जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज व्यङ्ग्य

धनको सङ्ग्राम

विजय खरेल विजय खरेल
प्रकाशित १५ मंसिर २०७९, बिहीबार
व्यङ्ग्य भित्र
0
धनको सङ्ग्राम

धनले मान्छेका सम्पूर्ण अवयव र गतिविधि, विवेक, क्षमता, औकात, बौद्धिकता र मानवता समेतलाई किन्न र उपभोग गर्न सक्ने रहेछ । कतै सुम्सुम्याएर, खुसी पारेर, नभए निर्ममतापूर्वक निमोठेर भए पनि आफ्नो स्वार्थ र क्षमताको अधीन पार्ने रहेछ । आर्थिक क्षमताको अघि मानवीय क्षमताको केही नलाग्ने रहेछ । यसर्थ कि धनको मुख नै रातो । यतिबेला त लाग्छ — धन नै भगवान पनि हो ।
किनभने उसले हरण र भरण पनि त्यत्तिकै गर्न सक्छ — जति हामी भगवानले गर्छ भन्ठान्छौं ।

आफ्नो व्यावसायिक स्वार्थ अनुसार नै धनले मान्छेलाई स्वर्ग र नर्क दुवै नै प्रदान गर्न सक्ने क्षमता रहेको हामी पाउँछौं । धन कुवेरहरुका निम्ति मान्छे भनेको आफ्नो धन कमाउने साधन वा माध्यम मात्र हुन्, जस्तो सम्पूर्ण संयन्त्रका साना ठूला कल–पूर्जाहरु । उनीहरुका आँखामा ती कलपूर्जाहरुसित कुनै मानवीय नाता रहन्न, मात्र व्यापारी बुद्धि, मुनाफा र समृद्धि । बरु उनीहरु उदार र दानवीर देखिनलाई मुनाफाबाट आंशिक धनलाई चिमोटेर मन्दिर निर्माण र अकिञ्चनहरुलाई बेलाबखत चारो पनि छरिदिन्छन् र आफैले नङ्ग्याएका निरीहहरुका आँखामा तारा बनेर चम्किरहन्छन् ।

मेरा श्रम बुद्धि चेतना, मनोरञ्जन लत र सुविधाका भोगबाट ती कथित कुवेरहरुको लामको संयन्त्रलाई थोपा–थोपा प्रदान गरिरहुञ्जेलसम्म म पृथ्वीमा सुरक्षित छु, त्यहाँ शुल्करुपी थोपो नचुहाउने व्यक्ति त खोस्टा मात्र हो; रोगाएर तिर, मोज गरेर तिर, मनोरञ्जन गरेर तिर, बाँचेर तिर वा मरेर तिर किनभने हामी सबै त कसैका सम्पत्ति सिर्जनाको निम्ति गुड्किरहेका भकुण्डोहरु मात्र हौं । तिर्नुपर्दा स्वेच्छाले तिर वा कर परेर तिर, हाँसेर तिर वा रोएर तिर, समग्रमा मान्छे जन्मेदेखि नै तिर्दा तिर्दा मरिसक्ता समेत कुनै न कुनै रुपमा तिर्नबाट उम्किनै सक्तैन ।

झण्डे नब्बे वर्ष पो भो क्यार, विश्वका केही देशमा पैसाले बौलाएका केही व्यक्ति वा शक्तिहरु देखा परे । जहाँ उनीहरु उम्रिए — त्यहाँको अर्थतन्त्रलाई मुठ्ठीमा समेट्ने मात्र होइन, त्यहाँका राष्ट्र प्रमुख समेतलाई उठबस गराउन सक्ने क्षमतामा पुगेका हुन् ।

एकातिर पैसाले नै बुद्धि पनि किन्न वा कमाउन सक्ने रहेछ क्यार । तिनले महादेशका अर्थतन्त्रमा नै एकाधिकार जमाए पछि चाहेको काम गराउन जस्तोसुकै ठूलो शक्तिलाई समेत निहुर्‍याउन वा ठिंगुर्‍याउन सक्ने रहेछन् । देशको राजनीति व्यापार र सत्तालाई उठबस नै गराउन सक्ने । विश्वका सबैभन्दा धेर मुद्राको चलखेल हुने बस्तु तेल, फलाम र सुन जस्ता वस्तुको बजार नै अदृश्य रुपमा मुठ्याएपछि त विश्व मुद्रा बजारलाई उठबस गराउने क्षमता राख्ने रहेछन् तिनले — आफ्नो नाफाको धार हेरेर । आफ्ना स्वार्थ अनुकूल–प्रतिकूल हेरेर जुनसुकै शक्तिशाली सत्ता र शक्ति वा व्यक्तिलाई उल्ट्याउन–थमाउन, निहुराउन र गुल्टाउन सक्ने क्षमता हुने रहेछ । त्यहाँ सिद्धान्त, नीति र राजनीति त देखाउने दाँत मात्र हुने रहेछन् । देखाउन वा देखा परेका जे जस्ता कारण, कारक वा दृश्य अथवा गतिविधिहरु देखिए पनि नियन्त्रण र परिचालन भने त्यही मुद्रा शक्तिको मुठ्ठीमा केन्द्रीत रही अदृश्य रुपले चलायमान हुने रहेछ ।

भौतिक वस्तुमाथिको नियन्त्रण मात्रले धनको विस्तारको भविष्य उत्ति भरपर्दो रुपमा प्रत्याभूति दिन नसक्ने ठानिएपछि त्यो शक्तिले अघोषित रुपमा शक्तिशाली विश्वविद्यालयहरुको स्थापना, अघोषित खर्च त्यसमाथिको अघोषित नियन्त्रण समेतमा मुठ्ठी कसेपछि त्यो शक्ति निकै ढुक्क पनि भयो । तर सम्पत्तिको भोकको सीमा त नहुने नै रहेछ । शिक्षा प्रणालीलाई खल्तीमा राखेपछि त्यसको सुरक्षाको जस्तो मुख विज्ञान तथा प्रविधितर्फ फर्कियो । विश्वका स–साना कणसम्मका धनका बूँद र थोपाहरु बटुलिएर सुरसाको जस्ता मुखमा समुद्र जस्तो भएर ओइरिने रहेछन् — विज्ञान तथा प्रविधिका श्रोतबाट ।

अब विज्ञान तथा प्रविधितर्फको लगानीले मान्छेहरुमा सुविधाका ओइरो त लाग्यो, साथै धन पनि अत्याधिक बटुलिएर धनपतिहरुका धन लगानीका ढोकाहरु खुल्दै गए । स–साना कुराहरु पनि मान्छेहरुका अपरिहार्य बन्दै गए । नयाँ नयाँ ऐयासीका ढोकाहरु पनि खुल्दै गए । लागू पदार्थ जस्तै भयो मान्छेहरुका निम्ति यी नयाँ सुख सुविधा, वैभवता, विलासिताको जीवन; अनि त मान्छे लुटिदै पनि गयो, थाहै नपाई । रुईमा टेकेर हिँड्नका अनेक नक्कली फाइदाका विज्ञापनले मस्तिष्क अमिलो भइसकेपछि को हिँड्छ त कडा भुईंमा कुल्चेर ….?

आज मान्छेलाई सुख र सुविधाको ओइरो नै लागेको छ; विज्ञापनको नक्कली जीवनलाई अब उसले आदर्श नै बनाइसकेको छ — मात्र सुविधा … सुविधा ….. अनि सुविधा । तर सुविधा वापत आफ्नो पसिनाको तर बगेर कहाँ पुगेर थुप्रेको छ, त्यसले विश्वमा कस्तो चौधन्त मच्चाएर सधैं आतङ्कित पारेको छ । प्राप्त गरेको सुविधा र त्यस वापतको शोषणले जीवन सधैं कति आक्रान्त र आतङ्कित पारेको छ….? त्यतापट्टि हेर्न त यो विज्ञापन र त्यसको सुविधाको लागू लतले कसैलाई चेत छैन । सुविधाको भोक मान्छेको जीवनमा यति विघ्न घोलिएर बस्यो कि ऊ आफ्नो सबै थोक गुमाउन तयार छ, तर सुविधा गुमाउन तयार छैन । अनि यो उपभोगको शुल्क वापतको धन पानीको थोपाबाट बटुलिदै बाढी भएर पृथ्वीमा चौधन्त मच्चाएझैं त्यो अलिअलि गर्दै बटुलिएको अदृश्य धनले विश्वलाई फेरि नयाँ भौतिक समृद्धिको ओइरोसँगै मान्छेलाई मानसिक दासमा रुपान्तरण गर्दै लागि रहेको छ । यति मात्र होइन — यो सुविधा र ऐयासीको लागू लतले गर्दा अबका मान्छेहरुको आफ्नो मौलिक चेतना, संस्कार र संस्कृति समेतमा यो सम्पत्तिको कहरले मान्छेलाई विचेत बनाउँदै लैजादैछ ।

धनपतिहरुको लगानी र व्यापारलाई चाहिने प्राविधिक शिक्षा नै अबको शिक्षाको क्षेत्रमा नारा भएको छ । शिक्षालाई अब पूर्ण रुपमा मानवीकरणबाट यान्त्रिकरणतर्फ दौडाइएको छ र मानव जीवनका अन्य सम्पूर्ण ज्ञानका विषयहरुको नसबन्दी गरिसकिएको छ ।

के त अब विश्वमै मानवीय प्रविधिको शिक्षा र ज्ञानको साँचो छैन ….? मात्रै प्राविधिककर्मीको मात्र खाँचो पूर्तिकातर्फ शिक्षाको नपुंसक दौडले मान्छेलाई अब ब्रोइलर कुखुरा जस्तै बनाइरहेको छैन त …..?

मान्छेको चेतनाले त धेरै थोकको खोजी गर्छ । विज्ञान र प्रविधिको क्षेत्र असीम भए जस्तै मान्छेको चिन्तनले जीवन र जगत बारेका अनेक आयामहरुको निरन्तर खोज गरिरहन्छ । ज्ञात अज्ञात, प्रत्यक्ष अप्रत्यक्ष, विगत र आगत, मानसिक र भौतिक, जीवन र मृत्यु, जड र चेतन जस्ता कुराका चिन्तनमा मान्छे सधैं डुबिरहन्छ र डुब्नु पनि पर्छ । किनभने प्रकृतिमा रहेको कुनै वस्तु वा तत्व अनि त्यसको रहस्यको सीमा हुन्न । अझ मान्छेको रहर त के भने भौतिक वस्तु वा पदार्थलाई समेत चेतनशील वस्तुमा रुपान्तरण गर्ने कुराको पछ्याई वा खोजी अनि त्यसका रहस्यलाई उधिन्ने जस्ता कामको लगनशीलतामा समेत चुर्लुम्म छन् कि — भन्ने शंका समेत गर्न सकिन्छ ।।

यहाँनेर वैज्ञानिक शिक्षा र विज्ञानलाई व्यापार र व्यवसायीकरण गर्न धनपतिहरु लिटिम कसेर लागिपरेका छन् भने औंलामै गन्न सकिने भए पनि थोरैले भएपनि मानवीय चिन्तन र चेतना अनि आध्यात्मिक चिन्तनमा चिन्तित छन् । तर यहाँ व्यवहारमा एउटा प्राविधिक बाधा देखिन्छ । यो बाधाजन्य प्रक्रियाले धेरै मात्रामा खोज र अनुसन्धान भन्दा चिन्तनमा अन्धविश्वासका पर्दाले छोपेर ल्याएको छ । यही अन्धविश्वासको अँध्यारोमा रुमल्लिएको ज्ञानले शब्द वा सूत्रहरुमा निहित अर्थ र तत्वलाई उधिन्ने र त्यसको रहस्यलाई आत्मसात गर्ने परिपाटी नै नरहेको ठान्न सकिने ठाउँ छ । ज्ञानी वा विद्वान्हरु हुँदै नभएका होइनन्, तर परम्पराको जड प्रवृत्ति र ‘हरि ओम् तत्सत् — पानी समाउ’ को परम्परामा हामी कक्रिएका छौं, इतिहासको लामो समयदेखि नै ।

शास्त्रीय प्रचलनमा पानी समाउने वा हावा समाउने जस्ता अव्यावहारिक कुराहरु वा प्रचलनलाई, त्यसको रहस्य वा उपादेयतालाई नकेलाई नै हाम्रो परम्पराले ‘सीता राम कहो’ को सुगा रटाइमा अन्धो बनायो हामीलाई ।

शब्द वा वाक्यहरु नै हुन् — हाम्रा ज्ञान, विज्ञान र इतिहासका श्रोत । शब्द वा वाक्यहरुका अर्थ उधिन्नतिर नलागी हामी रटन परम्पराका दौडमा मग्न भएर धेरै सय वर्ष बितायौं । पूर्खाले बनाइदिइ छाडेका जीवन र जगत, चिन्तन र चेतना अनि ज्ञान र विज्ञानका अस्त्र–शस्त्रहरुलाई थन्क्याएर खिया लगायौं र आफू रटन्ते ज्ञानले सम्पन्न भएको बोधले मख्ख पर्‍यौं ।

ज्ञान त पुस्तकालयमा थुपारेका पुस्तककै भरमा पुस्तकालयलाई ज्ञानी भन्न सकिदैन, तर ती पुस्तकहरुको सम्यक अध्ययन गर्ने व्यक्ति चाँिह ज्ञानी वा सम्बन्धित विषयको ज्ञाता बन्न सक्छ ।
तर हाम्रो ज्ञानी संस्कार भने पुस्तकालयमा पुस्तक थुपारेकै भरमा पुस्तकालय ज्ञानले सम्पन्न भएको बोधमा मख्ख छ ।

ज्ञान त अध्ययन, अभ्यास अनि चेतनाको संयुक्त अभ्यासबाट हातलागि हुनुपर्ने परिणाम हो ।
प्रविधि त सीप हो, चेतना होइन ।
ज्ञानले उज्यालो अनि जीवन र जगतबारे प्रकाश दिन्छ ।
प्रविधिले निर्माण र विकासको गति दिन्छ ।
प्रविधि विक्री हुन्छ, तर ज्ञान र चेतना बिक्री हुँदैन ।
तर मान्छेलाई भने यी दुवै अवयवको खाँचो पर्दछ ।

यतिबेला ज्ञान र चेतनाको क्षेत्र लोहोरो उसिन्ने दर्शनमा निर्लिप्त भएकाले यो क्षेत्र सीमित मस्तिष्कहरु बाहेक बाँकी सबै अन्धविश्वासको खेतीमा संलग्न रहेकाले पनि मानव समाज रनभुल्लमा परेको छ । स्वार्थी, ढोंगी र लोभीहरुबाट मनग्ये मान्छेहरुका निरीहता र महत्वाकाङ्क्षालाई ठगिरहेका छन् । तर अर्थ लगानीबाट सम्पन्न र उन्नत विश्वले मान्छेलाई अल्मल्याउँदैन, बरु मूल्यको आधारमा भौतिक सुख र समृद्धि उपलब्ध गराउँछ । ज्ञान प्रदाताले लाभ उठाउँदैन बरु प्रापकले अध्यात्मिक र चैतन्यको उज्यालो हात पारेपछि जीवनलाई सन्तुलित र आलोकित बनाएर लैजान्छ ।

उता नि धन कुवेरहरुले प्रविधिमा मात्र धन लगानी गर्ने हैनन्, तिनले त आफूद्वारा नियन्त्रित व्यापारमा ज्ञान र शिक्षाको विक्री वितरण समेतमा नियन्त्रण गर्ने गर्छन् । विश्वकै प्रविधिको ज्ञान र बौद्धिकतालाई शिक्षा प्रणालीमा समेत हस्तक्षेप गरी आफ्नो व्यापार र समृद्धिको सेवामा नियन्त्रित गर्ने गर्छन् ।

मान्छेको मानसिकता नै वैभवता र भौतिक सुखमा केन्द्रित भइसकेपछि ती व्यापारीहरुका व्यापारले सम्पूर्ण मानव विश्वलाई नै आफ्नो अघोषित रुपले अधीनमा पारेको कुरालाई थाहै नपाई बेहोससित तिनका उपभोक्ता मात्र बाँकी रहेका —यन्त्रका कलपूर्जा जस्तै हामी भएका छौं । अनि त हामी स्वरुपमा मान्छे नै देखिए पनि प्रवृत्तिमा चैं तिनै धन कुवेरहरुका यन्त्रका स–साना काँटी, कीला, कल–पूर्जा ? यसरी विश्व नै आज समृद्धिको रनभूल्लमा ती धनी व्यापारीका हातका समृद्धिका चुम्बकबाट उफ्रिरहने वा निचेष्ट रहने फलामका कण बनेका उपभोक्तामा मात्र सीमित हुँदैछौं । अर्कातिर हामी आजसम्म पनि — पुस्तक स्थांगता विद्याको लयमै मख्ख परी खर्च वा उपयोग गर्न नजानेर खल्तीमै युगौंदेखि बोकी आएको सम्पदाको भरमा निल्नु न ओकल्नुको ज्ञानले पीडित छौं ।

‘आ ब्राह्मण, ब्राह्मणो ब्रह्म वर्चसे जायताम आ राष्ट्रे….जस्ता वैदिक सूत्र—जुन संसदमा राष्ट्रपतिको नीति तथा कार्यक्रम प्रस्तुत गर्न र सो को महत्ता उधिनेर राष्ट्र हित वा समृद्धिमा उपयोग गर्ने जस्ता कुरा र कामको सट्टा यस सूत्रलाई यति निरीह तहमा राखिएको छ कि अर्थ न बर्थसँग यसलाई पाती पढ्ने जस्तो तुच्छ कार्यमा प्रयोग हुँदा हाम्रो पूर्वीय वाङ्मयको निरीहताको साक्षी बाँकी रहेको भान हुन्छ । यस्ता महिमाशाली ऋचा, सूत्र वा मन्त्रहरुलाई पाठ्यपुस्तकमा राखेर तिनको विशद व्याख्या र विश्लेषण सहित विद्यार्थीलाई बोध गराउन सके हाम्रै वाङ्मयको गरिमा बढ्ने थियो कि …. ?

तर यतिबेला देख्न सकिन्छ कि आफ्नो वाङ्मयिक भाषा वा राष्ट्रभाषाको हुर्मत काड्ने वा सके त पाठ्यक्रमहरुबाट खुर्केर फ्याँक्ने र त्यस ठाउँमा विज्ञान र प्रविधिको नाउँमा अंग्रेजी भाषाको दुवो खेती गर्ने प्रवृत्ति धेर देखिन्छ । राष्ट्रिय शिक्षा प्रणालीमा लागेको अंग्रेजीको कालीपोकेले नेपाली राष्ट्रिय शिक्षा प्रणालीमै ग्रहण लागेको कुरा बुझ्न गाह्रो छैन । यसो विचार गरिहेर्दा यो धनवादको प्रविधि नियन्त्रित शिक्षा र अध्यात्म ज्ञानको नाममा अन्धविश्वासमा रुमल्लिएको शिक्षा कुन चैं उपयोगी होला त …..?

एउटा ‘सीताराम कहो…’ मा आधारित छ भने अर्को चैं ‘त्यति नै खाउ–जति तिम्रो लागि निर्दिष्ट छ’ मा तोकिएको छ । अथवा आफूलाई कतिसम्म रित्याउन सक्छौ — त्यति नै खाऊ ।

बुद्धि भनेको तालिम प्राप्त ज्ञान हो, जुन धनसित सजिलै विनिमय हुन्छ, तर चेतना र प्रज्ञाको भने विनिमय हुन गाह्रो हुन्छ । कुनै समय थियो बिहारको नालन्दा वौद्ध विश्वविद्यालयमा वनस्पति विज्ञान र आयुर्वेद पढ्ने एउटा विद्यार्थीले धेरै वर्ष अध्ययन गरेपछि एकदिन आफ्ना आचार्यसित सोधेछ —“आचार्य ……! मेरो अध्ययन अझै कति बाँकी छ ….?” आचार्यले त्यसबेला कुनै उत्तर दिएनन् ।

भोलिपल्ट शिष्यलाई बोलाएर एउटा वन्यक्षेत्रको सिमाना समेत तोकेर भनेछन् —‘शिष्य…..! यति वन्यक्षेत्रमा पर्ने सबैखाले वन्य औषधि र परजीवी वनस्पति, जल, वनस्पति र ढुङ्गामा आश्रित सबै उद्वीजहरुको सम्यक अध्ययन गरी औषधिमा काम नदिने जति नमूना संकलन गरेर ल्याउ ……., यो काममा तिमीलाई छ महिनाको समय रहनेछ । तिमी जाउ …..।’ शिष्यले आफ्नो परीक्षाको आदेश ठान्यो र बाटो लाग्यो । छ महिनासम्म धेरै लगनशीलतापूर्वक अध्ययन अनुसन्धानको काम गर्‍यो । अन्त्यमा निराश भयो ऊ । उसले एउटै पनि औषधिमा काम नलाग्ने औषधिको जरो बूटो हात पार्न नसकेर आचार्य समक्ष शिर निहुर्‍याएर बसिरह्यो ।

आचार्यले सोधे —‘शिष्य……! खै …. तिमीले आफ्नो प्रगति बुझाएनौ ?’
शिष्यले उदास स्वरमा भन्यो —‘आचार्य …. ! मेरो अध्ययन त अझ बाँकी नै रहेछ; मैले त यत्तिका दिनसम्म खोज्दा एउटै पनि औषधिमा काम नलाग्ने वनस्पति भेटाउन सकिन ।’ आचार्यले भने —‘वत्स …..! अब तिम्रो अध्ययन पूर्ण भयो; अब जाउ आफ्नो कार्यक्षेत्रमा लाग ।’ एकातिर विश्व औद्योगिकरणको आतङ्क त्यसको परिणामस्वरुप प्रकृति र पर्यावरणको नाशबाट हुने परिणामले मानव समुदाय नै पीडित हुने अनि खल्तीमा लाग्ने खन्तीखलासको पीडाले अन्तत: तिनै धन कुवेरहरु नै प्रकारान्तरले धनको थुप्रोमाथि बसेर सगरमाथासित अंकमाल गर्न पुग्छन् । कदाचित दुरुस्त रहे विलासिता र सौन्दर्यका नाममा अनि रोग लागे उपचारमा लाग्ने महँगा यन्त्र साधनका नाममा जता फर्के पनि विकल्पहीन रुपमा खल्तीमा लाग्ने क्षयरोग नै यतिबेला हाम्रा भोगमा पर्ने नियति बनेको छ ।

जे होस् यतिबेला हाम्रो विश्व र हामी समेत बहुराष्ट्रिय निगमकै हालीमुहाली मात्रै के भन्ने मुठ्ठीकै झिँगो भएर बाँचेको अवस्था छ । हरणकर्ता भरणकर्ता मात्रै नभई ‘दिने लिने नाथ सबै तिमी हौ’ भनेर साँझ बिहान करजोरी अनुनय गर्न सक्नेका निम्ति त यो पृथ्वी अझ रमाइलै छ । अन्यथा विश्वमा प्रलयङ्कारी घटना, दुर्घटना, राज्यसत्ता र राष्ट्र प्रमुखहरुका सत्ता, सुख, शयल, जीवन–मृत्युसम्म यही शक्ति समूहकै आवश्यकता, करुणा स्वार्थको परिधिमा आरक्षित छ ।

यही आजको आर्थिक छायाँ साम्राज्यका बादशाहहरुका तजबीजमा रहेको विश्वमा तपाईं हामी पनि निचोरिएर थोपा–थोपामा निख्रेर जैलेसम्म बाँच्नु छ, बाँचौं ।


Tags: जनमतधनको सङ्ग्रामविजय खरेल
अघिल्लो पोष्ट

तिमीलाई भेटे पछि

पछिल्लो पोस्ट

पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

विजय खरेल

विजय खरेल

सम्बन्धित पोष्टहरू

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?
निबन्ध

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

२७ माघ २०७९, शुक्रबार
सिंहदरबार माने बाघदरबार
व्यङ्ग्य

सिंहदरबार माने बाघदरबार

१० फाल्गुन २०७८, मंगलवार
छेउको बधशाला
व्यङ्ग्य

छेउको बधशाला

१ पुष २०७८, बिहीबार
माला फोविया
व्यङ्ग्य

माला फोविया

६ कार्तिक २०७८, शनिबार
पछिल्लो पोष्ट
पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

२२ फाल्गुन २०७८, आईतवार
यात्रा र अनुभवहरु–२

यात्रा र अनुभवहरु–२

२२ फाल्गुन २०७८, आईतवार
असन : एउटा मौलिक मायावी स्थान

असन : एउटा मौलिक मायावी स्थान

२२ फाल्गुन २०७७, शनिबार
जनमत कविता – डा रजनी ढकाल

जनमत कविता – डा रजनी ढकाल

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक