पत्रकार तथा बाल साहित्यमा कलम चलाउँदै आउनु भएका अनन्त प्रसाद वाग्लेलाई जनमत–केदार/सुदर्शना बाल साहित्य सम्मान २०७७ वाट बनेपामा प्रमुख अतिथि नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीले सम्मान गरिएको थियो । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको सो सम्मान अनन्तप्रसाद वाग्लेलाई बाल साहित्यमा योगदान, सेवा पुर्याए बापत सम्मानित गरिएको हो ।