जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

अन्धकारभित्रको अन्धकार – १२

शान्ता श्रेष्ठ शान्ता श्रेष्ठ
प्रकाशित २३ कार्तिक २०७८, मंगलवार
निबन्ध, सँस्मरण भित्र
0
अन्धकारभित्रको अन्धकार – १२

म हाँसेँ मात्र, केही जवाफ दिइनँ । दोस्रो ढोका नाघ्ने बित्तिकै खुसीको स्वर सुनियो –“आउनुस् दिदी आउनुस् । दिदीलाई बिस्तारै यो कुर्सीमा बसाइदेऊ । दिदी ! तपार्ईंलार्ई आराम छ । खाना खानु भो ? अब भन्नुस् । तपाईंको के भन्नु छ ?”

“अघि मसित बयान लिने भाइ खोइ ? मैले उहाँलाई बोलाएकी थिएँ ।”
“उहाँ त अर्कै काममा व्यस्त हुनुहुन्छ । हामीलाई सुन्नुभए पनि हुन्छ । हामी एकै हौं । केही फरक पर्दैन ।”
“मैले फरक पर्छ भनेकी होइन । अहिले अर्कै स्वर सुनेँ मैले । अघि हाम्रो अलि लामो कुरा भइसकेको थियो । सुरुदेखि नै उहाँहरु एउटै कुरामा अडिग रहनुभएको छ – मनु हुमागाईंको कन्ट्रयाक्ट प्वाइन्ट चाहियो भनेर । मैले उनलाई चिनेको छैन भने कन्ट्रयाक्ट प्वाइन्ट कसरी दिन सक्छु ? मैले उनलाई चिनेकै छैन भन्दा उहाँहरु पटक्कै मान्नु भएन । मैले भित्र बसी खुब विचार गरेँ कि उहाँहरु किन त्यसरी एउटै कुरामा अडिग रहनुभो ? जरुर मिस अन्डरस्टान्ड भएको हुनुपर्छ । त्यसैले मैले चिनेको मनदेवी शर्मा र उहाँहरुले भन्नुभएको मनु हुमागाईं एउटै पो हो कि ? यत्ति बुझ्न लगाई दिन मैले तपाईंहरुलाई दु:ख दिएकी हुँ ।”

“दिदी ! तपाईंले एकदम राम्रो कुरा गर्नुभयो । यसरी तपाईंले सहयोग गर्नु भएपछि हामी खुसी भइहाल्छौं । दिदी ! अब तपाईंले मनदेवी शर्माको हुलिया र ठेगाना बताउनुस् त ।”

“मनदेवी शर्मा अत्यन्त साधारण विशुद्ध गृहिणी हुन् । उनी त्यस्तै ४०/४२ वर्षकी हुनुपर्छ । गोलो अनुहार, गाला अलि उठेको नाक अलि बसेको, ताम्रवर्ण, कपाल सिधा कोरी हर्सटेल बनाई छाडेको साधारण पहिरन, अलि ढ्याम्सी, राम्रो पार्नु नपर्ने बाहुनी भए पनि बाहुनीको अनुहार नदेखिने । उनको ठेगाना चावहिलबाट पूर्व बौद्ध जाने बाटोमा पासाङ्ग ल्हामु शेर्पाको सालिकलाई दायाँ पारी तिनचुली जाने पक्की बाटोमा ३ मिनेट जति गएपछि दायाँपट्टि ठूलो दुई वटा पानीको ट्याङ्की देखिन्छ । त्यसको ठीक अगाडि पश्चिमको बाटो लागेपछि उत्तरको बाटोमा लाग्ने । यस्तै १/२ मिनेट हिँडिसकेपछि दायाँपट्टि उनको घर पर्छ ।”
“हेर्दा घर कस्तो छ ?”
“घर त नयाँ जस्तो देखिन्छ । तर योजना गरी बनाएको जस्तो देखिँदैन ।”
“तपाईं कतिपल्ट जानुभएको छ त्यो घरमा ?”
“एकपल्ट ।”
“एकपल्ट गएकोले यति राम्ररी स्पष्ट गरी लोकेसन कसरी भन्नु सक्नुभयो ?”
“जसरी फोनमा उनले मलाई सम्झाएकी थिइन्, त्यसरी नै मैले तपाईंलाई सम्झाएँ ।”
“तपाईं उनको घरमा किन जानुभएको ?”
“पस्मिनाको सल किन्न र उनको कारखाना हेर्न ।”
“किन र ? उनी पस्मिनाको सल बेच्ने काम गर्छिन् र ?”
“गर्छिन् । उनको घरमा पस्मिनाको सल बुन्ने ९/९ वटा तानको कारखाना पनि छ ।”
“अच्छा त, उनको घरमा को–को छन् । घर र परिवारको बारेमा पनि जानकारी दिनुस् ।”

“घरैमा पस्मिना–शलहरुको सानो शोरुम छ । त्यहाँ एउटा कम्प्युटर पनि देखेको थिएँ मैले । उनका श्रीमान् र सौतासित पनि परिचय गराएकी थिइन् । सौताहरुका र आफ्नो गरी ७/८ वटा छोराछोरी थिए ।”

“उनको श्रीमान्लाई हेर्दा कस्तो देखिन्छ ? र के काम गर्छ ?”
“खोइ ? हेर्दा कस्तो देखिन्छ भनूँ ? माफ गर्नुहोला । उनको श्रीमान् मलाई कस्तो लागेको थियो भन्ने, नमीठो स्वर र कडा स्वभावको रिटायर्ड सिपाहीजस्तो लागेको थियो । केही न केहीको एउटा मामुली साधारण मानिस । दुब्लो, पातलो, अग्लो, स्वर पनि ह्वाङ्गह्वाङ्ग परेको थियो ।”

“अच्छा ठीक छ । तपाईंले मनुदेवी शर्मा मतलब मनुलाई कसरी चिन्नु भो त ?”
त्यो प्रश्नले भने मलाई अलि अलमलमा अल्झाइदिएको थियो । सेनासित जति खोलेर कुरा गर्‍यो उति नै आफू अल्झिने मलाई थाहा थियो । मैले कसैको नाम लिनु पनि ठीक पर्दैन । तर केही त भन्नै पर्‍यो –

“मैले मनदेवी शर्मासित कसरी चिनेँ भने – एउटा केस आइलागेको छ – आमाले आफ्नी छोरीको अनुहारसम्म हेर्न नपाएको पूरा ३३ वर्ष भयो । आमाको विरह खप्न गाह«ो भएकोले मैले वचन दिएकी थिएँ कि आमालाई छोरीको अनुहार देखाइदिने । किनभने त्यो परिवारसित मेरो परिचय छ । कुन ठूलो कुरा हो र ? मैले देखाइदिने भएँ, छोरीको अनुहार आमालाई भनेँ । तर मैले दुई वर्षसम्म प्रयत्न गर्दा पनि छोरीको अनुहार आमालाई देखाउन सकिनँ । मैले कोसिस गर्नुभन्दा पहिले अरु पनि धेरै गन्यमान्य व्यक्तिहरुले प्रयत्न गरिसकेका थिए । तर सफल हुन सकेका थिएनन् ।

यही कुरा पत्रिकामा प्रकाशित भयो –“आमालाई छोरीको अनुहार नदेखाएको ३३/३४ वर्ष भयो । फलाना–फलानाहरुले पनि यसमा सफलता पाउन सकेनन् भनी मेरो समेत थुप्रै मानिसहरुको नाम प्रकाशित भएको थियो । क्रान्तिकारी महिला सङ्घको कार्य समितिका सदस्यहरुले पत्रिकाको त्यो खबर पढेर मलाई फोन गरी सोधेका तिए कि पत्रिकामा प्रकाशित कुरा सत्य हो ? भनेर । यस विषयमा अलि लामो कुरा गर्नुपरेकाले मैले उनलाई मेरो घरमा बोलाएँ । उनी घरमा आइन् । उनी मनदेवी शर्मा हुन् ।”
“यो त बडो गजबको कुरा सुनाउनुभो तपाईंले । अहिले आमाचाहिँ कहाँ छिन् ?”
“म तपाईंसँग दुई मिनेट लामो समय लिन चाहन्छु । उनको (छोरीकी आमा) विहा भएदेखि नै लोग्नेसित मेल नभएर पनि दुई छोरीकी आमा भइन् । कान्छी छोरी जन्मेकी थिइन् २००७ सालमा । छोरी सुस्त मनस्थितिकी । भोक लाग्योसम्म भन्न नसक्ने । छोरी दुई वर्षकी भएपछि लोग्नेसित सम्बन्ध बिच्छेद भयो । छोरी १८ वर्षसम्म आमाले नै हुर्काइन् । १८ वर्षपछि छोरीलाई उसको बाउले लगेदेखि आजसम्म उसकी आमासित भेट गराएका छैनन् । लाटीकी आमाले पनि दोस्रो बिहा गरी ३ वटा छोराका आमा भइन् । बाउचाहिँले पनि दोस्रो बिहे गरी दुई जना छोरा र एउटा छोरीको बाउ भइसके । सौतेनी आमापट्टिको ठूलो भाइले दिदी (लाटी) लाई देखि नसहने, कुट्ने, थुनेर राख्ने गरेको २० वर्ष जति भयो । मेरी छोरीको मुख हेर्न पाऊँ भनेर आमाचाहिँ कराउँदैछ । आजसम्म कुनै प्रकारको काम गरी देखाउन सकेको छैन । तपाईंहरुले बुझेर हेर्न सक्नुहुन्छ ? यही केसको माध्यमबाट मनहरुसित सम्पर्क भएको हो मेरो ।”

“अच्छा यो कुरा हामीले बुझ्दै गरौँला । दिदी ! तपाईंले उसको बारेमा अलि बढी जानकारी दिनुस् । उसलाई नपक्री भएको छैन ।”
“खोइ ? तपाईंले मेरो प्रश्नको जवाफ नै दिनुभएन ? मनदेवी शर्मा र मनु हुमागाईं एउटै हुन् या अलग–अलग ?”

केही समय तिनीहरुले आपसमा गुनगुन कुरा गरेको मैले सुनेँ । तर के कुरा गरेका थिए, मैले स्पष्ट बुझ्न सकिनँ । तर मलाई थाहा थियो – मन र मनु एउटै हुन् । मैले चक्कर घुमाएकी मात्र थिएँ । अब के जवाफ दिंदारहेछन् तिनीहरुले ? मैले प्रतीक्षा गरिरहेकी थिएँ ।

“सर ! यसमा शंकै छैन । मैले सरलाई भनिहालेँ । क्जभ प्लयधक खभचथ धभिि। क्जभ ष्क खभचथ अभिखभच।”
मेरो कोठाबाट मलाई समातेर ल्याएको सेनाको स्वर मैले चिनिहालेँ । उनले सुरुदेखि नै मलाई मार्क गरेका थिए । उनी ३ हातका थिए भने म नौ हातको । उनले बल्ल भने –“दिदी ! मनदेवी शर्मा र मनु हुमागाईं एउटै रहेछ ।”

“सर ! उनको नाम अर्को पनि छ मन्जु शर्मा ।”
म फिस्स हाँसेँ । उनको नाम मन्जु पनि हो भन्ने मलाई थाहा थियो । तर यो जानकारी दिएको स्वर भने नौलो थियो । मैले पहिले सुनेको थिइनँ । जे होस् तिनीहरुको इन्फोरमेसन एकदम सही थियो । अहिलेसम्म मलाई भनेका कुरामा एउटालाई छाडेर सबै सही थियो । मैले मनु हुमागाईंलाई तीन महिना भाडामा राखेकी थिएँ भनेर लगाइएको चार्ज मात्र गलत थियो ।

मनु र मन एउटै हो भन्ने कुरा सुनेपछि मेरो मन हलुका भएको थियो । अब मैले उनको बारेमा केही जानकारी दिनमा डराउनु परेन । किनभने मैले दिएको र दिने जानकारी त सेनाले पहिले नै पाइसकेको थियो । मैले सन्तोषको सास फेरेँ ।
“दिदी ! अब तपाईंले मनुको बारेमा जे जति थाहा पाउनुभएको छ, सबै कुरा एक एक गरी हामीलाई बताउनुस् ।”
“मलाई जे जति थाहा थियो, मैले सबै कुरा बताइसकेँ । तपाईंहरुले चाहनुहुन्छ भने मैले उनको घर देखाइदिन सक्छु । टेलिफोन नम्बर दिन सक्छु ।”

“उनको घर तपाईंले देखाउनु पर्दैन । हामी दुई पटक पुगिसकेका छौं । उसको टेलिफोन नम्बर पनि हामीसित छ । हामीलाई के चाहियो भने, ऊ तपाईंको घरमा ३ महिना बस्दा उसलाई कसकसले भेट्न आएका थिए ? र कस्ताकस्ता मान्छेहरुले भेट्न आउने गरेका थिए ? हामीलाई तपाईंले नढाँटिकन बताउनुस् ।”

म त रिसले सन्न भइहालेँ । मैले झर्केर जवाफमा भनेँ– “फेरि त्यही प्रश्न ? यदि मैले उनलाई तीन तीन महिनासम्म भाडामा राखेकी भए, तपाईंहरुले के हेरी बस्नु भो त ? त्यतिबेला कहाँ हुनुहुन्थ्यो तपार्ईंहरु ? के म रेकर्डकिपर हुँ तपाईंहरुको ? तपाईं भन्न सक्नुहुन्छ ? तपाईंका घरमा बसेकाहरुसित को–को भेट्न आएका थिए ? यस्ता मानसिक यातना दिने प्रश्न नगर्नुुस् मसित ।”

“तपाईंले सकार्नुभएको छ मन याने मनु तपाईंकहाँ आउने गरेकी थिइन् ।”
“मैले उनी आउने गरेकी थिइनन् भनेकी छैन ।”
“अनि कुरा पनि त भएको थियो होला ।”
“किन नहुनु ? खूब भएको थियो । मान्छेको मान्छेसित कुरा नभए जनावरसित हुन्छ त ?”
“तपाईंको उसित कस्तो कुरा भएको थियो ?”

“तपाईंले त परिवारमा नै नबसेको मान्छेले जस्तो प्रश्न गर्नुभो । तपाईंदेखि मलाई त लाज लाग्यो । यो पनि कुनै प्रश्न हो ? मैले मेरो घरमा आएका मानिसहरुसित भएको कुरा टेप गरिराखेकी छैन । बुझ्नुभो ? कृपया मान्छे हेरेर प्रश्न गर्नुस् । यस्तो बेमतलबको प्रश्न गरी मलाई रिस उठ्न नलगाउनुस् । एउटी मेरी छोरी भन्न सुहाउने अति नै साधारण आइमाईसित मेरो कस्तो कुरा भएको थियो भनूँ मैले ? भन्नुस् कस्तो कुरा भएको थियो भनूँ मैले ? अलि आफ्नो इज्जतको ख्याल गरी प्रश्न गर्ने गर्नुस् । ताकि जवाफ दिँदा मलाई पनि जवाफ दिएको जस्तो लागोस् ।

म आफैमा, आफैले मात्र बुझ्ने गरी फट्फटाइरहेकी थिएँ । मेरो आँखाको अगाडि यस्तरी अन्धकार बढेर आएको थियो कि अन्धकार पनि विचलित भई रुन खोजेको मैले चाल पाएकी थिएँ । मेरो मन र मस्तिष्कमा शून्यको घन्टी बजेको थियो । मेरो शरीर त परालभन्दा पनि सुख्खा र हलुका भई त्यहीँ हराउन खोजेको थियो । अनायास मेरो दाहिने हात आँखामाथिको नकाबमा पर्ने बित्तिकै आगोले पोलेको जत्तिकै सेना कराए – “हातले नछुनुस् हातले नछुनुस्” भनेर मेरो हात ट्याप्प समातिहाले । मानौ मैले पट्टि खोलेर तिनीहरुलाई हेर्न खोजेकी थिएँ । उनीहरु त्यसरी कराउँदा म झसङ्ग झस्केकी थिएँ ।

“तपार्र्ईंहरु किन त्यस्तरी डराउनुभएको ? म त कस्तरी झस्किन पुगेँ । मैले के गर्न सक्छु र तपाईंहरुलाई ? मैले पट्टि खोल्न लागेँ भनी ठान्नुभएको, मलाई तपाईंहरुले चिन्नुभएकै छैन । म अनुशासनप्रेमी मान्छे हुँ ।


Tags: अन्धकारभित्रको अन्धकारजनमतशान्ता श्रेष्ठ
अघिल्लो पोष्ट

बाध्यता

पछिल्लो पोस्ट

साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
पछिल्लो पोष्ट
साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लाकोजूका दुई कृति लोकार्पित

लाकोजूका दुई कृति लोकार्पित

९ बैशाख २०७९, शुक्रबार
नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८

९ बैशाख २०७९, शुक्रबार
‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

१० बैशाख २०८१, सोमबार
डब्लुहरु

डब्लुहरु

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक