सुख, समृद्धि, सन्तोष र बलियो आय आर्जनका निमित्त नेपाल छोडेर पाताल भासिन खोज्नेहरूको त्रासद लर्को दिनानुदिन अचम्मसित बढिरहेको छ, अत्यास लाग्दो किसिमले बढिरहेको छ, अनियन्त्रित पारामा बढिरहेको छ ।
गरीव त गरीव भइ हाले(उनीहरूमा इच्छा, आकाङ्क्षा र सजीव सपनाहरू भन्दा पनि आप्mनो पोैरखले कमाएको दुई गाँस करकाप विहीन बनेर पेट भर्ने ठाउँ पाए जहाँ जान पनि खुट्टा उचाल्न खोज्दछन् )हुनेखाने सम्पन्न र सम्भ्रान्त वर्ग पनि जिजीविषाको चुलीमा चढेर ग्रिनकार्डका निमित्त धामा गरिरहेका छन्, धपेडी गरिरहेका छन् ।
परिचरदेखि लिएर प्राध्यापक–प्राचार्यसम्म, सचिवसम्म, साधारणदेखि लिएर माननीय, मन्त्रीसम्म सवै पश्चिमाभिमुख हुँदैछन् र गन्तव्यको अन्तिम बिसाउनी अथवा मुक्तिको सुगम मार्ग पाताललाई नै ठानिरहेका हुनाले युवराजदेखि सामान्य युवा–युवतीसम्म बहिर्गमनको निमित्त टुप्पी ठड्याएर अविश्रान्त राजदूताबास र अध्यागमनतर्फ दौडिरहेको देख्ता लाग्दछ –यस अभिशप्त देशले उनीहरूलाई जन्माइ, हुर्काइ, बढाइ देश, देशान्तरसम्म पुग्न सक्ने क्षमता र दृष्टि दिएर सवभन्दा ठूलो भुल गरेको हुनाले त्यही पितृऋण र पापमोचनको भारा तिर्न पराया मुलुकमा नामसारी, ठाउँसारी गरेर मुक्त होइन्छ कि भने झैं गरिरहेका छन् ।
जति खाए, ठगे, ठुङ्गे र चुसे पनि स्वदेश अहिले लाचारी, खिसिट्युरी र उपहासको पर्याय बनिरहेको छ । यस देशमा हुर्कने, बाँच्ने र बामेसर्न खोज्नेहरू जति सवै असभ्य र जङ्गली हुन पुगेझैं ठानिँदैछ । नेपाली स्वाभिमानीहरूको उर्वर मूल थलो नभएर भू–दासहरूको कलङ्कित, परित्यक्त भूमि ठानिंदैछ । अप्रगति र अधोगतिको अलच्छिनी भूभाग ठानिँदैछ ।
शिक्षा, दर्शन, समाज र वौेद्धिक चेतनालाई बित्तले घाँटीमा सुर्कनी लगाएर घिसारिरहेको छ । भोगवादी अवधारणाका सम्पूर्ण वस्तु, साधन र सोचहरू अहिले सुविधामुखी बनिरहेका छन्, शहर मुखी बनिरहेका छन्, सम्पति र शक्तिमुखी बनिरहेका छन् । मानिसहरू माया, करुणा, स्नेह, सदाचार, संवेदना केन्द्रित नभई फगत द्रव्य केन्द्रित हुँदै आप्mनो समस्त पाइन, पुरुषार्थ, प्रतिभा, क्षमता र उर्जा पैसाको लागि नै पोखिरहेका छन् ।
पैसा मनग्गे हत्याएर मोज गर्ने क्षुद्र मानसिकताका कमारा हुँदै जान थालेका मानिसहरू संसारका सवै कुनामा व्याप्त छन् र घोषित अथवा अघोषित रूपमा समाजका, उन्नतिका, विकासका, संस्कारका, राजनीतिका, अर्थका, न्यायका, परोपकारका, लस्वास्थ्यका, सेवाका भित्री तह र जरा, जरामा पसेर अराजकता, बबण्डर र व्यभिचारका अवूर्द औंसाहरू फिंजाएर मानव सभ्यताको सुकिलो इतिहासलाई चिथोरेर, च्यातेर, चुसेर अदनाको छातीमाथि गगनचुम्बी महल र भोग, सुबिधाको निमित्त निर्लिप्त हुँदै गइरहेका छन् र, आप्mना पुरुषार्थका समस्त साधन र शक्तिलाई त्यसैमा जोतेर सम्भ्रान्त हुन खोजिरहेका छन् । धनार्जनका निमित्त व्यभिचारका सवै ढोका खोलेर आडम्बरी आचरण प्रदर्शन गर्न उन्मत्त हुन खोजिरहेका मानिसहरू मानिसहरू कै मन, मुटु र मस्तिष्कमा मचक, मचक कुल्ची पैशाचिक प्रवृति उरालिरहेका छन् ।
तर यही परिवेश र पृष्टभूमिमा एउटा मान्छे आठौं आश्चर्यको रूपमा उत्पत्ति भएर गरीव एवम् विपन्न वर्ग उत्थानको निमित्त युगान्तकारी सत्कार्यको चहकिलो ज्योति छरेर यस उपेक्षित मुलुकलाई स्वाभिमानका साथ माथि उठाउन थालिरहेका छन् भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नूस् । मान्छेले चाहे, चिताए असम्भव कार्य कुनै पनि हुँदोरहेनछ । आउनूस आज म तपाईँलाई त्यही असम्भव कार्यलाई सम्भव तुल्याउने रामेछापका एकजना कर्मयोगी मानिसको चिर परिचित सुकिलो कार्यको बेली बिस्तार सुनाउँछु ।
२०४५, २०४६साल तिर रामेछापमा सवभन्दा समृद्ध लेखक र सुखी मानिसको नाउँ लिनु पर्दा सवै जगदीश घिमिरेको नै नाउँ लिन्थे । मनु ब्राजाकीले एक पटक भनेका पनि थिए–‘विदेश पलायन नभएको भए महाकवि देवकोटाको हाराहारीमा उभिएर, उनको बिंडो थाम्दै जगदीशले नेपाली साहित्यको मानक स्तर कायम गर्न सक्ने थियो । आप्mना प्रारम्भिक रचनाहरूमा नै उसले त्यो बहुमुखी क्षमता र विलक्षण नैसर्गिक प्रतिभाको छनक देखाइ सकेको थियो । शिल्पगत रूपमा, शैलीगत रूपमा नवीन सोचको सुकिलो बाटो खनेर सम्भावनाका धेरै अपत्यारिला आधार खडा गरिरहेको थियो । पापी पेटको कारणले गर्दा विदेसियो । राष्ट्रलाई उँभो लगाउछौं भनी जुँगा मुसार्दै कम्मर कसेर ढलिमली गर्न पल्केका यहाँका झिल्के मठाधीशहरूले उसको प्रतिभा चिन्न सकेनन्, प्रोत्साहन गर्न सकेनन् । प्रतिभा पलायनको यो चिसो यथार्थ संझदा आज पनि मेरो मुटु चिरिएर छियाछिया हुन थाल्दछ ।’
त्यसताका जगदीश घिमिरे अन्तराष्ट्रिय स्तरको गैह्र सरकारी संस्थामा कार्यरत थिए । हल्लै न हो ! भनिन्थ्यो–उनको आय सामान्य नागरिकको लागि कहाली लाग्दो थियो । उनी संसारको सवभन्दा समृद्ध देश बेलायतमा घरजम गरेर बसेका थिए ।
एउटा सामान्य नेपालीको छोरो, त्यसमा पनि रामेछाप जस्तो बिकट, पिछडिएको उराठ पाखाको नागरिकका लागि यो भन्दा ठूलो उपलब्धि अरु के नै पो हुन सक्थ्यो र ? सामान्य मानिसले चिताउने सपनाको स्वर्णिम संसार यो भन्दा सुन्दर र वैभवशाली नभएको हुँदा जगदीश घिमिरेको पलायन पीडाको दम्को नभएर प्रेरणाको चहकिलो स्रोत बनिरहेको थियो, पर्याय बनिरहेको थियो ।
त्यस संवेदनशील घडीमा रामेछाप भोकमरी, अनिकाल, खण्डबृष्टि, गरिवी र अभावै–अभावको अत्यासले छियाछिया भएर छट्पटिरहन पुगिरहेको थियो । अभिशापित अधिकांश नागरिकहरू खाद्य संस्थानको डिपो सिन्धुलीबाट रामेछापको लागि निर्यात गरिने चामलको ज्यालामा निर्भर थिए र आप्mनू दुईमुठी सास ढुवानीको बलले जेनतेन चेपेर हिँडिरहेका थिए । शिक्षा एकादेशको कुरा हुन पुगिरहेको थियो । दिगो रोजगार र स्थायी आय आर्जन सपनामा केन्द्रित हुन पुगेका थिए । बाटोघाटो, यातायात, सञ्चार, विद्युत, स्वास्थ्य सेवा जस्ता अपरिहार्य आधारभूत कुराहरू आकाशका फलजस्तै हुन पुगेका थिए । अशिक्षा, गरिवी, अनिकालको भीषण चपेटामा परेर फत्र्याक, फत्र्याक हुन पुगेका हुनाले रामेछाप तिरस्कार, खिसिट्युरी, अधोगति र उपेक्षाको उदाहरण बन्न पुगेको थियो र रामेछाप बासीहरू भने अराजक नियतिको कुम्भीपाकबाट मोक्ष हुन छट्पटाइरहेका थिए ।
राज्य कहाँ छ–अनुभूत गर्न सकिरहेका थिएनन्, देश कहाँ छ–देख्न सकिरहेका थिएनन्, न्याय कस्तो हुन्छ–छुट्याउन सकिरहेका थिएनन्, विकास कस्तो हुन्छ–चाख्न सकिरहेका थिएनन्, प्रगति कस्तो हुन्छ–छुन सकिरहेका थिएनन् । ओठभरि सुस्केरा, अनुहारभरि विषाद, मनभरि पीडा, स्मृतिभरि अभाव र छट्पटी अनि आङभरि विपन्नता ! यही थियो रामेछापको स्थायी पहिचान !! भरपेट खानको लागि दशैंनै पर्खनु पर्ने नियतिको दम्को मुटुभरि बोकेर बाँचेका त हैनन् घिस्रिरहेका थिए विपन्न नागरिकहरू ।
अन्यौलको पिल्साइबाट पिना बनेर पिसिंदा, पिसिंदा लेत्थ्नु बनिरहेका हुनाले जगदीश घिमिरेको प्रगति र प्राप्ति ईश्वरीय अनुकम्पा नै ठानिरहेका थिए, सवैले ।
त्यस सम्पन्न मुलुकमा पुग्नु त परै जाओस नाम सुन्दा पनि कान सुसाउने, मुख रसाउने, आँखा लोलिने, मन लोभिने, रोमाञ्च र रहस्यले सर्वाङ्ग जीउ कम्पायमान हुने त्यस मनमुग्धकारी मुलुकले गरेको भौतिक उपलब्धिका साथै विकासको जादूगरी तरङ्ग र प्रवाहबाट आल्हादित सम्पन्न नागरिकहरू एक पाइला नै नचलाई पृथ्वी, सागर र आकाश नाप्न सकिने अत्याधुनिक तेजोमय गतिमा जीवनका हरेक आवश्यकता, सुबिधा, साधन, उपकरण, खुसी, उमङ्ग र उल्लासका सौन्दर्य सीमारेखाबाट एक्कासि बुरुक्क उफ्रेर एकदिन रामेछापको बज्राँठ काँडे पाखामा आशाको सञ्जीवनी छर्दै निर्वासित नागरिकहरूलाई काला पानीको दारुण कहरबाट मुक्त तुल्याउने अठोट बोकी भोक, प्यास, दुःख, कष्ट, हण्डर खेप्तै जोई, पोइ नै खल्खली पसिना काढेर अविश्रान्त उकाली, ओराली गर्न थालेको देखेपछि उदेकको एउटा अनौठो लहर संचारित हुन थाल्यो–परिवेश भरि नै ।
यस निस्वार्थ कर्मयोगलाई निधारमा पाली गाँसेर हेर्नेहरू छक्कपरि चौतारी गफ गर्न थाले ।
पृष्टभूमिमा फर्कनुको दरो र तार्किक कारण नदेखिए पनि सतहमा राष्ट्रप्रेम भनिएता पनि त्यस्तो स्वर्णिम आनन्दलाई चटक्क छोडेर हिँड्नु र त्यसमा पनि अनकन्टार, अविकसित डाँडा, पाखाहरूमा तारन्तार आरोह, अवरोह गर्नु चानचुने त्याग होइन र जो कोही यस्तो चाहेर पनि, चिताएर पनि गर्न सक्तैन । त्यसैले धेरै कामचोर गफाडी र निमुखामारा समाजका तथाकथित अगुवा भनाउँदा चुसाहाहरूले यस पवित्र कार्यको पृष्टभूमि र उद्देश्य माथि आशङ्का उमार्दै पत्याउन सकिरहेका थिएनन् । विकास र बतासे प्रगतिका बेफिक्री कट्मिरा सपना बाँडेर शहरमा अकुत सम्पतिको भकारी बाँधी मोज गर्न पल्केका धेरै छेपारे राष्ट्रवादीहरूले यो दृष्य पचाउन सकेनन् । समाज सेवाको कहिरनमा विश्वसनीयताका संदीग्ध भ्रूणहरू वर्णशङ्कर बनेर छताछुल्ल भएको देखिँदै आएको हुनाले पनि शङ्का र दुविधाका टुटुल्काहरू राष्ट्रसेवाको राग कसैले निकाल्यो कि मानसिकताभरि टुसाउन थाल्दथे । राष्ट्र र समाज सेवाको गायत्री जपेर धेरैे शकुनी र शिशुपालहरूले राष्ट्रिय सम्पतिमा ह्याकुलो गाडेर अजीर्ण नहोउन्जेल डप्mयाउने बिकारी परम्परा नेै विकसित गरिरहेका हुनाले त्यसेैको रनाहा र धङधङीले आम नागरिक भनिएका रैतीहरूलाई लखेटिरहेको हुनाले पनि धेरैको चित्त कुँडिनु, मन खुम्चिनु, आँखा टेढिनु, दृष्य तर्किनु, सोच बटारिनु, व्यवहार बाङ्गिनु अस्वभाविक थिएन, लागेन मलाई । भोगेको घटनालाई साछी र समयलाई सत्य मानेर पेटबोलीमा विषाद र विश्वासघातका अशङ्ख्य तरङ्गहरू हुँडलेर हिँडनु पनि असंगत थिएन । विगत वेवारिसे भएर नै बित्यो, वर्तमान विसंगति र विकृतिमा चुर्लुम्म डुब्न पुगेको छ, भविष्य कसैले देख्न सकिरहेका थिएनन् । अशिक्षा र अज्ञानताको अन्धकारमा निसासिने गरी भासिन पुगेका असहायहरूलाई नीति तथा दर्शनका फोस्रा उक्तिहरू मार्फत सचेत तुल्याउन खोज्नु भनेको बाँसुरी बजाएर भैंसीलाई नचाउन खोज्नु सरह नै हुँदै गएको थियो । यस अर्थमा पनि जगदीश घिमिरेको आगमन, उपस्थिति उमङ्ग र आशाको विषय नभएर काइते गफ र उपहासको एउटा कथुरे पाटो बन्न पुगेको थियो ।
उनको कार्यशैलीमा विश्वसनीयताको खै ? कस्तो कालो जादू थियो त्यो त देख्न सकिएन तर तामाकोसी सेवा, समितिको स्थापना र त्यसको औतारी कार्य प्रणाली पश्चात यस्ता खिच्चा कथनहरू प्रायशः विस्थापित नै हुन पुगे । चौतारामा गफको बलले टुप्पी हल्लाउँदै महापण्डित हुन पुगेका धेरै पुरेत बाजेहरू पनि कालानतरमा आप्mना कोचलगाँडा काँचा तर्क र कमेरे गफलाई सुर्कनी लगाउँदै तासेसको छहारीमा विश्वासको थैली बोकी गोलवन्द हुन पुगे । छोटो समय, थोरै लगानी, सामान्य सीप–परिश्रम र संञ्चिताको बलमा चमत्कारिक रूपमा रामेछापको कायापलट नै भयो । जिन्दगीमा चर्पी समेत नदेखेकाहरूको करेसामा सेप्mटी ट्याङ्की सहितको शौचालय देखियो । आमा, बुहारीहरूको पेवा ठानिने पानीको लागि भरदिन धामा गर्दा पनि सुख नपाएका निमुखाहरूको घर, पेटीमा धारो बग्न थाल्यो । लट्टे, सिस्नु, फर्सी र रायोको सागलाई मात्र तिहुन, तर्कारी ठान्नेहरूको घु¥यान, करेसामा (बिउ, बिजन र आवस्यक कृषि सामग्री समयमै.–घरघरमै तामाकोसी सेवा समितिले निशुल्क र कतै कुनै समूहले लिए पनि न्यून शुल्कमा उपलब्ध गराउँदै आएको हुँदा) विभिन्न जाति, प्रजातिका (वेमौसमी सहित) तरकारी बाली उब्जनु मात्रै होइन दिगो आएआर्जनको बलियो, भरपर्दो स्रोत बन्न पुग्यो । उत्पादित वस्तु जगेडाका साधन नभइ बजारमुखी व्यवसायका अङ्ग बनाउने कलामा दीक्षा दिन थालियो । लाटा, सिधा र निमुखाहरूका पनि आँखा खुले, वस्तुको महत्व र मूल्यको उपयोगीता उनीहरूले बुभ्mदैे जान थाले । सात पुस्तादेखि हली, गोठाला, कमारा र बाँधा बन्न विवश बनेका विपन्न वर्गहरू स्वआर्जित श्रमको बलले जुरुक्क उचालिए र सीमित जमिनबाट पनि मुनाफामुखी व्यवसाय सञ्चालन गरी ओठभरि उमङ्गको लाली पोत्न सफल हुँदैगए । सामुदायिक अवधारणाको आधारमा बाह्रै महिना फुङ्ग उड्ने पाखाहरूभरि हरियालीको चमक फिंजिन थाल्यो । जन्तुका नाउँमा मुसा, बिराला र कुकुर मात्र देखिने घरहरूमा बाख्रा, भैंसी, गाई, गोरु बाँधिन थालियो । बाटो देखेपछि, देखाइएपछि कोल्टे फेर्न समय नै के लाग्दारहेछ र ? वर्षौं वर्षदेखि छाउन नसकेर डाँडा–भाटाभरि हरियो घाँस उम्रने छानाका वायुझुप्राहरूमा टायल, झिंगटी, ढुङ्गा र कर्कट पाता टल्किन थाल्यो । दियालो र टुकीको ठाउँ विजुलीले लिन थाल्यो । पुस्तौं, पुस्तादेखि एकछाक हविष्यान्न खाएर दिन ढाल्न विवश बनेका निम्सराहरूका घर, आँगनमा भकारी, थाङ्ग्रा र खोल्मा देखिन थाल्यो । दारिद्र्यको अभिशापले कठाङ्ग्रिएर हली, गोठालो, गोठाल्नी बनेका असहाय नागरिकहरूले दासताको साङ्लो चुँडाएर आप्mना लालावालाहरूलाई स्कुलसम्म पु¥याउन सक्ने भए । बनी, बुतो गरेर गुज्रान गर्नेहरूको लर्को गलैंचा कार्खाना र होटलहरूलाई लोप्वा खुवाउँदै विदेशाभिमुख बन्न पुगे । सीप विकासको माध्यमबाट आङका प्mयाङ्ला प्mयाँक्न सके, सिके सवैले । सहकारीको सुकिलो मलमले निमुखाहरूको चेतनामा पनि जडाउरी लिने विषय होइन दिने माध्यम पनि बन्न पुग्यो । एक मीटर मोटर बाटो नभएको भूखण्डमा केही वर्षै भित्र त्यसमा पनि जनयुद्धको भीषण प्रकोप झेलेर छ सय एकासी किलोमीटर कृषि सडक खनिएको आाकडा मात्र होइन निर्वाध र निशङ्कोच सवारी साधन गुड्न थाले ।
हिजो साहु बनेर ठेकी, कोसेली, वेठ, वेगार, हली, खेतालाको समन जारी गरेर उग्राउने महिषासुरहरू आसामी बन्न याचना गरेर हिंडेका देखिन थाले–तामाकोसी सहकारी संस्था वरिपरि । हिजो आसामी बनेर निसासिन पुगेकाहरू खाडी मुलुकका कामदारमा रुपान्तरित हुंदै अस्तित्वको खोजीमा जुट्न थाल्दै छन् । धेरै भन्दा अतिशयोक्ति लाग्ला कसैलाई ! यति छोटो समयमा यस्तो चमत्कारपूर्ण पविर्तन आफेंैले अनुभूत गर्न पाउनु पनि मीठो सपना देखे सरहनै लागिरहेको छ अहिले ।
ऋण त मैले खोजेका होइनौं । गर्जो टार्न सक्ने चल नभए पनि अचल सम्पति थियो । तर पायक पर्ने ठाउँमा विद्यालय र औषधोपचारको निम्ति स्वास्थ्य चौकी मात्र भए पनि बसाईँ हिड्ने कुनै रहर थिएन मनमा । वाल, बच्च्चाको पठन, पाठन र दवाइ–मुलो गर्न सजिलो होला भन्ने अभिलासा बोकी तराइ झरेको थिएँ तीस वर्ष अघि । अहिले रामेछापको तामझाम देख्ता मुखभरि पानी आउँछ । फर्कौं शिर लुकाउने ठाउँसम्म छोडिएन पहिले । उतै बसौं दिनैपिच्छे बन्दूकको मोहडी कञ्चटमा तेस्र्याएर हिंडिरहेका छन् एकथरि निशाचरहरू । बसी सुख न उठी सुख पारिरहेका छन् । भएको बास बेचौं कौडीको मोलमा अपुताली स्याहार्न खाजेझैं गरिरहेका छन् । छोडेर हिंड्न जिन्दगीभरको कमाइ ! मुखले माने पनि मन मान्दैन । म जस्तो शहर पस्न नसक्ने अभागीको लागि रामेछापको बास उपलब्धिपूर्ण हुने भए पनि सञ्चित जेथोको अभावमा वल्लोघाट न पल्लोतिरको हुन पुग्दैछु अहिले । अनाहक अदूरदर्शी किसिमले भएको पुख्र्यौली जेथो बेचेर के के न छोप्न पाइहालिन्छ भनेर हामफाल्दै हिंडेकोमा अहिले घोर विषाद र मनभरि पश्चातापका टुटुल्काहरू उठिरहेका छन् ।
योगदानको पाश्र्वछायामा धेरै कार्य र कथन होलान् । तर यी सवै लोककल्याणकारी सार्थक कार्यका सम्बाहक मलाई लाग्दैछ– जगदीश घिमिरे नै हुन् । उपयुक्त समयमा देउरालीको ठूलो छहारी बनेर देवदूतको रूपमा जगदीश घिमिरे उदाउनु भएको हुंदा त्यसको सियाँलमा एकैछिन भने पनि सुस्ताउन पाउँदा आत्मगौरव लाग्दोरहेछ । त्यस लोकोपकारी विशाल बटवृक्षले सकेसम्म भ्याएसम्म भेदभाव रहित भएर उन्नतिको सञ्जीवनी चारैतर्फ छरिरहेको हुनाले पनि यस महान कार्यका लागि टाढैबाट भए पनि सतत् वन्दना गर्दछु उहाँलाई । चौबीस वर्षसम्म त्यसैमाटोमा हुर्के, बढेको प्राणी हुँ म पनि । गन्तव्यको निकास र रोजगारको सम्भावना कतै नदेखे, नभेटेपछि यतैबसे हराइन्छ, कुहिन्छ भन्ने डरले ओरालो लाग्न पुगें । त्यो निर्णय नै मेरो जीवनको सवभन्दा गलत निर्णय हुन पुग्यो । जीवनका अभिशप्त तीन बिसेक वर्षहरूमा कहिल्यै पनि उज्यालो त भेटिन, भेटिन तर ओरालो लाग्ने क्रमलाई पनि कतै बिसाएर निस्फिक्री सास पनि फेर्न सकिन । यहीं धैर्य गरेर बसिरहन सकेको भए गन्तव्य मात्र होइन मुकाम पनि सजिलै भेट्न सकिने रहेछ त्यति गर्न नसकेकोमा भने निरासाका काला बादल चारैतिर मडारिरहेको र त्यसेैको चक्रावातमा फनफनी घुमिरहेको अनुभ्ूतिले घप्लक्क छोपेर निचोर्न थालिरहेको छ ।
रामेछाप त्यसमा पनि विशेषतः मन्थली र कोसी किनाराका गाउँ टेकेपछि मलाई लाग्यो –यो देश बनाउनका लागि छ सय एकको दिशाहीन जुलुश होइन सङ्लो मन भएको, सुकिलो दृष्टि भएको, स्वच्छ विचार भएको, निश्छल भावना भएको जगदीश घिमिरे जस्तेै कर्मवीर मान्छे गोडा दशेक भए मनग्गे पुग्ने रहेछ ।
मन्थली टेकेपछि जहिले पनि म नारायण गोपाल दाइको कर्णपृय स्वरको सुर समात्दै मनमनै गुन्गुनाउन थाल्दछु–
यौटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा…….।