जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

स्वर्ग र देवता

बालकृष्ण सम बालकृष्ण सम
प्रकाशित ७ आश्विन २०७९, शुक्रबार
कविता, काव्य भित्र
0
स्वर्ग र देवता

झरीको एक दिन थियो,
रुपौला किनारे विद्धुत सितारे रेशमी
बादलको घुम्टो हाली
पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,
जगबन्धु सूर्यले त्यो देखे ।
अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो
चियाए ।
सँधैकी सुत्केरी पृथ्वीका
गढेका कन्चट बसेको गाला खोक्रा कोखा सारामा
अश्रु सागर महासागर भरी भरी भै उर्लिरहेका,
आँखा-सजल खाल्डाबाट अश्रु नदीहरु बही रहेका,
सुस्ती वायुका हात खुट्टा पनि जलकणले सब भिजी रहेका,
जङ्गली कपाल, चट्टान-मस्तक, झम्के परेला बुटा बुटी,
शरीरभरका तृण-रोमकूप समेत आँसुले निथ्रुक्क भएका,
शैलशिखर निधारमा
अस्ताचलबाट हिंड्ने बेला हिजो बेलुकी पख मात्रै
आफूले लाइदिएको झल्कने सिन्दूर रङ्का
टीका सुद्धा मेट्टीरकेका ।
सूर्यले सोधे- “किन प्रिया ?
किन ? किन यसरी रोइरहेकी ?“
पृथ्वीले भनिन् कोकिल कण्ठले- “मैले सघाउन सकिन प्रिय,
हाम्रा बालकहरुलाई फकाउन फुल्याउन सकिन,
करोडौं मुहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु,
दूध पिउन छोडी ती सहोदरको
रगत चुस्न घोक्रोमा दाँत गाड्छन् !
छातीमा एकातिर
एक बालाको मृतलाश तेर्स्याई
अर्कातिर
अर्को स्तनपान गराइन भने मैले-
पुत्रशोकमा वक्षःस्थल सुकाउन लागें भने मैले
अर्को भोकै मर्दछ,
त्यसैले म मरेकालाई संझी रुन पनि भ्याउन्न
सबलाई पिठ्यूँमा बोकेर प्रिय सेवामा घुमी रहेछु,
एकछिन पनि फुर्सत छैन ।
हृदयमा दाह छ, कहिले कहिले ज्वालामुखबाट सुस्केरा
निस्कँदा पनि कैयन् सन्तान छटपटाई मरिदिन्छन् ।
मेरो यस्तो अवस्था छ, पुत्र पुत्रीहरु भने
धेरै जसो-
प्रायः –
चकचक गर्छन्, नाना लगाई धक्कु पिंजाईकन हिंड्दछन्,
खलबल गर्छन, झगडा गर्छन्, अनि पापाको निंति
लुछाचुडी खोसाखोस गर्छन्, अनि बाझ्छन्, जुध्छन्,
हात हालाहात गर्छन्, अनि चाचाको निंति
यस्तो खेल खेल्छन् जुन खेलहा हुन्छ रक्तपात लाखौंको ।
बालुवाकै घर बनाई
मन्दिर-मस्जिद-गिर्जा भन्दै
विभिन्न ममता बोकी मत्त भै
झगडा गर्छन्,
अनि मरुभूमिमा परेको आफ आफ्नो पाइला-छापका निंति
स्वदेश स्वजाति स्वधर्म भनीकन
आँखा चिम्ली तगडा गर्छन् –
यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको !
अदृष्य वस्तुको त्यै सैकतकणमा
कोही भिन्न भिन्न कल्पित रुप खिंच्छन्,
कोही खिंच्तैनन् ——- यत्तिकैमा –
अप्रमाणिक कुराहरुमा
एउटा विश्वास गर्छ अर्को गर्दैन – – – – यत्तिकैमा –
एउटा त्यो – – – – – खान्छ
एउटा त्यो – – – – – खाँदैन
यत्तिकैमा
मेरो छाती माथि रातो गङ्गा बहाउन आपसमा
काटाकाट मारामार गर्छन्,
यिनीहरुलाई सँझाउन
म असमर्थ भएँ,
शान्ति छ केवल एक थरीले हतियारमा साँद लाउन्जेल,
नत्र भने छ सदैव घृणाको भित्र भित्रै सल्किरहेको
आगो !-
मैले निभाउन सकिन ।
मेरो सिधा बच्चा पनि जन्मे
तर –
करोडौ पुच्छर डाँकामा थोरै सज्जनका बोली
त्यसै बिलाउँछन्, ती के गरुन् !
अधैर्यले म बौलाही भइसकें !
प्रिय, आई मलाई चुम्नोस्,
अनि आफ्ना छोराछोरी आफ्नै जिम्मा लैजानोस् !
मलाई लप्काले अँगाल्नोस् !
‘तमसोमा ज्योतिर्गमय ? “
सूर्यले –
“प्रिया, नरोऊ, धैर्य गर,
बालकहरु यस्तै हुन्छन्;
चाँडै यिनीहरु हुर्कलान् (हामी नमर्दै )
खेल र झगडा छोडी शान्तिसित पढ्लान्, जान्लान्
वैतरणीमा पौडी पौडी दुःखको पारी पुग्लान,
जसरी जल-अणुभित्र घुसी हाइड्रोजन अक्सिजन पाए,
जसरी हाइड्रोजनभित्र पसी प्रोठन र ईलेक्ट्रन पाए,
फेरि प्रोटन भित्र छिरी न्युटन र पोजिटनपाए,
उसरी नै इलेक्ट्रनको नाभिकण च्याती त्यस जगत् भित्र पसी
पक्री मूल विध्युत तत्वलाई आँगनमा नचाउन जान्नेछन्,
अनि प्रकाशको मूल तत्व फोटन फटाउन सक्नेछन्,
यस्ता शक्तिले विजय प्राप्त गरी हाइड्रोजन ध्वंसावशेष
सृष्टि किरणका सैन्यहरु तिनको अधीन भए पछि
हाम्री नातिनी जन्मली– दिवा !
स्वर्ग!
पृथ्वी, तिमी चाउरी परेकी छौ छ्याकटी छौ, उ चाहिं,
मखमली आरुको सतह भएकी पोटिली चिल्ली होली,
तिम्रो अनुहार कच्याक कुचुक्क छ, उ अत्यन्त राम्री होली,
तिमी थोती छौ, उसको दन्तहार स्फटिक नगर लहर होला,
तिम्रा स्तन कति शुष्क छन्, उसमा खनजोतै नगरी
कल्पवृक्ष लहलहाउलान्, उसमा सँधै प्रसन्न ऋतु होला,
तिमी यस्ती रोगी दुःखी, उ निरोगी सुखी होली,
तिमीमा मृतका प्रतिमा छन्, उसमा जीवित अमर मूर्ति होलान् ।
जब कोटि सूर्य समप्रभ अर्कै सूर उल्लाई वर मिल्ला
त्यहाँ हाम्रा पनाति देवताहरु जन्मलान्,
उनको आयु इलेक्टनकै जति अथवा इच्छामरण होला
जसको अगाडि रेडियमको आयु सत्र शय थोरै जँच्ला,
त्यो वेला ती सच्चिदानन्द भै सुख समाधिमा डुब्ने छन्,
अथवा हाम्रो कल्पनाभन्दा अनन्त गुना अगि बढ्ने छन्,
यसरी हाम्रा सन्तानले विकसित हुँदै हुँदै निरन्तर
कोटि कोटि जगका ब्रह्माण्डहरु कोरल्नेछन्,
बुढेसकालमा हामीलाई सन्तोष दिने छन्,
धन्दा नमान प्रिया !
नयाँ ………..
‘………….. सूर उदिते ……… !”
ती सब गाउन सक्ने छन् ।
पश्यम शरद्: शतम् !
जीवेम शरदः सहस्रम ।
भवेम शरदोर्बम् !
भूयसीः शरदो नन्तात् !’
‘सर्बे सन्ति नरामयाः !’
त्यो वेला ती हामीलाई स्वर्गको काखबाट देख्ने छन्,-
फुलेकी बूढी आमा पृथ्वी आफ्नी बहिनी चन्द्रमासित
बदली दोलाई ओढी
पुराना कुराहरु गरी रहेकी !
पिता म चीसो बूढो सूर्य त्यो नयाँ घाम तापिरहेको !
प्रिया, तसर्थ
स्वर्गको जन्मोत्सव मनाउने दिन
घर आउँदै छ !
पर्ख ।
अहिले –
कृष्ण राम अशोकहरु जस्ता तेजिला छोरा पायौ,
बुद्ध गाँधी ईशा जस्ता साधु पुत्रहरु पायौ,
फ्राई नाइटिङ्गेल हरिततारा झै जाती छोरी पनि पायौ,
शेक्सपियर मार्क्स आइन्स्टाइन् जस्ता प्रतिभाशाली कति पायौ
यी थोरै नाम हुन् यस्ता कतिले ससारमा रोई रोई
दिंदै आफ्ना जीवन परिचय माताको शङ्का धोई
हाम्रो नाम राखेको सम्झी
चित्त बुझाऊ !
आँसु पचाऊ !
सहू !
रहू !
है !”
यति भनी गालाको आँसु पुछिदिन लागे जब सूर्य
हिमाल दाँत देखाई पृथ्वी हाँसिन छर्दै माधुर्य ।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)


अघिल्लो पोष्ट

लेखक केशव दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

पछिल्लो पोस्ट

अनेसास कविता महोत्सवमा अजित प्रथम

बालकृष्ण सम

बालकृष्ण सम

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
अनेसास कविता महोत्सवमा अजित प्रथम

अनेसास कविता महोत्सवमा अजित प्रथम

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा “शारदा मासिक”को  विषेश अङ्क” लोकार्पण 

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा "शारदा मासिक"को  विषेश अङ्क" लोकार्पण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

२३ फाल्गुन २०७८, सोमबार
कवि र कविता

कवि र कविता

२३ फाल्गुन २०७७, आईतवार
नेपाल संवत  र म्ह पूजा

नेपाल संवत र म्ह पूजा

२४ फाल्गुन २०८०, बिहीबार
हिन्दी भाषामा लिम्बू लोककथा

हिन्दी भाषामा लिम्बू लोककथा

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक