जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

झिँगाको थोप्ले विष्ठा

युवराज नयाँघरे युवराज नयाँघरे
प्रकाशित ७ श्रावण २०८०, आईतवार
निबन्ध भित्र
0
झिँगाको थोप्ले विष्ठा

‘सुनेँ सधैँ, आज मलाई सुन्नुस् !’
‘हो आमा, मलाई सुन्नै पर्छ तपाईंले । कत्ति अत्तालिनु भएको । पख्नुस्, एक छिन पर्खनुस् । सुनेर मात्र जानुस् । आज मेरा कुरा सुन्नै पर्छ । जतिसुकै हतारो भए नि नसुनी हुन्न तपाईंले आज मलाई ।’
‘लाखौँ किलोमिटर पर छु । हजारौँ पहाड नाघेर यो बिरानो ठाउँमा छु । सयौँ खोलानाला पार गरेर यो भूमिमा पुगेको छु । सात समुद्र काटेर यहाँ पुगे पनि— मन त सातै सेकन्डमा तपाईं छेउ पुगिहाल्दो रै’छ !’
‘आमा, रोगले संसारै निलिसक्यो । तपाईं खाली कुदेकोकुदेकै गरेको सुन्छु । चुप्प लागेर तपाईं पिँढीमै बस्नुस् । मनग्गे कुद्नु भो । घरमै थन्काउनुस् आपूmलाई अब । सधैँ बित्यो–बित्यो भनेर हुर्दुराउनु भो । सधैँ ढिलो भो–ढिलो भो भनेर अत्तालिनु भो । सधैँ बियाँलो भो–बियाँलो भो मात्रै भनिरहनु भो । तर के भो त ती सबै अबेर, ढिलो र बियाँलोले ?’
‘आमा, ढिलो भएकै छैन । बस्नुहोस् घरमै ।’
‘आधा उमेरभरि हामीलाई पाउँदा–पाउँदा तपाईंको उमेर बित्यो । सात जना छोराछोरी जन्माउन, हुर्काउन, बढाउन र निरोगी पार्न खट्ता–खट्ता तपाईंलाई सधैँ हतारै मात्र त भो । कतिखेर बित्थ्यो रात । दिन कतिखेर चिप्लिन्थे । साँझ कतिखेर बेगिन्थे । बिहान कतिखेर हराउँथे । तपाईंले समात्नै नपाई समयको भर्भराउँदो ज्यान फेरिइसक्थ्यो । फुस्रो काँचुली मात्र सम्झनाको तिखो र खल्लो रुप भएर बसिरहन्थ्यो तपाईंको हत्केलामा !’
०००


‘आमा, मेरा सुन्नुस् त !’
‘खेतमा आलु लाउन बित्यो, कात्तिके बोडी रोप्न ढिलो भो भन्नु हुन्छ रे । तने बोडीलाई थाङग्रा नहाली भएन भनेर कुद्नु हुन्छ रे । काँक्रा, फर्र्सी नरोपी भएन भनी हाम्फाल्दै झटारिनु हुन्छ रे ।’
‘त्यता सबै छोडिदिनुस् । भुलिदिनुस् जम्मै कुरा यतिबेला । सम्झिनु आपूmलाई मात्र !’
‘म त मस्यौरा पार्न छिमेकीका घरमा नगई भएन भन्ने ठूलै पिरलो पोख्नु हुन्छ । ओखलमा दाँत हाल्ने चिन्ता देखाइरहनु हुन्छ । छोडिदिनुस् — यी सबै मिसमासे कुरा !’
‘आमा, तपाईंको नङ्ग्राले मात्र यो खेत खनिँदैन उर्बर हुन । तपाईंका औँलाले हाल्दा मात्र गरा हौसिने र जल–मल हुने सोच्नु पिलपिले माया हो आमा । तपाईंको स्याहारले मात्र धान्ने कतिन्जेल ? तपाईंको रेखदेखले मात्र थेग्ने कतिन्जेल ?’
‘आमा, छोडिदिनुस् यी खेत, गरा, आलीलाई । कतै राखिदिनुस् यी पाखा, फाँट र सिम खेतलाई !’
‘घरमा बस्नुस् है । घरले धेरै भो तपाईंलाई नदेखेको । आमा, आँगन छोडेर कति बाहिरै जान खोज्नु भएको ? कति पिँढी परको गोरेटोतिर हुत्तिनु भएको !’
‘केही दिन घरै हेर्नुस् । घरका अङ्ग–अङ्ग हेरेर चुप लगाउनुस् आपूmलाई । घरले तपाईलाईं चिनाजानी गर्न खोज्याखोज्यै छ ।’
‘यो घर बनाउन खुबै पसिना दिनु भो । हातखुट्टा गलेर फतक्कै भएका थिए तपाईंका । घर बनेदेखि नै तपाईंलाई खेत, वन, दाउराले बोलाएका–बोलाएकै गरिरहे । घर ठडिएदेखि नै तपाईंलाई घाँस, पराल, खनजोत र मलबीउले डाकेका–डाकेकै गरिरहे ।’
‘आमा, तपाईंले यो घर राम्रोसँग हेर्नै पाउनु भएको छैन !’
०००


‘मेरा कुरा मन खन्याएरै सुन्नुस् त !’
‘तपाईंले लिपेका आँगन कस्तोबाट कस्तो भइसक्यो । दैलो, अगेनो पोतपात गर्न मात्र तपाईं हतारिनु भयो । तपाईंले गोबर, माटो मिलाएर पोतेका भित्ताहरु हेर्नु भएकै छैन । तपाईंले कमेरो, रातमाटो, कालीमाटीले रङ्गाएका पेटी, झ्याल र बुइँगल निहाल्नु नै भएको छैन । तपाईंले सिँगारेका ती भित्ता, बार्दली र बुर्जाले आँखा जुधाएर खोई गफ गरेका आमा ? तपाईंले केही दिन यिनलाई किन नदिने उमेरको एक छटाक समय ?’
‘तुलसीको मोठ छ एक कुनामा । वर्षमा दुई पटक तपाईं तीसँग नजिकिनु हुन्छ । नजिकै छ परालको माच । त्यसले पनि नपर्खेको होइन तपाईंलाई । मूल ढोकामा कुशको मुठो छ । आमा, यीसँग तपाईंले गहिरेर कुरै गर्नु भएको छैन । आग्लो, चुकुल, घोप्टे पनि खिन्न छन् तपाईंले समय नछुट्याएकोमा । आजभोलि समय दिने मौका आएको छ ।’
‘आमा, घरमा बसेर कुनाकानी हेर्नुस् । वरपर निहाल्नुस् र छेउकुनाको दुनियाँ पर्गेल्नुस् । किनभने यिनैमा समयका सुकिला शब्द लुकेका छन् !’
०००


‘आमा, तपाईंलाई लाग्ला बाहिरको काममा म नजोतिएर हँुदैन । केही दिनलाई नजोतिनुस्— के समाप्त हुँदो रहेछ । हामी सन्तानलाई बढाउँदा जेठालाई कपाल नकोर्दैमा उसको टाउको रोगायो ? हामी सन्ततिलाई हुर्काउँदा जेठीलाई नङ पालिस नदली दिँदैमा माइलीको औँला बुच्चै भए त ?’
‘आमा, गतिसँग हामी जित्दैनौँ । हाम्रो पराजय आफ्नै ताल र शैलीबाट भएको हुन्छ । त्यो सामान्य हो । त्यसलाई पराजयको बिख मानेर घटघटी पिउनु पर्छ भन्ने चोट ठान्नु पनि हुँदैन !’
‘हेरी मात्र दिए पनि कतिपय दृश्यलाई न्याय हुन्छ । ध्यान दिएर हेर्दा मात्रै पनि कति विषयलाई आदर गरेको ठहरिन्छ । आमा, तपाईंले त्यसलाई गहिरेर हेर्नु भएको छ त ?’
‘आमा, घर अगाडिको भोगटेको बोट हेर्नुस् । बोटसँग जोडिएको मौसमले ल्याइरहेको उज्यालो र सुवास अमूल्य छ । चराचुरुङ्गीका गँुड र लटरम्मै फल्ने फलले दिने ज्ञानसँग नजिकिनुस् आमा । ती छिप्पिरहेका हाँगामा समयका सबै उमेर आँख्ला–आँख्ला भएर बढेको देख्न सकिन्छ । आमा, तपाईंले हाँगा मात्र काट्नु भएको बकाइनो, पिपल र किम्मुका बोट छेउमा गएर उभिनुस् त । कति चोखो सास फेर्दा रै’छन् रुखले । तिनलाई नभेटे पनि कोठाबाटै सुन्नुहोस् ।’
०००


‘आमा, तपाईंले ऊ बेलै जाँतो, भकारी, ढिकी, टाट्नो र जुठेल्नोसँग कति बिताउनु भयो समय । हिजोआज ती सबै तपाईंबाट भएका छन् पर–पर । आमा, केही दिन यिनलाई हेर्नुस् नजिकबाट । छेउबाटै तिनको संसारलाई पढ्नुस् । एक दमै अँगालिएर तिनको मन र तनसँग गाँसिएर दिनहरु काट्नुस् ।’
‘घरसँग कत्ति कुरा छन् कत्ति । आमा, कति तपाईंले जन्माउनु भयो । कति बुबाले निर्माण गर्नु भो । कति आमा र बुबाका मेलजोलबाट बनेका सामग्री छन् । आमा, तपाईंले जन्माएका निधिलाई हेर्ने जिम्मेवारी पनि आफ्नै हो । बुबाले निर्माण गरेका सरसामानको हेरविचार पनि तपाईंकै हो । तपाईं र बुबाले सँगसँगै जन्माएका सरसामानको पालनपोषणको काम पनि तपाईंले नै गर्नुपर्ने मान्दै आएको छ संसारले ।’
‘आमा, यी सत्यबाट पर–पर नहुनु होला । समय यतिखेर तपाईंलाई यही कुरा भन्न खोजिरहेको छ ।’
‘बाहिर नजानुस् । बाहिरबाटै व्याधि पस्छ घरमा । तपाईंका पटुकीमा बेर्रिएर पस्छ । तपाईंका हत्केलामा कोचिएर भित्रिन्छ । आमा, घरमै बसेर ती व्याधिलाई पर–परै पार्नुस् । यसैमा तपाईंले जित्नु हुन्छ । अहिलेसम्म जितेको तपाईंको शरीरले यो वृद्धकालमा किन हार्ने ? आजका मितिसम्म विजयी भएको तपाईंको ज्यानले यो कमजोर कालबेलामा किन पराजित हुने ?’
‘आमा, आपूmलाई जित्न पनि बलेँसीतिर नजानुस् !’
०००


‘झ्याल नै आँखा हुन् यो घरका । घरका आँखामा आफ्ना आँखा मिलाएर बाहिरको संसार हेर्नुस् । अहिले आफ्नो झ्यालबाट जति देखिन्छ — त्यसमा पोख्नुस् खुशीको खित्खित् । खुशीले पनि एकैचोटि राजमार्ग दिँदैन — गोरेटो बढेर बनेको ठूलो बाटोले दिने उत्साह अनन्त हुन्छ, अथाह हुन्छ, अपार हुन्छ । आमा, त्यो उल्लासलाई साथी बनाउन नछोड्नु होला ।’
‘ग्यास आउन थालेको कति पो भो र ? तपाईंले लामै समय दाउरै ठोस्नु भो । मनग्गे समय तपाईंले ढुङ्ग्रोले फुकिरहनु भयो भुङ्ग्रो । आमा, अँगेनामा थन्केको राप, ताप्केभित्र भासिएको स्वाद पनि हेर्नुस् । तपाईंका धेरै चुरा फुटेका थिए यिनै कराई, भड्डु, ताप्के र तपेस माझ्दा–माझ्दै । आमा, एक पटक ती काँटा–चम्चा, गिलास र बटुकाहरु पनि हेर्नुस् । भान्साका यी भाँडाकुडालाई अझै समय छुट्याउनुस् । हो, आमा तपाईंले स्नेह गरेका थाल–कचौरा र डाडुपन्युले एक खेप फेरि स्पर्श खोजेका–खोजेकै छन् ।’
‘एक पटक भान्सा, भँडार र बुइँगल पसेर तपाईंले कुचो लगाइदिनुस् । त्यसो हँुदा भित्रको फोहोर मज्जैले बाहिरिन्छ । आजसम्म त बाहिरको फोहोर भित्रै मात्र पसिरहेको छ । आमा, तपाईं घरमै बसेर त्यो फोहोर निकाल्नुस् । तपाईं निस्कँदा चुपचाप बसेको फोहोरले घरमा रजगज गरिरहेथ्यो । सत्यलाई आँखा चिम्लेर तपाईं बाहिर मात्र नदगुर्नुस् ।’
०००


‘ब्याडमा बीउ छर्न बित्यो नभन्नुस् । बारीमा घोप्टाएको मल छरछार गर्न बेर भयो नभन्नुस् । ड्याङमा उम्रेका घाँसपात उखेल्न र उकेरा लाउन हतारो भो नभन्नुस् आमा । तिनै ब्याड, बारी र ड्याङमा छोपिएको रोगले अँठ्यायो भने फेरि घरले तपाईंलाई गुमाउनेछ ।’
‘आमा, घरमा हरेक कोठा तपाईंसँग लाडिन, अँगालिन र छोइन खोजिरहेका छन् । तपाईं घर छोडेर बाहिर ननिस्कनुस् । बिर्सिदिनुस् बाहिरको संसार । घरको भित्र मात्र सम्झिदिनुस् । अहिले घरैको भित्रले तपाईंलाई आफन्ती र बाहिरले परचक्रीको व्यवहार देखाएको कल्पिनुस् ।’
‘त्यो कल्पाइले तपाईंलाई लामो आयु दिनेछ आमा । तपाईंको दीर्घायु नै हाम्रो निरोगिताको प्रमाणपत्र हो । एउटा गतिलो लाहाछाप हुन्छ त्यो । एउटा बलियो हस्ताक्षर हुन पुग्छ त्यो । एउटा अकाट्य र असीमित पन्जापत्र हुन्छ — तपाईंको घर बसाइ ।’
‘आमा, मेरा कुरा सुन्नुस् । आफ्नो पाइलालाई मनैदेखि घरको भ¥याङतिर नझार्नुस् । सिँढी र सन्तान एउटै हुन् । भ¥याङका सिँढीले झर्न र उकालिन सघाउँछ । सधैँ चढिदंैन मात्र । झरिन्छ पनि त्यत्तिकै । यतिखेर त्यही भ¥याङबाट हामी सबै झरेर छरिएका छौँ संसारभरि । घरको सिँढी चढ्ने र उक्लने बाआमाले मात्रै त गर्नु हुन्छ ।’
‘आमा, अरुले के भने थाहा छैन । म भन्छु— सिँढी छैन भन्ने ठानेर घरमै बस्नुस् !’
०००


‘सुनिरहनु भएको छ नि आमा !’
‘सुन्नुस्, पैताला जमिनमै गाडेर पनि सुन्नुस् । शरीरलाई अरिमट्ठे बनाएरै पनि सुन्नुस् । अस्थिर मनलाई चाम बाँधेरै भए पनि थिर गराई–गराई सुन्नुस् । आँखा, कान र मुखलाई फकाई–फकाई भए नि सुन्नुस् ।’
‘आमा, नङ काट्नै बिर्सेर पनि मल छर्न, बाली भित्र्याउन र गोडमेलमा जट्नु भो । अहिले समयले आफ्ना नङहरु हेर भनिरहेको छ । आमा, फुटेका हत्केलाले आली, ब्याड र आँगनको अन्नबाली थन्काउन जुट्नु भो । आज युगले आफ्ना चर्केका हत्केलामा मल्हम दल भनिरहेछ । आफ्नो संसार हिजो त्यत्तिकै पर–पर धकेल्नु भयो तपाईंले । तर आपैmँले माया नगरे अरुबाट मनग्गे प्रेम नपाइने ज्ञान आजको कालले भनिरहेको छ ।’
‘आपूmलाई हेर्न, माया गर्न र रहरले निहाल्न पनि भनिरहेको छ तपाईंलाई आमा !’
‘कहिल्यै गाजल, रातो लाली, सेतो फा देखिनँ । सधैँ लत्पतिएको माटो, गोबर, ध्वाँसो र लेघ्रो टाँसिन्थ्यो अनुहारमा । सधैँ लतपत र लेस्याइलो मयलले तपाईंको उज्यालो अनुहार पनि मलीन, फोहोरी र घिनलाग्दो लाग्थ्यो । आमा यी सबैलाई उत्तर दिन पनि घर बसेर मुख धुनुस् । फुर्सदमा आफ्नो अनुहारसँग गराउनु छ ऐनाको देखादेख । ऐनाले भुलिसकेको भए एक पटक रमाएर तपाईंको अनुहार हेर्ने छ ।’
‘आमा, मलाई सबै रुपवतीले राम्रो–राम्रो छ भनेर भन्छन् । मेरो रुपको धुपमा ती धेरै चोटि पग्लेका छन् । मैले बल, बैँस र रुप पाएकै तपाईंकै कोख र छातीबाट । संसारले बाहिर नजा–नजा भनिरहँदा मैले पनि त्यही रुप नधमिलियोस् भनेर हात जोडिरहेको छु — बाहिर पाइला नचाल्नुस् !’
‘हेर्नुस् त घर छेउका बोटमा हरिया पातहरुमा रङ चढेकोचढेकै छ । दुबोमा केही थोपा बस्न नपाउँदै मौरी, पुतली र भँवरा आएर नुहाइधुवाइ गरेका । आमा, तपाईंले हाम्रा सन्तान बढेको देख्नु भयो । करेसाबारीमा सर्वदा, पारिजात, बुकी र चमेली जगमगाएको ख्यालै गर्नु भएन । अब घरै बसेर यिनलाई मनैदेखि सँुघ्नुस् ।’
‘आमा, कसिङ्गरले घर पुरियो भने कसरी बस्ने ? कसिङ्गरबाटै त मलजल हुँदो रै’छ रोगको । आमा, तपाईंले बढारेर बाहिर फालेको फोहोर घरभित्रबाट सडकमा पुगेको हो । सडकमा तपाईं जाने बित्तिक्कै त्यही फोहोरले तपाईंलाई साथी बनाएर अँगालो हालेर घरभित्र पसिहाल्छ ।’
‘मन अडिंदैंन भन्नुभएको हो आमा ?’
‘त्यसो नभन्नुस् । तपाईंले हामी यति धेरै सन्तानलाई गर्भमा कसरी राखेर थिर हुनुभयो ? कसरी शान्त पार्नु भो चित्त ? कसरी आँखा, कान र मुखलाई थान्कोमा राखेर हाम्रा चकचकलाई हराउनु भो ?’
०००


‘आमा, तपाईं घरमै बस्नुस् । घरका खाँबा, दलिन, भ¥याङ र खापाहरुसँग नाच्नुस् । संसारसँग नाच्नुभन्दा घरसँग हाँस्नु ठूलो कुरा रहेछ । यही घर बनाउन कति ठाउँमा चुक्नु, नुहनु र भत्किनु परेको छ । घरसँग टाँसिनु आमा । यही घरलाई बलियो, घामपानीबाट आँटिलो बनाउन कति ठाउँमा तपाईंले आपूmलाई भुइँमै ओछ्याउनु परेको थियो ।’
‘आमा, घरमा मान्छे बाहेक परेवा, भँगेरा, काग र सारौँ हुन्छन् । तिनका चालढाल र आनीबानीले कत्ति कुरा सिकाउँछ । तपाईंले एक पटक तिनलाई पनि हेर्नु न !’
‘आमा, म बसेको ठाउँमा रोग छैन । यो देशै धनी छ । अरु धेरै कुरा धनधान्य छ यहाँ त । समय तन्नेरी छ, तपाईं हुनुहुन्छ वृद्ध । रोगको यो दौडमा आमा तपाईं हार्नु हुन्छ ।’
‘फोन राख्नुअघि फेरि भन्छु—महामारी उर्लेकै छ !’
‘सुन्नु त, चराचुरुङ्गीतिर हेर्न मन नभए— घरका भित्तामा कुद्ने साङ्ला, माउसुली र भुसुनाहरु हेर्नु । संसार त्यहाँ पनि त छ । आमा, सुन्नु मेरो कुरा । तपाईं बाहिर जाँदै नजानु । बस्नु घरमै । घरमा समय कटाउन गाहो भए— झिँगाले छेरेको थोपाथोपी हेर्नु । हरेक दिन ती थोप्लाथोप्ली गन्नु !’


Tags: जनमतयुवराज नयाँघरे
अघिल्लो पोष्ट

केदारनाथ प्रधानको स्मृति दिवस

पछिल्लो पोस्ट

डर लाग्छ मलाई

युवराज नयाँघरे

युवराज नयाँघरे

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
डर लाग्छ मलाई

डर लाग्छ मलाई

परिवेश विहीन कृति हुनै सक्दैन : राजन सिलवाल

परिवेश विहीन कृति हुनै सक्दैन : राजन सिलवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म मास्केजीको चेलो

म मास्केजीको चेलो

१ भाद्र २०८१, शनिबार
‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा


‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा

३ जेष्ठ २०८०, बुधबार
म चोर होइन

म चोर होइन

३ जेष्ठ २०७८, सोमबार
दुखद दसैँ भनौँ या सुखद दसैँ

दुखद दसैँ भनौँ या सुखद दसैँ

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक