जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

श्याम प्रसाद श्याम प्रसाद
प्रकाशित २७ माघ २०७९, शुक्रबार
निबन्ध, व्यङ्ग्य भित्र
0
हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

हास्यव्यङ्ग्य प्रस्तुत गर्दा समसामयिक विषयलाई प्राथमिकता दिन खोज्ने प्रकृतिलाई प्रशंसनीय नै मान्नुपर्छ । पुरानै कुरा झिकेर हँसाउने वा छेडपेच हान्न खोजे पनि सकभर नयाँ अवस्थालाई समेत सुहाउने किसिमबाट त्यसो गर्न खोज्नु बढी बेस हुन्छ । तर व्यङ्ग्यको झटारोले हिर्काउँदा कुन कुनामा कसलाई कतिसम्म दुख्ने गरी किन हान्नुपरेको हो भन्ने बारे चाहिँ पुरापुर प्रस्ट रहनुपर्छ । हिर्काउन पाइयो भन्दैमा जसलाई पनि, जुनसुकै विषयमा पनि, जति सारोसँग लाग्ने भए पनि हिर्काएको हिर्कायै गर्ने हो भने त सफल व्यङ्ग्यकार भन्ने पगरी गुत्न कहाँ पाइएला र ?

साहित्यको अरू रसमा जस्तै हास्य रसका रचनाहरूमा पनि स्तरीयता खोज्नु सराहनीय नै कुरा हो । तर स्तरीयताको माग गर्दा केवल उच्चस्तरका सिर्जनाहरु खोज्ने हो भने हास्य रसको पोखरीमा पौडेर रमाउन चाहने धेरै ठुलो सङ्ख्यालाई चाहिँ भुसुक्कै बिर्सन पुगेको पत्तै पाइँदैन । हास्यव्यङ्ग्य मन पराउनेहरूमध्ये उच्च, मध्यम र निम्न गरी मोटामोटी रूपबाट तीनै तहका पाठक, श्रोता तथा दर्शकहरू पर्ने भएकाले नै हामीले ती सबैको स्तरलाई सुहाउने किसिमका थरथरीका रचनाहरू रच्न खोज्नुपर्ला कि नपर्ला ?

एक थरी भाषामा पाइने हास्यव्यङ्ग्यका कृतिलाई अर्को थरी भाषामा समेत दिने कोसिस पनि हामीले किन नगर्ने ? यसो गरेको खण्डमा एउटै भाषाको माध्यमबाट समेत अनेक थरी भाषाको साहित्यमा भएका हास्यव्यङ्ग्यहरूको स्वाद चाख्न पाइने परिस्थिति पनि त तयार हुँदै जान पाउला नि ! 

हास्यव्यङ्ग्यका विविध रचनाहरूको हँसाउने मात्रा पनि फरक–फरक हुनै पर्छ । कुनै रचनाले हामीलाई मुसुमुसु वा मुसुक्क मात्र हँसाए पुग्छ भने कुनैले चाहिँ ओठ फट्टाएर र खित्का छाडेरै हँसाउन सक्नुपर्छ । अझ कुनै–कुनैले चाहिँ पेट मिचिमिची लडीबुडी गर्दै हाँस्नुपर्ने र धेरै बेरसम्म हाँसो थाम्नै नसकिने अवस्थामा पुर्‍याइदिन सक्छन् भने त्यस्तो शिल्पका ठुला धनी शिल्पकारहरूलाई पनि हामी हार्दिकतासाथ स्थायी निम्ता पत्र टक्र्याइराख्न चाहन्छौँ । 

हास्यव्यङ्ग्यको मूल लक्ष्य कुप्रथा वा बेथितिमाथि प्रहार गर्नु हो भन्ने भावनालाई पच्चीसै आना अथवा शतप्रतिशत मनासिब हो भनी हामी आँखा चिम्लेर भए पनि ल्याप्चे लाउन वा सहीछाप गरिदिन सक्छौँ । तर ‘कु’ र ‘सु’ को परिभाषा के त ? यो नै आजको हाम्रो प्रमुख प्रश्न हो । तपसिलका प्रश्नहरूमा गहिरिएर विचार गरिहेरौँ – 

जनतालाई राजनीतिप्रति आकर्षित पार्दै लैजाने कि विरक्त बनाउँदै ? राजनीति भनेको मुख्यतः असल र राम्रो कामका निम्ति हो वा कमसल र खराब कार्यका निम्ति ? राजनीतिक पार्टीहरू र दलीय व्यवस्थाप्रति जनतामा आस्था जगाइराख्न खोज्नुपर्छ अथवा अनास्था बढाइदिनुपर्छ ? जनतालाई राम्ररी डोर्‍याउन राजनीतिक सङ्गठनहरू पनि चाहिन्छन् भने नेताहरू पनि चाहिएलान् कि नचाहिएलान् ? पार्टी र नेताहरूबाट बेलाबखत हुन जाने गल्ती तथा कमजोरीहरूतर्फ मात्र ध्यान तानिदिने गर्ने कि नेताहरूलाई गाली गर्ने चलनै चलाउँदै जाने ? सबै जातजाति, सबै धर्म र भाषा, मुलुकका विभिन्न भाग, महिला र पुरुष, सबै उमेरकाहरु, शिक्षित र अशिक्षित, स्वदेशी र विदेशी … इत्यादि सबैप्रति समानता, स्नेह र आदरको भावना लिएर व्यवहार गर्न खोज्नुपर्छ कि तीमध्ये कुनैलाई ठुला र कुनैलाई साना ठानी असमानतापूर्ण व्यवहार नै गर्ने गर्नुपर्छ ? नास्तिकले आस्तिकलाई होच्याउन र आस्तिकले नास्तिकलाई सराप्न हुन्छ कि हुँदैन ?


ख्यालठट्टा र रमाइलो गर्दा केको शिष्टता र सभ्यताको कुरा ? भन्ने मत लिन होला कि नहोला ? आफ्नो राष्ट्र वा नेपाललाई नै होच्याउने, हेला गर्न पुगिने खालको हास्यव्यङ्ग्य प्रदर्शन गर्न हुन्छ हुँदैन ? आफ्नो मुलुकलाई आकाशमा पुर्‍याएर बयान गरेजस्तै अरूका देशलाई पातालमा खसालेर वर्णन गर्न हुन्छ कि हुँदैन ? जनता पट्टिकाहरुमा बेलाबखत देखा पर्ने गरेका फाटोलाई झन्झन् चर्काइदिने गर्नुपर्ला वा घटाइदिन खोज्नु नै सही ठहरिएला ? जनतामा निराशाको भावना बढाउनुपर्छ कि तिनलाई सधैँ आशावादी र हरेस नखाने खालको राख्न बल गर्नुपर्छ ? अश्लीलतापूर्ण अभिव्यक्तिहरूलाई के–कस्तो प्रसङ्गमा कति सीमासम्म स्वतन्त्रता र छुट दिने गर्दा गल्ती हुन नपाउला ? जनतामा पाइने अन्धविश्वासको मात्रा थपिदिने रचना सही हुन्छन् कि त्यसलाई घटाउँदै लैजाने खालका ? यस्ता प्रश्नहरूको अरू धेरै लामो सूची सजिलैसँग बनाउन सकिन्छ ।

त्यसैले आज अरू सबैजसो विषयमा जस्तै हास्यव्यङ्ग्यपट्टि पनि प्रजातान्त्रिकता र वैज्ञानिकतालाई नै हामीले मुख्य कसी मानेर सामग्रीहरू वा प्रस्तुतिहरूको विश्लेषण र मूल्याङ्कन गर्ने गर्नुपर्छ । प्रजातन्त्र र विज्ञानको विपरीत जाने कुरा जति जम्मै गलत हुन् र यिनको पक्षमा भएका बुँदा जति सबै सही हुन् । यी दुई जरो कुरालाई राम्ररी गाँसेर चल्ने प्रयत्न बढाआंैँ । अनि मात्र हास्य रसबाट पनि आनन्द प्राप्त हुन्छ । 

श्यामप्रसाद शर्मा

जन्म : वि.सं. १९८६ असार ६

सोलिथुम, मकवानपुर

अवसान : वि.सं. २०७४ वैशाख २४


Tags: श्यामप्रसाद शर्माहास्यव्यङ्ग्य
अघिल्लो पोष्ट

बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ प्रकाशित

पछिल्लो पोस्ट

छाउगोठकी आमा लोकार्पित

श्याम प्रसाद

श्याम प्रसाद

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
छाउगोठकी आमा लोकार्पित

छाउगोठकी आमा लोकार्पित

धेरै प्रयत्नपछि चुरोट छोडियो 

धेरै प्रयत्नपछि चुरोट छोडियो 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण

काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण

३ जेष्ठ २०८०, बुधबार
मृत्यु : एक भ्रम, एक यथार्थ

मृत्यु : एक भ्रम, एक यथार्थ

३ जेष्ठ २०८०, बुधबार
आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

३ जेष्ठ २०८०, बुधबार
माइली

माइली

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक