जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

गीता लगायतका दार्शनिक पुस्तकहरूले जीवनमा बढी प्रभावित गरे : रञ्जना निरौला

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १५ कार्तिक २०८०, बुधबार
अन्तर्वार्ता भित्र
0
गीता लगायतका दार्शनिक पुस्तकहरूले जीवनमा बढी प्रभावित गरे : रञ्जना निरौला

रञ्जना निरौला कवयित्री, निबन्धकार, सम्पादक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष हुन् । उनले विसं २०५८ सालमा पहिलो रचना प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् । उनका “छरिएका भावना”(२०६८) तथा “कलम र म” (२०७४) कविता सङ्ग्रहहरू तथा “अनुभूतिको अवतरण” (२०७९) निबन्ध सङ्ग्रहका साथमा अङ्ग्रेजी कविता सङ्ग्रह “रिदम अफ पेन” प्रकाशित छन् ।
सूर्य नेपाल काठमान्डु कॉलिंग साहित्य महोत्सवकी निर्देशक तथा संयोजक रञ्जना निरौला थिइन् । उनी सँग पठन शैली र पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी : 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
भर्खरै रमेश क्षितिजको  कविता सङ्ग्रह पर्वत पर्वतमा बटुवा घाम पढि़ सकेँ , डा. नवराज केसीको शून्यको मूल्य सुरु गरेको छु ।  

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
धेरै पुस्तकहरू मन परेका छन् । ती मध्ये अङ्ग्रेजीमा वयलबतजबल  ष्खिष्लनकतयल क्भबनििग, हिन्दीमा कृष्ण  र नेपालीमा शाकुन्तल हुन्।  

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
भावहरूको  अवस्थामा भर पर्छ ।  भावनाहरूले सृजित हुन् खोजे र समय अनुकूल छ भने  दिन या बिहान जति बेला पनि पढिन्छ लेखिन्छ । तर प्राय रातमा नै मलाई सहज लाग्छ ।  

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
लघु  भावमा पनि वृहत् सन्देश वा आनन्द दिने सामर्थ्य कवितामा हुन्छ । अरू विधा भन्दा अलिक बढी मलाई कविता विधा शक्तिशाली विधा लाग्छ।   

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
स्कुलका पाठ्यपुस्तक बाहेक  गौरी, मुनामदन लगायत त्यस समयका प्रचलित उपन्यासहरू पढ्न पाएकी थिएँ। 
  
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
लयले गर्दा कवितामा मोह थियो भने कौतुहलताले गर्दा कथा, उपन्यास पढ्न मन पर्दथ्यो।  

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
स्नातकोत्तरबाट अलिक बढी पढाई लेखाई बढ्यो। 
 
धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
केही छन् ती मध्ये भानुभक्तको रामायण ,राज राजेश्वरी, राधा, शिरीषको फूल, माधवी, बुढो माझी र समुद्र, गीता,  आदि हुन् ।

दोहोर्‍याएर पढ्नुका कारण खासमा के थियो ?
 ज्ञान, कथानक, कौतुहलता र आनन्द  ।

ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
सबभन्दा सुन्दर कला पक्ष हो।  अनि कथानक  र आनन्द।  

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
राम्रा पुस्तकका पात्र, परिवेशले  आफैँ सँगसँगै हिँड्न बाध्य बनाउँछन् नहिड़ी  सुखै हुन्न।  

तपाईँको विचार पढ्नु केका लागि हो ?
मूलतः  पुस्तक पढ्नु ज्ञान र आनन्द नै हो ।  राम्रा पुस्तकले मस्तिष्कलाई पोषण प्रदान गर्दछ र सर्जकलाई सक्रिय बनाइराख्छ। अध्ययन ले  हामीलाई    शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपले  समृद्ध  पनि बनाउँछ। त्यसैले पढ्नै पर्छ भन्ने लाग्छ।   

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
गीता लगायतका दार्शनिक पुस्तकहरूले बढी प्रभावित गरे जसले कर्मलाई प्रधानता दिन्छन्।  

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पुस्तकहरू त धेरै नै छन् ती मध्ये पनि भन्ने पर्दा गीता, माधवी, कृष्ण, मोदी आइन, हिमाली दर्शन, जोनाथन लिविंगस्टन सीगल, आफ्नो कथा, तरुण तपस्वी, योगीको आत्मकथा, कारागार, सेतो धर्ती , शाकुन्तल पढौँ न एक पटक।  

तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
पच्चिस सय जति होलान्। 

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
प्रविधिले हामीलाई सहज बनाएकोले पढ्न मन लागेका पुस्तकहरू  ढिलो चाँडो उपलब्ध भएका छन्। 

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
देवकोटा,  सिल्भिया पाथ, कालिदास ,पारिजात, नित्से 

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
रुचिहरू त धेरै कुरामा छन् तर सारै मन पर्ने विषय चाहिँ गीत सङ्गीत र नयाँ नयाँ ठाउँको  भ्रमण  नै हो ।  

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
यस्ता धेरै पुस्तकहरू छन् जो नयाँ पुस्ताले पढ्ने पर्छ जस्तो लाग्छ ती मध्ये जङ्गबहादुर को बेलायत यात्रा, माधवी, शिरीषको फूल,सेतो धर्ती, शङ्कर लामिछानेका निबन्धहरू, सकुन्तल, सकस आदि।  यस्ता पुस्तकहरूले कस्ता कुरा लेखिएका थिए र अब कस्ता पुस्तक लेखिनु पर्छ भनेँ जानकारी पाइन्छ साथै ज्ञान  र काव्यिक रस पनि।  

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
भर्खर नै एउटा अङ्ग्रेजी कविता सङ्ग्रह आएको छ अब निबन्ध सङ्ग्रह को तयारीमा नै छु । खासै अरू त त्यस्तो केही छैन।  

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
सर्जक   र सृष्टि बिचको सम्बन्ध एक जटिल र गहिरो सम्बन्ध  हो जसले मानव अनुभूति,  नवीनता र प्रगतिलाई  अभिव्यक्त गर्छ । जसले सर्जक  र समाज दुवैलाई समग्र रूपमा समृद्ध बनाउँछ। जसको सम्बन्ध कला र साहित्यदेखि  प्रविधि  र दर्शनसम्म विभिन्न विषयहरूमा आकर्षण र चिन्तनको कालातीत विषय बनेको   हुन्छ । चाहे यो एक लेखकको  जीवनमा उत्कृष्ट कृति ल्याउने होस  या एक आविष्कारकले  नयाँ  प्रविधिको  आविष्कार गरोस् ।   सर्जक  र उनीहरूका सिर्जनाहरू बिचको जटिल गतिशीलताले हामी बस्ने संसारलाई व्यापक रूपमा समृद्ध गर्न सक्छ। यस कारण यसको सम्बद्ध चेतन र कर्म जत्तिकै घनिष्ठ हुन्छ।   

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
व्यक्तिगत रूपले त्यस्तो रोल मोडल नै त कोही छैन।  साहित्यप्रतिको रुचि मलाई गड गिफ्ट हो भन्ने लाग्छ।  धेरै पुस्तकहरू चाहिँ  छन् जसले जीवनयात्रालाई सकारात्मक प्रेरणा दिएका छन्।


Tags: रञ्जना निरौला
अघिल्लो पोष्ट

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ मञ्चन हुने 

पछिल्लो पोस्ट

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ईश्वर र अध्यात्मको जन्म

ईश्वर र अध्यात्मको जन्म

४ जेष्ठ २०७८, मंगलवार
वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

४ जेष्ठ २०७९, बुधबार
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

४ जेष्ठ २०७९, बुधबार
गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ सार्वजनिक

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक