जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १६ मंसिर २०७९, शुक्रबार
स्मृतिमा स्रस्टा भित्र
0
मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

कृष्ण जोशी कविता लेख्न, कविता सम्पादन गर्न र कविता खोजिरहन मन गर्ने कवि हुन् । भोजपुरमा वि.सं. १९९६ माघ २० मा जन्म पाएका र साहित्यिक कर्ममा लागेका यिनी कविले २०१३ सालमा सर्वप्रथम कविता छाप्न लगाएर आफूलाई चिनाएका हुन् । २८ वर्षसम्म सरकारी नोकरीमा रम्न पाएका यिनी हाल वासु शशी स्मृति परिषद्मा अध्यक्ष रहेर पनि साहित्यिक सेवा गर्न जाँगर चलाउँदै छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका यिनले एम.पी.ए. विषयमा अमेरिकाबाट शिक्षा प्राप्त गरेर आफूलाई बलशाली तुल्याएका छन् । पाँच दशक नाघिसकेको छ यिनको साहित्यिक यात्रा तर पनि यिनले आफूलाई थाक्न दिएनन्, यही साहित्यिक यात्राकै क्रममा आफूलाई उनी कवि कृष्ण जोशी बनाउन सफल छन् । 

कवि कृष्ण जोशी मान्छेका लागि कविता लेख्छन्; साहित्यका सम्पूर्ण विधाहरूमा मान्छे समेट्न रुचाउँछन् । त्यसैले उनी भन्छन् – साहित्यका सम्पूर्ण विधाहरू मान्छेको लागि मान्छेले लेखिएको हुनुपर्छ ।(स्रष्टा र कलम : पृष्ठ ८४–८५) उपन्यासमा मृत्यु दोहरिन्छ म बाँचे भने लेखेर आफूलाई उपन्यासकारका रूपमा देखाइसकेका यिनी असम्मत सम्मत उपन्यासमा पुगेर आफूलाई परिष्कृत तुल्याउन सक्षम छन् । नेपाली जीवनको यथार्थतालाई व्यक्त गर्न सिपालु उपन्यासकार जोशीको सार्वजनिक प्रशासन आधुनिक अध्ययन पुस्तक पनि प्रकाशित छन् । जागिरको क्रममा थुप्रै सेवा पदक प्राप्त गरिसकेका यिनी कवि साहित्यमा गुटबन्दी हुर्केको मन पराउँदैनन् । त्यसैले यस सन्दर्भमा उनले यसरी विचार पोखेका छन् – म साहित्यमा गुटबन्दीको स्थितिलाई बिल्कुलै स्वीकार गर्न सक्दिन जुन स्थिति हाम्रो अहिलेको साहित्यिक वातावरणमा छ्यापछ्याप्ती पोखिएको छ ।(साहित्यकार परिचय र अभिव्यक्ति : प्ष्ठ ५६८) 

साहित्यिक यात्रा त यिनले आफू १५ वर्षको छँदा देखि नै सुरु गरेका हुन । त्यसैले त धेरै विधामा यिनले कलम चलाउन पाए । उपन्यास, नाटक, गीत, कथाका लेखक यिनले थुप्रै पत्र–पत्रिका, पुस्तकहरूको सम्पादन पनि गरेका छन् । भोजपुरलाई राष्ट्रमा चिनाउने कार्यमा साहित्यका विविध सङ्कलनहरू लिएर राष्ट्रमा चिनाउन जाँगर चलाउँदै आएका यिनी भोजपुरका कविता बोकेर पनि देखा परेका हुन् । आफ्नो मौलिक पहिचान देखाउन सफल साहित्यकार कृष्ण जोशीलाई धेरै पाठकहरूले सबल कविका रूपमा  चिन्ने गर्छन् । काठमाडौंबारे लेखिएको कवितामा काठमाडौँको कविता सङ्कलन गरेर आफूलाई छुट्टै खालको सम्पादकका रूपमा देखाउन सफल सम्पादक जोशीले नारद मुनी थुलुङ जस्ता त्यागी राजनीतिज्ञको अनुहार अक्षरमा अनुवाद गरेर ग्रन्थ सम्पादन गरेर महत्त्वपूर्ण कार्य पनि गरेर देखाएका छन् । 

आजका साहित्यकारहरू यान्त्रिक र उपभोक्ता संस्कारबाट पीडित रहेकोमा उनको गुनासो छ । साहित्यिक गतिविधिलाई उत्साहप्रद बनाउन यान्त्रिकता सुहाउँदो आवरण होइन । उपभोक्ता संस्कारबाट पीडित बनेपछि लेखक बबुरो बन्छ भन्ने सोच उनको छ । सिर्जना मान्छेका लागि हो; साहित्य मान्छेका लागि नभएपछि त्यो साहित्यको सार्थकता र अर्थ के हुन्छ ? उनको प्रश्न छ । कवि कृष्ण जोशीले आफ्नो भावनामा समेट्न खोजेजस्तो भावनामा राखेर म पनि साहित्य मान्छेकै हितखातिर लेखिनुपर्छ भन्न रुचाउँछु । कृष्ण जोशी धेरै नजिकको र धेरै नजिक रहेर नियाल्न नपाएको साहित्यकार भएता पनि म यिनको साहित्यिक सिर्जना, सम्पादन, गतिविधिबाट विज्ञ रहेकै कारणले मेरो बिम्बमा कृष्ण जोशी टाँसिन आइपुगेको हो । त्यसै गरी जनमतका लागि यिनी विशेष पनि हुन पुगेको हो । 

कवितामा बिम्ब पोख्न सिपालु कवि कृष्ण जोशीका कविताका हरफहरू सरल छन् र कवितामा मानवीय संवेदना व्याप्त छन् । अनिराको आकाश, जाहिराको धर्ती कवितामा कवि कृष्ण जोशी मानवता हराएको मान्छेको बस्तीलाई मृत्युको बस्ती भन्न रुचाउँछन् र भन्छन् –


आँखाभरि 
मृत र अर्धमृत आफै र आफन्तका लासहरू
पल्टिरहेछन् 
बारुदी सुरङ्गमा विस्फोट भएर
चीत्कार उनीहरूको सुनिदिने कोही छैनन्
आँखाहरू छैनन् यन्त्रणा र छटपटी देखिदिने 
निर्जन छ जाहिराको धर्ती 
लाग्छ त्यो मृत्युको बस्ती हो ।
कवितामा मान्छेका अनुहारहरू खोप्न सक्षम कवि कृष्ण जोशीले आफ्ना कविताका हरफहरूमा मान्छे दुखेका कथा–प्रसङ्गहरू, मान्छेभित्रका रेखाङ्कनहरू खिँच्न पाउँदा खुसी हुन्छन् । त्यसैले यसरी मान्छेका अनुहारहरूको गर्भाधान कवितामा गर्छन् –
प्रत्यक्ष राजधानीको साक्षी हो सहर 
न त यसले बयान दिनुपर्छ 
अदालतहरूमा उभिएर 
पुस–माघभरि हिउँ सुत्ने अनिँदो रातहरूको 
प्लास्टिकको छाता ओत लागेर 
सार्वभौमिकताको जीर्ण टोपी लगाउनेहरूको 
न त यसले एक थोपा आँसु झर्नुपर्छ 
एम्बुस विस्फोटमा मर्ने आफन्तहरूको ।

यस्तै खालका कविताका हरफहरू कोरेर आफूलाई कविका रूपमा चिनाउन सफल कवि जोशी जीवनको सिङ्गै उपस्थिति सबै चिज हो र केही पनि होइन भन्न मन पराउँछन् । जीवन बोकेर आउनेहरूको काम कर्तव्यमा परिभाषित हुन्छन् –जीवनहरू । पराधीन माटोबाट हाम्रो आफ्नो सपना देखाउन नपरोस् भनी राष्ट्रवादको परिभाषा गर्न रुचाउने यिनी कवि जर्ज अरवेलको Animal Farm पुस्तकबाट प्रभावित छन् । पानीको रङ्ग मन पराउने कवि कृष्ण जोशीका प्रकाशित उपन्यासहरूमा १) मृत्यु दोहोरिन्छ म बाँचे भने, २) असम्मत सम्मत, ३) काठमाडौँ वरिपरि छन् । त्यस्तै कविता कृतिहरूमा १) विसङ्गत स्वरहरू, २) पोखरीभित्रको शताब्दी, ३) आगो समुद्र पानी समुद्र, ४) चित्र दंश प्रकाशित छन् । 
भोजपुरको प्राकृतिक परिदृश्यहरूबाट मोहित भएका यिनी त्यतैको साहित्यिक परिवेशबाट प्रेरणा प्राप्त गरेर साहित्यमा लागेका हुन् । गुमानसिंह र गणेशकुमारीको माया–प्रेम पाएर छोरा हुन पाएका यिनी सरस्वतीको स्नेह पाएर सञ्जीव, राजीव, नसिब, असीमका रूपमा छोराहरू हुर्काउन पाएर दङदास छन् । १४ वटा जति सम्पादन कृतिहरूको सम्पादक भइसकेका कवि जोशी व्यथित काव्य पुरस्कार, बगर सम्मान, भोजपुर साहित्य महोत्सव सम्मान, २१ औँ शताब्दी ग्रन्थ सम्मानले सम्मानित भइसकेका देखिन्छ । ७० वर्ष पुग्न लागे पनि साहित्यमा जाँगर चलाउन पाउँदा खुसी व्यक्त गर्न रुचाउने यिनी साहित्यलाई जीवन सम्झेर आफूलाई समाहित तुल्याइरहेछन् । 

कृष्ण जोशीका रचनाहरूमा चोखो मानवीयताप्रति मोह छ, मूल्य– मान्यता रक्षार्थ जबरजस्त आवाज छ । उपन्यासहरूमा पनि कवितात्मक शैलीमा मान्छेलाई पोख्न सिपालु उपन्यासकार कृष्ण जोशीका असम्मत सम्मत उपन्यासका केही हरफहरू मलाई मन परेर यहाँ उल्लेख गर्न खोजिरहेछु – म यो उर्लंदो खोलाको जँघारमा धेरै बेर उभिएर रहन सक्दिन । खोलाले बगाएका मान्छेहरूलाई हेरेर चुपचाप किनारमा पनि रहन अब म सक्दिन । ……. अब मलाई जान देऊ मनमाया । अब मलाई जान देऊ । ……….

त्यो थियो मभित्रकी स्वास्नी मान्छे । मेरो हुँदैमा, छोरा–छोरी हुँदैमा के मभित्रकी स्वास्नी मान्छे मरिसकेकी हुन्छे र ? तिमीले जिउँदो स्वास्नीमान्छे लाई देख्ने प्रयास नै गरेनौ, देख्ने मन भएर पनि आफ्नो मनलाई बाँधेर राख्थ्यौ, थुनेर राख्थ्यौ । तिम्रा मनका आँखाहरू पनि धेरै कमजोर रहेछन् । 
कहिले मनमायासहित कहिले मनमायासहित एउटा अप्ठेरो जिन्दगी बाँचिरहेथ्यो विश्वामित्र ।

उपन्यासमा पनि कवितामा झैं मान्छेलाई पोख्न जानेका, मान्छेका अनेकौँ तरङ्गहरूलाई, जिजीविषाहरूलाई पोख्न खोजिरहने एक जना साहित्यकार भएकै कारणले मान्छेभित्रका सबै खालका स्पर्शहरू साहित्यमा उतार्न उनी खोजिरहन्छन् । देशमा बढेको प्रदूषण, देशमा व्याप्त भ्रष्टताबारे पनि आफ्नो विचार राख्न नडराउने साहित्यकार जोशीले आफ्नो उपन्यासका पात्रहरूमार्फत यसरी देश दुखेको वर्णन गर्छन् –हो, सबै रूखहरू सहर गएर घर भइसके । सबै रूखहरू रुपैयाँ र घर अनि मोटर गाडी भइसके । अब यतातिर छहारी पनि छैन, चौतारी पनि छैन । पानी पिऊँ भने धाराहरूमा कतै पानी आइरहेको छैन । तिर्खाएका धाराहरू मात्र आफै तर्साउनेझैँ उभिइरहेका छन् । 

कृष्ण जोशी एक जना कवि । एक जना उपन्यासकार । कथा र नाटक बिम्ब खोप्न सफल लेखक । कुशल सम्पादक । गाउँ भएर सहर पसेका एक जना स्रष्टा । जनमतका एक जना विशेष स्रष्टा । आज मेरो कलममार्फत बिम्ब बनाएर उनलाई पोख्न पाउँदा म हर्षित रहेको छु ।

जनमत २०६५ चैत


Tags: कृष्ण जोशी
अघिल्लो पोष्ट

पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

पछिल्लो पोस्ट

जम्नु हुँदैन पानीले

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
जम्नु हुँदैन पानीले

जम्नु हुँदैन पानीले

जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

४ जेष्ठ २०८०, बिहीबार
यात्रा र अनुभवहरु–१

यात्रा र अनुभवहरु–१

४ जेष्ठ २०७९, बुधबार
धेरैथोकमा विभाजित विद्वान्  आनन्ददेव भट्ट

धेरैथोकमा विभाजित विद्वान् आनन्ददेव भट्ट

४ जेष्ठ २०७८, मंगलवार
महाकवि सिद्धिदासको जन्म जयन्तीमा गजल वाचन

महाकवि सिद्धिदासको जन्म जयन्तीमा गजल वाचन

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक