जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

ग्रीष्मको नीलो बतासले फैलाएको शीतल र शक्तिशाली तरङ्ग

पुष्पा खनाल पुष्पा खनाल
प्रकाशित २५ जेष्ठ २०७९, बुधबार
जनमत समीक्षा भित्र
0
ग्रीष्मको नीलो बतासले फैलाएको शीतल र शक्तिशाली तरङ्ग

–

पुस्तकहरू मेरो लागि कहिले साथी बन्छन्, कहिले जीवनमा जाँगर दिने स्रोत । सबै पुस्तकको शक्ति रहर लाग्दो हुँदैन । त्यसैले पनि म पुस्तक सकेसम्म छनौट गरेर अध्ययन गर्छु । पुस्तक प्रकाशन भएपछि त्यसको बारेमा लेखिएका समीक्षा र समालोचना पढेपछि त्यो पुस्तकको बारेमा थाहा पाउँन धेरै मद्दत मिल्छ । त्यस बाहेक लेखन शक्ति थाहा पाइसकेको कारणले पनि पुस्तक छनौट गर्न सजिलो पर्दछ ।

गएको २०७८ सालको कार्तिक महिना देखि नै एउटा पुस्तकको बारेमा निकै सुन्दर चर्चा भएको पाएँ मैले— त्यो हो डाक्टर दामोदर पुडासैनीको नियात्रा संग्रह— ग्रीष्मको नीलो बतास । त्यसो त डा. पुडासैनीका कविता र दर्शन कृतिहरू मैले धेरै अध्ययन गरेको हुँ । नेपाली नियात्रा साहित्यका स्पष्ट सिमाना बनाइ सकेका र फरकधारका नियात्रा लेखकका कारण डा. पुडासैनीका नियात्राहरूले त मन नजित्ने कुरै भएन । उनै प्रिय लेखकको ग्रीष्मको नीलो बतासको चर्चा थाहा पाएपछि अमेरिकामै मैले त्यो कृति मगाएँ । कृति हात परेपछि पहिलो पटक हतार हतार पढें । दोस्रो पटक फुर्सद लिएर पढें, हरेक शब्द शब्दको स्वाद लिएर, हरेक दृश्य र घटनाहरू अघिल्तिर आपूm सहभागी भएर । साँच्चै डा. पुडासैनीको ग्रीष्मको नीलो बतासले मलाई एक किसिमको सम्मोहनमा पार्‍यो, एक किसिमको उर्जा र तरङ्ग पनि दिइरह्यो । मलाई यो कृति असाध्यै मन पर्नुको अर्को कारण पनि छ, त्यो हो मैले पनि खप्तड भ्रमणको आनन्द लिइसकेकी छु । अझ त्यो भन्दापनि उल्लेखनीय कुरा त संयोगवस डाक्टर पुडासैनीको त्यो खप्तड यात्राको क्रममा झिंग्राना देखि बीच पानी सम्म हामी दाज्यू बहिनीले सँगै यात्रा तय गर्ने अवसर पायौं र सँगै एकछाक खाना खाने अवसरपनि जुर्‍यो बीच पानीमा ।

लेखक डा. पुडासैनी ‘किशोर’ का हरेक नियात्राहरूले मान्छेको मन मष्तिष्कमा ठूलै उथल पुथल ल्याउँछन् । झन् यो ग्रीष्मको नीलो बतासले त पाठकलाई शब्द सौन्दर्यको सुवासमात्र दिँदैन मध्यपश्चिमी र सुदुरपश्चिमी नेपालको जीवन र भूगोलको शक्तिशाली लय पनि प्रस्तुत गर्दछ । मेरो विचारमा डा. पुडासैनीको ग्रीष्मको नीलो बतासको अध्ययनले हरेक पाठकले नेपालको हिमाली र लेकाली जीवन र जगतको स्वाद यति मीठो ढंगले आश्वादन गर्न पाउँदछ कि, त्यो बयान गर्न गाह्रो छ । डा. पुडासैनीका नियात्रामा प्रकृति बोल्छ । भेटिएका जोसुकै मान्छेसँग बोलिहाल्ने, उनीहरूको जीवन खोतलिहाल्ने र पुगेको ठाउँ र भेटिएका घटनाहरूलाई उन्नतिशील दर्शनका माध्यमबाट मूल्याङ्कन गरिहाल्ने र त्यसलाई लालित्यपूर्ण ढंगले लेख्ने पुडासैनीको बानीको कारणलेपनि उनका नियात्राहरू ओजनदार हुने गर्दछन् । ग्रीष्मको नीलो बतास यसको साक्ष्य बनेर उभिएको छ ।


ग्रीष्मको नीलो बतास पढेपछि मेरो मनमा एक किसिमको सुमधुर बतास नै चल्यो । यात्रा गर्दा देखेका ठाउँहरू, भेटेका मान्छे, जीव र बनस्पतिहरू र घटेका घटनाहरूलाई चटक्क बिर्सने होइन पुडासैनीलेझैँ मानसपटलमा राख्ने र त्यसबाट जीवनमार्ग उज्यालोतिर मोड्न प्रयास गर्ने हो भने मात्र घुम्नुको सार्थकता हुने कुरा यही पुस्तकले सिकायो मलाई । संसार र जीवनका फरक मोडहरू चिनाउँने यति सुन्दर ग्रीष्मको नीलो बतास मैले मात्र पढेर पुग्दैन सबैले पढन पाउनुपर्छ भन्ने लाग्यो मलाई । त्यसो हो भने मैले मात्र किन संसारभरका पाठकलाई यो कृति पढने अवसर दिनुपर्छ भन्ने लाग्यो । यसै अनुरुप ग्रीष्मको नीलो बतासका हरेक परिच्छेदलाई वाचन गर्दै यूटुव Deepushpa Creations मा अवलोडपनि गरें मैले । बाचनका यी श्रृङ्खलाहरूलाई शिखर एफ.एम. १०२.७ ले समेत हरेक बिहीबार राती ९.१५ मा प्रसार गर्न थाल्यो । अहिले संसारका कुना कुनाबाट ग्रीष्मको नीलो बतासको सुवास सुनेर धेरै पाठकहरूले प्रतिकृया दिनुभएको देख्दा खुशी लाग्छ । यति सुन्दर पुस्तकका हरेक शब्द शब्दलाई आफ्नो स्वर दिन पाएकोमा आफैंलाई धन्य ठानिरहेछु । साँच्चै ग्रीष्मको नीलो बतास जस्तो शक्तिशाली पुस्तकले दिनहुँ असंख्य पाठकको मन जितेको प्रतिकृया पाउँदा बेग्लै खुशीपनि छाइरहेछ । पुस्तक होस् त ग्रीष्मको नीलो बतास जस्तोपनि लाग्छ मलाई ।
ग्रीष्मको नीलो बतास पढदा कयौं कुराले मन ताने, तानिरहे मेरा ।

मुग्लिङ कृष्णभिर, नेपाली जनतालाई सँधै दु:ख पीर भनेझै २०५२ सालमा पहिलो पटकत्यो बाटोमा तीनदिन थुनिएको याद आयो । तीन रुपैँया घोगा पर्ने मकै, पाँच रुपैँया प्याकेट पर्ने चाउचाउ ५० रूपैँया तिरेर खान्छुभन्दा पनि नपाउनुको दु:ख ताजाभयो मनभरि । लेखक पुडासैनी होइन, म आफैँ छु त्यहाँ भन्ने लाग्यो । यतिसम्म त ठीकै हो – बाटोमा कहिलेकाहीँ पर्ने कुरा । तर भालुवाङ पुगेपछि त्यहाँको भातले भने मनै ओडालिदियो । फेरि बाटोका कुनै होटलमाभात खान छिर्न नपरोस् भन्ने बनाइदियो । हुन त स्वास्थ्य सचेतना र जिम्मेवारीवोध दुवैको अभाव छ हाम्रोमा । त्यो होटलको भातले हाम्रो व्यवस्थाकोपनि त चित्रण गर्दछ कतै न कतै । शीर नै स्वच्छ नभएपछि शरीर, पाउ कहाँ स्वच्छ हुन्छ र?भालुभाङको भात शीर्षकमा उनीएका बाटोमा दु:खहरूले मनलाई अमिलो बनाइदिन्छ ।

मलाई अँध्यारोदेखि पटक्कै डर लाग्दैन । तर अँध्यारोको फाइदा उठाउनेदेखि धेरै डर लाग्छ । अँध्यारो र उज्यालोका धेरै पन्नाहरू च्यातिइसके, च्यातिन्छन् । तर त्यही अँध्यारोभित्र थुनेर मान्छेले गर्ने व्यवहारले भने मान्छेलाई धेरै सताएको हुन्छ । कर्णाली पुगेर चिसोपानीको माछा भनेर खानेहरू पनि धेरै जना ठगिएको हुनुपर्छ । लेखकले यो कुरा माझी र वादीका कुरामार्फत् छर्लङ्ग पारेका छन् । किनकि कर्णालीमा चिसोपानीका माछा खाएँ भनेर वादीवस्तीमा पस्नेहरू भ्रममा हुनुहुन्छ । अरूको फाइदा उठाउनुअघि नै ठगिइरहनुभएको छ पत्तै नपाई ।
कैलालीको अत्तरिया चोकबाट धेरै पटक उकालो ओरालो झरेको मान्छे । यो ग्रीष्मको नीलो बताससँगै फेरि स्मृति यात्रामा छु आज लेखकको सहयात्री बनेर । आफूले टेकेको जमिनमा अरूको स्मृतिसँगै उडान भर्नु निक्कै मज्जाको अनुभूति हुँदोरहेछ, त्यही भइरहेको छ मलाई । पातालदेशको एउटा शहरको, एउटा गाउँको एउटा कोठामा बसेर थपक्क त्यही माटो, त्यही पानी, त्यही बन जङ्गल र हावासँगसँगै यात्रा गर्नुको मज्जा म लिइरहेकीछु ग्रीष्मको नीलो बताससँगै । किनकी यो मौसम र त्यो मौसम उस्तै उस्तै हो । अहिले वसन्त भएपनि शिशिर र ग्रीष्मको बीचबाट म नीलो आकाश चिहाइरहेकी छु ।

“पच्चीस छब्बीस दिनमा बल्ल काठमाडौँ डडेल्धुराको पालो आउँछ ….” बस चालकमार्फत लेखकले हाम्रो एकोहोरापन र लहडलाई देखाएका छन् । हाम्रो चलन के छ भने एउटाले विद्यालय खोले सबै त्यतैतिर लाग्ने, एउटाले म:म: पसल खोेले अरुपनि त्यतैतिर लाग्ने, एउटाले बस सञ्चालन गरे सबै त्यसै गर्ने अनि यात्रु पाए नि नपाए नि एउटै रुटमा भएभरका गाडी हाल्ने । कुनै कार्य गर्नुपूर्व अध्ययन, अनुसन्धान नगरी अरुले गर्‍यो म पनि यही गर्छु भन्ने खोटो र छोटो सोचले गर्दा यस्तो बनाउँछ । जुनकुराको उदाहरण हो एउटै चालकले लामो रूटमा एक्लै गाडी चलाउनु, महिनामा एक पटकपनि पालो नपाउनु ।

स्याउलीको चुरीफुरीमार्फत लेखक पुडासैनी मानिसलाई मेहनत गर्न अर्‍हाउँछन् । अन्न फल्ने खेतहरू मासेर घर उमार्ने र वनजङ्गल मासेर मूर्ति उमार्नेदेखि निकै रिसाउँछन् उनी । डाँडामा मन्दिर बनाउन र मन्दिर जाने बहानामा हिँडेपछि स्वस्थ बनिने कुरा सिकाउँछन् । स्याउला काट्ने, दूध दुहुने, चिया खाने र कुरा काट्ने लगभग मेचीकालीकै दैनिकी हो । त्यही दैनिकीभित्र अटेसमटेस एउटा अन्ध विश्वास–बली । मेरो गर्धनबाट कसरी बग्यो रगतको धारा ?लेखकको यो प्रश्नले दैनिक देवदेवालयमा बलीको नाममा काटिने जनावरको ज्युँदो प्रश्न हो भन्ने लाग्छ । किनकी मानिस आफ्नो स्वार्थका लागि कतिसम्म गिर्छ भन्ने प्रष्ट उदाहरण हो बलीप्रथा । गर्धनमा रगतभित्रको मर्म शरीरमा त्यही रगत सञ्चार भए सरह स्मृति पटलमा फैलिन्छ र पुर्‍याउँछ बाराको गडिमाई । जन्मिन्छ एउटा किशोर प्रश्न–बलीको बली दिने दिन कहिले आउला ?

बारा स्मृतिको पानाबाट फर्कन नपाउँदै भासुको भिर आइपुगेछ । छाँगाबाट होइन भासुको भिरबाटै खसेजस्तो लाग्यो त्यो पढिरहँदा । त्यही बाटो धेरै पटक ओहोर दोहोर गरेँ तर त्यो बाटोबाट गुड्दै गर्दा भन्दा त्यसको वर्णन पढ्दै गर्दा बढी डर लाग्यो त्यो बाटो सम्झेर ।
केही निराशा, केही अनिश्चितता बीचपनि एउटा सुन्दर सपना देख्ने र हरेक कुरामा सौन्दर्य भर्ने लेखक डा. दामोदर पुडासैनीको विशेषता नै हो । पुस्तकका पानाहरू पल्टिएको थाहा हुँदैन । भनिन्छ मानिस आफूभित्र जे छ, त्यही पोखिन्छ । यहाँ लेखकपनि त्यसरी नै पोखिएझैँ लाग्छ नीलो बताससँगै ग्रीष्मको शीतल र मधुर छायाँ बनेर ।

अनुभव र अनुभूतिको केन्द्रमा आफूलाई राखेर कलम चलाउँछ एउटा सर्जक । मैले पनि शुरुमै आफूलाई केन्द्रमा राखेँ र त्यहीँबाट शुरु गरेँ आफूसँगै हुर्किएको नीलो बतासको फेर समात्न । यो पुस्तक पढिरहँदा लाग्छ म कम्प्युटरको स्क्रिनमा लेखकबाट प्राप्त डिजिटल पुस्तकका पन्नाहरू पल्टाइरहेकी छैन बरू मेरा पैतालाहरू लेखकसँगै चलेका छन् खप्तडका पाटनहरूमा, भेडीखर्कहरूमा र विद्यालयमा अध्धयन गरेको तारानाथ शर्माको घनघस्याको उकालो काट्दा जस्तै झिँग्रानादेखि बिच पानी सम्मको उकालोमा ।

आयोजनाहरूको निर्माण शुरु गर्ने र नसकिने, सरकारी योजना अलपत्र पर्ने, विकास कछुवा गतिमा हुने सबै कुरा प्रसङ्ग मिलाएर घुसाइएको छ । लाग्दैन लेखकले आफ्ना कुराहरू राखिरहेका छन् भन्ने । यस्तो लाग्छ कुनै घटनाको साक्षी बोलिरहेको छ । पाइला पाइलामा देखिएका, भोगिएका, सुनिएका र छेलिएका कुराहरू एक एक उधिनेर पस्किएको छ । विम्ब र प्रतीकको वेजोड सङ्गमले शव्दलाई लयवद्ध बनाएको छ । पढ्दै जाँदा रोकिनु पर्ने, अल्मलिनु पर्ने ठाउँ कतै भेटिँदैन । गर्न सके देशभित्रै सुन फलाउन सकिने कुरा लेखक बताउँछन्— लासी माइ मार्फत् फूलबुट्टे बादल, फूलबुट्टे धरतीमा । शहर शहर जस्तो लाग्दैन लेखकलाई, पाठकलाई पनि त्यस्तै लाग्छ । गाउँ गाउँ जस्तो छैन । विना योजना कङ्क्रिटको जङ्गल थुपारेर शहर भन्ने भ्रममा बाँचेका छौँ हामी । अब बन्ने शहर पनि त्यस्तै हुनेछन् कति शताव्दी सम्म । यो कुराले लेखकको मन पोलेको छ ।

पहाडहरू आकाश छेक्न तम्तयार भएर बसेका छन् – मलाई पहिलो पटक वि.सं. २०६० सालमा कालीकोट जाँदा त्यस्तै भएको थियो । यी पहाडहरू कत्ति अग्ला र नजिक नजिक । म इलामकी छोरी । हाम्रो पहाड त्यसरी आकाशै छुम्लाजस्तो गरेर उठेको हुँदैन । केही भिरालोजस्तो परेर लमतन्न सुतेको हुन्छ । त्यस्तो चुचुरे पहाड पहिलो चोटी देख्दा लागेको थियो एउटा पहाडको टुप्पोबाट कुदेर हाम फाल्दा अर्को पहाडको टुप्पोमा पुग्न सकिन्छ । तर त्यो कल्पना र यथार्थबीच आकाश जमिनको फरक छ । त्यहाँको एउटा गाउँबाट अर्को गाउँ पुग्न लगभग पूरै दिन लाग्छ । रक्सीले परिवार सिध्याएको कुरा, बालबच्चाको हुर्काइका दर्दनाक चित्र – यी सबै हामीले देख्दै, भोग्दै आएका कुरा हुन् । तर पनि पहिलो पटक चलचित्र हेरेझैँ लाग्छ प्रत्येक शीर्षकहरू पढ्दै जाँदा ।

बगलेखका झिँगाको प्रसङ्गले फेरि भालुवाङको भात सम्झाइदिन्छ । मध्य होस् या सुदूर मान्छेमाथि झिँगा भन्किन कहाँ छोडेको छ र कहिले किरा बनेर, कहिले पिराहा बनेर । म पनि सोही दिन सिलगढीबाट बगलेख हुँदै झिँग्रानासम्म पुगेकी हुँ खप्तड यात्राका लागि । बगलेखका झिँगा झिँग्रानासम्मै लर्को लागेका थिए । हामीले ठट्टा पनि गर्‍योँ – यो ठाउँको नाम झिँग्राना नभएर झिँगा नाच्ने हुनुपर्ने भनेर । हाम्रो सहयात्री कर्णेल सापले थप्नुभयो – हो ठीक भन्यौ, पहिले यसको नाम झिँगा नाच्ने नै थियो । मानिसले छिटो छिटो झिँगा नाच्ने भन्दा भन्दै झिँग्राना भयो भनेर । हाँसोले थकाइ पनि मेटाउँछ भन्छन् । हामी सबै जना मज्जाले हाँस्यौ । त्यसदिन हामी कर्णेल साबका पाहुना थियौँ । त्यसैले लेखकले झैँ झिँग्राना फाइव स्टारमा बास बस्ने र साउद दाजुले बनाएको खाना चाख्दै उनको सुन्दर जीवन दर्शन सुन्न भने छुटेछ । झिंग्राना फाइव स्टार एउटा व्यङ्ग्य भरिएको नियात्रा हो । तर, यस नियात्रामा ग्रामीण जीवनको सरलता, नेपाली होटलको दूर्दशा र जीवन बचाईको फरक प्रसंगलाई कति चाख लाग्दो ढंगले प्रस्तुत गर्नुभएको छ लेखकले । फाइव स्टार नाम दिएकै होटलमा पकाउँने भाँडानै नमाझी चुल्होमाथि झुण्ड्याउँने, रगरगी कुखुरा र बाख्रा मझेरीभरी ओहोरदोहोर गर्ने र रातभर गन्हाउने सिरक, डसनामा उँडुस, उपियाँसँगै पौठेजोरी खेलिरहनुपर्ने बाध्यता कति सुन्दर ढंगले चित्रण गरिएको छ ।

पोखरी नै धमिलिए पछि जुन छेउको पानी झिकेपनि उस्तै हो – गन्तव्य बीचपानीमा लेखकले प्रेमदाइको मुखबाट देशको राजनीतिक अवस्थालाई छर्लङ्ग पारेका छन् । जनताको निराशाको पराकाष्ठा हो प्रेम दाइको बोली । व्यवस्था बदलियो तर अवस्था उस्तै छ आज पनि । बाटाका भेटिएका सिपाहीको मुखबाट निस्किएका शव्द शव्दले युद्ध र जीवनको सार, युद्ध र विजयको उमङ्ग, देश प्रेम र मानवीय धर्म एकै पटक प्रस्फुटन भएको पाइन्छ ।
प्रत्येक कुराहरू कसरी अभिलेख बन्छन्, खै ? मैले आफैँले बोलेका कुराहरू बिर्सिसकेकी थिएँ । तर लेखकले बीचपानी पुर्‍याएर फेरि ताजा बनाइदिएका छन् यहाँ । त्यो डर, त्यो चिन्ता, त्यो थकान र त्यो भेट एकै पटक महसूस गरेँ मैले फेरि । भालुको डरले फेरि ढुङ्गामा लौरो बजारेँ र सँगै लाएँ उत्तिसले लाएका झ्याउका लुगाहरू । ती लुगाहरू साँच्चै मूल्यवान् थिए र छन् आजपनि ।

बीचपानीको खाना जीवनमा सँधै आइरहने एउटा याद हो । त्यहाँ हामीलाई खानाभन्दा मीठो भोक थियो सायद । उठी उठी जङ्गली सागको गुन्द्रुक र भातसँगै थाल सिनित्त पारेको बिर्सिन्छु भनेरपनि बिर्सिँदैन । पकाउँदा पकाएँदै फेरि काँचो बन्ने चिसौ मौसममा तताउँदै खन्याउँदै गरेको गुन्द्रुक मीठो लागेको थियो मलाई निगालाका टुसाको तरकारीभन्दा ।

बाटामा पाइलै पिच्छे भेटिने प्रत्येक वस्तुसँग लेखकले कुराकानी गरेको पाइन्छ । प्रकृति र प्रकृतिलाई पछ्याइरहेका पाइलाहरूको मीठो सङ्गम लाग्छ यो नीलो बतास । चराहरूको प्राकृतिक सङ्गीतको माध्यमबाट निस्कने मिठासको तुलना सिर्जना गरिएका सङ्गीतको भन्दा लाखौँ गुणा राम्रो हुने लेखकको भनाई छ । सिर्जना गर्नेहरूले प्रकृति बुझ्नु पर्ने तर्क छ ।

प्रत्येक शीर्षकमा वृहंगम दृष्टिकोण पस्कन सक्नु लेखकको खुबी हो । यात्रा एकै क्षेत्रको, गन्तव्य एकै भएपनि प्रत्येक शीर्षकले छुट्टै कथावस्तु बोकेका छन् । फूलको जुलुसमा राँगोको रन्कोमा हिरामतीमार्फत् पश्चिम नेपालको व्यवस्था र देशका महिलाको अवस्था खोतलिएको छ । हिरामतीलाई पढ्दै गर्दा त्यसबेला होइन, यसबेला पनि उस्तै छ अवस्था । हिरामतीलाई बुझ्न सके बुझिन्छ त्यहाँको यथार्थ ।
खप्तड नदी भित्रको दर्शनले मानव सभ्यतामाथि कठिन प्रश्न फ्याँकेझैँ लाग्छ । सुन्दर पाटनभरि छरिएर लुकेका जीवनका अनन्त दु:खलाई समेटेर पोखिएको छ जसमतीमा । शिक्षको उज्यालो घामबाट वञ्चित चेलीहरूको कथा हो जसमती । ती फूल, ती जडीबूटी, ती कलकल बग्ने सङ्लो खोला । फूलझैँ सुन्दर हाम्रा छोरीचेली, हाम्रो दु:खको साथी र दु:खमा पनि हाँसी हाँसी बाच्न सक्ने नेपालीको सादापनलाई प्रतिनिधित्व गर्दै पोखिएका छन् कलमका नीवबाट मसीहरू ।

यो भारी बोक्ने भन्ने जातै यस्तो धेरै बोक्यो थोरै बोक्न मन लाग्ने ….. भारी र जिम्मेवारी उस्तै उस्तै हुन्, होइन र ? चुने दाइको मुखबाट लेखकले मानिसको जीवनको सार बोलेका छन् ।

नेपाल सरसफाइमा कहिले आत्मनिर्भर हुने ? जहाँ जाँदा पनि सरसफाइका कुराले मन अमिलो बनाउँछ । कमसेकम विदेशी बस्ने, हिँड्ने ठाउँहरू त व्यवस्थित बनाउनू । यतातिर कसको ध्यान जाने ? उपियाँ उडुस भन्ने वित्तिकै जिउ चिलाउने, यता उता टोकेजस्तो लाग्ने यो किताब पढ्दै गर्दा धेरै पटक जिउ कन्याएकी छु मैले । दिगमिंग लागेर झण्डै उल्टी भएको । प्रस्तुती यति सरस छ कि आफू त्यहीँ भएको महसूस हुन्छ र त्यहाँको वातावरणले छुन्छ ।
बीचपानीको बास पढ्दै गर्दा उपियाँ, उडुसको साम्राज्य आफ्नै जिउमा सरेजस्तो हुन्छ । झिँग्राना फाइभ स्टारका भाँडाकुँडाले वाक्वाकी लगाउँछ । भासूको भीरले रिंगटा चलाउँछ । बीचपानी झरेपछि साथीले भेटेको भालुले झम्टन्छ । यस्तै यस्तै धेरै कुराहरू हुन्छन् नीलो बतासका लहरहरूमा ।
म लेखकसँगै किन पनि यात्रा गरिरहेकी छु भने उनको यात्राक्रममा भेटिएकी एक पात्र मपनि हुँ । यो पुस्तक पढ्दै गर्दा थाहा पाएँ बिचपानीमा खाएको गुन्द्रुकभात एउटै रहेछ । नीलो बताससँगै मङ्सीरमा झुल्ने धानका बालासँगै बयली खेल्ने रहर अझ बढेर जानुको पछि त्यो छोटो भेट, औपचारिक परिचय र लेखकको मीठो प्रस्तुति पनि हो ।

एक एक पाइला तिहारमा फुल्ने सयपत्री जसरी उनिएको छ खप्तडको कथा, खप्तडको व्यथा ।
प्रकृति मासेर शहरमा नाम मात्रको जङ्गल ठड्याउनेका विरुद्ध आगो ओकल्छ लेखकको कलम । अव्यवस्थित विकासका विरुद्ध हो उनको आवाज । शहर शहरजस्तो नबन्नु, गाउँ गाउँजस्तो नहुनुको विडम्वना ओकलेका छन् लेखकले ।

खप्तड सम्भावनाको खानी हो । गर्न सके खप्तडले लाखौँ विदेशी पर्यटक भिœयाउन सहयोग गर्छ । विदेशतिर पानी जमाएर बनाइएको हिउँमा चिप्लेटी खेल्नेहरूको भीड देख्दा लाग्छ— खप्तडका पाटनहरूमा प्रकृतिले दिएको हिउँसँग खेल्न पाए पाइन्छ भन्ने कुरालाई यथार्थ बनाउन पाए कति विदेशीको लर्को लाग्ने थियो । खप्तडको यात्रामा रहँदा मैले पनि यस्तै कल्पना गरेकी थिएँ जुन लेखकले ग्रीष्मको नीलो बतासमा गरेका छन् ।
किताबका पछिल्ला प्रसङ्गहरू लेखकले आफ्नो कार्यालयको काममा जाँदा त्यहाँ देखेका, भोगेका र व्यवहार परिवर्तन गराएका प्रसङ्गहरू जोडेका छन् । बसी बसी सरकारी पैसा खाएर काम रिठ्ठो नगर्नेहरूलाई उदाङ्गो बनाएका छन् । सामाजिक सेवाका नाममा खुलेका तस्करहरूको पर्दाफास गरेका छन् । त्यतिमात्र नभएर तपाईंलाई सिमानापारि कटाएका छन् र पुर्‍याएका छन् नैनीताल । नैनीताल साँच्चिकै नैनी छ । सुन्दर छ । त्यो भन्दा सुन्दर लेखकको कलमले भरिदिएको छ नैनीतालको सुन्दरतामा । साँच्चै, भारतमा बृटिसले राज्य नगरेका भए नैनीतालको सुन्दरता कसले खोतल्थ्यो होला ? नैनीताल जाँदा जावेदसँग डराउनु पर्दैन तर कर्णेल्नी सावको जस्तो जिद्धिपनदेखि भने सतर्क हुनैपर्छ । यात्रा गर्दा समय र बाटो दुवै हेरिएन भने यात्रा गराउने मान्छे सबै जावेदजस्तै पर्छन् भन्नेपनि त छैन ।

किताब पढेपछि कतिपय नसुनेका शव्दहरू पनि सिक्ने मौका मिल्यो । यार्सागुम्वा भन्दै, सुन्दै आएको थियौं हामीले तर यारचागुन्भु पो भन्नुपर्ने रहेछ । त्यस्तै मताव, जर्केको, कौलासेँ, तरबर्र जस्ता अनेकन शव्दहरू मलाई नौला लागे ।तर यस्ता शव्दको प्रयोगले कृतिमा मीठास थपेको अनुभव भयो । कति सुन्दर ढंगले कथा भन्छन् डा. पुडासैनीका शब्दहरूले ।

पढ्दै जाँदा कहीँ कहीँ प्रसङ्ग फुत्त हामफाले जस्तो लाग्नसक्छ । तर समय र सन्तुलनलाई नटेरी अघि बढ्ने हो भने भालुभाङको भात बिर्साउँछ । झिँग्रानाको बास भुलाउँछ । भालुको डर भगाउँछ । बीचपानीका उपियाँ उँडुस मारिदिन्छ र नैनीतालमा डुङ्गा सयर गराउँछ । पाटनका फूलहरूले महकता छेड्छन्, त्रिवेणीको पानीले शितल बनाउँछ । खप्तडका जरीबुटीले बर्षौँदेखि दुखेको टाउको सञ्चो गराउँछ । कति मीठो ढंगले बताउँन सक्छन् पुडासैनी । जीवन र संसारका रहस्यमय कथाहरू । ज्ञान र मनोरञ्जन दुवै पाउँछन् पाठकले पुडासैनीको कलमबाट ।

त्यो बाटो हो ग्रीष्मको नीलो बतास जसले यात्रा गर्नै नमान्नेलाई गरुँ गरूँ बनाउँछ । यात्रा गर्नै नजान्नेहरूलाई सिकाउँछ । यात्रा गरिरहनेहरूलाई अझ अहिले नै कुम्लोकुटुरो बाँधेर निस्किहालूँ खप्तडतिर बन्ने बनाउँछ । अझ खप्तड गएकाहरूलाई पुन: त्यतै फर्काउँछ र बोलाउँछ पाटन र पाटनका फूलले, घोडामा चापले, वर्फिलो बतासले र चराहरूका सङ्गीतले । अनि, वाध्यतावश खप्तडको यात्रा गर्नै नसक्ने लाई पनि थपक्क टिपेर पुर्‍याउँछ खप्तडमा र त्यहाँका ढुङ्गा, माटो, हावा र पानी र प्रकृतिसँग साक्षात्कार । दिलाउँछ आफू पुगे सरहको स्वर्णिम अनुभूति ।
खप्तड यात्राका लागि भरपर्दो गाइडबुक हो यो । नेपालका हिमाल, पहाड, लेक र खर्कको सुवास अग्र्यानिक ढंगले दिलाउँने महत्वपूर्ण पुस्तक पनि हो ग्रीष्मको नीलो बतास । आँट गर्नेलाई एक्लै खप्तड पुर्‍याएर ल्याउँछ यसले ।

निष्कर्ष छ जीवनको सही अर्थ र रंग बुझ्न अनि संसारका सिधा र बक्र रेखाका मर्म बुझ्न डा. दामोदर पुडासैनीका हरेक कृतिहरू त पढनुपर्छ नै अहिले भने यो ग्रीष्मको नीलो बतास नपढने हो भने घाटामा परिन्छ आफैं ।


Tags: पुष्पा खनाल
अघिल्लो पोष्ट

डिजाइनमा अब्बल कलाकार सुन्दर श्रेष्ठ

पछिल्लो पोस्ट

बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

पुष्पा खनाल

पुष्पा खनाल

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

देशका हिमाल भएका ठाउँ घुम्दा

देशका हिमाल भएका ठाउँ घुम्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्धकारभित्रको अन्धकार – १५

अन्धकारभित्रको अन्धकार – १५

४ जेष्ठ २०७९, बुधबार
साहित्यिक यात्री माधवलाल कर्माचार्य

साहित्यिक यात्री माधवलाल कर्माचार्य

४ जेष्ठ २०८०, बिहीबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

४ जेष्ठ २०८०, बिहीबार
सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक