट पारिएको छ भने देवकोटाका रचनामा गीतादर्शनको प्रभावमा देवकोटाका कवितामा पाइने आध्यात्मिक मानवतावादको चर्चा गरिएको छ । त्यस्तै देवकोटाको सिर्जनात्मक वैशिष्ट्यमा देवकोटाका रचनामा पाइने केही प्रवृत्तिगत विशेषताहरूको निरूपण गरिएको छ । देवकोटाप्रतिको आत्मपरक आलेख हो भने देवकोटाको दार्शनिक अन्तद्र्वन्द्व चाहिँ उनीभित्रको दुई वा सोभन्दा बढी विचारहरूको तार्किक बाझबाझ्को समीक्षात्मक आलेख हो । देवकोटाको समष्टि व्यक्तित्व : एक सङ्क्षिप्त झ्लकमा बुँदागत रूपमा महाकवि देवकोटाका समग्र व्यक्तित्वलाई सङ्क्षेपमा भए पनि चिनाउन खोजिएको छ । मुनामदनको काव्यात्मक स्वरूप र यसको सर्वमान्य प्रभाव यस कृतिको अन्तिम आलेख हो र यसमा देवकोटाका काव्यात्मक स्वरूप र विशिष्टतालाई स्पष्ट पारिएको छ ।
कपिल अज्ञातको समालोचनाको सन्दर्भमा सङ्गृहीत दुईतीनवटा लेखबाहेक अरु सबै खोजमूलक छन् । सामान्य समीक्षाभन्दा भिन्न कुरा, प्रविधि र पद्धतिको प्रयोग यसमा देख्न सकिन्छ । अझ् त्यसमा पनि प्रत्येक लेखका अन्त्यमा दिइएका पादटिप्पणी, सन्दर्भसूची र केही ठाउँमा दिइएका पेटे टिप्पणी आदिले कृतिमा प्रस्तुत गरिएका तथ्यहरूलाई प्रामाणिक, आधिकारीक र विश्वसनीय बनाएका छन् । भाषाशैली र प्रस्तुतीकरणमा कतिपय प्रसङ्गहरूमा आत्मगतता देखिए पनि तिनले समालोचनालाई पनि सिर्जनात्मक बान्की दिएका छन् र ती सरल, आकर्षक र कलात्मक समेत बनेका छन् । यस कृतिभित्रका समालोचनामा पाइने प्रमुख प्रवृत्तिगत विशेषतालाई यसप्रकार देखाइन्छ :
१. आत्मगत र वस्तुगत प्रविधिको अन्तर्मिश्रणमा अन्तर्वस्तुको कथ्य एवम् तथ्यपरक विवेचनात्मक प्रस्तुति,
२. प्रभाववादी समीक्षा समालोचनातिरको झ्ुकाउ र स्पष्ट अभिव्यक्ति,
३. व्याख्याविश्लेषणभन्दा कथ्य र तथ्यलाई प्रस्तुत गर्ने प्रवृत्ति,
४. नैबन्धिक स्वरूपका समालोचनाको नवीन बान्की,
५. भाषिक स्पष्टता र समालोचनामा पनि आलङ्कारिक भाषाको प्रयोग आदि ।

२.३. समीक्षा सन्धान : विविधताको मौजीमसला :
कपिल अज्ञातका २०६४ मा प्रकाशित पाँचवटा कृतिहरूमध्ये समीक्षात्मक कृतिका रूपमा समीक्षा सन्धान देखापरेको छ । एकसय तीस पृष्ठको आयाममा विस्तारित यस कृतिमा विविध प्रकृतिका पन्ध्र किसिमका बत्तीसओटा लेखहरू सङ्गृहीत छन् । यस कृतिलाई कोण प्रतिकोण पनि भनिएको छ र यसमा अभिव्यक्त विभिन्न विचार र दृष्टिकोणहरूलाई हेर्दा यो नाम सार्थक पनि देखिन्छ । नैबन्धिक समीक्षा भित्रका मोतीराम भट्ट र उनको साहित्यिक नेतृत्व र प्रशंसाको मेला लेखकले भनेझ्ैं नैबन्धिक समीक्षा नै हुन् । दृष्टिसमीक्षाभित्रका मूल्याङ्कन र पुरस्कारले आजका सन्दर्भमा साहित्यकारको मूल्याङ्कनका लागि आधार दिएको छ भने यसमा पुरस्कारको औचित्यलाई पनि देखाइएको छ । कृतिमूल्याङ्कनका आधार बढी सैद्धान्तिक निरूपण भएको लेख हो । संस्मरण समीक्षाभित्रका दुई लेखहरू गोपालसिंह नेपालीसँग सम्बद्ध छन् र भारतको बेतियामा प्रवासी नेपाली कवि गोपालसिंह नेपालीको उच्च सम्मान देख्दा गौरवको अनुभूति भएको भाव छ । व्यङ्ग्यसमीक्षा अन्तर्गत हाकिमको खप्पर पढ्दा आरसी रिजालको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह कृति हाकिमको खप्परमाथि हास्यव्यङ्ग्यात्मक शैलीमा नै आफ्नो दृष्टिकोण प्रस्तुत गरिएको छ भने राजनीति व्यवसाय भएपछि राजनीतिक सङ्गतिहीनताप्रतिको तीव्र व्यङ्ग्य हो ।
यस कृतिमा विविधताका अभिव्यञ्जक धेरै लेखहरू छन् । चर्चा–परिचर्चा अन्तर्गतको पहिलो लेख बढी सैद्धान्तिक र यसमा गजललाई कविताकै उपविधा मानिएको छ । दोस्रोचाहिँ चितवनको साहित्यिक सन्दर्भसँग सम्बन्धित छ । टीकाटिप्पणीभित्रका चरावटा लेखमध्ये टिप्पणीको सन्दर्भमा सिर्जनात्मक भाषाको सन्दर्भ, संरक्षण कविता आन्दोलन : एक स्थूल पर्यवेक्षणमा संरक्षण कविता आन्दोलनप्रतिको निजी दृष्टिकोण, भाषिक योजना एक टिप्पणीमा वर्णविन्यासलाई रूपात्मक, प्राविधिक, आर्थिक, उच्चार्यआदि दृष्टिले हेरेर सुधार्नुपर्ने कुरा सुझइएको छ । निर्मोही नामाकरण सन्दर्भ साहित्यकार निर्मोही व्यासको निर्मोही नामाकरणको सन्दर्भलाई साहित्यिक उपनामहरूका केन्द्रीयतामा देखाइएको छ । अनुभव प्रतिक्रियाभित्रका तीनवटा लेखहरूमध्ये पहिलोमा कविताको महत्व, दोस्रोमा स्तरीय रचनाको अपेक्षा र त्यसका लागि सुझउ एवं तेस्रोमा आलोचनालाई बौद्धिक तथा तार्किक युद्धका रूपमा प्रस्तुत गरिएको छ ।
यस कृतिको विचार विमर्शभित्रको समीक्षामा शुद्धताको आग्रहमा स्वस्थ समालोचनाको अपेक्षा, लेखक र लेखनप्रक्रियामा लेखकीयताको यथार्थ सन्दर्भ र आलोचनात्मक प्रवृत्तिमा प्रचारमुखी साहित्यप्रतिको विमतिको भावलाई अन्तर्वस्तु बनाइएको छ । धारणा अवधारणाभित्र साहित्यकार कालीप्रसाद रिजालसँगको साहित्यिक भेट, पुस्तान्तरणको समस्या र निराकरण जस्ता अन्तर्वस्तुले स्थान पाएका छन् भने विचार विवेचनाभित्र पुस्तकलाई बालबालिकाको असलमित्रका रूपमा प्रस्तुत गरिएको भाव, नारीका समस्या र त्यसको समाधान एवं छोरीलाई अंशजस्ता विषयवस्तुले स्थान पाएका छन् । कृतिसमीक्षाभित्र विश्वेश्वरप्रसाद कोइरालाको जेलजर्नल र गजलकार शीतल कादम्बिनीको सुगन्धयात्रा गजलकृतिको विवेचना प्रस्तुत गरिएको छ । पत्रसमीक्षाभित्र साहित्यकार देवीप्रसाद वनबासी र चूडामणि रेग्मीलाई लेखेका पत्रहरूलाई जस्ताको तस्तै राखिएको छ । गन्थनमन्थनभित्रको भुलैया म र मेरो दृष्टिमा एकजना स्रष्टाका निबन्ध पढेपछिको हार्दिक प्रतिक्रियात्मक अनुभूति छ । व्यक्तित्व समीक्षाभित्र साहित्यकार मोहन दुवालका अनवरत साहित्यसिर्जनाको प्रशंसा गरिएको छ भने विचारमन्तव्यमा पल्लव साहित्य प्रतिष्ठानद्वारा आफू सम्मानित हुँदाको अनुभूति छ ।
यसप्रकार समीक्षा सन्धान र कृतिभित्रका उपर्युक्त अन्तर्वस्तुले यस कृतिलाई विविधतामय बनाएका छन् । यस आधारमा यो कृति महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरू सापटी लिएर भन्नुपर्दा विविधताको मौजी मसला हो ।
१. विषवस्तुको वैविध्यमय प्रस्तुति र तिनलाई पनि निजात्मक जलप लगाएर देखाउने प्रवृत्ति ।
२. अनुभूति, दृष्टिकोण, विचार, समीक्षा आदिका बीचको परस्पर अन्तर्मिश्रण र यसबाट विद्यामिश्रण एवम् अन्तर्विद्यात्मक प्रभाव ।
३. विषयवस्तुअनुरूपको शैलीको प्रयोग र विषयवस्तुलाई पनि रहस्यात्मक बनाएर प्रस्तुत गर्ने प्रवृत्ति ।
४. अन्तर्वस्तु जेजस्तो भए पनि त्यसलाई अत्यन्त कलात्मक बान्की र आलङ्कारिक एवम् स्पष्ट भाषामा अभिव्यक्त गर्ने प्रवृत्ति ।
५. भाषाशैली र प्रस्तुतिमा निजी पहिचान र नवीनता आदि ।

३. निबन्धात्मक समीक्षा कि समीक्षात्मक निबन्ध ?
सामान्यतया निबन्धको भाषा आत्मगत/आत्मपरक हुन्छ भने समालोचनाको भाषा वस्तुगत/वस्तुपरक हुन्छ । त्यति मात्र होइन, निबन्ध निजात्मक हुन्छ तर समीक्षा/समालोचना वस्तुतथ्यात्मक हुन्छ । कपिल अज्ञातका उपर्युक्त तीनवटै कृतिहरू समीक्षा/समालोचनाका रूपमा देखिन्छन् तर तिनको भाषा पूरै निजात्मक, आत्मपरक वा आत्मगत छ । सैद्धान्तिक स्वरूपका केही लेखमा वस्तुगतता केही बढी भए पनि साहित्य सिर्जन प्रक्रिया र समालोचनाको सन्दर्भमा समालोचनात्मकता बढी र निबन्धात्मकता कम देखिन्छ भने समीक्षा सन्धान लगभग पूरै आत्मपरक/निजात्मक शैलीमा लेखिएको छ । त्यसकारण समीक्षा सन्धान निबन्ध कृति नभएर नैबन्धिक कृति हो । निजात्मक शैलीमा समालोचना लेख्ने पाश्चात्य शैलीलाई केही भिन्नै किसिमले कपिल अज्ञातले पनि आत्मसात गर्न खोजेको देखिन्छ । यस्तो शैलीबाट पाठक चाँडै प्रभावित हुन्छ । अझ् त्यसमा पनि आलङ्कारिक आनुप्रासिक भाषाशैलीले पाठकलाई बढी आकर्षित गर्छ । समीक्षात्मक कृतिमा पनि यस किसिमको भाषाशैलीको प्रयोग गरेर निबन्ध वा कुराकानीको स्वाद दिलाउनु कपिल अज्ञातको विशेषता हो ।

४. समापन :
कपिल अज्ञात स्रष्टा हुन् र द्रष्टा पनि हुन् । उनी मूलत: स्रष्टा हुन् र त्यसपछि उनको द्रष्टाव्यक्तित्व अगाडि आउँछ । ज्योतिषशास्त्रीय आधारमा भने उनी साँच्चै द्रष्टा हुन् उनका समीक्षा समालोचनामा पनि स्रष्टा व्यक्तित्वको प्रचूर प्रभाव परेको कुरा उनका समीक्षा समालोचनामा प्रयुक्त भाषाशैलीले स्पष्ट पार्छ । अज्ञातका तीनवटै समालोचना/समीक्षाका कृतिहरू विषयवस्तुको प्रस्तुतिका दृष्टिले नवीन छन् । कहीँ अत्यन्त तीव्र व्यङ्ग्य र कहीँ हास्यव्यङ्ग्यात्मकताको प्रभावले समीक्षा सन्धान पृथक पहिचानका साथ देखापरेको छ । अभिव्यक्तिमा निर्भिकता, प्रस्तुतिमा स्पष्टता, विवेचनामा दृष्टिकेन्द्रितता भइकन पनि कहीँ कहीँ सङ्क्षिप्त शैलीको प्रभावपूर्ण प्रयोगले उनका समालोचना/समीक्षाका यी कृतिहरू पृथक पहिचान राख्दछन् । अझ् त्यसमा पनि साहित्य र ज्योतिषशास्त्रका बीचको अन्तर्सम्बन्धको अध्ययन र साहित्यकारका जीवनवृत्तमा ज्योतिषशास्त्रीय प्रभाव तथा ज्योतिर्विज्ञानका कोणबाट साहित्यको/साहित्यिक व्यक्तित्वको अध्ययन र निरूपण उनका विशिष्ट प्राप्ति हुने देखिन्छन् ।


Tags: कपिल अज्ञातजनमत
अघिल्लो पोष्ट

काठमाडौँ

पछिल्लो पोस्ट

साहित्यकार तथा पत्रकार चालिसेको कृति ‘जीवनका वक्ररेखा’

डा. लक्ष्मणप्रसाद गौतम

डा. लक्ष्मणप्रसाद गौतम

सम्बन्धित पोष्टहरू

नेपाली कवितामा नारी स्वर
समालोचना

नेपाली कवितामा नारी स्वर

१२ फाल्गुन २०८२, मंगलवार
आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
पछिल्लो पोष्ट
साहित्यकार तथा पत्रकार चालिसेको कृति ‘जीवनका वक्ररेखा’

साहित्यकार तथा पत्रकार चालिसेको कृति ‘जीवनका वक्ररेखा’

मलाई मन छ

मलाई मन छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

१० बैशाख २०८१, सोमबार
तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ बिहीबारदेखि

तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ बिहीबारदेखि

९ बैशाख २०८०, शनिबार
समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

१० बैशाख २०८१, सोमबार
२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक