जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज व्यङ्ग्य

छेउको बधशाला

विमल निभा विमल निभा
प्रकाशित १ पुष २०७८, बिहीबार
व्यङ्ग्य भित्र
0
छेउको बधशाला

मरुगणेश, विष्णुमतिको झोलुङ्गे पुल, चागल स्वर्णिम बस्ती, डल्लु आवासक्षेत्र र छाउनी सैनिक ब्यारेकको बाटो हुँदै स्वयम्भुको उकालो लाग्छु । यही मेरो मर्निङवाकको रुट हो । बिहानको चिसोचिसो हावामा डुल्न मलाई असाध्यै मनपर्छ ।

छाउनी सैनिक ब्यारेकछेउमा एउटा वधशाला छ । राँगाहरुलाई मार्ने स्थान । धेरैजसो यो बन्द रहने गर्छ । तर, भित्र वधको क्रिया भने तीव्रगतिले चलायमान रहन्छ । ढोका बन्द भएकाले केही देखिँदैन । अतएव म बन्द ढोकाका खापाहरुमा एक नजर दिएर अघि बढ्ने गर्छु ।
एक बिहान

मेरो बाटोमा पर्ने वधशालाको ढोका खुला थियो । म बेतोडले कुदेर अघि बढिरहेको थिएँ । टक्क रोकिएँ । बाहिर सडकमा राँगाको मासु लोड गर्ने ठेलाहरु खडा थिए । वधशाला खुला रहेको कारण थाहा भयो । मैले भित्र चियाएर हेरेँ । त्यो एउटा ठूलो साइजको कोठा थियो । रगतको सानोतिनो पोखरी भने पनि हुन्छ । यताउता राँगाहरु लडेका थिए । मरेका, मर्न नसकेर छटपटाइरहेका, छटपटाएर मरिरहेका । र केही प्राणवान् राँगाहरु पनि थिए । एक किनारमा लहरै बाँधिएका, आफ्ना बन्धुहरुका लास एकनासले नियालिरहेका भावहीन आँखाले अथवा केही थियो त्यहाँ, मलाई आँखाको भाषा पढ्न आउँदैन ।

ह्वास्स गनायो ।
मैले हत्तपत्त पाकेट रुमालले नाक छोपेँ । केही व्यक्तिहरुले मासुका बडेमानका चोक्टाहरु ठेलामा लाद्न थाले ।
अर्को कोठा

अलिक समयपछि त्यो कोठाभित्रको अर्को कोठा पनि खुल्यो । उपकोठा । सायद राँगाहरुको हत्या गर्ने प्रमुख ठाउँ । त्यहाँ मार्न तयार पारिएको एउटा राँगा देखा पर्‍यो । सानो काँटको निक्खर कालो दुब्लो राँगो । करङहरु स्पष्ट देखिने । तै राँगाको बच्चाचाहिँ नभनूँ । त्यसलाई एउटा बलियो खाँबोमा बाँधिएको थियो । एक मोटो जीउडालको झ्यापुल्ले बधक हातमा निकै लामो खुँडा खेलाइरहेको थियो । उसले खाँबोमा बाँधिएको राँगातिर हेर्‍यो र हातको अर्धचन्द्राकार खुँडा तौलन थाल्यो । म सास रोकेर हेरिरहेको थिएँ । कमजोर उज्यालोमा पनि त्यो गजबले चम्किरहेको थियो । खुँडा खेलाइरहेको झ्यापुल्ले बधिक सन्तुष्ट भयो । उसको ओठको एक कुनामा स्मित देखियो । ऊ अघि बढ्यो । आफ्नो हातको खुँडालाई हावामा माथिसम्म उचालेर राँगाको गर्दनमा बेसरी हिर्कायो । एक निमेषमा शिर अगाडि गएर बजारियो । रगतको धारो बग्न थाल्यो । भलभल । चारैतिर फैलियो ।

त्यसपछि दुई सहायक बधिकहरु आएर राँगाको शरीरबाट छाला निकाले । कुनै चुपीजस्तो हतियारले । चुपी नहुन पनि सक्छ । मलाई हतियारको ज्ञान छैन ।

राँगाको शरीरबाट छाला अलग भइसकेपछि रगतले लटपतिएको मासुको रातो ढिक्का देखा पर्‍यो । हल्लिरहेको बिस्तारैबिस्तारै, सायद मासु पूरै मरिसकेको थिएन । त्यहाँबाट धुवाँजस्तो निस्किरहेको थियो, रक्तवाष्प ।

त्यो झ्यापुल्ले बधिकले राँगाको भुँडीमा खुँडा छिराएर सर्रर चिर्‍यो । अनि खुँडालाई घुमायो । अङ्ग्रेजीको ‘एल्’ आकार बन्यो । भिœयाँस प्लात्त बाहिर निस्क्यो । त्यसलाई एउटा ठूलो भाँडोमा राखियो । अघिका सहायकहरु त्यसलाई सफा गर्न थाले । मुख्य बधिक भने अब राँगालाई टुक्राटुक्रा पार्ने कार्यमा यन्त्रवत् ढङ्गले लागेको थियो । सबभन्दा पहिले खुट्टा काट्यो । अनि फिला । कमर । पेट । छाती । गर्दन । एकाएक मलाई लाग्यो, त्यहाँँ राँगा होइन, कुनै मानिसको लास ढलेको छ र त्यसलाई क्रूरतापूर्वक काटकूट पारिँदै छ ।
म ढोकामा अडेस लाएर उभिइरहेँ । मलाई सो अवस्थामा देखेर त्यो झ्यापुल्ले बधिकले ढयाम्म ढोका बन्द गर्‍यो ।
अन्त्यमा
म भयभीत भएर अघि बढेँ । र, अगाडिको भुइँखेलस्थित पुलिसचौकी पार गरेर शान्तिको एक जोडा आँखा रहेको स्तूप स्वयम्भूको उकालो चढ्न थालेँ । 


Tags: छेउको बधशालाजनमतविमल निभा
अघिल्लो पोष्ट

सम्झनाको वर्षात्मा भिजेको मन

पछिल्लो पोस्ट

नितीमाथि परिचर्चा

विमल निभा

विमल निभा

सम्बन्धित पोष्टहरू

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?
निबन्ध

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

२७ माघ २०७९, शुक्रबार
धनको सङ्ग्राम
व्यङ्ग्य

धनको सङ्ग्राम

१५ मंसिर २०७९, बिहीबार
सिंहदरबार माने बाघदरबार
व्यङ्ग्य

सिंहदरबार माने बाघदरबार

१० फाल्गुन २०७८, मंगलवार
माला फोविया
व्यङ्ग्य

माला फोविया

६ कार्तिक २०७८, शनिबार
पछिल्लो पोष्ट
नितीमाथि परिचर्चा

नितीमाथि परिचर्चा

कोरोनाबाट उम्केर आउँदा

कोरोनाबाट उम्केर आउँदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भ्यालेनटाइन डे

भ्यालेनटाइन डे

६ जेष्ठ २०८१, आईतवार
‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

६ जेष्ठ २०८१, आईतवार
आधुनिक कविताका सम्बन्धमा

आधुनिक कविताका सम्बन्धमा

५ जेष्ठ २०७८, बुधबार
आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

६ असार २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक