रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आज शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा विभिन्न ६ वटा समूहको सहभागिता रहेको छ ।
शास्त्रीय गायनमा श्री के.सी, जोनिशा पौडेल, इसराजवादनमा सन्तोष भक्त श्रेष्ठ, सरोदमा सुरेशराज बज्राचार्य, सितारमा विना श्रेष्ठ, पखाबमा मुकेश शाक्य,भ्वाइलिनमा मिलन तण्डुकार, किरण महर्जन, तबलामा नवराज गुरुङ, जगनाथ धौगोडा,अभय महर्जन , निमेष कपाली ,बाँसुरीमा नागेन्द्र राई, डा. निरञ्जन भण्डारीको प्रस्तुति रहेको थियो ।
सम्मेलनको शुभारम्भ गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीत सङ्गीतको संवर्द्धन गर्दै आइरहेको बताउनुभयो । उहाँले आज आयोजित शास्त्रीय सङ्गीत पनि त्यसैको निरन्तरता भएको प्रष्ट पार्नुभयो ।
सम्मेलनमा नायब कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले रेडियो नेपालले पहिला शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेर यस विधाको प्रवद्र्धन गरेको बताउनुभयो ।