जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

मान्छे उडाउने मान्छे

चन्द्रप्रसाद न्यौपाने चन्द्रप्रसाद न्यौपाने
प्रकाशित ११ आश्विन २०७८, सोमबार
निबन्ध भित्र
0
मान्छे उडाउने मान्छे

कुरा सुन्दै अचम्म लाग्दछ । के मान्छेले मान्छे नै उडाउँछ ? मानव मस्तिष्क अचम्मको छ, जसलाई सोचेर सोची सकिन्न । यसमा विज्ञानको चमत्कार छ जसले मानिसलाई आफ्नो दास बनाएको छ । अद्भुत कुरा ! विज्ञानले पनि अनेक आश्चर्य ल्याइसकेको छ । आश्चर्य विज्ञानले ल्यायो कि मान्छेले विज्ञानलाई आश्चर्य देख्यो ? म प्रश्न गर्र्दछु आफैंसित । आजकाल मान्छेले मान्छे उडाइसक्योे । के यो विज्ञानको चमत्कार कि मान्छेले गरेको आविष्कार ? मान्छे ज्ञान हो र उसको हरेक क्रियाकलाप विज्ञान हो । ज्ञानबाट विज्ञान जन्मन्छ, विज्ञानबाट ज्ञान होइन । म विज्ञान होइन ज्ञान हुँ तर प्रत्येक क्रियाकलापमा विज्ञान छ ममा ।
मलाई रमाइलो लाग्यो । म हासेँ मरिमरी ! मान्छेले मान्छे उडायो रे ! मैले प्रयोग गरेको होइन, भएको र देखेको हो । कुरो सुन्दैमा रमाइलो लागेको थियो अनि दृश्य देखेपछि हाँसो उठ्यो । हाँसोमा पनि अद्भुतता थियो जुन हाँसो हाँस्दा दुनियाँले देख्दैनथ्यो । चमत्कारी हाँसो अनि तिलस्मी ! तिलस्मीकारले आफ्नो तिलस्मीले दुनियाँलाई आँखा चिम्लाउन लाउँछ, जसले विज्ञानलाई कब्जामा लिएको हुँदो हो ! हाँसोमा तिलस्मी हुन्छ कि हुँदैन म जान्दिन तर दुनियाँले हाँसोमा हाँसोले तिलस्मीको चमत्कारिता देखाइदिएको छ । मलाई दुुनियाँभन्दा पनि एकजना मान्छेका चमत्कारिता देखेर हाँसो उठेको छ । त्यो कस्तो मान्छे होला ? जसले धेरै मान्छेलाई उडाइदियो । हामीले देखेका छौं मान्छेले मान्छे उडाएको ! हवाईजहाज आदि वायुयानमा राखेर मान्छेले मान्छे उडाई नै रहेका छन् तर त्यसो होइन विनापखेटा विनासाधन मान्छेले मान्छे उडाउनु विचित्रता छैन र ? अलौकिक आश्चर्य होइन र ?
मान्छेले मान्छे उडाउँछ कसरी ? कुरो सत्य हो । विज्ञानको चमत्कार पनि अचम्मको छ । विज्ञानमा के हुन्छ के हुँदैन ? कसैले जान्न सक्दैन । कविशिरोमणि लेखनाथ पौडेलले ‘ज्ञान मर्छ हाँसेर रोई विज्ञान मर्दछ’ भनी कसरी भने ? शायद कविभावनाले विज्ञानलाई नामर्द देख्दो हो ! तब ज्ञानको गुणगान गाउँन पछि परेनन् पौडेल । विज्ञान ज्ञानविना जन्मन्न । यो कुरा सत्य हो, अनुभव र अनुभूतिले यही कुरा भनिराखेको छ । यो कुरा पनि उल्लाई थाहा छ तब ऊ विज्ञानद्वारा संभव नठानी ज्ञानद्वारा मान्छे उडाउँछ । मैले कुरा कोट्याएँ मान्छेले मान्छे उडाउने अद्भुत चमत्कारका प्रयोगका बारेमा तर कुराको शुरुवात नै छैन । गफले मान्छे उडाउनु त अचम्म होइन तर बुद्धिले उडाउनुलाई अचम्म मान्ने दुनियाँकासाम्ने मैले यस्ता कुरा गर्दा दुनियाँले के भन्ला ? विनापखेटा मान्छेलाई मान्छेले उडाउनु विज्ञानको चमत्कारी समयमा ज्ञानको के दोष ? बुद्धिले उडाइदिन्छ मान्छेले मान्छे ।
उडे सारा । फुत्त निस्किए । विलाए फेरि शून्याकाशमा । फनफनी घुमे । साँचो हातैमा छ मान्छे उडाउने । मान्छे उडाउने ऊ मान्छे पो अचम्म ! कैयौं बुद्धिजीवी, विद्वान्, वकिल, शिक्षक, नेता, हाकिम, मन्त्रीदेखि प्राध्यापकसम्मका मान्छे उडे । हरेक क्षेत्रका मान्छेलाई उडाइदियो उल्ले । खेलौना भए बुद्धिजीवीका नाउँले प्रसिद्धि पाएकाहरू । म उल्लाई देवता मान्दछु । एउटा देवता, बोल्ने देवता । जल्ले सारा दुनियाँलाई उडाइदियो । म उल्लाई देवतै मान्दछु किशोर देवता । बूढा देवताका आँखा चिम्रा भैसकेको हुँदा त्यति राम्ररी ठम्याउन सक्तैनन् । ऊ किशोर हो, मान्छे उडाउने किशोर । एउटा जोशिलो, जाँगारिलो युवक । ऊ कर्मशील छ । कर्म नै मानिसको पहिचान र अजम्मरी कृति हो । कृति असल कर्मको मात्रै बाँच्दछ । कर्ममा विचार हुन्छ । विचार संसारको सबभन्दा ठूलो हतियार हो, जसलाई काट्नसक्ने हतियारको शायद आविष्कार भएको छैन । ऊ असल विचारको खेती गर्दछ तब उसलाई मानिस मान्छे उडाउने मान्छेको संज्ञा दिन्छन् ।
उनको पूरानाम हो हेमन्तकिशोर शर्मा अर्थात् होमनाथ कट्टेल । उनले केटाकेटीमै गाउँका रामकुमारलाई उडाइदिए रे ! हावामा उडाए रे ! मलाई यही अचम्म लाग्यो । किशोर मान्छे उडाउने मान्छे कि ? किशोरलाई उडाउने मान्छेचाहिँ मान्छे उडाउने मान्छे ? ऊ मेहनती क्रियाशील, लगनशील छ सधैं आफ्नो कर्ममा । नयाँ नयाँ कर्म त उल्ले देखाउँदै हिंडेको हो ! तब उल्लाई यस दुनियाँले उडाए ! उसको कर्मको सही मूल्याङ्कन नहुनु नै मान्छेले मान्छे उडाएको हो । जो आपूm कर्म गर्दैन र अर्काले गरेको कर्मप्रति ईष्र्या, डाह गर्दछ ऊ कर्मशील व्यक्तिको सधैं विरोध मात्र गर्दछ त्यही व्यक्ति हो मान्छे उडाउने मान्छे । यहाँ किशोर मान्छे उडाउने मान्छे होइन, ऊ मान्छे बनाउने मान्छे हो ।
अहिलेको युग सञ्चारको दास भएको छ । मान्छेले सञ्चारमाध्यमलाई दास बनाएको होइन, सञ्चारमाध्यमले मान्छेलाई दास बनाइसकेको छ । ऊ किशोर हो, जसले मोफसलमा रहेर श्रव्यदृश्मार्फत् ‘जुगलको काखमा यो साता’ नामक पहिलो कार्यक्रमबाट सिन्धुपाल्चोकको सदरमुकाम चौताराका जनतालाई सुसूचित गरायो । उसको काममा धेरैले ईष्र्या गरे तर ऊ किञ्चित् डग्मगाएन । आपूmलाई नमुनाको रुपमा प्रस्तुत ग¥यो । काम नगर्ने तर अर्काको कामप्रति डाहा गर्ने, अवरोध खडा गर्ने कैयौंले उसका कर्मलाई हावामा उडाउन खोजे पनि ऊ निरन्तर लागिरह्यो । यसैमा उसको महान्ता छ । ‘कर्म गर फलको आशा नगर’ भन्ने गीताको सिद्धान्त सत्य छ । म यसलाई स्वीकार्दछु किनभने यसैमा सत्यता छ । कर्म दुनियाँको हितमा छ भने फलप्राप्ति त्यही हो । व्यक्तिगत धनदौलत कुनै फल होइन ।
धन्य किशोरजी, तपाईं महान् हुनुहुन्छ । तपाईंको कर्मप्रति म लालयित छु । तपाईंले देश र जननीको ऋणलाई चुक्ता गर्नुभएको छ । तपाईं अझै अगाडि बढ्नुहोस् । तपाईं मान्छे उडाउने गफाडी मान्छे होइन, तपाईंलाई दुनियाँले उडाएका छन् । दुनियाँले उडाउँदाउडाउँदै पनि तपाईंले आपूmले आँटेको काम पूरा गर्न सक्नुभयो भने तपाईं अवश्य पनि भोलिको इतिहासमा महान् व्यक्तिको सूचीमा पर्नुहुनेछ । कर्म गर्दै जानुस् । फल भनेको दुनियाँको हितउपरको काम हो ।


Tags: जनमत
अघिल्लो पोष्ट

हास्यव्यङ्ग्य क्षेत्रका शिखरपुरुष वासुदेव शर्मा लुईटेल

पछिल्लो पोस्ट

‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार

चन्द्रप्रसाद न्यौपाने

चन्द्रप्रसाद न्यौपाने

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार

‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार

संस्कृतिभित्रका विकृति

संस्कृतिभित्रका विकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

असार

असार

४ जेष्ठ २०७९, बुधबार
साहित्यकार ओमवीरसिंह बस्न्यातको निधन

साहित्यकार ओमवीरसिंह बस्न्यातको निधन

४ जेष्ठ २०७९, बुधबार
विसंगत आयतनहरु भित्र म

विसंगत आयतनहरु भित्र म

४ जेष्ठ २०७८, मंगलवार
श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक