विज्ञानभित्र रहेको जीवनलाई हेर्ने प्रयास हामी गर्दैनौँ तर हामी त्यसको बाहिर बसेको मृत्युलाई मात्र देख्न थाल्दछौँ र त्यसलाई देखेर टाढैबाट भाग्दछौँ । फलस्वरूप हामी विज्ञानको उपयोगिताबाट वञ्चित हुन्छौँ । ठीक छ, विज्ञानमा मृत्यु पनि छ, त के भो ? त्यसमा हामीलाई कुनै आपत्ति हुँदैन, यस्तो म सोच्दछु । त्यसमा अर्थात् विज्ञानमा रहेको मृत्युतŒवले पनि जीवन प्रदान गरिरहेको छ । तपाईंलाई यो कुरा प्रत्यक्ष थाहा हुनेछ ।
अत: मृत्युदेखि डराउने कुनै कुरा छैन । मृत्यु हुँदैनथ्यो भने जीवनको कुनै महŒव नै हुँदैनथ्यो । साँचो भन्ने हो भने जीवनको शानलाई मृत्युले नै बढाएको हो । तर धेरैजसो मानिस जसरी मरिरहेका छन् र मर्दछन् त्यस्तो मृत्युले न त मर्ने व्यक्तिको जीवनको चिह्न रहन सक्छ, न मर्न बाँकी जीवनहरूलाई नै केही झक्झक्याउन सकिन्छ । यस्तो मृत्यु घिसिएर फुटेको माटोको भाँडाको अवसानजस्तै भोगेर समाप्त भएको आयुको समाप्तिमात्र हो । मलाई इसा र सुकरातको मृत्युको लोभ लाग्दछ । फेरि पनि म मरेर समाप्त हुन चाहन्नँ तर जिउने लोभमा मृत्युसित हात जोड्ने पनि छैनँ । इसा र सुकरातले मृत्युदेखि नडराई मृत्युको भय धेरै हदसम्म कम गरिदिएका छन् जसबाट संसारमा जीवनको महŒव उद्घाटित भइरहेको छ । पहिलेपहिले मानिसहरू के विश्वास गर्दथे भने संसार जीवनमरणको एउटा चक्र हो र यसको चक्करमा नपर्नका निम्ति मान्छेले प्रयत्न गर्नुपर्दछ तर मलाई लाग्छ, संसार मृत्युको रथमा चढ्दै गरेको एक जीवन हो र यो मान्छेका निम्ति अत्यन्त दुर्लभ सौभाग्य हो । ‘बाँच र बाँच्न देऊ’ को अवस्थामा पुगेपछि मान्छेले यहाँ कुनै पनि अप्रिय र कुरूप कुरा रहन दिनेछैन । यो धारणा पौराणिक साहित्यको पात्र प्रह्लाद र ऐतिहासिक पुरुष इसा, सुकरातजस्ता मानिसहरूको “जीवनको आह्वानमा मृत्युलाई स्वीकृति”कै परम्परास्रोत हो जुन आज प्रगतिको राजमार्गमा चल्दै छ । आज संसारमा कति देशहरू स्वतन्त्रता र लोकतन्त्र भएर प्रगतिमा नाचिरहेका छन् । म ठान्दछु, यी सबै मर्न नडराउने वीरहरूको जीवन हाँस्दै छन् ।
वास्तवमा मृत्युलाई विनाश नभनेर विकास भन्न सकिन्छ किनभने मृत्युदेखि नडराउनाले जीवनको महŒव बढ्दछ र डराउनाले पनि मृत्युद्वारा जीवनलाई नै मदत मिलेको छ । मृत्युदेखि नडराउने योगी वा महापुरुषहरूले आफ्ना लक्ष्य र उद्देश्यका साथ लोकहितकै कामनामा आपूmलाई होमेर संसारका आत्माहरूलाई बल प्रदान गरेका छन् जसको परिणामस्वरूप संसारमा मान्छेहरू पनि आफ्नो सुरक्षाको लक्ष्यमा सदैव संसारको चारैतिर हेर्दै छन् र अस्त्र–शस्त्रको निर्माणका लागि दगुर्दै आज उनीहरू अणुबमसम्म पुग्दै छन् । मूलत: उनीहरूले यस्ता युद्धोपयोगी सामानहरूलाई हमला गर्नुको अपेक्षा बच्नका लागि, अरूलाई डराउनुको अपेक्षा सेखी गर्न नदिनका लागि र सम्बन्ध तथा व्यवहारमा गडबडी मच्चाउनुको अपेक्षा गडबडी वा त्यस्तो कुनै खराब आँच आपूmमा नआओस् भन्ने उद्देश्यले तयार गरेका छन् ।
जस्तो कि पशुहरूको सिङ कसैलाई प्रहार गर्न, दाँतले टोक्न र नङले कोतर्नका लागि प्रकृतिले प्रदान गरेको नभएर आफ्नै सुरक्षा र पोषणसुविधाका लागि बढीभन्दा बढी प्रयोगनिम्ति प्रदान गरेको हो । त्यसैले तिनलाई यस्तै काममा प्रयोग गर्नु उचित हुन्छ । यदि तिनलाई उपर्युक्त अपेक्षाभन्दा बढी काममा प्रयोग गरियो भने त्यसको फल त भोग्नै पर्नेछ । त्यसरी नै शस्त्र–अस्त्रहरूको निर्माण र सेनाको तयारी पनि मूलत: आफ्नोरक्षाको उद्देश्यले नै गर्ने गरिन्छ; पछि आफ्ना शस्त्र–अस्त्रको विलक्षण शक्ति देखेर र सेनामा प्रशस्त बल सञ्चार भएको देखेर संयमहीन सत्ता र शक्तिहरू अरूमाथि हमला गर्ने लोभ गर्दछन् । तर क्षणिक रूपमा सफल भएर पनि यस्ता विजेताहरूले पछि माटो खानुपर्ने हुन्छ ।
संसारमा जन्मेपछि मान्छेको दिमागमा ज्ञान र चेतनाले चियाउन सुरु गर्छ र यसको लगत्तै उसको अगाडि भय खडा हुन जान्छ । जीवनको हरियालीमा रम्दारम्दा पनि बारम्बार आफ्नो टाउकामाथि मृत्युका काला बादलहरू घुमिरहेको उसले देख्नेछ । जीवनको आनन्दमा पनि उसलाई बेचैनीको अनुभव हुनेछ । त्यसैले उसलाई उपलब्धीमा सुखमात्र होइन, सुरक्षाको चिन्ता पनि प्रचुरमात्रामा हुनेछ ।
प्रत्येक सानातिना दु:ख तथा असुविधामा पनि मृत्युको डरद्वारा नै मान्छेको विकास र प्रगति भएको छ । नत्र त मान्छे कपडा लगाउन र बस्नका लागि घर बनाउननिम्ति पनि प्रेरित र उद्यत हुने थिएन । सत्य भन्ने हो भने सभ्यताको प्रारम्भ र विकास एवं प्रगति मृत्युको डरकै जगमा खडा भएका छन् । हतियारबाट मानवसभ्यता सुरु हुन्छ र वास्तवमा अस्त्रहरूको आविष्कार मृत्युको भयद्वारा नै भएको थियो । सभ्यताभन्दा पूर्व मान्छेहरूको अलग्गै बस्ती थिएन । जङ्गलमा रहनु थियो; अत: उसलाई सदा जनावरकै डर थियो । डरकै कारण अब सुरक्षार्थ उसमा शस्त्र बनाउने विचार आयो । हातमा हतियार भएपछि मान्छेलाई कन्दमूल र फलमात्रले सन्तोष भएन । तब उसभित्र सोझा–सीधा जन्तुहरूको रगत र मासुको तृष्णा उत्पन्न हुन थाल्यो । हतियार बनिसकेपछि मान्छेमा खेती गर्ने प्रेरणा र विचार उत्पन्न हुन थाल्यो । तब जङ्गल फँडानी गरी बस्ती बसाउने काम सुरु भयो । जङ्गलमा बस्ती सुरु हुँदै जाँदा मानिसमा जनावरको डर हराउन थाल्यो । तर त्यसको साटो मान्छेमा मान्छेकै डर हुन थाल्यो । कहाँसम्म भने भाइभतिजाबाट नै मान्छे डराउन थाल्यो । त्यसपछि उन्नतिका साथै सुरक्षाका लागि तरहतरहका शस्त्र निर्माण गर्न थालियो र बस्तीको विकास बढ्दै गयो । त्रासको जगमा उभिएको बहुहतियारको त्यो होड आज अणुबम–उद्जनबममा पुगिरहेछ ।
भयकै कारण आज मानवजगत्मा एकअर्काप्रतिको विश्वास हराउँदै गएको छ । त्यसैले विश्वासको अभावमा भय बढेर भयङ्कर बन्नु स्वाभाविक कुरा नै हो तर भयद्वारा जीवनमा अशान्ति छाउँदा पनि त्यसबाट मानवस्तर उत्तरोत्तर उन्नतितिर चढिरहेको पनि म देख्दछु । त्यसैले मृत्युलाई म ‘जीवन उजाड्ने तŒव’को आरोप नलगाएर जीवनलाई सजाउने र उज्यालो दिने तŒवको श्रेय दिन चाहन्छु । भय मृत्युकै दोस्रो रूप हो । मृत्यु हुँदैनथ्यो र त्यसको डर हुँदैनथ्यो भने विभिन्न हातहतियारहरू र अणुउद्नबमको सृष्टिमा मान्छेको बुद्धि दगुर्ने थिएन । त्यही मृत्युबाट नै मान्छेमा जीवनको सञ्चार भएको हो, नत्र त उसको जीवन पनि पशुपन्छीहरूको जीवनजस्तै भुँडी भर्नको ध्यानमा मात्र सीमित हुन्थ्यो ।
विभिन्न हातहतियारहरू र अणु–उद्जन बम आदि यद्यपि हिंसाका साधन हुन्; तिनको निर्माण सुखकै लागि भएको हो तापनि तिनको उपस्थिति र बलको आडमा मान्छेको टाउकोमा घमन्ड चढ्छ र तिनले मान्छेमाथि हमला गर्ने प्रेरणा प्रदान गर्छन्; तब तिनको प्रभावले गर्दा मान्छे आक्रमण गर्न पनि तयार हुन्छ । तथापि म के देख्छु भने यी सबैका कारण मान्छेको जिन्दगी खस्केको वा गिरेको छैन, न त त्यसमा कुनै ह्रास नै आएको छ, बरु जीवनको स्तर उठेर प्रगति नै भएको छ र बुद्धिमा तीव्रता नै आएको छ ।
अणु–उद्जनबमको विध्वंसक शक्तिलाई देखेर आज संसार त्राहिमाम् छ, चारैतिर हाहाकार मच्चिइरहेको छ । यति धेरै भय, चिन्ता, त्रास र अशान्ति संसारमा पहिले सायदै थियो होला । संसारका समस्त राष्ट्र–भूमण्डलका कुनाकुनाहरू तिनको डरले काँपिरहेका छन् किनभने सन् १९४५ सालमा जापानको हिरोसिमामा दुनियाँले अणुबमको नमुना देखिसकेको छ । क्षणभरमा जगत्लाई नै खरानी बनाउन सक्ने अभूतपूर्व शक्ति त्यसमा देखेर त्यस समयदेखि नै डरले काँपिरहेको दुनियाँ आज पनि काँपिरहेकै छ । अणुबमको त्यो घटना र त्यसको आश्चर्यजनक शक्तिलाई देखेर संसारका सबै मान्छे आपूmलाई हरसमय मुख खोलेर बसेको मृत्युकै अगाडि रहेको देखिरहेका छन् ।
शान्तिको सामूहिक आवाज
तर पनि म के देख्छु भने यो अणुबम–उद्जनबमको शक्तिले दुनियाँलाई हानि गर्नेछैन, यद्यपि यो यी दिनहरूमा संसारका समस्त जीवनहरूलाई एकैपटक चितामा सुताउन सक्ने शक्ति लिएर ‘बम’को भयङ्कर रूपमा हाम्रो अगाडि उभिएको छ । यद्यपि अणु–उद्जनबम मृत्युको भयले सुरक्षाका लागि सृष्टि भएका चीज हुन्, आक्रमणकारी र त्यस्तो आकाङ्क्षा गर्ने शत्रुहरूले टाउको उठाएर पनि देख्न नसकून् भन्ने उद्देश्यले यिनको निर्माण भएको हो । तर त्यसको सृष्टि एक राष्ट्रमा भएको देखेर अर्को समान शक्तिवाला राष्ट्रलाई निद्रा आएन र आपूmमाथि आक्रमण हुने शङ्का तथा भय उसलाई हुन थाल्यो । त्यसपछि अरू राष्ट्रले पनि तिनको निर्माण गर्न थाले । यसप्रकार धडाधड राष्ट्रहरूका साथमा अणु–उद्जन बमहरूको भण्डार बढ्दै गइरहेका छन् । डरैडरलेअर्थात् मृत्युको भयले मुलुक र मान्छे यहाँसम्म शक्तिशाली र प्रगतिशील भइसकेका छन् । यसप्रकार एकातिर राष्ट्र अणु–उद्जनबम र अन्य अनेक शस्त्र–अस्त्रहरूको होडमा लागेर नयाँनयाँ शस्त्रहरूको सृजना गर्दै अरूलाई डर देखाएर आफ्नो डर मेटाउन लागिपरेका छन् भने अर्कोतर्पm दुर्बल तथा निरस्त्र राष्ट्रहरूका सारा मानिसहरू मृत्युको डरले शान्तिका लागि चारैतिर चिच्याइरहेका छन् । शान्तिका लागि संसारका कुनाकुनाका मानिसहरू एक भएर यसप्रकार सामूहिक रूपमा पहिले कहिल्यै चिच्याएका थिएनन्; न त कुनै यस्तो आवाज नै उठाएका थिए । त्यसैले अणु–उद्जनबमको सृष्टि र अस्तित्वबाट संसारमा केही पनि नोक्सानी वा खराबी भएन, यस्तो म देख्दछु र पछि पनि हुनेछैन भन्ने ठान्दछु किनभने त्यसको सृष्टि र अस्तित्वको कारण त्योभन्दा पनि बलियो तŒवको उद्भव तथा जागृति भएको छ : त्यो परमतŒव हो— ‘शान्ति’ ।
शान्तिको उद्भव तथा जागरण भएपछि अशान्तिकारी तŒव जन्मँदा पनि डुलफिर गर्न सक्नेछैन, यो नि:सन्देह छ । समस्त संसारका करोडौँकरोड मानिसहरूको शान्तिको पुकारलाई के अणु–उद्जन बमले दबाउन सक्नेछ ? मलाई त विश्वास छैन । बरु म त खुसी छु— अणुबमहरूकै कारण अभूतपूर्व शान्तिको उद्भव र जागरण संसारमा भइरहेको छ र शान्तिका लागि मानिसमा एकताको स्थापन तथा आह्वान अग्रसर हुँदै गइरहेको छ ।
अब अन्याय सबै ठाउ“मा गुन्जिनेछ
दोस्रो कुरा, पहिले एउटा मुलुकले अर्को मुुलुकमाथि अन्याय गर्दा तेस्रो मुलुकसम्म त्यो कुरा पुग्दैनथ्यो, दुर्बल राष्ट्रमाथि कुनै बलवान् राष्ट्रले जस्तोसुकै अन्याय, अपराध र बलात्कार गरे पनि सुदूरका राष्ट्रहरूसम्म सायद खबर नै पुग्दैनथ्यो, समीपका छिमेकी राष्ट्र पनि असम्बन्धिती हुनाले ती कुरालाई बेवास्ताको कुरा ठानेर अलिकति पनि वास्ता गर्दैनथे र ती दुई राष्ट्रहरूको लडाइँ वा झगडा व्यक्तिगत वा एकाङ्गी भएर ती दुवैमा नै सीमित हुन जान्थ्यो । ‘खबरदार’ भनेर धम्की वा चेतावनी दिने र ‘यस्तो गर्नु ठीक होइन’ भनेर सहानुभूति प्रकट गर्नेसम्म कोही हुँदैनथ्यो । यसैकारण पहिले बलवान्ले दुर्बललाई दबाउनु तथा कुल्चनु मामुली कुरा थियो र साम्राज्यवाद तथा उपनिवेशवाद बढिरहेको थियो ।
तर कसैले दबाउनेछ, कुल्चनेछ र मार्नेछ भन्ने डरले सुरक्षाका लागि अस्त्रशस्त्रको प्रगति हुँदाहुँदा आज अणु–उद्जनबम, रकेट र उपग्रहसमेतको सृष्टि भइसक्यो र एक देशमाथि भएको गडबडी संसारका सम्पूर्ण देशहरूका लागि धक्का बनिरहेको छ । यसप्रकार एउटा देशको समस्या संसारकै समस्या बन्ने स्थिति बन्दै छ । यो धेरै राम्रो कुरा हो, विश्वशान्तिका लागि यो ठूलो आशा पनि हो । यस स्थिति र प्रगतिमा आएर भोलिपर्सि एक व्यक्तिको समस्या पनि विश्वको समस्या हुन जानेछ । म देख्छु, यो मार्ने र मर्ने डरको कारण सुरक्षाका लागि निर्मित शस्त्रास्त्रहरू आशाविनाका प्रिय परिणाम हुन् किनभने आज संसारमा यसप्रकार शान्तिको आवाज बुलन्द भएर त्यसको पक्ष बलियो हुने काम निश्चय नै विध्वंसक शस्त्रास्त्रहरूबाट हुने विनाशको डरले नै भएको हो ।
संयुक्त राष्ट्र सङ्घ
आज संसारमा शान्तिस्थापनाका लागि विश्वको बीचमा ‘संयुक्त राष्ट्र सङ्घ’को जन्म हुँदै छ । यो त्यो मन्दिर हो जसमा मानिसका जातीय टुक्राहरू बनाउने कुनै देवता छैन, यो त्यो मस्जिद हो जसमा कुरानको घेरामा रहेको अल्लाह छैन, यो त्यो गिर्जाघर हो जहाँ बाइबलमा जन्मेको भगवान आउँदैन । यो संसारका समस्त राष्ट्र, जाति र धर्महरूका इँटाले बनेको एक विशाल शान्त्यायतन हो जसमा संसारका जुनसुकै ठाउँमा अन्यायद्वारा हुने उत्पीडन, क्रन्दन र चीत्कार तत्काल पुग्दछ र शान्तिका लागि त्यहाँ उठेको आवाज दुनियाँभरि गुन्जिन्छ । त्यसैले ‘संयुक्त राष्ट्र सङ्घ’लाई विश्वशान्तिको केन्द्र भन्न सकिन्छ । यो कुनै धर्मविशेषको प्रेरणाले बनेको छैन, न मानिसहरू वा राष्ट्रहरूको सद्बुद्धि तथा मेलमिलापले नै बनेको छ, बरु यो अणु–उद्जनबमदेखि डराएर अर्थात् मृत्युको डरले नै स्थापित भएको शान्तिसंस्था हो । त्यसैले म भन्छु, मृत्युले मान्छेलाई समाप्त गर्न सक्दैन, बरु उसको जीवनलाई नै बनाइदिन्छ । ‘संयुक्त राष्ट्र सङ्घ’ मृत्युसित मिलेको एक अमर जीवन हो, तर यसको जन्मदाता मृत्यु हो । संसारमा सभ्यताको प्रारम्भ भएदेखि नै शान्तिस्थापनाका लागि प्रयत्न चलिरहेको छ, अध्यात्मवादको उदय र अस्त भइरहेको छ; बुद्ध र उनको दर्शन हैरान भइसकेका छन्; इसाले जीवनको बलि दिएर कम्मर कसेका थिए; मोहम्मदले घाँटी सुकाए; फेरि पनि संसारमा शान्ति कायम हुन सकेन; युद्धलाई वशमा पार्न सकिएन । जुन युद्धलाई मानिसहरू सपनामा पनि देख्न चाहन्नथे त्यही युद्धलाई नियन्त्रण गरेर एवं तिनको आन्तरिक कामना शान्तिलाई आज अणु–उद्जनबमले मनुष्यहरूका सामु खडा गरिरहेछ किनभने ‘संयुक्त राष्ट्र सङ्घ’ अणुबमकै देन हो । अत: त्यसबाट मानवजगत्लाई हुने लाभको श्रेय अवश्य नै अणुबमलाई नै जान्छ ।
अणुशक्ति जो आज विनाशको प्रलयङ्कर रूप अणुबममा मूर्त हुँदै छ, त्यो विकास, निर्माण र कल्याणकारी एक अभूतपूर्व साधन पनि हो । आवश्यक पर्दा यसले आकाशबाट जुनसुकै वेला पानी पार्न सक्छ र घाम लगाएर प्रकाश वा अग्नितŒवलाई दास बनाउन सक्छ । यो परम औषधीको काममा आएर रोगीहरूका निम्ति अमृत बन्न सक्छ । सङ्क्षेपमा भन्ने हो भने यो मानिसका लागि चिन्तामणितŒव भएर जीवनदायी बन्न सक्छ । यसको कल्याणकारी उपयोगिता आश्चर्यजनक छ । तर आज यो संसारका सामु विध्वंसकारी बमका रूपमा प्रस्तुत र उपस्थित भइरहेछ र यसको डरले विश्वका सम्पूर्ण मानिस त्राहिमाम् भइरहेका छन् । यसको उपयोगिता आज विनाशमा मूर्त हुनाले यो संसारमा घृणाको विषय भइरहेको छ । तर जसरी मन पर्ने कुरा मन नपर्ने कुराको थुप्रोमा लुकेर रहन्छ त्यसरी नै जीवन पनि मृत्युको काखमा सुतिरहन्छ । त्यसैले मृत्युदेखि डराउने मान्छेले जीवनलाई कहिल्यै पाउन सक्दैन । धेरैजसो मान्छेहरू मृत्युलाई पटक्कै चाहँदैनन् तर त्यसलाई बहिष्कार गर्नाले के अवश्यम्भावी छ भने जीवनले पनि ‘वाक–आउट’ गर्नेछ । वास्तवमा जीवन बाँच्नेछ मृत्युको साथ खेल्न सकेमा मात्र । मृत्यु मर्नाले जीवन पनि मर्नेछ र मर्न डराएर कुनै मान्छे बाँच्छ भने त्यसको जीवनमा आत्मा छैन । त्यो मान्छे जीवित रहेर पनि त्यसको मनुष्यत्व मर्नेछ ।
मृत्यु मानिसका लागि भयङ्कर भएर पनि यसले जीवन दिएर जीवनलाई अगाडि बढाउँदै ल्याएको छ र कुनै न कुनै सोच्ने कुरा दिएर एवं अझ अगाडि राखिदिएर त्यसलाई मनुष्यको जीवनमा महŒव प्रदान गरिरहेछ । पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै अस्त्रहरूको निर्माण र त्यसको होडका कारण मानिसले सदासर्वदा आफ्नो अगाडि मृत्यु उभिएको देखिरहेछ । त्यसैले बाँच्ने उपायको सोचमा आज त्यसका अगाडि निरस्त्रीकरणको प्रश्न उठिरहेको छ । पहिले निरस्त्रयुगमा पनि बच्नका लागि नै मान्छेले शस्त्रनिर्माण गर्न सिकेको थियो । अनेक हतियार बनाएर उसले आपूmलाई सुरक्षित बनाउने आशा गर्यो । हातमा हतियार नचाउँदै उसले आफ्नै जातिका अन्य मानिसहरू र हिंस्रक पशु आदिलाई भन्न थाल्यो— “खबरदार ! मलाई नछुनू ।” यसप्रकार मानिसले हतियारद्वारा शान्तिको कामना गर्न थालेको थियो । हतियारबाट केही हुन नसक्ने आगो, पानी, हावा, घाम आदि प्राकृतिक तŒवहरूका साथमा त मान्छेले टाउकोसम्म उठाउन सकेन, बरु घुँडा टेकेर हात जोड्न थाल्यो । बस, त्यस समयदेखि नै संसारमा ईश्वरको अस्तित्व जन्मन थाल्यो । तब भयप्रसूत त्यस ईश्वरलाई पुकार्दै शान्तिको जप गर्न थाल्यो । अनि ईश्वरलाई पुकार्दै शान्तिको अन्वेषण गर्दागर्दै मान्छे अध्यात्मवादमा पुग्यो र बाहिरलाई छाडेर भित्र, दृश्यलाई छाडेर अदृश्य एवं यस लोकलाई छाडेर परलोकका निम्ति छट्पटिन थाल्यो । अध्यात्मवादको प्रतिनिधित्वमा, विभिन्न रूपमा र मानिसको जातीय आधारमा धर्मको सृष्टि हुन थाल्यो ।
विश्व विशाल छ । व्यापक रूपमा शान्ति दिने कुनै तŒवको आवश्यकता यसलाई छ । अध्यात्मवादमा, जुन आज पनि शान्तिकारी तŒवमा जबर्जस्त शक्तिशाली मानिँदै छ, त्यसको अभावपूर्ति गर्ने क्षमता मैले त अध्यात्मवादमा देखेको छैनँ । व्यक्तिगत रूपमा आउने कुनै पनि ठूलो कुरा यदि समष्टिको व्यवहारमा पूरक हुन सक्दैन भने त्यो ‘महान्’ हुन सक्दैन । अध्यात्मवादले जगत्मा रमाएर केही गर्नेछ र लोकनिर्माणका लागि संसारमा शान्ति प्रदान गर्नेछ भन्ने आशा गर्न सकिन्न किनभने त्यो आफ्नै जगत्मा अशान्त र असन्तुष्ट छ । त्यसैले म अध्यात्मवादलाई कहिल्यै नमेटिने एक तृष्णा मात्र ठान्दछु । त्यसो त विज्ञान पनि एक तृष्णा नै हो तर उसको तृष्णा मेट्न सकिन्छ र विज्ञानले तिर्खाएको जगत्को तिर्खालाई पनि मेट्न सक्छ, तृप्त पार्न सक्छ । विज्ञानले खोजिएका कुराहरू प्राप्त गर्न सक्छ र उसले पाएका कुराहरू वा पदार्थ अरूलाई दिएको पनि छ तर अध्यात्मवादले खोजेको कुरा न त पाइने कुनै निश्चित छ, न त्यो सर्वसुलभ नै छ ।
अध्यात्मवादको सशक्त दावी के छ भने उसको तृष्णा ‘परम’लाई पाउने हो । पाओस्, म अभिशाप दिन चाहन्नँ, तर उसको यस दावीले मलाई के कुरामा अलिकति पनि श्रद्धालु बनाउन सकेन भने यो विश्वशान्ति प्रदान गर्ने तŒव हो र यसले मान्छेको मनस्तŒवलाई कमलो बनाएर जगत्मा कल्याणभावना र प्रेमको स्रोत बगाएको छ । किनभने अध्यात्मवादको सुरुवाती युगदेखि आजसम्म पनि विश्वभरिमा त छाडौँ, उसकै प्रभावक्षेत्रमा पनि खासै शान्ति कायम भएको छैन र सद्भाव पैmलिएर त्यहाँका मानिसहरू ‘सज्जन’ बन्न पाएका पनि छैनन् । यसैको प्रतिक्रियास्वरूप संसारमा चार्वाक, बुद्ध, माक्र्स आदि निस्केर शान्तिका लागि सोचविचार तथा वास्तविकताको खोज गोरखा थिए । शान्तिस्थापनाका लागि संसारमा अनेक ज्ञानको प्रयोग भइसकेको छ तर व्यापकरूपमा कुनै पनि ज्ञानले शान्ति प्रदान गर्न सकेको छैन । ज्ञान वाद मात्र बनिरहेको छ, वस्तुस्थिति हुन सकेको छैन । अर्को शब्दमा ज्ञान ‘समस्या’ मात्र बन्यो, समाधान बन्न सकेन ।
आज विज्ञान सबै वाद र तŒवहरूलाई पछाडि पारेर अगाडि बढिरहेको छ । मौनरूपमा यो अध्यात्मवादकै असन्तुष्टि हो । अध्यात्मवादमाथि पल्टेर त्यसकै विश्वासमा टाँसिएका मान्छेहरूको भनाइमा त विज्ञानले संसारलाई झनै अशान्तितर्पm धकेलिदिएको छ । त्यसैले उनीहरू मुखै उधारो लिएर पनि विज्ञानको निन्दा गर्दछन् किनभने उनीहरूको दृष्टिमा भौतिक उन्नति पतनको द्योतक हो । तर यस्तो देख्नु अध्यात्मवादको हार र कमजोरी जाहेर गर्नुमात्र हो अथवा आफ्नो असफलताको रोदनमात्र हो । तर म देख्छु, विज्ञान संसारलाई दु:ख दिनका लागि नभएर सुख बाँड्नका लागि हो र यो सुखको अभाव अनुभव गरी त्यसबाट मुक्तिका लागि तड्पिरहेको छ किनभने ज्ञान “धेरै सुख दिइसकिएको छ, अब कुनै सुख बाँकी छैन” भन्दै पूर्णता अनुभव गरी सन्तुष्ट हुन्छ र हाँसेर आराम लिन्छ, तर विज्ञान “कुनै पनि सुख दिन सकिनँ, अभैm धेरै सुख बाँकी छ” भन्दै अपूर्णताको अनुभव गरी असन्तुष्ट हुन्छ र संसारका दु:ख र आँसुहरूको सर्वेक्षण गरी रुँदै अगाडि बढ्छ । त्यसैले संसारमा ज्ञानको सीमा छ । त्योभन्दा बाहिर त्यो विदेशी हुन्छ । तर विज्ञानको सीमा हुँदैन । दोस्रो कुरा, ज्ञानको सम्पत्ति त्यसका हकदारले मात्र भोग गर्न पाउँछन् अथवा त्यसका पिछलग्गूले मात्र पाउँछन् तर विज्ञानको सम्पत्ति बाटामा हिँडिरहेको जुनसुकै बटुवाले समेत भोग्न पाउँछन्, कहाँसम्म भने त्यसलाई गाली र निन्दा गर्नेहरूले पनि पाउँछन् । विज्ञानको कुनै खास हकदार वा धर्मपुत्र हुँदैन । त्यसैले विज्ञानको निन्दा गर्नु सुखबाट हात धुनु, शान्तिको स्वागत नगर्नु र आपैmलाई पछि पार्नु हो ।
अध्यात्मवादलाई त होइन, आध्यात्मिक भावनालाई चाहिँ म पनि श्रद्धा गर्छु, तर त्यसको श्रद्धामा भौतिक तŒव विज्ञानलाई बली चढाउन चाहन्नँ किनभने मलाई के कुरामा विश्वास छ भने मान्छेभित्र त्यति आध्यात्मिक चेतना अध्यात्मवादबाट पनि आउन सक्दैन जति विज्ञान अर्थात् भौतिकतŒवको योगबाट आउँछ । तर मेरो यो धारणा व्यावहारिक मानिसलाई मात्र हो, अन्य मानिसको त म वास्ता पनि गर्न चाहन्नँ । विज्ञान वा भौतिक उन्नतिले मानिसलाई आखिरमा त्यहाँसम्म नपुर्याई छाड्नेछैन जहाँ पुगेपछि मान्छेलाई कुनै पनि आवश्यक पदार्थको अभाव हुनेछैन, आफ्नो गर्जो टार्नका लागि कसैले कसैलाई भन्नुपर्नेछैन, कसैको मुख ताक्नुपर्नेछैन र कसैसित केही लुकाउनुपर्नेछैन । सबैसबै पुरुष दाजुभाइ र सबै स्त्री दिदीबहिनी भएर मातृगर्भको सम्बन्ध बिर्सनेछन् । त्यस स्थितिमा त्यतिखेर मान्छेमा सद्भावना, सद्वृत्ति, सच्चरित्रता आदि सद्गुणहरूको होड चल्नेछ किनभने मान्छेका लागि त्यही एक चीजको विशेषता रहन जानेछ र हरेकले त्यसको सम्पन्नता देखाएर समाजमा प्रतिष्ठा पाउनका लागि लोभ तथा ईष्र्या गर्नेछ ।
विज्ञान वा भौतिक तŒव कुनै राक्षसी उपज होइन, न त यो मानव–मनस्तŒवमा कुनै विकार उत्पन्न गर्ने चीज नै हो । अध्यात्मजस्तै विज्ञान पनि वास्तवमा सत्यकै एक तृष्णा हो र यसले सदैव सत्यको जिज्ञासा राख्दछ । अध्यात्मचाहिँ सत्यको तृष्णामा सूक्ष्म र अदृश्य वा अज्ञातमा विलुप्त भएर त्यसै विलुप्तिमा आनन्दित हुन्छ र मेटिन चाहन्छ तर विज्ञान सूक्ष्म, अदृश्य र अज्ञातमा पनि स्थूल र दृश्य वा ज्ञातलाई खोज्दछ, पाउँदछ र आफ्नो प्राप्तिलाई अरूमा पनि बाँड्दछ । त्यसैले विज्ञानको तृष्णा बडो जीवनदायी हुन्छ र संसारका लागि तृप्ति सिद्ध हुन्छ । मान्छेको सद्प्रवृत्ति तथा मानसिक स्वच्छतालाई आध्यात्मिक चेतना वा भावना मानिएको छ । यस मान्यतालाई म पनि स्वीकार गर्छु र यस्तै धारणामा म अध्यात्मलाई श्रद्धा पनि गर्दछु । तर मान्छेमा यस्ता सद्वृत्ति तथा मानसिक स्वच्छता ल्याउनमा विज्ञान अध्यात्मभन्दा बढी प्रभावशाली हुन्छ र भविष्यमा विज्ञान यस काममा शतप्रतिशत सफल हुनेछ ।
तर विज्ञानलाई आज विशेषत: शस्त्ररूपमा मूर्तिमान् भई युद्धक्षेत्रतर्पm नै उन्मुख भएको देखेर संसार भयभीत भइरहेछ । त्यसैले विज्ञान प्रायजसो मान्छेको दृष्टिमा अवाञ्छनीय ठहरिँदै छ । तर म देख्छु, यसको शस्त्ररूपताबाट साँच्चै भन्ने हो भने मान्छेको हितमा कुनै नोक्सानी भएको छैन, बरु नाफामात्र हुन गइरहेको छ किनभने यसले संसारमा ‘संयुक्त राष्ट्र सङ्घ’ जस्तो महान् र व्यवस्थित संस्थाको स्थापना गराएको छ जसले विश्वका प्रत्येक राष्ट्रलाई ‘बाँच र बाँच्न देऊ’ एवं ‘स्वतन्त्र भएर रहन देऊ’, साथै ‘प्रत्येक व्यक्तिले स्वतन्त्रता पाओस्’ भन्ने उद्देश्य राख्दछ । माथि पनि भनिसकेकै छु, यो कुनै धर्म वा आध्यात्मिक प्रेरणाले बनेको होइन, बरु विज्ञानको शस्त्ररूपता परमाणु बमले यसलाई जन्माएको हो । यद्यपि यो आफ्नो उद्देश्यमा त्यति सफल हुन पाएको छैन, एकअर्काको धम्कीको स्वर र लडाइँको बाजा यसले आज पनि सुन्नुपरिरहेको छ, तथापि अब पहिलेभैmँ विश्वयुद्ध भएरै छाड्नेछ र मान्छेमाथि अणु–उद्जनबम हानेरै छाड्नेछ भन्ने विश्वास पटक्कै छैन । संयुक्त राष्ट्र सङ्घ र आजका जननेताहरूले यस्तो विध्वंसकारी काम गर्न कदापि दिनेछैनन् । भन्न सकिन्छ, संयुक्त राष्ट्रकै माध्यमले आज ठूला राष्ट्रनेताहरूमा शिखर सम्मेलनघज्ञ तथा निरस्त्रीकरणको कुरा पनि चलिरहेछ । यो बडो शुभ कुरा हो । मलाई आशा छ, शिखर सम्मेलन भएरै छाड्नेछ र त्यसको परिणाम अवश्य सुखद हुनेछ । म देख्छु, निरस्त्रीकरणको कुरालाई पनि एकदिन ‘संयुक्त राष्ट्र सङ्घ’ले सफल पारेरै छाड्नेछ । मलाई आशा र पूर्ण विश्वास छ— ‘संयुक्त राष्ट्र सङ्घ’ले अवश्य नै एक दिन संसारका राष्ट्र र मान्छेहरूको काँधमा काँध मिलाएर सबैलाई आनन्दविभोर बनाउनेछ ।
संयुक्त राष्ट्र सङ्घको जन्म वास्तवमा मृत्युकै कारण भएको हो । मृत्यु हुँदैनथ्यो भने ‘संयुक्त राष्ट्र सङ्घ’जस्तो शान्तिको व्यवस्था गरी संसारमा जीवन प्रदान गर्ने खालको संस्था कदापि जन्मने थिएन । मृत्युको भयबाटै सुरक्षाका लागि विभिन्न शस्त्र–अस्त्रहरूको निर्माण भयो र शस्त्र–अस्त्र नै फेरि मृत्युको कारण बन्न गएकाले सुरक्षाका लागि ‘संयुक्त राष्ट्र सङ्घ’को स्थापना भयो । यसप्रकार मृत्युले जीवनलाई घिसार्दै अगाडि लगिरहेको छ । अहिले ‘संयुक्त राष्ट्र सङ्घ’को छायामा विज्ञानले मान्छेको जीवनलाई कति सुखी बनाइदिएको छ भने मान्छेलाई सुख पनि अस्वादिष्ट लाग्न सक्दछ र उसले जीवनको बहारका लागि मृत्युलाई पनि मारेर समाप्त गर्ने प्रयास गर्नेछ । तर मृत्यु कहिल्यै मर्नेछैन, त्यो अमर भएर संसारमा नाक ठड्याएर सदैव घुमिरहनेछ किनभने उसले संसारलाई जीवन दिइरहनुछ ।