श्री ओम श्रेष्ठ ‘रोदन’लाई २०७७ सालको गणेश/खिलकुमारी दुवाल–जनमत सम्मानबाट सम्मानित गरियो । प्रमुख अतिथि नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीले सम्मान गरिएको थियो । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति थियो । वाङ्मय सेवामा समर्पित रहनुहुँदै भाषा साहित्यका विविध विधामा र पत्रकारितामा उत्कृष्टता प्रदान गर्नुहुँदै साहित्यिक क्षेत्रमा गरेको समर्पण को मूल्याङ्कन गरेर जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको सो सम्मान श्री ओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गरिएको हो ।