जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

वेदनाको प्रकाशन यसरी भयो

दिल बरदान दिल बरदान
प्रकाशित ५ जेष्ठ २०८०, शुक्रबार
सँस्मरण भित्र
0
वेदनाको प्रकाशन यसरी भयो

२०२९ को अन्ततिर म अध्ययनका लागि संखुवासभाको खाँदवारीबाट पुन: धुलिखेल फर्किए । मसँग एउटा आफ्नै निश्चित र निर्देशित विचारहरु थिए । आफू बाँचुञ्जेल सामाजिक हुनुको अर्थमा समाज परिवर्तनका दिशाहरुमा क्रियाशील हुनुपर्छ र यसका निम्ति आफू भित्र र बाहिर संघर्ष गरिरहनु पर्छ भन्ने मान्यता थियो ।

मैले धुलिखेललाई जस्तो छोडेर गएको थिएँ त्यस्तै अन्धविश्वास, अर्धचेतना, एक आपसमा हेर्ने अति संकीर्ण दृष्टि र वैमनष्यता, मुठ्ठीभर ठालुहरुको हैहुकुम यथावत थिए । र पनि केही व्यक्तिहरु साह्रै सहयोगी, एकअर्काप्रति सहिष्णु र सहयोगीका स्थितिमा रहेको पनि मैले पाएँ । यसलाई नयाँ दृष्टिकोण लिएर परिवर्तन गर्नुपर्छ र त्यस दिशामा लैजानुपर्छ भन्ने सोचाइले त्यस्ता साथीहरुसँग सम्पर्क बढाउने क्रम थालियो ।

त्यसताका काभ्रे जिल्लाभरि यथार्थवादी साहित्य र प्रगतिशील साहित्यको बारेमा युवाहरुमा व्यापक चर्चा चलिरहेको थियो । बनेपा त्यसको केन्द्रविन्दुको रुपमा रहेको थियो । श्रीखण्डपुर, साँगा र बनेपामा केही समयको अन्तरालमा साहित्य सम्मेलन, भेटघाट र साहित्यिक कार्यक्रम भई नै रहन्थ्यो । यो क्रम विद्यार्थी जगत् र युवाहरुमा देखिएको पञ्चायत विरोधी क्रियाशीलता र त्यसमा केही वर्ष अघिदेखि चीनमा चलिरहेको सांस्कृतिक क्रान्तिले केही ऊर्जा समेत थपेको थियो । साहित्य सम्मेलन हुने थाहा पाएपछि म क्याम्पसको पढाइ छोडेर भए पनि त्यहाँ पुग्थेँ । त्यहाँ पुगेका कवि, कथाकारहरु, कोही भियतनामी हुन्थे, कोही कोरियाली, कोही चिनिया, लाओसी जनता भएर त्यहाँका जनताको पीडा बोकेर अमेरिकी साम्राज्यवादको विरोधमा आफ्नो साहित्यमार्फत् विरोध र समर्थन गर्थे, पीडाहरु पोख्थे । कोही भने भारतीय विस्तारवादको विरोधमा र टिष्टाको भू–भाग लगेको विरुद्धमा कुर्लिन्थे । तर ती देशभित्रको अन्याय–अत्याचारको बारेमा कम बोल्थे । पञ्चायती शासन र सामन्ती शोषणका बारेमा भने त्यति चासो राख्दैनथे । एउटा साहित्य सम्मेलनमा दशौं जना जासुसहरुले रिपोटहरु टिपिरहेको दृश्य देखिन्थ्यो । हिन्दचीनको बारेमा चर्को क्रान्तिकारी भएर बोलिरहने साहित्यकारहरु कमै मात्र आफ्नो देशभित्रको छटपटी पोख्थे, थिचोमिचो पोख्थे ।

विगुल (समसामयिक साहित्यिक पत्रिका) त्यसताका चर्चाको शिखरमा थियो । प्रगतिशील साहित्य सम्मेलनहरुमा आमन्त्रित हुने क्रममा मोहन दुवालसँग मेरो प्रथम पटकको भेटघाटमा उहाँबाट साह्रै प्रभावित भएँ । उहाँ सधैंजसो एउटै पोशाकमा हुनुहुन्थ्यो । कटराइजको कोट, कालो टोपी, लामो मफलर, निरन्तर चुरोट तानिरहने, स्पष्ट रुपमा नझुकिकन अमेरिकी साम्राज्यवादका अन्याय अत्याचारको विरुद्ध बोलिरहने उनको स्वभाव त्यसताका एउटा फिल्मी हिरो जस्तो लाग्दथ्यो । उहाँमा साह्रै उत्साह र जाँगर पाइन्थ्यो । उहाँको सम्पादनमा निस्कने विगुलको तेस्रो अंक प्रेसबाट नै जफत भएपछि काभ्रेका थुप्रै साहित्यप्रेमीहरुमा साहित्यिक पत्रिकाको अभाव खट्कियो । मोहन दुवालसँगको भेटघाटको क्रममा सरकारी दर्ता गरेर पत्रिका प्रकाशन गर्ने बारेमा कुरा शुरु गर्नु मैले उपयुक्त सम्झेँ । विगुल सामयिक संकलनका प्रकाशन पञ्चायती निरंकुशतन्त्रले निन्दनीय रुपमा बन्द गरेको थियो । उहाँबाट प्रकाशनलाई सहयोग गर्ने वचन पाएपछि ममा धेरै ठूलो उत्साह थपियो । चर्को असंगठित भावुकतावादी क्रान्तिकारी कुरा भन्दा बढी यथार्थवादी साहित्यले नै चेतना परिवर्तनको लागि दिशाबोध गराउन सक्छ भन्ने सोचाइ ममा निकै दृढतासाथ रहेको थियो । तर कोही पनि साहित्यप्रेमी र उत्साहित युवाहरु संगठित थिएनन् । सामूहिक पिकनिक कार्यक्रम तातोपानीको भेलाले थप उत्साह पैदा गरेको थियो । साधारण कार्यक्रमका लागि पनि प्रशासनको स्वीकृति र सूचनाको माग हुन्थ्यो, मानसिक रुपमा डर, त्रास प्रशासनले दिइरहन्थ्यो ।

अध्ययनका क्रममा काठमाडौं आएपछि सुवास श्रेष्ठसँगको मेरो पुरानो सम्पर्कलाई नवीकरण गर्दैै निरन्तरता दिने अवसर प्राप्त भयो । उहाँमा साहित्य र कलामा बढी रुचि थियो । पत्रिका प्रकाशनका लागि साथीको अभाव खट्किरहेको थियो । त्यसताका उहाँमा बुर्जुवा साहित्य र कलाप्रति आकर्षण रहेको थियो । उहाँ र ममा यथार्थवादी साहित्य र प्रगतिशील साहित्यको बारेमा छलफल र चर्चा परिचर्चा भई नै रहन्थ्यो । धुलिखेलमा एकाध व्यक्ति बाहेक (वच्चुराम ब्यान्जु, श्रीप्रकाश वेंजु) यस्तो विचार र मान्यतालाई साथ दिने हिम्मत कसैमा थिएन । उनीहरु प्रगतिशील साहित्य भन्ने बित्तिकै कम्युनिष्ट त्रासबाट थर्कमान हुन्थे । तर पनि पत्रिका प्रकाशनको लागि विचारमा समानता कायम हुन सके उहाँको सहयोग अर्थपूर्ण हुने सम्झेर उहाँसँग बढी सम्पर्क राख्ने काम दिनचर्याकै रुप बन्न थाल्यो । धेरै दिनको भेटघाटपछि उहाँलाई पत्रिका प्रकाशन गर्ने प्रस्ताव राखियो र जनतामाथिको शोषण, अन्याय, अत्याचारको जुन वेदना र पीडा छ, त्यसलाई यथार्थ रुपमा पत्रिकाबाट जनतासमक्ष लैजाऔं भन्ने दृष्टिकोण निर्माण भयो र प्र.जि.अ. कार्यालयमा दर्ताको लागि आवेदन दिइयो ।

प्रशासनले हामीमाथि गिद्धे दृष्टिकोणले हेरिरहेको थियो । हामी आन्तरिक रुपमा जे जस्तो भए पनि सामाजिक क्रियाकलापमा सक्रिय थियौं । हामी धुलिखेल युवा क्लव, धुलिखेल युवा पुस्तकालय लगायत अशक्तहरुलाई बोकेर अस्पताल लगिरहने कार्यकलाप, प्रशासनको अकर्मण्यतालाई कोट्याइरहने सामाजिक क्रियाकलापमा अग्रसर युवा थियौ । त्यही हाम्रो सामाजिक कार्यकर्ताको पक्षलाई दृष्टिगत गरेर प्रहरीले हाम्रो पक्षमा रिपोर्ट दियो र दुई महिनापछि प्रकाशनमा ल्याउने गरी सुवास श्रेष्ठ र मेरो सम्पादकत्व र प्रकाशकत्वमा २०३० सालको पौष महिनामा वेदना काभ्रे दर्ता नं. १ मा दर्ता भयो ।

प्रकाशन त स्वीकृत भयो । आर्थिक अभाव चर्को थियो – केही साथीहरु : मन्दीलकाजी यगोल, माणिक कालु, रंगनाथ व्यान्जु, बुद्धराम पुकारहरुको सहयोग र हाम्रो क्याम्पस अध्ययनको निम्ति घरबाट दिने गरेको खर्च मासिक रु. १५०।– रुपैयाँ जम्मा गरेपछि मोहन दुवालको सहायताबाट प्रेसको खोजीमा लाग्यौं । शुरुमा रचना छनौटदेखि प्रकाशनसम्मको सहयोग दुवालजीबाट केही समयसम्म निरन्तर रहिरह्यो । फागुन महिनाको पंचायती प्रजातन्त्रको विज्ञापनसहित २०३० को फागुनमा प्रथम अंक सम्पादकद्वयको नाममा प्रकाशनमा आयो । प्रकाशनको उत्साह र जाँगरले घरदैलोमा नै एक एक प्रति किनिदिने अनुरोध साथ बिक्री वितरण भयो ।

दोस्रो अंक प्रकाशनको तयारीको दौरानमा मोहन दुवालसँग नै हामी स्व. पारिजात दिदीकोमा अन्तर्वार्ताको लागि पुग्यौं । दिदीको अन्तर्वार्ताको भेटघाट पछि म्हैपी र फसिकेब डेराको जुन लामो बाटो हो त्यो छोट्टियो र आउने जाने क्रम बढ्न थाल्यो । शारीरिक अशक्तताको बाबजूद पनि साहित्यप्रतिको उहाँको जुन निष्ठा थियो– त्यसले हामीलाई साह्रै प्रभावित पार्‍यो । दिदीसँगको जुन नयाँ विद्रोही भावना थियो, सामाजिक कुकर्मको उहाँ जसरी खुलेर विरोध गर्नुुहुन्थ्यो र राल्फा समूहपछि उहाँमा जुन दृष्टिकोण बनेको थियो, त्यसमा हामी पनि बहन थाल्यौं । वेदनाको सम्पर्क थलो साहित्यमा मात्र सीमित भएन – ०३२ को विद्यार्थी आन्दोलनमा हामी खुलेर लागिपर्‍यौं । म्हैपीको मध्यरातमा भूमिगत बैठकबाट शुरु भएको विद्यार्थी आन्दोलनले हाम्रो सोचमा नयाँ परिवर्तन ल्यायो । त्यो बैठकमा निर्देशन दिने व्यक्ति निर्मल लामा हुनुभएको कुरा पछि मात्र हामीले थाहा पायौं । मैनवत्तीको सानो उज्यालोमा हामी एक आपस बाहेक अरुलाई राम्ररी चिन्न नै सक्दैनथ्यौं । हामी आन्दोलन पछि निनु चापागाईंसँगको राजनैतिक सम्पर्क पछि वेदना प्रकाशनमा उहाँले सम्पादन, रचना प्रवेश, समालोचना छनौट, प्रगतिशील साहित्यमा वर्गीय दृष्टिकोण जस्तो विषयमा लिइनुपर्ने गम्भीरताबारे दिशाबोध गराउनु भयो । यसपछि वेदनाको मागमा अरु वृद्धि भएर गयो । खगेन्द्र संग्रौलाले प्रकाशनका लागि दिनुभएको ‘टोपीचाउरे’ कथा र त्यो अंक सर्वाधिक बढी मागका साथ बिक्री वितरण भयो । हाम्रो सम्पर्क र वेदना प्रति जनचासोहरु बढ्न थाल्यो । वेदनाको १५०० प्रति (त्यसताका १००० प्रति बिक्री पनि महत्वपूर्ण मानिन्थ्यो) एक सातामा नै समाप्त भयो । वेदना अर्धवार्षिकबाट त्रैमासिक रुपमा प्रकाशन हुन थाल्यो ।

२०३६ सालको जनआन्दोलनसम्ममा काभ्रे जिल्लाभरि असंगठित थुप्रै साथीहरुलाई समेटेर संगठित गर्नमा वेदनाका साथीहरुको निकै ठूलो भूमिका छ । आज काभ्रे जिल्ला वाम किल्ला भनेर जुन गौरव गरिंदैछ, त्यसको श्रेय वेदनाले पाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

२०३६ पछि म काभ्रे जिल्लाबाट उदयपुर जिल्लाको कोटारीमा पुगेपछि वेदनालाई जेल प्रशासनको हथकन्डा सहेर सुवास श्रेष्ठले जुन निरन्तरता दिनुभयो, त्यो अविस्मरणीय रहनेछ । लेखक र पाठकहरुको माया र सहयोग पाएर साथै नयाँ प्रधानसम्पादक, सम्पादक साथीहरुले रजत वर्ष अंकसम्म पुर्‍याउन खेल्नुभएको भूमिका पनि यसको इतिहासमा अविस्मरणीय नै रहनेछ ।


अघिल्लो पोष्ट

एक दशकपछि कविताको चर्चा

पछिल्लो पोस्ट

हिन्दी भाषामा लिम्बू लोककथा

दिल बरदान

दिल बरदान

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
हिन्दी भाषामा लिम्बू लोककथा

हिन्दी भाषामा लिम्बू लोककथा

पारिजातको प्रसङ्गमा

पारिजातको प्रसङ्गमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मलाई मन परेको कविताको दोस्रो शृंखला

मलाई मन परेको कविताको दोस्रो शृंखला

४ जेष्ठ २०८०, बिहीबार
उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

४ जेष्ठ २०८०, बिहीबार
सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

४ जेष्ठ २०८०, बिहीबार
हिमाली क्षेत्रको भौगोलिक अध्ययन श्वेत पर्वत

हिमाली क्षेत्रको भौगोलिक अध्ययन श्वेत पर्वत

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक