१.
खै के होला र औषधी कुँडिएको मनको
फाइदा लियौ तिमीले धेरै मेरो सोझो पनको ।
खै के होला र…?
तिमलाई पाउँदा के न होला मन्ने शुरुमा त
सोचभन्दा फरक पाएै मैले तिम्रो साथ ।
खे के होला र ? …..
कस्लाई दिउँ दोष मैले मेरै भाग्य उस्तो
अनमोल मेरो जीवन कस्तो भयो सस्तो ।
खै के होला र ?……
बाध्यतामा बाँचेको छु सहँदै छु व्यथा
तिम्रो मेरो जीवन पाना बनेकै छ कथा
खै के थियो होला र ? ….।।
स्वर : अन्जु पन्त
संगीत : अर्जुन पोखरेल
२.
छोडी जाने तिम्ले मलाई घुमी नमेट्नु है
पाइला तिम्रो बढ्दै जाओस् काँडा नटेक्नु है ।
छोडी जाने……
तिम्रो माया यस्तै रैछ दोभान भेटिएन
पल पलका धोकाहरु अझै मेटिएन ।
छोडी जाने…..।
मेरो भागमा कुहिरो राख्यौ आफ्नै भागमा घाम
के गरिनौ तिम्ले मलाई आफ्नै मुटु छाम ।
छोडी जाने….
स्वर : रामकृष्ण ढकाल
संगीत : अर्जुन पोखरेल
३.
मेरो देशको आँगनीमा छैन कोही पराई
मुटुभित्र जोडिको हिमाल पहाड तराई ।
शान्ति मेरो समृद्धि हो फूलबारी हो घर
बहुजाती बहुभाषी नेपाली हो थर ।
नेपाली भइ गर्व गर्ने मेरो यही हो ठाउँ
सबै मिली बस्न सक्ने मेरो सानो गाउँ ।
पाटी पौवा, इनार कुवा धारा ताल हाम्रो
नेपालीको ढुकढुकी हौ पाखा पर्वत हाम्रो ।
डाँफे मेरै मुनाल मेरै खोला–नाला मेरै
जाती भाषा लिङ्ग वर्ण एउटै फूल हौ धेरै ।
स्वर : रामकृष्ण ढकाल
संगीत : अर्जुन पोखरेल
४.
मेरो देशको हिमाल पहाड दिलमा राख्या छु
तराइको गरा–फाँट……मनले लेख्या छु ।
पसिनाको पोखरीमा पाइला अघि सार्छु
भाग्यदिने धर्ती मेरो आफैसँग राख्छु ।
मेरो देशको पहिचान मलाई चाहिन्छ
खण्ड–खण्ड पार्न देशलाई कहाँ पाइन्छ ।
स्वाभीमान र सीप दिने धर्ती राम्रो ठान्छु
काम गर्ने पाखुरीले घामको किरण झार्छु ।
मेरो देशको मझेरीमा चोखा लाग्ला है
जलन गरी मेरो देशलाई राखी दिनु है ।
स्वर : निरज/अनिता
संगीत : निरज रसाइली
५.
जुनसरी हाम्रो जीवन परेछन् साँझ
कस्तो थियो यो जिन्दगी भएछ नि रात ।
मेरो मनको मझेरीमा परेछ नि झरी
साइनो आज सकिँदैछ बत्ती निभेसरी ।
परेलीको प्रेमभित्रै छचल्किन्छ आँखा
कुन साइनोले आँखा जोडौँ कुन राखौँ भाका ।
वाचा बन्धन तोडी गयौ मरे सरी भयौ
जीवनभरी मलाइ रुवाइ अन्त कतै गयौ ।
स्वर : जीना रसाइली
संगीत : निरज रसाइली
६.
दुई किनारा जस्तै भयौँ घाम जुन जस्तै रह्यौ
अब आउँदैन मिलनको दिन
तिमीले बुझेको दुनियाँ तिमीलाई नै ठीकै छ
मैले बुझेको दुनियाँ मैलाइ नै ठीकै छ
अब किन पर्छ र रुन
आउँदैन मिलनको दिन…. ।
बाँच्नु पर्ने बाध्यतामा बदल्दै छु दिन
मिलन हाम्रो हुने होइन, साइनो चाहियो किन
दुई किनारा…..
शान्ति चाहियो मलाइ अब सम्झना नि होइन
एक्लै बाटो हिँड्नुपर्छ बाटो अर्काे छैन ।
दुई किनारा…. ।
स्वर : अन्जु पन्त
संगीत : अर्जुन पोखरेल
७.
कस्तो रोग लाग्यो होला औषधीले छुन्न
तुनिएको माया मेरो चुँडिनु चाहिँ हुन्न ।
कस्तो रोग लाग्यो….।
सुख्खा पर्ला जस्तो भाछ छातिभित्र माझ
मेरो टेको अखेटो भत्किँदै छ आज
कस्तो रोग……
उनको माली मन भै रुन्छ पानी नपाएर
मन मझेरी आहाल बन्छ नानी सुस्काएर
कस्तो रोग ………
मेरो ओतमा खुशी खेलो थोत्रो भयो पन
खुस्किएको सुरभित्र सँगाल्दै छु मन ।
कस्तो रोग…………..।
स्वर : शिव परियार
संगीत : अर्जुन पोखरेल