स्वास्थ्य सेवा र कर्ममा सक्रिय चिकित्सक तथा लेखक डा. रवीन्द्र समीर पाण्डेलाई २०७७ सालको जनमत–दीपक वैद्य स्वास्थ्य सम्मानबाट सम्मानित गरियो । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कर्म र सक्रियता देखाउनुहुँदै स्वास्थ्य सेवी, विज्ञ र विशिष्ट चिकित्सकका रूपमा सफल हुदैं वाङ्मयको क्षेत्रमा पनि साहित्यका विविध विधामा लेखन र सम्पादन कार्यमा संलग्न रहनु भएका डा.समीरलाई बनेपामा प्रमुख अतिथि नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीले सम्मान गरिएको थियो ।