जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

अध्यात्म चिन्तन र मेरो गन्थनमन्थन

शर्मिला खड्का दाहाल शर्मिला खड्का दाहाल
प्रकाशित १२ चैत्र २०७९, आईतवार
सँस्मरण भित्र
0
अध्यात्म चिन्तन र मेरो गन्थनमन्थन

साहित्यिक चिन्तन सँगसँगै मभित्र अध्यात्मिक चिन्तन जन्मेको हो । शायद भन्नुपर्दा अध्यात्मिक चिन्तन चाहिँ जेठो हो कि भन्छु म । यो कुरा झन्डै दुई दसकअघिको हो । जब जीवन यात्रामा म भट्किरहेकी थिएँ, खै केको हो तिर्सनाले आफँैलाई थाहा हुन्नथ्यो । यसै समय मैले अध्यात्म ध्यान र ज्ञानको सहारा लिन पुगेकी थिएँ । हिन्दु सनातन धर्मले मान्दै आएको भगवान श्री महादेव, विष्णु, कृष्ण र देवीहरुको आराधना र पूजापाठ र साधाा पैत्रिक सम्पत्तिको रुपमा दाइजोमा पाएकी थिएँ । यति हुँदाहुँदै पनि के नपुगेकोझँँै लाग्दथ्यो । त्यससमयमा श्री सत्यसाइ बाबाको बारेमा धेरै चमत्कारी कुराहरु सुनिरहन्थेँ । त्यससमयमा अहिलेको जस्तो युट्युबहरु थिएनन् । छापाका समाचारहरु कि त मानिसहरुले सुनाएका समाचारको भर हुन्थ्यो । टेलिभिजन घरघरमा नवदुलहीझैँ भर्खर भित्रिएको थियो । स्कुल र घरको कार्यव्यस्तताले गर्दा टेलिभिजनसँग मेरो सुमधुर सम्बन्ध हुन सकेको थिएन । बरु उल्टै अधुरो सम्बन्ध रहृयो । स्कुलमा एकजना साथी मीना सुब्बा साइबाबाको परम भक्त हुनुहुन्थ्यो । उहाँमार्फत नै मैले साइबाबाका महानवाणीहरु भएको पुस्तकहरु पढेकी थिएँ । अनि साइभक्त हुन पुगेकी थिएँ । अहिले पनि छु । उहाँको दर्शन गर्न हामी केही भक्त पुट्टापर्ती पनि गएका थियौँ । बाबाका चमत्कारी कुराहरु सुन्नमा आइरहन्थ्यो । वास्तवमा बाबामा दिव्य अलौकिक ईश्वरीय शक्ति थियो । जसले गर्दा नै बाबाले पुट्टापर्तिजस्तो उराठलाग्दो ठाउँलाई यति रमणीय बनाउनु भएको थियो । यस ठाउँलाई हराभरा बनाएर ठूलो पवित्र तीर्थस्थल बनाउनु भएको थियो । उहाँले गर्नुभएको सामाजिक कार्यले यो ठूलो दिव्यधाम बनेको थियो । यी सारा कार्य एक सामान्य मानिसले गर्र्ने कुनै कुरा हुँदैन्थ्यो । उहाँका आश्रममा देश विदेशबाट हजारौँ भक्तजनहरु आउँथे । कति विमारी भक्तहरु निको भएर जान्थे । कतिपय भक्तहरु शान्ति प्राप्त गरेर जान्थे । यो अलौकिक चमत्कारले नै बाबाको चर्चा दिन पर दिन चुलिएको थियो । बाबाको चमत्कारिक दिव्यशक्ति ममा पनि परेको थियो । मानसिक अशान्त भएको मेरो मनले शान्ति प्राप्त गरेको थियो । अध्यात्मिक चिन्तनको खोजीमा नै मैले ब्रद्माकुमारी राजयोगको सात दिने तनाव व्यवस्थापन तालिम पनि लिएकी थिएँ । जसबाट मैले एउटा इश्वरीय शक्ति प्राप्त गरेको महसुस गरेकी थिएँ । घरव्यवहार, जागिर, साहित्य अध्ययन र लेखन मेरो यथावत नै थियो । पहिलो पुस्तकले नै साझा पुरस्कारजस्तो गरिमामय पुरस्कार प्राप्त गरेपछि ममा साहित्यलेखनमा थप जिम्मेवार र दायित्व महसुस भयो । म निरन्तर यही साधना एउटा काधँमा बोकेर दौडिरहेँ भने अर्को काधँमा चारवटा छोराछोरीको भविष्य निर्माणको दायित्व बोकेर कुदिरहेँ । यसै कारणले पनि म साइबाबा र ब्रह्मकुमारीको प्रिय भक्त भएर लागिरहन सकिनँ । जागिर छोेडे पनि घर व्यवहार र साहित्यलेखनले म अति व्यस्त भएँ । बिस्तारै नेपाली समाजमा मोबाइलको प्रयोग बढ्न थाल्यो । सुरुमा झण्डै एक लाख पर्ने मोबाइल पछि न्यूनतम मूल्यमा पाउन थालियो । अहिले यसको लोकप्रियता र प्रयोगले सगरमाथाको उचाइ नाघेको हामी महसुस गर्न सक्छौँ । मोबाइल फोन सँगसँगै कम्प्युटरको चलन पनि नेपाली घरघरमा पस्न ढोका ढकढकाउँदै थियो । कम्प्युटरमा चिप्स र डिस्क प्रयोग गरी आफूलाई मन लागेको फिल्महरु हेर्न सकिने र गीतहरु सुन्न सकिने हुन थाल्यो । यति हुँदाहुँदै नेटको प्रयोग दौडदै नेपाली कोठाकोठामा छिर्न हतारिएको थियो । अब विज्ञानले नयाँ चमत्कार गर्‍यो त्यो के भने घर बसीबसी विश्वका सारा घटनाहरु समाचारहरु नेटमार्फत हेर्न, पढन र सुन्न पाइने भयो । टाढाटाढाको आफन्तीसँग घरमा नै बसेर सशरीर भलाकुसारी गर्न पाइयो । यो भौतिक विज्ञानले दिएको अलौकिक चमत्कार थियो हाम्रा लागि ।

यसै समय म अध्यात्मिक दर्शनको भोक मेटाउन विभिन्न गुरुदेवहरुको महानवाणी युट्युवमा हेर्न र सुन्न थालेँ । यसमा डा विकासानन्द, सदगुरुदेव, आचार्य रजनीश, स्वामी रामदेव बाबा आदि हुनुहुन्थ्यो । यसरी साहित्यिक ज्ञानसँगै अध्यात्मिक ज्ञानको तिर्सना मेटाउन थालेँ ।

जीवन सहज रुपमा बग्दै थियो । एक्कासि कोरोना महामारीले विश्वलाई नै तहसनहस बनाउन आइपुग्यो । दोस्रो लहर चलिरहेको थियो । त्यसैसमय परिवारमा माइलीछोरी जुवाइँसाब, नाति, बुबाआमा सबैलाई कोरोनाले पीडित बनायो । मलाई नि घाँटी दुखेर एन्टिबायोटिक खाइरहेको अवस्थामा डाइरिया र भोमिटिङ्ग भयो । त्यही दिन मैले कोरोनाको खोप लगाएँ । खोप लगाएपछि म निकै बिमारी भएँ । झन्डै मृत्युको नजिक पुगेर फर्किएँ । यो बिमारीले मलाई निकै नै शारीरिक र मानसिक रुपमा नै कमजोरी बनायो । यसले आर्थिक अवस्थालाई पनि निकै दखल दियो । मेरो अध्ययन र लेखनलाई प्रत्यक्ष नै ठूलो असर गर्‍यो । साहित्यिक लेखन गर्न भनेर राखिएको धेरै काम अलपत्र परेँ । म आफैँलाई जीवन सबै लथालिङ्ग भएको महसुस भयो । बिस्तारै आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक बनाउँदै लगेँ । तर यो मेरो लागि अति कठिन समय थियो । जीवनमा मृत्युसँग कहिल्यै नडराउने म मृत्यु कति भयानक हुँदो रहेछ भन्ने पीडादायक अनुभूति प्राप्त गरेँ । शायद यो ईश्वरको लीला नै थियो ।

मेरो अलपत्रे विमारले घरपरिवारमा सबैलाई तनाव दिइरहेको थियो । आमाबुबा लगायत भाइबहिनी, छोरीजुवाइ सबैलाई चिन्ता थियो । बहिनी गीताको समाजसेवी डा. झमक कार्कीसँग राम्रो सम्बन्ध रहेछ । हुन त उहाँ हाम्रो पनि नजिककै नातेदार हुनुहुन्छ । तर खासै आउजाउ भएको थिएन । उहाँले गीता बहिनीलाई जीवन विज्ञानको प्रयोगशालामा आउन भन्नुभएको रहेछ । ऊ केहीसमयदेखि आउन थालेकी थिई । ऊ पनि कोरोनाले निकै सिरियस भएर बिमारी भएकी थिई । उसलाई प्रयोगशालाले निकै फाइदा गरेको कुरा गरिरहेकी थिई । उसले मलाई पनि आउनलाई जोड गरी । जीवन विज्ञानको बारेमा मैले धेरै अगाडिदेखि सुन्दै आएकी थिएँ । जीवन विज्ञानका श्रद्धेय गुरुदेवहरुको महानवाणीहरु युट्यवहरुमा सुन्दै आएकी थिएँ । तर यसरी प्रयोगशालामार्फत योग, ध्यान, व्यायाम गराउने भन्ने कुरा चाहिँ सुनेकी थिइनँ । हामीले झमक कार्कीमार्फत चावाहिलमा गुरुदेवहरुसँग दर्शन भेट गर्ने परिपञ्च मिलायौँ ।
दुवै गुरुदेवहरुसँग भेट भयो । गुरुदेव एलपी भानु शर्मासँग दुईचार वाक्य मात्र संवाद भयो ।
मैले भनँे –“म विमारी भएर आएको गुरुदेव म विमारी छु ।”
गुरुदेवले भन्नुभयो, “विमारी छु हैन ‘थिएँ’ भन्नुहोस् आजदेखि तपाईंको विमार गयो । अहिलेदेखि गयो ।”

गुरुदेवसँग मात्र यति थोरै सवाद भयो । उहाँ घरजाने हतारोमा हुनुहुँदो रहेछ । गाडी चढेर जानु भयो । रमेश नेपाल गुरुदेव यही आश्रममा बस्नु हुँदो रहेछ । उहाँसँग निकै समयसम्म संवाद भयो । मन निकै हलुका भयो । गुरुबाट धेरै आर्शीवचन प्राप्त भयो । यो जीवन विज्ञानको केन्द्रिय कार्यालय रहेछ । यहाँको वातावरण अत्यन्त शान्त रमणीय थियो । भर्खर कार्यक्रम सकेर गुरुदेवहरु बाहिर निस्कनु भएको थियो । साधकसाधिकाहरुको चियानास्ता खाने समय भएको रहेछ । गुरुदेवसँग दर्शनभेट गर्ने अरु मानिसहरु पनि थिए । झन्डै आधापौने घन्टाको प्रतीक्षापछि हामीले दर्शनभेट पाएका थियाँै ।

भोलिपल्टदेखि नै जीवन विज्ञानको सुनसरी अनलाइनमा जुममार्फत म हाजिर भएँ । तर त्यससमय मलाई पायल्स विमारले निकै सताएको हुनाले राम्रोसँग भाग लिन सकिनँ । तर पनि यस प्रयोगशालाले मलाई निकै फाइदा गरायो । लामोसमयसम्म कोरोनाकालमा कोहीसँग भेटघाट गर्न नपाएको फेरि विमार भएर घरमा एकान्तिक समय बिताउनु परेको हुनाले यस जुममार्फतको भेटघाटमा मलाई निकै हौसला उर्जा प्राप्त भएको महसुस भयो । सुनसरी प्रयोगशालाका संयोजक केदारमान कार्कीसँग मेरो श्रीमानको पहिला राम्रो चिनजान भएको नाताले पनि यसमा बस्दा मलाई निकै रमाइलो लाग्यो । उहाँको धर्मपत्नी सुशीलामैया कार्की पनि निकै उर्जाशील भई व्यायाम गराउनु हुँदो रहेछ । विहान ४.१५ देखि सुरुहुने यस प्रयोगशालामा गुरु बन्दना, योग, ध्यान र व्यायामहरु गराइदो रहेछ । निकै उर्जाशील भई प्रशिक्षकहरुले सिकाउनु हँुदो रहेछ । म निकै प्रभावित भएँ । प्रशिक्षकहरु सीता कार्की, क्षत्र कार्की, विश्व भटराईज्यू, तारा गिरीहरु बिहान झन्डै दुई घन्टाको समय साधकसाधिकाहरुलाई योग ध्यान गराउनु हुँदो रहेछ । यो ठूलो पुण्य कार्य लाग्यो मलाई । मीठो भाषाशैलीमा अध्यात्मिक ज्ञानसँगै योगको विभिन्न विधिहरु र अन्र्तचेतना ध्यान विधिले मानिसमा निकै उर्जा ज्ञान र आत्मीक शक्ति प्राप्त हुने अनुभव भयो मलाई । यसरी यो प्रयोगशालामा ढिलो आएकोमा आफूलाई पछुतो भयो । फेरि पायल्स विमारले राम्रोसँग गर्न नपाउँदा अर्को दुखमाथि दुख थपियो । श्रद्धेय गुरुदेवहरुले युट्युब र टिभीमार्फत आफ्नो अध्यात्मिक ज्ञानहरु छरिरहनु भएको थियो तर यसरी प्रशिक्षकहरु तयार गरी विभिन्न जिल्लाहरुमा उर्जाध्यानको ज्ञान छर्नुभएको कुरा ढिलो थाहा पाएकोमा आफँैलाई थकथक लाग्यो । त्यसपश्चात म जीवन विज्ञानसम्बन्धी धेरै कुरा थाहा पाउने प्रयास गर्न थालेँ ।

जीवन विज्ञान आजभन्दा एघार वर्षअघि स्थापना भएको रहेछ । श्रद्धेय गुरुदेव रमेश नेपालको धर्मपत्नी वसन्तीमाताको प्रेरणा र मार्गनिर्दशनमा यो संस्था स्थापना भएको रहेछ । यससंस्थालाई जीवन उपयोगी बनाउन विशेषज्ञको रुपमा गुरुदेवहरु रातदिन लागिपर्नु भएको देखेँ मैले । उहाँहरुले मानव जीवनको कल्याणको लागि वैज्ञानिक आधारमा आफ्नै दर्शन र सिद्दान्तहरु प्रतिपादन गर्नुभएको रहेछ । जीवन के हो यो कसरी सुखी, शान्ति र समृद्धि बन्छ भन्ने कुरामा आफूभित्र नै खोज्नुपर्छ । जीवनलाई सबै सुख, सम्पत्ति र समृद्धि गराइ बाँच्नको लागि योग, ध्यान र व्यायामको आवश्यकता पर्दछ भन्ने नै यसको प्रमुख सिद्धान्त रहेछ । यसका साथै जीवनमा शरीर, भावना र चेतनाको संयोजन नै यसको प्रमुख लक्ष्य रहेछ । अध्यात्मिक ज्ञानलाई आजको वैज्ञानिक युगमा मानवको जीवनमा सम्प्रेषण गरी त्यसलाई सैद्धान्तिक ज्ञानले र प्रायोगिक ज्ञानले सुसज्जित गराई समाजसेवा गर्नु नै यसको मुख्य ध्येय रहेछ । श्रद्धेय गुरुदेवहरुले आफ्ना सिद्धान्तहरु महानवाणीको रुपमा युट्युबबाट सम्प्रेषण गरी राख्नुभएको रहेछ भने प्रायोगिक ज्ञान प्रशिक्षकहरु तयार गरी जुममार्फत साधकसाधिकाहरुलाई सम्प्रेषण गरी राख्नु भएको रहेछ । विभिन्न जिल्ला र क्षेत्रहरुमा संयोजक बनाइ अनलाइनमार्फत र भौतिक रुपमा पनि प्रयोगशाला स्थापना गराइ प्रशिक्षण दिई राख्नुभएको रहेछ । यस प्रयोगले धेरै साधकसाधिकाहरुले लाभ लिएको कुरा साधना अवधिमा साधकसाधिकाले आफ्नो अनुभूति राख्ने क्रममा थाहा भयो । प्रयोगशालामा गराइने उर्जाध्यानबाट कतिपय साधकसाधिकाको शारीरिक विमार निको भएको र कतिपय साधकसाधिकाको मानसिक विमार निको भएको प्रत्यक्ष सुन्न पाउँदा मन निकै नै आल्हादित भयो मेरो । मसँगै मेरो श्रीमान् पनि यो उर्जाध्यान विधिबाट निकै प्रभावित हुनु भयो । काठमाडौँको चिसोमा बिहान मर्निङवाक गर्न जाँदा चिसो लाग्ने र बाटोमा अप्रिय घटनाहरु घटने निकै सम्भावना रहन्थ्यो । तर घरमा नै जीवन विज्ञानको उर्जाध्यान प्रयोगले उहाँलाई धेरै फाइदा गयो । त्यस्तै मेरा काका रुद्र खड्कालाई पनि यो जुमको कक्षामा आफ्नो विमार ठीक भएको कुराहरु बताउनु भयो । त्यसैले यो प्रयोगशालाले जुममार्फत गरिएको उर्जाध्यानबाट धेरै साधकसाधिका लाभान्वित भएका छौँ भन्ने कुरामा कुनै दुइमत रहेन ।

वास्तवमा जीवनमा बाँच्नको लागि कला चाहिँदो रहेछ । त्यो कला हामीभित्र नै हँुदो रहेछ । त्यसलाई बुझेर चिन्न सके हाम्रो जीवन अत्यन्त सुन्दर बन्छ भन्ने कुरा जीवन विज्ञानले सिकाउँदो रहेछ । कोरोनाकालमा कतिपयले आफन्त गुमाउनु परेको कतिपय मानसिक तनावमा बस्नुपरेको, कतिपय विमारीले थला परेर उठ्न नसकेको साधकसाधिकाले जीवन पाएको कुरा यस प्रयोगशालामा गरिएको मन्तव्य आदानप्रदानमा थाहा पाइन्थ्यो । प्रशिक्षकज्यूहरुले बेलाबेलामा दिने ऊर्जामय वाणीहरु र ध्यान, योग, व्यायामले वास्तवमा नै जीवन आहा बन्न पुग्दो रहेछ । इश्वरीय आराधनासँगै आफूभित्र रहेको सम्पूर्ण ब्रह्माण्डरुपी उर्जालाई कसरी सक्रिय बनाउने भन्ने कुरा प्रयोगशालामा सिकाइदो रहेछ । यो प्रयोगशाला देशभित्र पनि धेरै नै लोकप्रिय बन्दै गएको र देशबाहिर पनि निकै लोकप्रिय बन्दै गएको रहेछ । अझ यस संस्थाले सिर्जना गरेको उर्जाशील गीतहरुले जीवन नै नयाँ तरङ्गले तरङ्गित बनाउन पुग्दो रहेछ । सुनसरी अनलाइनका सम्पूर्ण प्रशिक्षकज्यूहरु आफ्नो अमूल्य समय दिइ प्रत्येक दिन बिहान दुई घन्टा साधना गराइरहनु भएको रहेछ । उहाँहरुको यो त्याग, साधना र समाजसेवाको भावनाको लागि मुरीमुरी साधुवाद भन्न चाहन्छु ।

मैले लामो समय बालबालिकालाई अध्यापन गरेर धेरै अनुभव बटुलेको हुनाले जीवन विज्ञानको दर्शन बालबालिकामा सम्प्रेषित गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने कुरा मैले प्रयोगशालामा प्रशिक्षकहरुसँग पनि राखेँ । अहिलेको बालबालिकामा यो सिद्धान्तले धेरै नै सकारात्मक ऊर्जा प्राप्त हुने र उनीहरुले भविष्यमा हाम्रो पूर्वीय सनातन धर्मले जन्माएको अमूल्य दर्शन र सिद्धान्तबारे ज्ञान हुने थियो भन्ने लाग्यो । अहिलेको हाम्रो समाज यति विकृतिग्रस्त र विसंगतिग्रस्त हुनुमा हाम्रो शैक्षिक नीति जिम्मेवार छ भन्ने मलाई लाग्छ । अंग्रेजी भाषाको संक्रमणले हाम्रो राष्ट्रिय भाषा रोगी बन्दै गएको छ । बालबालिकाहरुमा पश्चिमी सभ्यतातिर ढल्किरहेका छन् । उनीहरुमा पूर्वीय सभ्यता, संस्कार, संस्कृति मूल्यमान्यताहरु हराउँदै गएको छ । हाम्रा बालबालिकाहरु न त पश्चिमी सभ्यतामा बाँच्न सकेका छन् न त पूर्वीय सभ्यतालाई अँगाल्न सकेका छन् । त्यसैले आज धेरै विद्यार्थीहरु डिप्रेशनमा जाने कि त विदेश पलायान हुने प्रक्रियामा छन् । यस्तो अवस्थामा उनीहरुलाई सानैदेखि योग, ध्यान, व्यायाम गराउन सके सकारात्मक ऊर्र्जा प्राप्त भई जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि आफूलाई समायोजन गराउन सक्छन् भन्ने मेरो मान्यता छ ।

झन्डै दुईवर्षपछि इटहरी घर जाने संयोजन जुट्यो । यो अघि गएपनि धरानमात्र बसेर फर्केकी थिएँ । कोरोनाले गर्दा र म स्वयम् बिमारी भएर पनि जान सकेकी थिइनँ । यसपाला माइली छोरीको घर इटहरीमा आदरणीय सम्धीसम्धीनीज्यूले भागवत महापुराण लगाउने भनेर निमन्त्रणा गर्नुभएपछि जुनसुकै अप्ठेरो परिस्थितिमा पनि जाने निर्णय गर्‍यौँ । म भर्खर बिमारीबाट उठेकी थिएँ । के होला कसो होला भन्ने मनमा त्रास छँदै थियो म चाहिँ अघि नै गएर इटहरी घरको सरसफाइ गरेर सबै कुराहरु व्यवस्थित बनाउन पुगेँ । त्यस पछि श्रीमान् र छोरी सदिच्छा गएँ । भागवत महापुराण सुरु भइसकेको थियो । म पहिलो दिन उपस्थित भएँ । श्रीमान् दोस्रो दिनदेखि मात्र उपस्थित हुनसक्नु भयो । साँच्चै भन्नुपर्दा भागवत महापुराण यति भव्य र दिव्य हुन्छ भन्ने मैले कल्पना नै गरेकी रहेनछु । जागिरले झण्डै २० वर्ष समय खाइदियो त्यसपछि पनि घरव्यवहार र लेखनले सबै समय उघ्राउँदै खाइदियो । अलिकति पनि मेरो लागि राखिदिएन । यस्तो बेला धार्मिक क्रियाकलापमा सहभागी हुनु मेरो लागि असम्भव नै थियो । यस्ता भागवत महापुराणमा गीतीलयमा गाइने पुराणवाचन र बेलाबेलामा देखाइने धार्मिक लीलाका झाँकीहरुले अत्यन्त रोचक र सुन्दर बनाउँदो रहेछ । ईश्वरको आराधनामा डुबुल्की मार्दै सबैमिलेर नृत्य गर्दा निकै आनन्द आउँदो रहेछ । पं. दीनबन्धु पोखरेलको लयात्मक शैलीको वाचन र भजनले सबैलाई लट्ट पारेको थियो । त्यो आनन्द लिन मैले अलिकति पनि लोभ गरिनँ । अलिकति नि ढिला गरिनँ । आदरणीय सम्धिसम्धिनीज्यूहरु यो कार्यको लागि मुरीमुरी बधाईको पात्र हुनु भयो ।


Tags: अध्यात्म चिन्तनशर्मिला खड्का दाहाल
अघिल्लो पोष्ट

ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक

पछिल्लो पोस्ट

विमोचन र स्रष्टाहरुलाई सम्मान

शर्मिला खड्का दाहाल

शर्मिला खड्का दाहाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
विमोचन र स्रष्टाहरुलाई सम्मान

विमोचन र स्रष्टाहरुलाई सम्मान

रेडियो नेपालको वार्षिकोत्सवमा शास्त्रीय सङ्गीत सम्मेलन

रेडियो नेपालको वार्षिकोत्सवमा शास्त्रीय सङ्गीत सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राम विनयको नवौं पुस्तक पुनर्जन्म

राम विनयको नवौं पुस्तक पुनर्जन्म

२२ श्रावण २०८१, मंगलवार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो

२३ जेष्ठ २०७९, सोमबार
स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

२४ जेष्ठ २०८१, बिहीबार
पद्‌मश्री पुरस्कारका लागि छानिए पाँच कृति

पद्‌मश्री पुरस्कारका लागि छानिए पाँच कृति

२३ जेष्ठ २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (556)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक